[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 356653 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-10-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्लबल्ल भेट भ'को दिन
बोल्दा पनि बोल्दिनौ किन
नगर दोमन
माया लाएको होइन नभन!

प्रभातकालिन जदौ!!
 
Posted on 07-10-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय स्रोता महानुभावहरु,

यहाँहरुलाई थाहा भएकै कुरा हो, "चौतारी तारारम्पम" चौतारीबासीहरुमा निकै लोकप्रिय भयो। झन यसमा अन्तरबार्ता दिनुहुने राहुल दाई र मिस कलिवुडका सेलेब्रिटी भन्दा नि धेरै पपुलर हुनुभयो। सबैतिर, गाउँ गाउँमा, सहर सहरमा वहाँहरुकै कुरा सुनिन थाल्यो।

स्रोताहरुले धेरै "वान्स मोर वान्स मोर" मात्रै लेखेर पत्रहरु पठाउनु भयो, त्यहि भएर आज देखि हफ्तामा एक दिन हफ्ता भरिका अन्तरबार्ता दिनुहुने व्यक्तित्वहरुलाई एकै मन्चमा बोलाएर अन्तरबार्ता दिदाका अनुभवहरु बताउन "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" कार्यक्रम सुरु गरेका छौँ।

यहाँहरुलाई थाहा छदैछ आजका अतिथीहरु को को हुनुहुन्छ भनेर।

लौ कार्यक्रम तिर लागौँ।

संवातदाता: सर्वप्रथम यहाँहरुलाई स्वागत छ "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" मा

राहुलदाई: अन्तरबार्ता दिदा दिदा पढाई ढुस भयो त्यहिपनि यो राहुलको दिल खुस भयो, तारेमाम्!

मिस: उस दिनपनि जिम्माल बा ले यसै गरि स्वागत जो अर्नु भएको थियो क्यारे, उहाँलाई पनि धन्यवाद दिएकिम, हउरलाई पनि धन्यवाद भन्छु र (मनमनै अब यो कुम्लेले कस्तो प्रश्न सोध्ने हुन् आधा मै भाग्छु म)

संवातदाता: यो कार्यक्रमको नाम "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" राखेकोमा यहाँहरुको के भन्नु छ नि?

राहुलदाई: अन्तरबार्ता दिनेलाई डेबा मोरु, के को रुबरू? बरु रु-मोरु राखम्, तारेमाम्!

मिस: सारै राम्रो नाम भन्छु र। (मनमनै ठुल्दाईलाई नाम मन नपरे जस्तो मानिछु, मुइले राम्रो छ जो भने मार्ने पो हुन् कि?)

संवातदाता: हा हा हा राहुल दाई रु-मोरु राख्न अलि मिलेन, हजुरहरुको लागि त ठिकै हो, हामी कार्यक्रम चलाउनेहरुलाई त रु-भरुँ भएको छ यो प्रोग्राम।

राहुलदाई: पैसा दिनुस् अन्तरबार्ता लिनुस, यो राहुल भाई ३५ बर्षको अनुभवको आधारमा बोल्दैछ, जब सम्म खल्ति खोलिदैन तब सम्म एक शब्द बोलिदैन, तारेमाम्!

मिस: पैसो कुन ठुलो कुरो भो भन्छु र। खेतमा दिनहु जो काम गरेकिम मुइले एउटो पैसो जो कमाउन सक्या छुइन, यो अन्तरबार्ता दिएर कत्ति नै पो कमाउछु र? (मनमनै अब चाँहि मार्छन् राहुल दाईले, भागे म त)

संवातदाता: हत्तेरी! कुरो मिलेन भन्या, राहुल दाई बोल्नुस न --- ल ल मिस कता भाग्नु भएको?

राहुल दाई: अम् अम् अम् अम् ----- अम् अम् अम् अम्, अम् अम्!

मिस: (मनमनै अब पनि फर्केँ भुने बित्यास पार्छन् राहुलदाईले)

संवातदाता: आदरणिय स्रोताबिन्दहरु, राहुल दाईले मुख नखोलेको र मिसले एक शब्द नबोलेको ले हामी आजलाई यो कार्यक्रम यहिँ टुङ्याउछौँ, जदौ!

:P
 
Posted on 07-10-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

पून्टेदाइ, ग्वाँचे, नमे, ठूली, कुम्ले, हरी सबैमा जदौ!

हा हा हा! कुम्लेले नि कति हँसाउन सक्या हो!

अन्तरबार्ता दिनेलाई डेबा मोरु, के को रुबरू? बरु रु-मोरु राखम्, तारेमाम्!
हा हा हा हा! रोटीफल
 
Posted on 07-10-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित.... रोटफल.....कति हाँस्ने हो जति हाँसेनि हाँसो रोकिएन! गुहार गुहार!!

आज त बिहानै बबाल भो, कुम्लेले कमाल गर्यो, तारेमाम्!
 
Posted on 07-10-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो कुम्ले दादुले आज बिहान देखी हसार मार्न लागे। सबै अफिसको साथीहरु आ-आफ्नो क्याबिन बाट यो ठुलि पागल भो जस्तो छ एक्लै एक्लै हासिर छ रे। आयाअाअाअाअाअा
 
Posted on 07-10-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
आफूलाई वरिष्ठ पत्रकार संझिने वरिष्ठ अल्पत्रकार् सोझो कुम्लेद्वारा चौतारि तारारम्पम रुबरुमा लिइएको भनिएको अन्तरवार्ता नितान्त कपोलकल्पित, आधारहिन, झुठा, तथाकथित, तथ्यलाई बङ्गाइएको, चरित्रलाई नङ्ग्याइएको आदि इत्यादि भएको ले भ्रममा नपर्न हुन सबै मा ध्यान हुनेको ध्यान् र ज्ञान हुने को ज्ञान आकर्षण गर्न चहान्छु।
अन्तर्वार्ता दिदैं न दिएको, लिंदै न लिएको भने होइन। बोलेको कुरो र पोलेको कुरोलाई ट्यान्टर् म्यान्टर् गरी, न बोलेको र न भनेको कुरालाई मात्र प्रस्तुत गरी गौशालाको म: म: न खुवाएको झोक, अनि सोम् रस एक् थोक न पिलाएको ठुलदाइ को आग्रहलाई पूर्बाग्रह पीडित ढंगले संप्रेषण गरेको काम घाम् जति कै छ।
मलाई लाग्दछ, यो पनि संबिधान सभाको चुनाव गर्न न दिनेहरु कै खडयण्त्र हो।
चिन्ने ले चिनेकै छन्, न चिन्ने ले चिन्ने छन्। तारेमाम्।
 
Posted on 07-10-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरिरी मुरली बज्यो
काहाँ बज्यो कानैमा छ रन्को ||

नमस्ते सम्पुर्ण चौतारी बासी गाम्लेहरुलाइ ।
चुच्चे ढुङो उहि टुङो, लौ आइ पुगियो फर्केर ।


चौतारीमा भएका महिला समुहलाइ तितौरा ल्याइदियाछु है बाँडेर खानु ।

 
Posted on 07-10-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, यस्पालि त झ्याँइ पारियो तेसो भे, कैले फर्कियौ?
 
Posted on 07-10-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काहाँ झ्याइ पार्नु ह्यार ग्वाँचे सोल्टी ?
रित्तै हात फर्कियो नि ।
 
Posted on 07-10-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ! त्यसो भए कुम्लेले पीत पत्रकारीता(yellow journalism) गर्या हुन् त? पीत पत्रकारिता गरेर भ्रष्टाचारीसँग मीत लाउने, अनि कपोकल्पित गीत गाउनेको कहिल्यै जीत हुन सक्दैन, होइन त?
यसप्रति कुम्ले (अल्) पत्रकारको के स्पष्टीकरण छ नि?

ओहोऽऽऽ! यामे नि फर्क्यो नेपालबाट! कस्तो भो नेपाल बसाइ? बाटो नभा देशको के छ नि हालखबर? अनि महिला समूहलाइ मात्र तितौरा ल्याइदिया? हामी चैं थूक निली निली मर्ने?
 
Posted on 07-10-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र चित्रे सबैउस्तै ता हो नि । नेपालको हडताल, बन्दले वाक्कै पार्ने भन्या ।

यता तिर ठिकै जस्तो छ ।

चौतारीमा उपस्थित पुरुष समुहको लागी यो ब्यबस्था छ है ।

 
Posted on 07-10-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yammu welcome back. my mouth is wateringggggggggggggggggggggg.ल मैले यो तितौरा मा मेरो , तिरुको र सान्नानीको नाम लेखी सके। कसैले नि त्यो तिरौरा चुन पैदाइन ल। अनी एउटा नाम नलेखेको चै अरु हरु बादेत खानु। सानानी तिम्रो लागि गुलियो तितौरा लिदेको चुल।

 
Posted on 07-10-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति यामे, नियमापत्ति!!!!!!!
आजकाल समाबेसी चौतारिमा महिला पुरुष छुट्याउन पाइन्न। पुरुष होस् कि महिला, जो आउछ पहिला। उसको हो त्यो सोम रस, होइन र ग्वांचे र चित्रे सोम्?
 
Posted on 07-10-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau kina keta haru ko lagi matra tyo Red label ni. hami ni chakne ni yaamu.
 
Posted on 07-10-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो राहुलदाइ, समाबेसी चौतारीमा महिला पुरूष छुट्याउन पाइदैन!

यामे, रेड लेबलको लागि धनियाँबाद!

ठूली, म त तितौरा रेड लेबलमा चोपेर खान्चू!
 
Posted on 07-10-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो.. एकदम मनासीब कुरा गर्नु भो ठुल्दाइ, मेरो समर्थन!

एssss तेसो भे'छ है यामे, तेसो भे ! मेरो घरमा चिट्ठी पुर्‍याइदियौ नै होला, अनी घरबाट केइ कोसेली पठा'का छन कि?
 
Posted on 07-10-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे म त तितौरामा रेड लेबल चोपेर खाने।
 
Posted on 07-10-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरीका मैले समाबेसी समाजमा महिला पुरुष भनेर अलग अलग ब्यबाहार गर्न खोजेको हैन क्या ।
येसो छुट्ट्याइदियो भने झगडा नहोला भनेर मात्रै हो । फेरि सबै यौटैले कुम्ल्याउला भन्ने पिरले मात्रै हो ।

ग्वाँचे सोल्टी चिठ्ठी घरमाइ पुगेर दिएको हो । सोल्टीलाइ कोसेली भनेर ठुलो खसीको सुकुटी पठाइदिएका छन् ।
 
Posted on 07-10-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ठूली, जसरी खाए नि यौटै कुरो हो! लु अब शुरू गरूम्! चियर्स!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters