[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 285252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-20-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नया नानि आ' रेछिन गाममा शब्बु! उम्रदैँ तिनपात भनेओ अस्तो चौतारिमा आम्न पा छैन ठिटा खोज्दै हिँड्दै रेछिन नारन यिनि त! हन के भा' हो सपैलाई ठिटा बुढा सपै केटि खोज्ने केटि पाटि सपै केटा खोज्ने!
 
Posted on 06-20-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या यहाँ त कस्तो पात्तिएको केटाहरु मात्र भेला भ'को होss ? लाजै मर्दो ।।।।
 
Posted on 06-20-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या नि जिम्माल बा! ह्वाँ अस्ति जिम्माल बा दोहरीआँ जम्दा यो पुण्टे दा ले कम्ति रि गरेनन, अइले ह्याँ भउतेलाइ फकाम्न लाइछ के रे ।

बुढा" कपाल तेस्सै बिला' त होइन र'छ के रे ।
 
Posted on 06-20-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्बु, क्यार्छे बा एस्तै हुन अल्लारे बजिया हरु! देख्न पाए आँखो निसकला झैँ गरेर हेर्छन, बोल्न पाए जिब्रो भुईँमै झारुमला झैँ गरि बोल्छन्। आफू त बुडो भइयो के रे यिनेरको बात सुनो, अरेका उपद्रो हेरो आफ्नु बैँश सम्जिओ बसो!
अनि नानि कुन गाम कि हौ? पइला त देख्या थिन त मैले?
 
Posted on 06-20-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NONSENSE chautree ppl रे ! हा हा हा हा ! मानवी-जी
यस्तो दोहोरी खेल्न जान्ने मान्छे नि यति छिटो आउट अफ ट्रयाक भै दिनी ?
अझ मलाई भने नरिसाउ रे ! काली , कहिँ की

 
Posted on 06-20-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O O बिर्खे माइला भन्ने सुड्डालै देख्योन्त होss । म त अस्ति तिमी सुड्डासित झण्डै सिक भ'को नि होss । क्या सोबर नोटिस हाल्देको कि, मइले पछि थाहा पायोन्त घरमा सुड्डि नि छ रे, अनि सुड्डा रोगी नि छ रे । अनि नोटिस हाल्ने सोबर राहुलभाइ र'छ कि । मलाइ सोबर केटाहरु मन पर्छन्त । अनि मैले राहुलभाइले मलाइ कस्तो केटि भन्छ सोज्देउ न भनेको कि, कसैले हेल्प गरेनन्त होss । बरु सपैले यस्तो डाहा गर्यो कि मेरो मुड अफ भयोन्त । आबो आज राहुलभाइलै एक लुक्स दिम भनेर म आ"को कि , यहाँ त बब्बाल दोहरी गैराको रैछन्त होss, लाजै मर्दो ।

यो राहुलभाइले मलाइ सिक बनाउन लायु के ।
 
Posted on 06-20-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......................बुद्दि भ'को केटीले केटा मन्छे छान्दा बाउजस्तो मया गर्ने छान्छ होss ।........

जिम्माल बा को हाड हाँस्या होला, यो सुनेर । बाउ जस्तो हैन कि, हजुरबाउ जस्तो मया गर्ने खोज न सब्बु। उता जिम्माल बुढाले सेतै फुलेको छातिको रौँ मा ब्याट्रीको कालो दलेर टल्काउँदैछन।

...................इइइइइइ भउते, नाम पनि कस्तो गाली गर्या जस्तो सुनिने के..............

मायाँ गरेर भउतु भनेर बोलाउ त, क्या हर्रामी सुनिन्छ।


 
Posted on 06-20-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नी नानी त साँची कै रिसाकि हुन् कि स्वाङ् मत्र पारेकी? खेल ठट्टाँ मोज मज्जा पो गरेको। रिसानी माफ है!
 
Posted on 06-20-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
हाहहाहा शब्बु, हो हो ठुल्दाई मजाका छन्!:)

हाहाहहा आज भउते मुडमा जस्तो छ!

मुन्नि कुल डाउन बाबा!
एउटा हिन्दि मुभिमा भन्छ नि " बडे बडे शहरोँमे ऐसि छोटि छोटि बात होति हि रहति है सैनोरिटा" भनेर त्यस्तै सोच न:)
 
Posted on 06-20-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma kasaiko sali hoina .poonte control your language .
bhaute bihe grana la bahnera chautarima sunerai jiskauna lai bhena
bahneko thiyo( i wont say again) . mero lagi bhena ( bhinaju) nikaI Aadarniya chan .
 
Posted on 06-20-07 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या झ्याउ भयो....

मुन्नि अब, बेला बेलामा यहाँ बोल्दा बोल्दा रमाइलोको स्थितिमा प्याच्च कहिलेकाहि कसैको मुख बाट केहि कुराहरु निस्कन्छन। यस्तो सधैँ त हैन कहिले काहि पहिला पनि भएका छन्। तर पनि यहि कुरालाई लिएर चित्त दुखाउनु भन्दा जे भयो भयो भनेर अहिलेलाई जान दिउँ, र अब देखि हामि सबैले बोल्दा खेरि कसैलाई ठेस पुग्ला कि भनेर सोच्दा कस्तो होला?

राहुल दाsssssई कता हो?
 
Posted on 06-20-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....jiskauna lai bhena
bahneko thiyo ( i wont say again) my bad !



......mero lagi bhena ( bhinaju) nikaI Aadarniya chan........



धन्यबाद सालीनानी ( मानवी-जी चौतारीमा हजुरले मलाई भेना नभने नि म त साली नै भन्छु ल ! प्लिज नाइ नभन्नुस है ! ) , अब त झन तिम्ले मलाई भेना भन्नै पर्छ के। नत्र भने तिम्ले मलाई आदर नै गर्दि रैनछौ भनेर मेरो चित्त दुख्छ नि बाबै !
म त तिमीलाई आदर गर्छु के रे।

यो सब बिगारेको मक्करेले हो ! मलाई नउचालेको भा' यस्तो रडाको नै हुने थे'न।

सालीनानीलाई समर्पित यो गीत:

म त अब रिसाउँछु, बोल्दै बोल्दिन !
रिसाउने सँग दिल खोल्दै खोल्दिन
मुसुक्क हाँसिदेउ, फुल फुले झैँ
पानी परेपछि को आकाश खुले झै ........

टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ टेटेरेँ

प्लिज मानवी-जी एक फेर हाँसिदिनुस, प्लिज ! प्लिज ! प्लिज ! प्लिज ! (भउते कान समातेर ९९ फेर उठ-बस गर्छ। सय पटकमा उठ्न नसकेर लामो सास फेर्दै फुङ्लुङ्ग चौरमा लड्छ। मानवी-जीले भउतेलाई टुप्पी समाएर उठाउनु हुन्छ अनि मुसुक्क हाँस्नुहुन्छ अनि चौतारीका सबैले तररररररररररररररररररररर ताली बजाउँछन्)


 
Posted on 06-20-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते:सोमत' भनेकोथाहा छ क्यारे । तिम्रो साढु लाइ पनि कान समात्न लगाउ। मुन्नि निक र जुरेली(काल्पनिक)मा फरक छ (चौतारीमा महिलालाइ सबै भन्दा बढि अभद्र भएर लेख्नेमा पहिले नाम आउने नै होलान) लुज्ज्जा मनमा लागेको कुरो


अभद्र भएर लेख्ने भए साली नभन
 
Posted on 06-20-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको ईन्टर्नेट नौटंकीमा, न कोई कसैका रियल साली भए, न कोई कसैका रियल भेना। नौटंकी न हो, खेल ठट्टा, रमईलो अर्छम् के रे। रियल मै साली भगाउने कुरा अर्दा हुम् त, रौं त सिद्धियो सिद्धियो, चिल्लो खप्पर नि पिल्सि सकेको हुन्थ्यो।

भौतेलाई त टु्प्पीआँ समातेर उठाउने रे, मलाई क्यार्ने होला? यस्तरी सातो गा'छ कि, उठबस गर्दा बस्न नपाई थरररररररररर काँप्दै तुरुन्तै आफैं उठिन्छ। बसि रा'ख्यो कि सातो गा'को ले दिसा आउला भन्ने पिरले।

अरे मुन्नी!!!!!!!!!!!!!!!!!!!!! रिसाउँदा त झन् झन् जिस्कयाम जिस्क्याम लाग्नि के! भो, नजिस्कयाम क्यार। बरु चण्डीको पुजा नगरेको धेरै भा'थ्यो, धूप बालेर पंच बली चढाउँछु म त! :p

लौ, सुत्न जाम अब। गुट नईट!
 
Posted on 06-20-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
काली , कहिँ की
Kali pani dekhe maile, Gori pani dekhe maile, vae varka ....
 
Posted on 06-20-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाउते! फेरि एक बाजि नम्बर घुमाउ त! मेरो फोनलाई ज्वरो आयो जस्तो छ!
 
Posted on 06-20-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखुम् अँ-----! चाइञ्जो के रे जदौ! जे रामजी की! तारेमाम!
 
Posted on 06-20-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्छेहरुको दोहोरी सकिएर जुहारी तिर लागे कि क्या हो ?
ल म त एसो सांझको चिसो हावा खान बसें ।
 
Posted on 06-20-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! हरिविजोग बज्जेलाई धन्नेबात भन्नै बिर्सिरा! जय होस् हरिविजोगको!
 
Posted on 06-20-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त । लौ हरी, तिमीलाइ धेरै धेरै धनियाको पात चौतारी चिनेको मा ।
धनियाको पात बासी भो तै पनि लिइहाल ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters