[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 130516 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-07-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पु्टे "बकाइनो" दाइ :!
 
Posted on 12-07-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको कथा नि पढैँ। अघिल्ला चौपारीका फेदाँ रेछ। राम्रो रेछ।
とても おもしろい ものがたらい です。

अनि ग्वाँचेजीको "भ्रस्टाचार" नि हेरेँ। तो रामेश्वरको कान्छो छोरो मेरो किलासमेट हो।
 
Posted on 12-07-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-->पिरती बुइनीको कथा त मैले पटक्कै देखिन कहाँ तिरिम छ? लिन्क सिन्क दिम् न।

साच्चै नदेखेको हो र भन्य दादाले।
-http://clean.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=161&PageNum=9&forum=271&threadid=38822#343486



 
Posted on 12-07-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D

"....... ड्याङ (के हो भनेर सोध्लेउ नि फेरि)को मुला हो'

मुलाको चै अचार खान मिल्छ है :)

प्रिती पनि अचार भनेपछि हुरुक्कै हुने र'छिन । अब याहुलै बकाइनोको अचार बनाउने तरिका सोध्छिनकि अस्तो लायो मलै त ।:D
हरिलै जदौ भने है त मुइले नि
 
Posted on 12-07-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे अभियनता जी, दर्शन! चौतारी wikepedia मा देखेर खुशी लागो, all the credit for this success goes to you. Thank you sir!
 
Posted on 12-07-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा हो र ? कथा पढिदिनु भएकोमा धन्यवाद!
 
Posted on 12-07-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
सबैलाइ

भुलचुक लिने दिने है, गलत इन्फर्मेसन गको मा
नराम्रो सङग झुकिएछु नि मोरो बकाइनो सङग ।
मैलेता बकाइनो लाइ बाएकान भन्ने पो सोचेछु त।
मिस धन्यबात है तपाइलाइ सच्याइदिनुभएको मा

बकाइनो ता हो रहेछ औषधीको रुपमा भने प्रयोग गर्न मिल्नेकुरो पत्ता लागो है । यसको बैज्ञानिक नाम मेलिया एजाराक्ता रहेछ र यसको बोक्रा र बिउ को जुस बनाएर खाँदा मा जुका पर्दा र आँउ पर्दा निको हुने (for anthelmintic) कुरो थाहा पाइयो है ।

ग्वाँचे सरी है गलत इन्फरमेसन गको मा । अब तात्ताहो गुन्द्रुक को झोल र ढिडो नै खाने है ।
 
Posted on 12-07-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम !!

लु सप्पैलै जदौ!! कताट सप्पैएकैपटक ओइरेछन नि बरै :)
 
Posted on 12-07-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीलाई है त्यो माथिको greetings.

गौतम् दाइ अनि दादालाई नि धन्यबाद् त्यो टुक्रा पढिदिनुभएकोमा।

LOL miss
 
Posted on 12-07-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाको अचार बनाउने तरिका सिखाइदिनुस् न मिस्
 
Posted on 12-07-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गलत इन्फर्मेसनले कार्टुन पो बनियो त!
मिस् मुलाको त साँचिकै अचार बनाउन मिल्छ है (सोध्दैमा के जान्छ र!) ?
यामे बनाउ अब बकाइनोको अचार जसरि भए नि, बाख्राकै लागि भे नि!!
 
Posted on 12-07-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

とても おもしろい ものがたらい です。

aarigaatou gojaaimasu dada.
 
Posted on 12-07-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैलै जदौ!! कताट सप्पैएकैपटक ओइरेछन नि बरै :)

हा हा, बरु त्यो बकाइनाको गेडा चैं ईस्कुलाँ पढदा मन परेकी लाई पछाडी बाट बोलाउन काम लाग्थ्यो, त्यो पनि नि्शाना राम्रो भए मत्रै
 
Posted on 12-07-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

ठूली, तिम्रो लागि अर्को नि कविता लेखिदिएँ :


काठमाडौंका रंगीन फूलहरूले
तिमीलाई नै स्वागत गर्दैछन्
विहानीका सुनौला किरणले
गगनमा तिम्रै नाम कोर्दैछन्


तिम्रो जादूमय हाँसोको माधुर्य
फैलिनेछ सारा नेपाली हावामा
तिम्रो आगमनको तेजिलो विम्व
देखिनेछ मेरा मनका आँखामा


नेपालको यात्रा सुखमय होस् तिम्रो, ठूली!!!
आइ विल मिस् यू :(

दादाले जापानीमा लेख्नु भाको मैले राम्ररी त पढ्न सक्तिनँ, तर पनि टराइ मार्छु।

とても おもしろい ものがたらい です。

तोचिमो ओमोसिरोइ मोनोगातारोइ देसु।

यसको अर्थ भने सबै बुझिएन, 'ओमोसिरोइ' भनेको 'रमाइलो' हो, 'देसु' भनेको 'छ'। सान्नानीको कथा रमाइलो छ भन्न खोज्नुभा' होला, होइन दादा?
 
Posted on 12-07-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् यामे, गुन्द्रुक र ढिंडो मात्रै खाने बरु बकाइनोको जुस खाँदा कसो होला?

ठुलि मेरो तर्फबाट नि तेइ ग्रीटीङ है, सान्न्नानीले दिएको, किन फेरी अर्को कार्ड टाँस्नु हैन्!
 
Posted on 12-07-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बाख्राकै लागि बनाम्न परो जस्तो छ
बाख्रा ले खानि भो अब

तर मिस त्यो बकाइनो ता तितो न तितो हुन्छ रे नि त निम जस्तै हो?

नमे अभियनता जी, दर्शन! चौतारी wikepedia मा देखेर खुशी लागो, all the credit for this success goes to you. Thank you sir!

ए नमे त्यो आफ्नो गाम्तिर को web page पनि अपग्रेड गर्दै गरन हो ।
 
Posted on 12-07-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wikepedia मा हाम्रो चौतारी देखिन त मैले
किन त्यो च्याँसे नमेलै सप्पैले धन्यवाद दिरको । मलै त रिस पो उठ्या'छ । बेला बेला उट्पट्यांग बोलेर दिक्क लाइसक्यो
मलैत 'मेडि....रे'!!!
मेडि??? यो के भनेको नमे च्याँसे (देख्या छैन कहिले नि। तर अन्दाज अरेको च्याँसे नै हुनपर्छ) रिसानिमाफ है नमेजी तर लेख्दा र बोल्दा मिनिंगलेस कुरा हरुलै ख्याल गरिदिन पर्च है ---मेरो कुरो बुझ।नु भयो होला नि
:) :)

मैले बकाइको त जुस नि खाएकि छैन त । तर निमको जुस चै धेरै पटक गाउमा गएर साथिहरुसअ मनपरि घाम मा हिड्दा ज्वरो आएको बेला खाएकि । उफ्!!! तितो न तितो खानै नसकिने हुन्छ मैले त चिनि राखेर खाएकि :D

निम टाउको दु्ख्दा ज्वरो आउदा, दाँत अनि गिजा दुख्दा औषधिको रुपमा सिधै प्रयोग गर्न मिल्छ। तर अरु बैज्ञानिक नाम तथा अरुधेरै जानकारिको लागि मलै पनि google सर्च गर्न पर्च :)

ग्वाँचे मुलाको अचार साच्चिकै बनाउन मिल्छ नि । त्यो नि बनाएर ताजा नै खान लै र दुइचार महिना पछिसम्म खान मिल्ने गरि पनि । अनि प्रिति तिमिलाई आलु र मुलाको अचार बनाउने तरिका पछि भनुम्ला है
 
Posted on 12-07-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ धन्यवाद छ । सानानी ani ग्बचेँ लाइ फेरी एक चोटि धन्यवाद त्यो ग्रीटीङको लागि ।

चित्रे धन्यवाद । सती राम्रो कबिता लेखेको । साह्रै राम्रो लाग्यो । के गर्नु मलाई नि एउटा तिम्रो लागि काबिता लेख्ने मन त थिएए तर दिप ज्यो ले आहिले सम्म कबिता लेख्ने फरमुला दिनुभाक छैन । Sorry chitre :(
 
Posted on 12-07-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aarigaatou gojaaimasu dada. ==> japan ma ta gojaai ko massu pani paudo rayecha, battai jastai huncha hola gojaai.

Yame tyo gau ko web page ko thulo katha chha. Kathmandu ma arvali haru bhela bhayechan. Ani k k garne plan banayechan. Arva mahotsab yestai yestai..ani euta webpage pani rakhne kuro bhayecha. Malai ek jana sathi le bhanyo. La ta nai thikai chha bhanera maile 10000 MB ko 200Gb bandwidth bhako euta site kine 2 barsa ko lagi. Suru ma ta nam ma nai k rakhne bhayo. Uniharule diyeko nam kunai pani available thiyena. suruma www.arvabijay.com rakhe. tara ali lamo ra apthyaro bhayera arvaonline.com rakhne sur gare. arva nam ta french, swedish k k hudo rayecha, bhetiyana. arva.org pani gaisakeko rayecha. Uta nepalma journalist,engineer,laureate khoi ko ko ho milera committee gathan bhayecha. Tyo bhako 6 months jati bhayo tara suru ma maile j rakheko thiye tehi nai chha aja samma. Tehi sajha ko chautari thread ma gif image rakhne thau bhako chha aile. Aba tyo space aru kura ma nai rakhne sur garekko chhu. tara tyo arva site chhai mathi lagla jasto chhaina.
 
Posted on 12-07-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब चै नमे लै मेरो नि मुरी मुरी धन्यवाद !!( खै रिसाएको पो छन कि ?) :D :P
************************************************************************
साझा चौतारी
From Wikipedia
Jump to: navigation, search
साझा चौतारी साझा डटकममा भेला हुने नेपालीहरुको एक लोकपृय फोरम हो। २००५ को बिचतिर नमे, भउते, सिरे, दादा लगायतका उत्साही युवाहरुले सुरु गरेको यो थ्रेड अहिले ३६ औं भागसम्म आइपुगेको छ। नेपाली भाषाको माध्याममा भालाकुसारी हुने यस फोरममा पूर्वदेखि पश्चिम नेपालका भेगमा बोलिने ढाँचामा गफ गरिन्छ। यही नै चौतारीको एक रौनक हो भन्नुमा अत्युक्ति नहोला। हाल पूर्व जापुन (Japan) देखि लिएर पश्चिम औंरिका (United States)सम्मका गाम्लेहरु थकाइ मार्न यहाँ भेला हुने गर्छन्।

चौतारीमा भाग लिने युजरहरु:

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे


चौतारी यस्तो लोकप्रिय भई अनवरत चलिरहनुको कारण:

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" -- मास्टर्नी नानी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters