[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 71252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 08-08-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha jimmal baa ......birkhemaila ji !
 
Posted on 08-08-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो काम्चोर ग्याङ को कमाण्डार हो दीप्जी तपाईं
साला आज काम नसकै खाने भो म्यानेजर को झ पाई
 
Posted on 08-08-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरालोमा फेल् भा ब्रेक् नि होईनउ तिमी
उकालोमा फुस्क्या जन्जीर् नि होईनउ तिमी
तेर्सोमा घच्चिको जोल्ठिङ् नि होईनउ तिमी
पन्चट् भा बलको ब्ल्याडर नि होईनउ तिमी
टेक्नी भाँच्या डेड्ली ल्याडर नि होईनउ तिमी

तर तिमि बिग्रेको थोत्रो गाडी पक्कै हौ ।
कामचोर संगठनको adachaya (president) नै हौ
 
Posted on 08-08-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दस् चोटि गर्दा नि नमिल्ने गडित को हिसाब हु म
जाच मा लेखदा लेखदै खोसीएको को कपी हु म
जती कोशीस् गरेनी राम्रो कबिता लेख्नन नआउने रिकी नेपाल हु म
 
Posted on 08-08-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाजवाब!

May I ?

रिसाउदा ओहिलिने
मुस्काउदा फकृने
आखि-फुल हु म

तिम्रो हातले बालेको
सवास ले फुकेको
नबलदै बुझ्ने दीप हु म।
 
Posted on 08-09-06 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This thread is the best of the best.Who says SAJHA has lost it's charm.
 
Posted on 08-09-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ हामि धेरैले आ-आफ्ना मनोभाव पोखिम् --- मलाई त रमाइलो लाग्यो।

म चै यसैले बिट मार्न पर्यो।

आफन्तका माँझमा पराइ बनेको छु
छुट्टिए धोका, बसे उपेक्षित्
कर्कलाको पातमा पानी बनेको छु
 
Posted on 08-09-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah Deep....... kina bit marne aru ni jawos na..........
 
Posted on 08-09-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी सुरु भो काम चोर ग्याङ को सर्दार को कबिता
हुने भयो आज दीन भर पनि रमिता :P
 
Posted on 08-09-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,
Not fair!! Kaha bit marne kura gareko? Aru pani jaawosh na.
 
Posted on 08-09-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabbai nepali ma maarda raichan hya ta..ghar nagai nepali ma marna sakdina ma ni...


kasailey yo hoon ma tyo hoon ma bhanda malai chai sindoor ko git yaad aayo

Minakchhyi ananda lay roondai roondai ko hoon ma, ke hoon ma!! bhanya.....yaad aayo

deep dai lay ramro dhago nikaley yo
 
Posted on 08-09-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DeepJi , please dont mind hai, yo ek haraf tapai ka laagi

तिमि,
हरन बाहेक सबकुरा बज्ने थोत्रो गाडिनै हौ।
पत्याए पत्याउ, नपत्याए नपत्याउ,
ओरालोको ब्रेक्, उकालोको जन्जिरको कुरा गर्दै,
आफ्नै आंग कन्याएर छारो उडाउने,
तिमि सच्चिकै अनाडिनै हौ।
 
Posted on 08-09-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास पाउन थालेदेखि
तिम्रो बाहुपासमा
हरेक पल तिम्रो
दास बन्न थालेको छु!!

प्रत्येक गाँस अनि
मेरा हरेक साँसमा
तिम्रो सहवासको
आश गर्न थालेको छु!!

त्यसैले त आजभोली,
जिउँदा लाशहरुको रासमा
एककिसिमको
तमास हुन थालेको छु!!

नझुक्किनु,

तिमी = Jack Daniels

:पि
 
Posted on 08-09-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चर्कियेको घाउ फुट्दा निस्कने पिप हुँ म
जिन्दगिको कुनै पनि मोडमा काम नलाग्ने सिप हुँ म

को हो भनेर नअल्मलिउ तिमि, तिमिले बालेर छोडेको दियो हुँ म
बिजाउला कि भन्दै पन्छिएर हिँड्नुपर्ने, तिमिले हराएको त्यो सानो सियो हुँ म।

तेस्रो हरफ चैं दीप दाजुको चोर्या हो है। कपिराइट त छैन होला नि?? :पि
 
Posted on 08-10-06 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी बिना को माछा ,सुई बिनाको घडी हु म
एत्रा आसुकबिहरुका माझ ताते गर्दै बामे सर्न लागेको अनादी बालक हु म
 
Posted on 08-10-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पुण्य मन पराए या पाप मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ।

यदि फुल काँडा भित्र सँगै रमाउन सक्छ
ममताको रंगमा पनि फिका समाउन सक्छ ॥

नसोध मैले वरदान या श्राप मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ।

तिमिसंग लिनुपनि छ तिमिलाई दिनुपनि छ
हाम्रो हिसाब-कितावमा सजाउनु पनि छ ।

यो हिसाब भुलेर तिमिलाइ बेहिसाव मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ॥


* मेरो बाको पालाको भएपनि मलाई Amazing लाग्यो, श्रेय प्रभात रिमाल दाईलाई । उहांको Whisky Shot पछिको गाना । पहिलो चोटि सुन्या :) :)
 
Posted on 08-10-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँ म को लहर रै छ ! मैले त अर्कै पोष्ट गर्दैं !
४ बजे तिर फुर्यो भने कबिता लेखुँला ! :)
 
Posted on 08-10-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100 degrees ko garmi ma tatiyeko balwa ho timi
char jat chattis barna ma naparne anautho mahila hau timi
tauko ma sunko dhago bokne khola jhai bahane honi
man ko boli nabujhne maya ko khelauna timi

ps: A hot non-nepali blonde girl. ;-)
 
Posted on 09-17-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितज्यूले गीतको शब्दमा केही त्रुटीहरु गर्नुभएको रहेछ । त्यसलाई सच्याइर यहाँ राख्दैछु ।

 

यो मेरा समस्त सर्वप्रिय १० गीतहरु (यदि छान्नैपर्‍यो भने का कुरा नि) मध्येको एक हो, त्यही भएर त्रुटी देख्न नसकेको हुँ ।

 

 

मैले पुण्य मन पराएँ या पाप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मनपराएँ  

 

जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ

जब दागको रंगमा पनि टिका समाउन सक्छ

 

(समाउन = समाहित हुन)

 

नसोध मैले वरदान या श्राप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ  

 

तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ

हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ  

 

यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ

 

Nepe
 
Posted on 09-18-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ध्यारो चारै तिर ,  औशी को रात हुँ  म
लाचार अनि कहिले संगम् नहुने  , दुई नदी को किनारा हुँ म !
हो ,हो  पानी  नपाई छट्पटिएको माछा हुँ म
खै के भनु म,  wal street बाट पेलिएको  बिबस मध्यम् बर्ग  हुँ म !!

हे हे मैले पनि ट्राइ मार्दे को नि .........
peace


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters