[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159447 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-28-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै गाम्लेहरुलाई!
अलि फुर्सद भो, आज शुक्रबार भएर खुशी लाग्यो ।

सहिलाको कविता राम्रो छ।

ठुल्नानी, वीकेन्ड्मा घुम्न जाने हैन त? ;)

पिरती जी, झन्डाको क्विज खेल्नुस् है, तर म घर पुगेर मात्र प्रश्न सोध्न भ्याउछु। :)

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी
 
Posted on 07-28-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या सबै गाम्ले दाजु भाइ दिदी बहिनीहरु त चौतारीमा पो बसिरहानु भा' रैछ । । । सबैलाई मेरो तर्फबाट जदौ है । । । म त यो बाटोबाट पर्देश जान ला । । । । एस्सो थकाई मारम्न है । । । । अझै बाटो धेरै छिचोल्नु छ । । । के गर्ने आफ्नै गाम्मा केही गर्न सकिएन । । । । मेरी भुन्टीको आशाध्यै सम्झना आइ रा' छ । । । मेरी भुन्टीको लागि लेखेको एउटा कबिता मेरो तर्फ बाट है । । । । ।


पहिलो यात्रा

समय बिताउँदा प्रकृतिको काखमा
जब तिमी हुन्थ्यौ मेरो साथमा
संसार जिते झैं लाग्थ्यो मलाई
समय बित्थ्यो सारा संसार भुलाई
मीठा-मीठा कुराहरु गर्थ्यौं
सुन्दर भविष्यको योजना बुन्थ्यौं

अझै पनि सम्झिन्छु त्यो पहिलो दिन
मैले तिमीलाई प्रस्ताव राख्दा
शब्द-विहिन भएकी थियौ एक छिन
प्रस्ताव मेरो स्विकार गरेर
भित्र भित्रै आफैसँग डराएर
साथ दिएकी थियौ तिमीले मलाई

कति रमाइलो थियो त्यो यात्रा
प्रकृतिको काखमा हामी दुई मात्र
आँखामा लज्जा अनि संकोच भरेर
मुहार मा मनोहर आभा छरेर
साथ मलाई दिँदा तिमीले
समय प्रति आभार प्रकट गरेथें

म चाहन्थे समय त्यहिं रोकियोस्
तिमीसँग कहिल्यै छुट्टिनु नपरोस्
जिन्दगी मेरो यसरी नै बितोस्
यही नै जीवनको सत्यता होस्
केवल तिमी अनि म मात्र
यसरी नै कटोस् जीवनको यात्रा

समय कहिले पो रोकिएको छ
मेरै लागि किन रोकिन्थ्यो र
तिमीसँग गरेको पहिलो यात्रा
बाँकी रह्यो केवल सम्झना मात्र
तिमीले दिएकी थियौ साथ हरेक छिन
कसरी बिर्सन सक्छु र त्यो सुन्दर दिन

बसेको होला तिम्रो नि' मानसपलटमा
सँग सँगै गरेको पहिलो यात्रा
तिमीले मलाई विश्वास गरेर
मेरो प्रस्ताव स्विकार गरेको
सधैं आभारी तिम्रो म रहनेछु
त्यो स्वप्निल दिन म सम्झिरहने छु



भुन्टी म छिट्टै फर्कन्छु है । । । । ।


हस् त मित्रहरु फेरी भेटौँला । । ।
 
Posted on 07-28-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कहाँ जाने घुम्न ? ? ? ? ? ? ? ? ? ? ? ?
 
Posted on 07-28-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है राम्रो कविता ल ग्वाँच जी को। पाल्दै गर्नुहोला है चौतारीमा। कुनै दिन तपाईँको यो कविता सापट माँगे "नाई" नभन्नु होला, है?

सम्पुर्ण मित्रहरु लाई नमस्ते।
 
Posted on 07-28-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, तिमी नै भन ल कहाँ जाने, अनि त्यही जाउला घुम्न ;)

पून्टे दाई लाई के भो ?

Gwanche ji, कविता राम्रो लाग्यो

कुम्ले, के छ ?
 
Posted on 07-28-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा साइँला

"..मेरो निन्द्रा' काल किन बन्न खोज्छ्यौ,
चुप ला'र घर गए त भै गयो।.."

******************
ग्वाँचेजी, तपाईँ त ६ ६ महिनामा मात्र साझामा झुल्किनुहुन्छ नि? कति परदेश बस्नुहुन्छ यतै गाम मै सरुम अब।
भुन्टिको याद साह्रै मिठो संग राख्नुभो!

**********

खुईययय...... घाम पनि कस्तो लाउन सक्या होला। ए पुन्टे दाई, रोपाईँ सकियो? सुर्ती माडम् माडम्, सुर्ती च्याप्दै कुरो अरुमला।
 
Posted on 07-28-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अईया!!!! अईया!!!!!!!!!!!!!!!!
 
Posted on 07-28-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न गाउँले हो!
पुन्टे दाइले गुहार मागेका हैनन भन्या? भाउजूले हो कि धोबिनीले हो तालुमा आलु प्रहार गरेजस्तो छ। ऐया आथ्थु गर्दैछन् त!
जाम् जाम्। के भा'रच बुझ्न जाम्।
 
Posted on 07-28-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मा-यो नि मा-यो!!!!!!!!!!!!!

अईयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!

गुहार! गुहार!!!!!!!!!!
 
Posted on 07-28-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नभन्दै साँच्चीकै बित्यास पर्याजस्तो छ।
के भो पुन्टेदाइ?

हैन सँधैं यतै वरिपरि छ्यास्छ्यासती हुने मान्छे यो बेलाँ चैं काँ गएचन्?
 
Posted on 07-28-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उखु चोर्न आम्दा रे छन् अर्काऽ गाममा?
 
Posted on 07-28-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भयो, पुन्टे दालाई?
 
Posted on 07-28-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा उखु चोरे मैले उखुले नै हान्दिएँ। को रे छ भन्या त पु दाई!
 
Posted on 07-28-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई के भयो?
चित्रे फ्लिम हेर्न जाने हो कि? कसैलै नि नभनु गाउले ले थह पयो भने अर्थ को अनर्थ् बनाउच।
 
Posted on 07-28-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुले के भयो भनेको त सुहाउँछ पनि…पिरती बुईनीले चईं था’नपा’ झैं अरि स्वाङ् पार्नि?

अईया!!!!!!!! क्वाँऽऽऽ क्वाँऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!
 
Posted on 07-28-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी पुन्टे दाइ भन्न खोज्या, माफ पाम्। मिलार पढुम्।
---

पिरतीजी के छ खबर खाबर?
 
Posted on 07-28-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको उखु चोर्न ला'का रैछन्? कि दादाले ढुङ्गा ताकेर बजाए हँ? बेकारमा सक्कली भाउजू र धोबिनी भाउजूलाई दोष दिइराख्या मैले नि! :D
ए दादा, नाम दादा गिरी भयो भन्दैमा गाउँमा दादागिरी गर्न पाइन्च?
भर्खर गफ हुँदा त त्यस्ता कुरा भ'का थेनन् केरे!

प्रीति र दादा मिलेर पुन्टेदाइलाई के भा'को हो पत्ता लगाउनू ! म चैं अब फर्कें।
 
Posted on 07-28-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुन्थ्यो नि? उखु चोर्न गा'बेला पल्ला गाउँका ले भोटे कुकुर छोडिदिएछन् नि। झन पुन्टे दाई तिमी नजाउ तिम्रो उमेर छैन, अब हामी गर्छौँ सबै, तिमी बस खाउ। हामीलाई सबै तिक्डम सिकाइदिएकै छौ भनेर भन्या थियौँ नि, माने पो।
 
Posted on 07-28-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, त्यो ओखर खप्परैं फोड्ने भए तिहार सम्मुन् कुरे हुन्थेन? जाबो ३-४ महिना त थियो नि! सारै निस्ठुरी बुईनीहुर पुनि!

अईया बाऽऽऽऽऽऽऽ!

ए, दादा! त्यो उखु चोर त कुम्ले परो जस्तो छ! कन्डाँ साम्लाको डाम देखे देखे जस्तो ला’गो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters