[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 180052 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-14-05 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो लाले बेस्सरी सन्किँदै हिँडिराको थ्यो । के भओ र भनेर सोधेको त "हैन, त्यो नेपे साईँलाले कहिले एसेल्सी
(SLC) पास अ-यो र ? ताधि त झाम्टे (exempted) जाँच दिनी भन्दै थियो है, चईनी जिम्मालले अरेचन कि कसले
गडबडी अरेचन कुन्नि, डाँडाको चईनी प्राथमिक स्कूलाँ पढाम्नी जागिर पाएछ है केटाले त" भन्थ्यो ।

मैले त्याँसी, "ओहो, अग्घोरै जाति भएछ, साह्रै राम्रो काम पाएछन् केरे नि त नानीहुरलाई पढाम्नी, अक्षर चिनाम्नी,
फेरि गाममा अरु एसेल्सी पास अरेका र गाममै जो बस्छु भन्नी त को छन् र त नि? अब दादा र भउतेले भ्याम्दैनन्,
गाले (gaalab) मोटे ले बल्ल चईनी नौ कक्षामा पढ्दैछ केरे, चईनी तिमी आफै लालेले क्याम्पस पढ्नी भन्थ्यौ,
गोताएँ एउटा बाँकी भओ केरे, तो पनि ब्या अरेसि कता मोरो कता मोरो" भनेर भनें।

लालेलाई साईँला सितको कहिलेको रीस रैच कुन्नि, "चईनी किताबाँ गातो हाल्न त जान्दैन, जम्मै मैले
हालिदिन्थे, तेसले के कखरा पढाम्नी होला" भनेर भन्दै थिए ।

जे होस, बिहानै माड्साबले बोलाका छन् भन्थे साँहिलाले, मैले त सुरुमा नबुझेको के, नुकरी पाएका
रैचन् र पो त । हेडसरले बोलाका होलान् केरे नि , बिहानै केटाकेटीहुरलाई लाईन लगाम्न परो, चईनी
गोडाफाट सतर्क अराम्न परो, त्याँसी नङ् कपाल चेक अर्न परो । त्याँसी हाजिर साजिर अरेसि कखरा
सिकाम्नी होला केरे बल्ल ।

Keep rolling...
 
Posted on 12-14-05 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लौ, यो चैं दादाको जस्तै मेरो नि भएको, तर मैले कतै तो सेभ गरिसक्याथें। वरिजिनल चैं तल टास्नेछु।

§â§Õ§± §â§Õ§Ø§â§Õ¨_§â§Õ§Ø§â§Õ¨_,
§â§Õ§·§â§Õ¨_§â§Õ§¢ §â§Õ§Ü§â§Õ¨_' §â§Õ░ §â§Õ§Ø§â§Õ©´§â§Õ§Ú §â§Õ░§â§Õ¨_§â§Õ§Õ §â§Õ░§â§Õ©´§â§Õ¨Y§â§Õ░§â§Ö§¯§â§Õ§¼ §â§Õ§¹§â§Õ░§â§Ö§¯§â§Õ§Ú§â§Ö§¢ §â§Õ§Ú§â§Õ©´ §â§Õ§á§â§Ö§­ §â§Õ§á§â§Ö§¢§â§Õ§Ú§â§Õ©´§â§Õ§·§â§Ö§­§â§Õ§Ò§â§Õ¨_§â§Õ§¢§â§Ö§Õ §â§Õ§á§â§Õ¨Y§â§Ö§¯§â§Õ¨Y§â§Ö§­ §â§Õ§·§â§Õ©´§â§Õ§Õ§â§Õ¨_§â§Õ§Ü §â§Õ§Ü§â§Õ§Ó§â§Ö§¯§â§Õ§Ú §â§Õ§¦§â§Õ¨ˆ§â§Ö§¯§â§Õ§½§â§Õ©´ §â§Õ¨ˆ§â§Õ¨_' §â§Õ§Þ§â§Ö§©§â§Õ¨ˆ§â§Õ¨_§â§Õ§¢ §â§Õ§Ü§â§Ö§­ §â§Õ§·§â§Ö§ª§â§Õ¨ˆ§â§Õ§·§â§Ö§ª§â§Õ§£ §â§Õ§¾§â§Õ¨_§â§Õ§Ú§â§Ö§¯§â§Õ§á§â§Õ¨_ §â§Õ¨Y§â§Õ¨ˆ§â§Ö§¯§â§Õ¨ˆ§â§Õ¨_ §â§Õ§Ø§â§Õ©´§â§Õ§Ú§â§Ö§© §â§Õ¨g§â§Ö§­ §â§Õ§Ú§â§Õ©´§â§Ö§Õ §â§Õ§Õ§â§Õ░ §â§Õ§Õ§â§Õ§Ü§â§Õ¨_§â§Õ§©§â§Õ§·§â§Ö§­ §â§Õ§Õ§â§Ö§­ §â§Õ§¸§â§Õ¨_§â§Õ§Ú§â§Ö§¯§â§Õ§¾§â§Ö§¡ §â§Õ§Õ §â§Õ§à§â§Ö§ª§â§Õ¨ˆ§â§Ö§© §â§Õ§Ú§â§Õ©´ §â§Õ§à§â§Õ░§â§Õ©´§â§Õ§¹§â§Õ§á§â§Ö§© §â§Õ§«§â§Õ¨ˆ§â§Ö§¯§â§Õ§Ö§â§Õ¨_ §â§Õ§¹§â§Õ░§â§Ö§¯§â§Õ§Ú §â§Õ¨Y§â§Õ§·§â§Õ©´§â§Õ§Ú §â§Õ¨g§â§Ö§ª§â§Ö§Õ §â§Õ§·§â§Ö§© §â§Õ¨ˆ§â§Ö§©§â§Õ§¸§â§Ö§¯§â§Õ§á§â§Õ¨_ §â§Õ¨g§â§Ö§­ §â§Õ§Õ§â§Ö§¯§â§Õ§á§â§Õ¨Y§â§Ö§¯§â§Õ§Õ§â§Ö§­, §â§Õ§Ý§â§Ö§£§â§Õ¨ˆ §â§Õ¨g§â§Ö§­ §â§Õ§·§â§Õ©´ §â§Õ§·§â§Õ§¼§â§Ö§¯§â§Õ§á§â§Õ¨_§â§Õ§·§â§Õ§·§â§Ö§¢§â§Õ§¼§â§Ö§¢§â§Õ§·, §â§Õ§¼§â§Õ§à§â§Ö§¯§â§Õ§¼§â§Õ¨_ §â§Õ§·§â§Õ¨_§â§Õ§¢§â§Õ§Á§â§Õ¨_, §â§Õ§¼§â§Õ§Ü§â§Õ¨Y§â§Ö§¯§â§Õ§Á§â§Ö§¡§â§Õ§· §â§Õ§¾§â§Õ¨Y§â§Ö§¯§â§Õ§Õ§â§Ö§­?

§â§Õ§¦§â§Õ§Ú§â§Õ©´ §â§Õ§µ §â§Õ¨Y§â§Õ©´§â§Õ░§â§Ö§©, §â§Õ§¨§â§Õ§¾ §â§Õ§Ú§â§Õ©´ §â§Õ§¹§â§Õ¨_§â§Õ§à§â§Õ§º§â§Õ░§â§Õ§·§â§Ö§­ §â§Õ§·§â§Õ§Ö§â§Õ¨_ §â§Õ¨ˆ§â§Õ©´§â§Õ§±§â§Õ░ §â§Õ§¨§â§Õ§±§â§Õ§¼§â§Ö§Õ §â§Õ¨ˆ §â§Õ¨ˆ §â§Õ¨Y§â§Ö§¢§â§Õ§Ú§â§Õ¨_§â§Õ§à§â§Ö§¯§â§Õ§Ø§â§Ö§ª §â§Õ§¹§â§Õ░§â§Ö§¯§â§Õ§Ú§â§Ö§¢§â§Ö§Õ §â§Õ§¨§â§Õ§Ý§â§Ö§£§â§Õ¨ˆ§â§Õ¨_§â§Õ§© §â§Õ§Õ §â§Õ¨ˆ§â§Õ¨_§â§Õ§à§â§Ö§­ §â§Õ¨ˆ§â§Ö§©§â§Õ§¸§â§Ö§¯§â§Õ§Ú§â§Ö§© §â§Õ§Ý§â§Ö§¢§â§Õ░§â§Ö§¯§â§Õ¨Y§â§Õ§Ø§â§Ö§ª §â§Õ§½§â§Ö§ª§â§Õ§Ú, §â§Õ¨e§â§Ö§©§â§Õ§Ü§â§Õ¨_§â§Õ░§â§Õ§·§â§Ö§­ §â§Õ¨ˆ§â§Õ¨_§â§Õ§¹§â§Õ©´ §â§Õ§Ú§â§Õ§«§â§Õ¨f§â§Õ¨_ §â§Õ§Þ§â§Õ§Ú§â§Õ¨_§â§Õ§à§â§Ö§¯§â§Õ§Ú§â§Ö§¢§â§Õ§½ §â§Õ§·§â§Ö§¯§â§Õ§á§â§Õ¨_§â§Ö§Õ §â§Õ§Á§â§Ö§¯§â§Õ§á§â§Õ¨_§â§Õ§à§â§Ö§¯ §â§Õ§Á§â§Ö§¯§â§Õ§á§â§Õ¨_§â§Õ§à§â§Ö§¯§â§Õ§à§â§Õ¨_ §â§Õ§¼§â§Ö§ª§â§Õ§£ §â§Õ§¼§â§Ö§¯§â§Õ§á§â§Õ¨_§â§Õ§«§â§Õ§¢§â§Õ§Ø§â§Ö§ª §â§Õ§¹§â§Õ░§â§Ö§¯§â§Õ§¼§â§Ö§¢ §â§Õ¨g§â§Ö§ª §â§Õ§á§â§Õ§Õ§â§Õ¨_§â§Õ§Õ§â§Õ©´§â§Õ░!!!
 
Posted on 12-14-05 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं माथिको वरिजिनल नेपालीमा----

ए दादा,
काँ पा' र दिन रात रिसर्च गर्नु नि यो युनिकोडाँ। यस्सो किताप पढ्न अल्छि ला' बेलाँ पो कैलकैं जान्या सल्ला दिने हो नि। तर तपाइको तो खान्जी त मैले नि मरिगये उल्था गर्न सकिन है। के लेख्या हो त्यस्तो, फूल हो कि कच्याककुचुक, चम्चा काँटा, चपस्टीक जस्तो?

अनि ओ सिरे, आज नि गामघरको कथा लिएर आएच। ल ल सुनाम्दै गर्नु। आफूलाइ त लामो लेख्ने फुर्सदै छैन, वेपारको लागि नउशा बनाम्नुछ क्या। ट्याम् ट्याम्मा चैं च्याउँदै गर्चु है यतातिर!!!
 
Posted on 12-14-05 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-14-05 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-14-05 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाममा सिउदेल (सिग्देल) का खलक पनि आएछन्। हुनत सिउदेल खलकको पहाड घर त यतै हो, तर अहिलेका सिउदेल पण्डितका हजूरबा मधेश झरेका थिए। अब यतै बस्ने रे। सिउदेल पण्डितको कान्छि छोरोले त कराते जुडो सप्पै जान्या र'च। जल्लाई देखे नी "तलाई ए---क दिम्?" भनेर बुरुक बुरुक ऊफ्रिहाल्दो र'च।
 
Posted on 12-14-05 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम्की भित्र्याउने चटारोमा आफ्नोचैँ धान भित्र्याउनै ढिलो भो यसपाला। बल्ल बल्ल सक्दैछु। उता केटाहुरका कुजातचैँ गोताएँ त ब्या गरेसी महमा डुब्या झिँगो जस्तो भो, चौतारीमा आम्नै छोडो, दम्तरीलाई समेत बिर्सो भनेर कुरा काट्छन् रे। अब फुक्या राँओ र किलो दाम्लो भईसक्या राँओ कसरी एकै हुन्छ त? अरु केटा अल्लारेले त भने भने, यी सिरे बूढा पनि गोताएँ हरायो भन्दै हिनेका छन् ए! ऐ बूढा, भदौमा जमुनी भाउजु भित्र्या'सी कात्तिकसम्म आफू
घरबाट बाहिरै ननिक्ल्या' बिर्स्यौ?
 
Posted on 12-14-05 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अघि चौतारीमा आम्दा सिउदेल बाजेको घर हुँदै आ'को त सिउदेल बाजे कान्छो छोरालाई गाली गर्दै थे' "पढ्नु लेख्नु छैन, कराते जुडो खेल्छु भन्छस् बज्जे?! कुडो खाएर जुडो खलिन्छ?" तर त्यो कान्छो सिउदेल केटोचैं मापाकै हो ल, बाउलाई पनि " ए-----क दिम्!" भनेर थर्काम्दै थ्यो।
 
Posted on 12-14-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पनि दाईँ हाल्ने चटारो छ अहिले, सोँबार सकिन्छकि भनेको। तेल सक्केर मिल चलाउन
नि पा'छैन। गोताएँको बिहे खर्च कुटेपछि त्यत्तिकै छ।

मिलाँ धान, मकै र कोदोको लइन छ। अस्ति जमुनिले पन्र पुसाँ लट्टे खान भनेर पाथि चारेक
अनदीका धान कुट्न ल्या'कि थिइ। २-४ दिन पर्ख भनेको त " मैले अर्दा ल्याको मिल, मेरै धान
नकुट्नी" भनेर झन्किदै गुनिया उचाल्दै उँभो तिर लागी। घर गएर पोइलाई उचालिछे। उत्निखेरै
सिरे जवईँ आ'र बोल्दा नि नबोलि धानको थैलो जुरुक्क काधाँ बोकेर "तिम्रा मात्र छन् र मिल,
हाम्रा घरैमा छन" भनेर खुट्टा बङ्ग्याउदै हिँडे। अलेलि जाँड खा खा'रेछन्। फेरि झगडा पर्ला
भनेर म नि क्यै बोलिन।

हिजो गोताएँ ससुराल ग'र आउँदा जमुनि आगनाँ घाम ताप्दै कपाल कोर्दै थी रे। सिरे जवईँ चैँ
आफैले भकर्ल्याईँ भकर्ल्याईँ धान कुट्दै थे रे ढिँकीमा

दु:ख पाइस मंगले, आफ्नै ढंगले। पन्र पुष अगाडिनै कुट्दिन्छु त भनेकै थिएँ नि।


गुल्टिदै गरम........

:-)
-भउते
 
Posted on 12-14-05 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्या अरेसी मुन्चे सुध्रिन्चन भन्ते सपैले तर यो गोताएँ झन्डै न सुध्रेको। याउँकली ले बल्ल बल्ल सुधारेर छोडीछिन्।
शहराँ गा रेचन के रे बुढा बुढी के जाति होनिमून मनाम्न रे अनी हाम्रो गोताएँ ले साइँलीको भट्टी देखेचन हेरी अनि के चाइयो र.... याउँकली सित तुम्बा तान्न जाने भनेर कर अर्न थालेचन।

गोताएँ - चट्ट सफा साइँलिको पसल तुम्बा पनि पाइन्छ असल
ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार
याउँकली- फलफूलको पसलमा जाउँ न, तुम्बा भन्दा फलफूलकै रस खाउन
ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार
गोताएँ - दुध र घ्यु त बच्चै मा खाइया छ, आजभोली तुम्बा नै चाइया छ
ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार
याउँकली - शहर बसि बिर्सेछौ दूध र घ्यु, त्यै हुनाले बिग्रेछ तिम्रो जिउ
ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार
गोताएँ - जुन दिन देखि शहरमा आइयो, त्यै दिन देखि त्यसै मन रमाइयो
ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार
याउँकली - कति झिक्छौ अल्लारेपन, मलाइ छोड्देउ कि छोड जाँड खान
ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार
गोताएँ - गयो इज्जत लाइराछ शरम, दोधार भो मन के गरम के गरम
ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार
याउँकली - कान समात कुखुरो बनेर, उठबस गर जाँड खान्न भनेर
ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार
गोताएँ - ट्याक्सि मोटल कार, माफ गर आइन्दा तुम्बा खान्न यार

यसरी सुध्रेका रेचन नि गाँठे हाम्रो गोताएँ त....
 
Posted on 12-14-05 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते!
------------
यो सिउदेल मधेशतिर केटी पाएनछ अनि हिजो बेलुका आको रे पहाडका केटी हेर्नुलाई।
अब हाम्रा गाममा पौडेलै पौडेल उसैको गोत्र जो परो केरे, हाम्रै हाँगो एउटा लाछिएर बगाम्दै मधेशतिर पु-याको त हो नि, केका तिनलाई केटी दिनु नि, मार सातो टिपेछन् जिम्मालले। "अब तो कट्टु पनि फालेर नागैं ऊफ्रे नि तिम्लाई हुनी केटी छैनन् हाम्रा गाममा!" भनेर तर्साइदिएछन्।
अनि सिउदेलले जिम्माललाई केइ भन्न सकेनछ, अहिले बिहान पख भने चौताराँ कोही नदेखेर, जिम्माल बुढा अडेस लाम्नी पिपलका बुटालाई ताकेर कम्फु हान्छ बा।

 
Posted on 12-14-05 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरा ग्छ यो दादा गिरि । त्žयो मठस्žया ले जिम्माल बुढा अडेस लाम्नी पिपलका बुटालाई ताकेर कम्फु हान्žदा पानि के लाटाले पापा हेरेको जस्žतो हेरि बसेको ? दिनु पर्दन एक हुटिटाउ सट ? म भाको भे बजाउथे पाजी लाइ घोप्žटो पारि पारि । :)
 
Posted on 12-14-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन न म संग के को रिस रेच त्यस्तो बिधि?? कुरो बुझै मरिजाम्। कुन्नि के जाती केटि हरुको फोटु टाँस्छु भन्दै कुर्लिँदै थियो ब्यान सम्म त? फेरि चौतारिआँ छोरोलाइ कुम्फु खेलाम्दै रेच। छोरो पनि मापाको रेछ जल्लाइ भेटे नि हिर्काम्ला झैँ गर्दो रेच!
 
Posted on 12-14-05 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पो'रत हाम्रो टारिखेत बलबिरे जेठलाइ कमाउन दियाथेम सप्पै टन्टा खलास भअथ्यो। हुननि सारैनै मिइनेति छन् बरा, बर्ष भोरिआं ३-४ बालिनै भित्राउचन गांठे। अब असारे धान, मुसिरे धान, गंउ, तोरि, आलु के के हो के के। घरां दुइटा लइना भैसि, एक हल गोरु, दुइटा जाहान, दुइटा येमानका छोरि, दुइटा लक्का जुवान छोरा, काम अर्नि मुन्छे त कति हो कति। अर्म पर्म कैनि अर्न नपर्नि। हाम्रो खेतां सप्पै मोल्खातो नै हाल्दिएछन केरे बल्ल बल्ल १० मुरि हुनि ठाम्मा १५ मुरि सम्म धान बनाएचन।
एस बर्ष सप्पै उल्टो भओ गांठे। अब गामभोरि मटरबाटो खनेर सप्पै गामै धजा झै बना'छन केरे, त्यै धजां परो हाम्रो टारि खेत्नि! त्यांसि बलबिरे ले भनिहालो, "अब देखुनट तो टारि खेत कमाउन सउदिन हजुर, सप्पै खेत जति मटर बाटाले मिच्यो, अब जाआन केटाटि पाल्ननि पुदैन म त अबदेखुन्ट जिम्माल को गैरिखेत कमाउने निधोअरे"।
अब जे जस्तो भ'नि आफ्नो बचे कुचेको जग्गा'आ ग'उ छरेको केरे, राम्रै भ'अरैच हुनत।
साता दुइ भएच खेतां पानि नलाको, गउ अलि पयंलिएच गांठे।
बिआनै उठेर, आज रातितिर येसो पानिओ मेसो मिलाम्न पर्ला भन्नि सोच्दै येसो गाम तिर ठडियेकेरे। गामको पुछारां सिरेओ घर पर्च, येस्सो पसिहाले। गोडा दुइ घन्टाजति फका'सि बल्ल सिरेले भने, "लौ हुन्चतनि"। बेल्का डांडाकि भाउजुकां तुच्च तुच्च पार्नि अनि टारिआं पानि लाम्न जानि सल्ला भओ। मलाइ राति साथिदिए बापत भोलि म सिरेको खाल्टेगरां बारबार्न जानिहोनि फेरि।
बेल्का सिरे र म झुम्म झुम्म हुदै हिनेम कुला' मुआनतिर।
सिरे, यो टारिओ कुलो काति लामो हो हं? मुहानट पानि चलाओ गांठे हाम्रो खेतसं पुउदा पानि सुक्का। बल्ल बल्ल थुन्दै थुन्दै पानि एस्सो खेतसं के पुउनलाथ्यो कुनचाइले मुआनतिर बिठ्याइ अर्दिदोरइच कुला' पुछारतिर त पानि च्याप्पै। टारिआं पानिलाम्नत सारै दुख गांठे।
अब लुदि खोलाको पानिनि मिसाम भने, हिजै फेरि केटारुले दुवालि थुनेर खोलै उता पल्टाछन, पानिपो कसरि मटेर्निहो।
 
Posted on 12-14-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा नयाँ मुन्छे आ'छन् अरे सिउदेल भन्नी भने केरे । को हैच त त्यस्तो नयाँ मुन्छे भनेको त बाटा भरि चईनी
छेर्दै हिँडेछ त्यो नयाँ मुन्छेले त, हुँदा हुँदा चौतारीमा पुनि छेरेछ है जतापाच्छे जो । सप्पैका चईनी घर-घरै चईनी
मेलापात जताततै छेर्दै हिँडिराको छ अरे ।

Keep rolling...
 
Posted on 12-15-05 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैना:
उकालीमा पछि पछि
ओरालीमा अघि अघि
यो केटा के भाको?

सिउदेल:
नदेखे सम्मन् को हो, को हो?
देखे पछिन् माया मोह
बुझाइदेऊ यो मन!
... ... ...


चौतारीमुनि सिउदेल र मैना भेट भएछन्। मैना त गहुँ भित्रका कुटुल कोसा खाँदै खाँदै गहुँभित्रको घाँस खुर्केर ल्याको
हल्का हल्का डोको बोकेर माथि लागऽथी। सिउदेल अब गुलेली खेल्न आको भओ केरे मधेश देखुन्।

"बिर्खे जिम्मालले मलाई तेसो भन्नी गोत्र र सोत्रका कुरा अर्नी। भुत्रो गोत्र अब मैले यिनै पशुपतीकी छोरीसित पिरिम अर्छु।"
तराइतिरै फर्क्यो कि भन्या त सिउदेल फर्क्या रैनछ, गाइ पानि मिनेसित यसो करेन्ट चढाऽर आको रछ।
"जिम्मालका आँगनको बाटो मैले बाजा बजाऽर लान्छु मिने दाइ मैनालाई। यो गाममा मलाई हुनी केटी छैनन् त मिने दाई?"
रुँदै भन्दै ग-यो सिउदेलले। मलाई नि सारै माया लागो। मनाँ गढेछ बरा केटोको।
 
Posted on 12-15-05 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै त, यि सिग्तेलले साझा देशमा कति बिस्ट्याउन सकेको हौ गाँठे । छेरपाटी जोणले लागेछ कि क्या हे। ल है हाम्रा गाम्को पसलमा सहरबाट ल्याएको केजाती त्यो जिबनजल भन्ने पाउछ। त्यै घुट्काएर कतै एकछिन आराम गर है मित्र । उहिले हाम्रा बुढापाकाले भन्थे धेरै छेरपाटी लाग्यो भने बेर्नु निस्कन्छ अरे।
ए दादा, हन त्यो राजु दमाईको दमीनी भाउजुलाई देखेर बिर्खेले त यस्तो पो गीत गाँउदै थियो ।

किन रोयौ दंमीनी भाउजु
दमाईदाईले पिट्यो कि, ट्यामको फुट्यो कि।
 
Posted on 12-15-05 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, सिउदेल नि आएचन्। जुडो देखाइचन्। ती चै नानी हुन् कि जो आफ्नै फुटु टाँस्या हुन्?
सँखाराँ के लेख्या हुन् कुन्नि त्यो गाइखानी अच्छेराँ? नमस्ते अर्या हो के रे।
गाउँ भरि छेरे रे, फेरि घरबारी गर्न आका पनि भन्चन रे?
मैनालै ब्यार्च रे, देलान् त पस्पतिले?
केटाकेटीहुरले गाइँगुई त अर्थे के रे।
"छाँइल्दाइ, गाममा एउडा लाउले आ' च हि, हि, छालाको लुगाला' छ, अनि लातो लुमाल घाँटिमा बान्याँ च अनि बडेमानको लेडउ (रेडियो) लेल घुम्च। मैना दिल्लै शहलाँ लैजानी ले"। भन्थे के रे।
दिउसो तिर म नी इस्कुला'ड खाजाखानी ट्याममा यस्सो बाइर आँखा लाम्न हिड्या थिं। नजिकै आड रेडउ घन्किँदैथ्यो।

बारीको डिलमा ओखरबोट, ओखरबोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमीसित सारै नै दिल बस्यो।
 
Posted on 12-15-05 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरम्ला हामि पनि यो सिउदेल्ले पशुपतीको छोरी कसरि लाँदोरेच। कुन गाम बाट आर सपैलाइ थर्काम्दै जुडो, कुम्फु के जाति
हो देखाम्दै अझ हाम्रै गाम को चाइन्जो केटि लाने कुरो पो अर्च गाँठे!
 
Posted on 12-15-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर सिउदेल सिपालु हो भै हो केटीहुरको मन खिच्न। अब मैना अगाडि परी कि जिल्ला जिल्ला घुम्दापनि तिमीजस्ती कोइ भेटिन मुइले भनेर भन्दोरेछ। आफूभने तेइ परासी र स्याउजा बाहेक उल्ले टेकेको बाटोमा पर्नी पाल्पा सम्मन् होला। तर गफ भने लकांसम्मनका गर्छ बा।

सिउदेल:
ए काठमाण्डकी नेवार्नी
सिन्धुपाल्चोककी तामाग्नी
थाकखोलाकी थकाल्नी
राम्रोमा भन्छन् सबुइले!

ए, तिनै शहर म पगेँ
तिनै ठाउँ म डलेँ,
ए, भेटेन राम्रो तरुनी
ओई, भेटेन राम्रो तरुनी!
... ... ...


यो सुनेसी मैनापनि मसक्क मस्किन्थी ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters