[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 512967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-12-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरी पियाले"!!!!!!!!!!

And basanti faints ..lol

ritthe, next match kaslai support gardai?

 baucha, tei ta hami dui jana matra  croatia supporter

Austria le jitcha, homeground ho I suppose.

underdog teams!!


 
Posted on 06-12-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(रिट्ठे हल्दार र लहरे ख्याउटे, लहरेको घरनिर पिपलको बोट मुनि बसेर भउते भुक्केलाई कुर्दैछन्। भउते आएपछि कत्लेडाँडाको बिस्टे साउको पसमा गएर तास खेल्ने योजनामा छन्।)

रिट्ठे हल्दार- "खइ त भुक्के मुरदार अजै मरेन एता!.....  हन ए ख्याउटे तेरा घरा दलिनाँ झुन्डा के हुन ति लुन्द्रा लुन्द्री हँ?"

लहरे ख्याउटे- " तेरा आँखाँ किरा परे कि क्या हो, सुकुटि नि चिनेनन् तेरा खोपिल्टे आँखाले?"

रिट्ठे हल्दार- " क्यारि चिन्नु सुकुटि, गुन्द्रुका झोल तुइँक्याउँन नि दसईँ कुर्नु पर्ने खलका घराँ सुकुटि होला भनेर क्यारि पत्ताउनु!"

लहरे ख्याउटे- " तेस्ता गुन्द्रुक त हल्दार खलकलाई हुर्रयार दान गर्थे हाम्रा बाउबाजे!"

रिट्ठे हल्दार- " गरिआले नि दान तेरा बाउबाजेले हाम्रा खलकलाई, बाउ बाजेले भा' गुन्द्रुक नि दान गरेर सुक्या होला नि तेरा ज्यान! सुकुटी खाका ज्यान नि देखियो (पँहेला दाँत देखाउँदै हाँस्छ) हिहिहि"

लहरे ख्याउटे- ' पर्दारिलाई के पत्तो हाम्ले सुकुटि चपा' कुरा! तेस्ता सुकुटि त हेर बज्जे मइनइ पिछ्छे धार्नि का धार्नि करेसाँ मिल्क्याइन्छ बडि भ'र!"

रिट्ठे हल्दार- " सुकुटि भनेर त धेर् फलाकिस लाटिको पोई, बरु केका सुकुटि हुन? लाउर्या पाङ्ग्रे कुकुर हरा' नि धेर भा सैन हिहिहिहि! (सुर्तीको पोको झिक्दै) सुर्ती खान्छस? काँड नखानु एल्ले सित्तैमा पाए तिनमाना चुक नि बाँकि राख्दैन बज्जे!"

लहरे ख्याउटे- (रिट्ठेको हातबाट सुर्ति झिकेर मुखमा च्याप्दै) " हिजो एइ सुर्ति खान हाम्लाई बातले पोस्दैथ्यो आज कताडि ल्याइस? कि हिजो भक्भकेलाई मिर्सी सँ गोठाल्जाँदा भेटाइदिउँला भनेर फुत्काईस सुर्तिको पोको हँ?"

रिट्ठे हल्दार- " तेरा बाउबाजेले सुकुटि करेसाँ मिल्क्या जस्तो हाम्रा बाउबाजेले सुर्ती ख्याउट्या खलका आँगना बर्साउँथे अनित्याड पिच्च थुकेर हिन्थे, यि यसरी!" (भुइँमा पिच्च थुक्छ) " एस्ता जाबो सुर्तीको त बगइँचो स हाम्रा माउलिमा!"

लहरे ख्याउटे- " पर्दारी हुँम भनेर चिनाइस है बज्जे आफइँले अइले? घरा सेरोफेरो सप्पै देख्या छ भनेर अब माउलिको धाक लाउन थालो असत्ति! तेरा माउलि नि था छ हाम्लाई मोइ भनेर बासि चउलानि खा'र देखाउने माउलि!"

रिट्ठे हल्दार- " तेरा माउलि नि तेरा? चउलानी नि चिन्दइनन् कइलेइ भात खान्पा भए पो! आलु खार पेडा धाक भन्या एइ हो! घराड आउन त आइस तासा मुठो बिर्सिस कि क्या हो फेरि तँ खाना कालले?"

लहरे ख्याउटे- (खल्ति छाम्दै)" हाम्रा ज्यान सुके नि दिमाख तिखो छ तेरा  भुत्ते खुकुरि जस्ता दिमाख हैनन हाम्रा! तासा पोको ल्या छु, आज नि तास खेल्दा भाँचेर हेरिस भने तेरा पर्दारी खलकले तेरो पर्दारि गरेर बस्न पर्ने बनाइन भने ख्याउटे नभन्नु भोल्देखि!"

रिट्ठे हल्दार- " गोडा पन्द्रेक रुप्पेको तास किनेर सइ रुप्प्या धाक लाउँस लाटिको पोइ, तो चार चार हात पछि तासको पैसो उठा चाइँ बिर्सिस? पन्द्र रुप्प्या तासको पचास रुप्पे उठाइसको अज उसकै पेवा तास भाँच्या जस्तो गर्स मुरदार!"

लहरे ख्याउटे- " खाल पुयो भन्देखि तँ बज्जे हेरेर मात्रै बस्! एक हात खेलेसि टाट पल्टेर सापट माग्नेले के तास खेल्नु बरु नेपाल ग'र पस्पतीमा माग्न बसे हुन्छ, भउबानको पर्दारी नि हुन्छ हेहेहेहे!"

रिट्ठे हल्दार- " कल्लाई टाट पल्टो भन्छस हँ बज्जे? (खल्तिबाट तिलहरि निकाल्दै) यि गोजिमा ३ तोला तिलरी स आज कति खेल्न सक्छस खेल!"

लहरे ख्याउटे- " कुन चइन्या तिलरि फुत्काइस ए असत्ति हल्दार? तेरा घराँ फलामे साङ्लो नि छैनन भनेर सात गाउँलाई पत्तो छ, कताडि ल्याइस यो तिलरि? खइ भुक्के अनमरिएन त? न भिराड खसेर' सुइँक्यो कि बज्जे, भुक्के मुरदार सिद्दया भए त खत्तमै भो नि, तासको खाल पुग्दैन!"

रिट्ठे हल्दार- " के मर्थो भुक्के ऊ आइपुगो, तेसका उमेर् धेर रेसन!"

(भउते भुक्के आईपुग्छ)

भउते भुक्के- " होइ ज्यानमारा हो क्यादै सौ? माथ्लो डाँडाबाड सुनिने गरि केका खलबल गर्या सौ तिमेरले?"

लहरे ख्याउटे- " तेरा पाँसुल्ला बल्ल फुक्लिए एतातिर? काँ बियाँलो गरेर आइस?"

भउते भुक्के- " काँ हुनु, लाउरे जेठाले भक्भके ज्यानमारालाई पाता कसेर चुट्दै रेसन्, निलडामै निलडाम छ ज्यानभरि मुरदारको!"

रिट्ठे हल्दार- " भक्भकेलाई क्यान पिटेसन त? के ओर्याई गरेस असत्तिले?"

भउते भुक्के- " खइ हिजादिन दिउँसो मिर्सिसित बन गा रेस, त्याँसि खोल्तिर झरेका रे, मिर्सिको घाँटि रित्तै! मुरदारले कुन सट्को कुन सट्को तिलरी उडा'र बेपत्ता पार्देछ, अइले चुटि चुटि तिलरि झार्न खोजिरारेसन, क्यार्नु भिराड खुरमुरिन ला' राँगोलाई राउँराउँ भन्न सकिन्स काँध थाप्न सइँदइन!"

 

गफै त हो!

 

 

 


 
Posted on 06-12-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khushile faint ki pirale faint basanti?

riththelai sajilo gardya ni.


 
Posted on 06-12-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे ब्रो! तिमीलाई पनि बधाई छ यार!

गsssश! मलाई बसन्तीले देख्दापनि देखेन! इट्स सोsss फ्रस्टेटिङ!


 
Posted on 06-12-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको बसन्ती, कसैको ग्र्यानी, कसैको स्प्रिङि तर मेरो पिया हैन त?

नेक्स्ट म्याच त मैले अस्ट्रिया ले जित्छ भनेको छु ! जित्नै पर्छ !


 
Posted on 06-12-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइमा दोस्रो राउण्डको २ मा ४ जोडेर,


दुई हात जोडी ट्याम अली कम भएको ले चियाउने काम ट्याम ट्याम मा गरेको ब्यहोरो अनुरोध छ। यसबाट कसैलाई असर्-बेसर-प्रेशर पर्न गएमा खेद प्रकट गर्दछ।


 
Posted on 06-12-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanno, shock bhayera faint bha ni

jimmal ba dami cha, kasto thet bhasha, ekdam dhyan de ra padhna parne


 
Posted on 06-12-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बधाई भित्र कोशेली पनि छ है कुम्ले LOL
 
Posted on 06-12-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

जिम्बाल बा   का सिक्या  यो भाषा तमाइले ?

 कस्तो रमाइलो लाग्यो  कता कता सुने जस्तो कात कता बोले जस्तो पो रैछ--


 
Posted on 06-12-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulations Kumle!!!

 

ओहो मिस दिदी

भौते भुक्के रे हाहा

Last edited: 12-Jun-08 01:53 PM

 
Posted on 06-12-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊप्स कुम्ले, सो नदेखिङ यू,  सरी ल  गस्स्स्स्स!
lol ritthe, josle josle je naam diyo tei anusaar?

 
Posted on 06-12-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई के को बधाई ? थाहा नभएनी बधाई छ
मिस नानी नमस्ते

 
Posted on 06-12-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा! भनेसी तो तिलरी हाम्रो रिट्ठे हल्दारले पो झ्याम? हा हा हा!! अत्ति!!

लोल रिट्ठे! भा-नभा कुरा ल्याएर!!

मिस नमस्ते! (मनमनै, म सअँ किन नबोलेओ भन्चु र!)

सान्नानी हा हा हा! अब रिट्ठे को कुरा पत्याएउ भने त के के भन्छ के के! जे होस दुई बर्षपछिलाई अग्रिम दिएको भए ठिकै छ!

छ्याssss....!! बसन्तीले बल्ल पो देखेछ हौ! कस्तो नमज्जा भाको नि!


 
Posted on 06-12-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै रिठ्ठेले बधाई भन्यो अनी मैले नि भन्या, किन होला?
 
Posted on 06-12-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा को अर्को हरिप गएछ ! खत्रा लेख्नी बुढा त ! फेरी त्यस्तो भाषा टाईप गर्न नि कस्तो गाह्रो हुन्छ नि ! लोल
दोश्रो राउन्ड को २,३,४
कुम्ले, अब सुरु सुरु मा सबैले लाज मान्छन पछी ठीक हुन्छ बिस्तारै ! लोल
सान्ननी ले पनि थाहा नपा' जस्तो गर्या'? लोल
मिस दिदी सलामवालेकुम
 
Posted on 06-12-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो कुम्ले   भाइ मेरो नि बधाइ!! म फुपु भाकिम   हो?;)

बसन्ती दिदी र प्रिति सिस मेरो नि नमस्ते !

जिम्माल बा को महात्म्य देखेर चुप रहन नसकेकिम के


 
Posted on 06-12-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा बिर्खे दाई चिच्यात बाकस मा नभेतेनी यतै तपाईंको कुरो सुन्न पाइयो , हैन तपाईं कता गायब भा भन्या हुवा हजुर बा हेर्न पाइेन भनेरा नातिनी छत्पत छत्पत गर्दै छ्हिन
 
Posted on 06-12-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा बिर्खे दाई चिच्यात बाकस मा नभेतेनी यतै तपाईंको कुरो सुन्न पाइयो , हैन तपाईं कता गायब भा भन्या हुवा हजुर बा हेर्न पाइेन भनेरा नातिनी छत्पत छत्पत गर्दै छ्हिन
 
Posted on 06-12-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेभाइ वालिकुम सलाम !

हामी सन्चै?


 
Posted on 06-12-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Goaaalllllllllllllllllllllll

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters