[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 488730 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
च्याँङवा
Posted on 06-02-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्हेरो लोलको डंडा क्युं मारा? क्युं क्युं?

मार्ना नासाकेकु आसातीहारु..........भुटेकोशिमा लाकेरा खुट्टामा सामारा गार्दान साम्मा आउने गारी डुबाउना नापुगेको पाख ना मोइले भेट्यु बाने के कार्छा..........

गानातान्तारा आयु, गानातान्तारा बानेकु रामिता राइचा.....रुक माथि माथि चारेरा हेर्ना पाउने राइचा....., याइ मौका मा मो पोनि रुक माथि चारेरा राम्री राम्री खाच्चारनिहारु छान्चा आनि त्यो पार्दियोगिता गार्न पाउचा तुइले बानेरो म्हेरो लोल खाच्चार रुक चारेरा रामिता हेर्दाई थियो,..... पाछरिबारा डांडाल्नुमा याद्रो लामो डंडाले हान्यो रे,...... बिचारा मोइच्याङ..... मोइच्याङ .....आइया.... आइया.... बानेरा बासेकु छ।


 
Posted on 06-02-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हस्तिनापूर गाबिस  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा बन्द बन्द ढोका भित्र मन्द मन्द मुस्कान छोड्डै प्रश्न सोध्ने बिर्ख बहादुर बोगटिको प्रश्नहरुको उत्तर:

परीक्ष्यार्थीको नाम: रिट्ठा राज राठोड
कक्षा: पौने २

१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?

उ. - निज राहुल भाई रायमाझी उर्फ ठुल्दाइले चुरोसको खिल्ली मात्र उठाउने भएकोले नेताहरु को त के कुरा भयो र? हेँख हेँख हेँख

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

उ. - हात्ती बलियो कि हाती चाप चप्पल बलियो भने जस्तै हो !

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

उ. - मिलोड, ठुल्दाइले मरीसकेको भैंसीको मात्र म:म खाने गरेकोले उक्त आरोप बिल्कुल निराधार छ !

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

उ. - चिया खाँदै घाम ताप्दै काम चोर्न मा बढी आनन्द दिएको कुरा शही हो !

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?


उ. - प्रश्न मिलेन, ति सबै भन्दा पनि ठुल्दाइ बाहिरको 'चिच्याउने बाकस' मा खोक्स दिन रुचाउनु हुन्छ !

तारेमाम !

 
Posted on 06-02-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-02-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,सोमबारे आलस्यमय जदौ।
ब्यान ब्यान देखी निक्कै हल्ला खल्ला सुनिन्छ आज सोमबार को दिन पनि,के खाएर आयो ए गाम्ले हो। आज चै सप्पै को तीन पुस्ता खुलौने दिन जह्तो छ नि ।
फिस्ट राम को नाती,इस्ट राम को छोरा बिष्ट राम बिष्ट को नमस्कार स्विकार्नु होला।
 
Posted on 06-02-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरी पनि नमस्ते है !!!
सान्नानी, चिया को लागि धन्यवाद है, म बाडिहाल्छु नि, अरु जस्तो एक्लै खाने बानी नै छैन
कुम्ले, मेरो पनि नाम राख त

हिसाबको उत्तर
नाम : पर्बत् प्रसाद पुडासैनि
कक्षा : शिशु कोदो पिसु
रोल न : आँफै खोज्नु 

१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?

उत्तर : नेताहरुको खिल्ली उडाउन दिल्ली लागेका ठुल्दाइ भोकले चुर भै म:म को सट्टा चिकन् चिल्ली खोज्दै जादा दिल्लिका सिल्लिहरुले बिल्लिको मासु समेत् नदिने भनेर धम्काएपछि यहाँ बसेर नेताको खिल्ली ऊडाउन भन्दा सुर्यको खिल्ली उडाउन मजा हुन्छ तारेमाम भन्दै आफ्नै घर मरु भिल्ली मा फर्कनु भएको थियो

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

उत्तर : कुखुरा र अन्डा मा जुन जेठो हो ठुल्दाइ र चुरोटमा पनि त्यही

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!
उत्तर : यो भैंसी सम्बन्धी प्रश्न को उत्तर आउँदैन

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा
यो प्रश्न अपुरो छ, कहिले भन्न खोजेको? बिहान कि दिनमा कि राती कि ? बर्षामा कि हिउदमा कि? काम गर्दा कि काम नगरि तारेमाम भन्दा?

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?


उ. - प्रश्न मिलेन, ति सबै भन्दा पनि ठुल्दाइ बाहिरको 'चिच्याउने बाकस' मा खोक्स दिन रुचाउनु हुन्छ !
(यो प्रश्नको उत्तर न-आएर रिठ्ठेको सारेको हो सर )

Last edited: 02-Jun-08 02:01 PM

 
Posted on 06-02-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ज-जसले खेल्ने बिचार गर्नुभयो, क्रिपय यो फारम भर्नु होला! र मलाई इमेल गरेपनि हुन्छ अथवा यहिँ टाँसेपनि हुन्छ।

नियमहरु सिम्पल छन्, त्यहि भएर हाँसेर गालाको डिम्पल देखाउँदै फारम भर्नु होला, तारेमाम्!

१) जुन टिमले जित्ला जस्तो लाग्छ त्यस्को नाम winner मा लेख्नुहोला!
२) कत्ति स्कोर हुन्छ होला जस्तो लाग्छ त्यो नि Score मा लेख्नुहोला!

जस्तै:

पोर्चुगल र टर्की को खेलमा स्कोरमा ३:२ लेख्नु भएमा पोर्चुगलको ३ र टर्की को २ बुझिनेछ।

प्रत्येक मिलेको उत्तरको १ अंक पाइने छ।

Winner मिलेमा १ अंक
प्रत्येक score मिलेमा १ अंक

 

Last edited: 02-Jun-08 12:40 PM

 
Posted on 06-02-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, चित्रे र ठुलीको खोजीमा
 
Posted on 06-02-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, मेरो 'युरो कप फूटबल प्रिडिक्सन' यस्प्रकार छ ! 
स्कोर चाँही बिस्तारै राख्दै गरौला नि हुन्न?
 


 
Posted on 06-02-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसुर्‍याइ ट्याम हो, के डिस्टर्ब गर्नु खै।


टन्न हसुर्नुस्, एक चाइना निदाउनुस्, डुब्लो पातलो हुने रोग बाट मुक्ती लिनुस्, बिर्खेको जस्तो भुंडी बढाइ लिनुस्।


 
Posted on 06-02-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एक चाइना निदाउनुस् भनेको के हो ताअाअाअाअाअाअाआ?

 
Posted on 06-02-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ, तारेमाम फ्री मा (ठुल्दाइ स्टाईलमा)
हन बिस्टे कता अन्मरियो, यस्पाला को चौतारो बिस्टे ले बनाम्छु भन्थ्यो, ढुङ्गा माटो लिन गा' त होइन कतै?
अरु काम्चोर हरु कता मुन्टे?


 

 
Posted on 06-02-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चाइना निदाउनुस् भनेको लामो, बिशाल र अटेरी निद निदाउनु हो।
 
Posted on 06-02-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छु धाउ छु धाउ

 
Posted on 06-02-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी !!


लेख्न खोजेको खै के खै के जस्तो पो भो!!   Any Suggestions please!


 
Posted on 06-02-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी !!

वाह ! वाह !

तपाईं को सुरुवात अती उत्तम। जान्ने भएर छेडछाड  गरेको छु, माफ गर्नु होला।

 यसलाई यसो गरे कसो होला?
 
कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
आगो पानी मै अल्झिए छ आफ्नो  जिन्दगानी ।


 
Posted on 06-02-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाssssssssssइ निन्द्रा लाग्यो

 
Posted on 06-02-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निद्रा लागे सुत्ने रिट्ठे, के हाईीई। फेरी अर्कै टिना मिना ले हाइ भन्दै आउली !

 
Posted on 06-02-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिसाबको उत्तर
नाम : सुन्तल मान स्थापित
कक्षा : नप्पाइस 
रोल न : उल्टा बाट फस

 

(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?
  डिल्ली हो कि कथामान्डु, तर छेउमा ३ पाने र रांगाको सुकुटी चाँही देखेको थिएं।
 
२) चुरोट जेठो कि ठुल्दाई जेठो?
कुखुरा जेठो कि अन्डा?

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!
भाईंसी र रांगो बिचको भिन्नता नखुट्याइ प्रश्न सोधिएकोले उत्तर नदिने निर्णय गरियो।

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा
 
दुबइ नभै हाजिर गर्ने साथ सुटुक्क भागेर म्यारिज भनिने के जाती २१ पत्ती वालाको खाल बसाल्नमा।

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

साझा खोनु हुन्छ। सबै कुरै एकै ठाउंमा।

खोनु = खोल्नु

Last edited: 02-Jun-08 02:27 PM

 
Posted on 06-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई नि र्याप गाउन मन लाग्यो:)

लोल ठुल्दाइ लोल
लोल लोल लोल
भरै घरआँ खानु पर्ने फेरी तेइ झोल?
लोल ठुल्दाइ लोल
लोल लोल लोल
निन्द्रा लागे सुत नलागे बोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल
ताली बजाउनी हामी जस्ले हाने नि गोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल
माने मान नमाने खोल्दिन्छु पोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल



 

 
Posted on 06-02-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइ दामी छ ल!! मैले चैं यसो गरें है --

कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी

फरक फरक हुने किन सबको आनीबानी
आँशुहाँसो भइराख्ने कस्तो यो कहानी
संघर्ष हो लड्नै पर्छ भन्ने जानी जानी
कस्तो कस्तो किन लाग्छ आफ्नै जिन्दगानी !!

टिकाउ हो या हो क्षणिक फूलको जवानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी

अलि मिलेन है , अझै !! हेत्तेरिका!!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters