[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी - ८५ --

[Please view other pages to see the rest of the postings. Total posts: 611]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 198161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८५ --





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 85 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
Last edited: 01-Nov-07 12:24 PM
Last edited: 01-Nov-07 12:24 PM

 
Posted on 11-07-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भान्जो म त ठुलि को दाइ र भाइहरु गनिराको, अझै सकिया छैन अरु के गर्दैछन थाहा भएन!


 
Posted on 11-07-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hari कामचोर

 
Posted on 11-07-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूचना
चौतारी तिहार विशेषांक
 आज साँझ चित्रबहादुर चित्रकारद्वारा निर्माण गरिने ब्यहोरा जानकारी गराउन चाहन्छौं.
चौतारी बिकास तथा निर्माण समिति


 
Posted on 11-07-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए भान्जो म त ठुलि को दाइ र भाइहरु गनिराको, अझै सकिया छैन अरु के गर्दैछन थाहा भएन

राहुल दा, चना दा, बिर्खे दा, झिल्के दा, गोतामे दा, भाउते दा, कुम्ले दा, अन्तरे दा, अनी माइ प्यारो भाई सानु कान्छा।


 
Posted on 11-07-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्याँले चोङ्गु तुक: मा
ओहे ल्यासे जित: मा।।।।

क्यागर्दै हो गाम्लेहरु


 
Posted on 11-07-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्रो राउण्डको जदौ ठोक्दै अहिले लाई चिलिम ब्रेकमा जान लागेको सहर्ष जानकारी गराउन चाहन्छु।


चित्रेको (ति)हार बिषेशांकको लागि अहिले देखि नै बधाई दिदैं यस्पाली बोर्ड फस्ट हुने अबसर न

खोस्न  समेत सचेत गराउन चाहन्छु।


 तारेमाम्।


 
Posted on 11-07-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! ठूलीको दाइ भाइ गनिरा रे , टीको पनि होलसेलाँ किन्ने रे नि ठुलीले हो? 

तिहार लायो भन्चन, खोई कौडा फूकाउने हैन भन्या??


 
Posted on 11-07-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी टिका त अस्ती नै किनी सकेछु। होल्सेलमा होइन दब्बल पैसा तिरेर।

 
Posted on 11-07-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टीका र माला होल सेलाँ किने जस्तै,
यसपालीको शुभकामना नि होलसेलाँ दिनु पर्ला जस्तो छ, हरि। एउटो कुरो नि।
पालीको तिहारमा सैको नि हार होस्
भन्दै होल्सेलाअँ शुभकामना प्रकट गर्न चाहन्छु।

 
Posted on 11-07-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हजूर कता? हजुरले खोजे जस्तै तिहारको होलसेल मालसामान यता!

साहु भगवतिनाथ गौरीशंकर गुप्ता एन्ड सन्स

तपाइँले खोजे जस्तै, तिहारका लत्ता कपडा, पटका, भाइमसला, फलफुल, मिठाई र सेल रोटिका साथै बिभिन्न आकर्षक मालाहरुलो लागि सधैँ सम्झनुहोस्। साथै दिदिबहिनि नहुनेहरुको लागि दिदि बहिनि र दाजुभाइ नहुनेहरुको लागि दाजुभाइ पनि सुलभ मुल्यमा भाडामा उपलब्ध छ!

साहु भगवतिनाथ गौरीशंकर गुप्ता एन्ड सन्स, इन्द्रचोक काठमान्डौ

बिस बर्ष देखि तपाइँहरुको तिहार सुखमया बनाउँदै आएकोमा हामि गर्व गर्दछौँ।

 


 
Posted on 11-07-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रङी चङी शुभकामना को लागि रङी चङी न्यवा ठुल्दाइ
हाम्ले पनि शुभकामना देका छौ



 
Posted on 11-07-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तपाइँ आफ्नो भैँसिले भनेजति दूध नदिएर दिक्क हुनुहुन्छ?

के तपाइँले पालेको कुकुरले तपाइँलाई नै भुक्छ?

के तपाइँले लाएको काउलि फुल्नु भन्दा पहिले नै बन्दागोबि बनेर हैरान हुनुहुन्छ?

गोलभेँडाको बोटमा दाना नलाग्ने समस्याले ग्रसित हुनुहुन्छ?

के तपाइँको राँगा र खसि काटिनु अगि तपाइँलाई सराप्छन?

बिरालो पाल्नुका फाइदाहरु के के हुन?

सम्पुर्ण जनावरहरुको मानसिक तथा शारिरीक स्वास्थ्य अनि सम्पुर्ण खेतबारिको समस्या केहि क्षणमै समाप्त हुन सक्छ। हामिलाई सम्पर्क गर्न नबिर्सनुहोस।

श्री अलराउन्डर एग्रो-भेट

वटु, काठमान्डौ

फोन- ४२०४२०४०


 
Posted on 11-07-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिदि बहिनि र दाजुभाइ नहुनेहरुको लागि दाजुभाइ" त भयो, साहुजी,
अब हजुर, स्वास्नी नहुने लाई स्वास्नी, प्रेमिका नहुनेलाई प्रेमिका पनि भाँडा मा मिले धेरैको कल्याण हुन्थ्यो कि? यता तिर पनि ध्यान दिने कि? फाइदाको बात जो छ।

 

 


 
Posted on 11-07-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे दाईले के ल्यायो सिसिमा

कान्छो छोरो पढ्छ नि टिसिमा sss ला... ला.. ला...

हजूर! तपाइँ पनि यसैगरि आफ्नो छोरो टिसिमा पढेकोमा खुसि हुँदै गित गाउन सक्नुहुन्छ!

युवा अवस्थाको छोरा छोरिमा भएका बिकृती, खर्चालु प्रवृती, नशा तथा ड्रग्सको आदत, रक्सि तथा सुर्तीको बानि तथा नालायकिपन हटाउन हामिलाई सम्झनुहोस! एक महिने ग्यारेन्टीका साथ उपचार गरिन्छ। उपचार नभए पुरा पैसा फिर्ता!!

नालायकी रिह्याविलिटेसन सेन्टर

टेकु, काठमान्डौ

 


 
Posted on 11-07-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिक्रिमा-

चालु हालतको मोसा., हिरो हो. 1993, ४० किमि,

समपर्क- नरेश-२४०२४०, नघल, कामपा -२६

नोट- दलालले कस्ट नगर्नु होला


 
Posted on 11-07-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-07-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(बि)ज्ञापन को बहार छ त्यौहार जो छ। भाष्करेको धन्दा चौपत होला बिर्खे बा।
Last edited: 07-Nov-07 03:04 PM

 
Posted on 11-07-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोतिबिन्दु शिविर-

हलचोक गाबिस, लहरेपिपल स्वास्थ्य चौकीमा यहि मिति बत्ताइसगते देखि एक हप्ते मोतिबिन्दु शिबिर बस्दैछ। इच्छुक महानुभावहरुले समयमा नै अपरेशन गराई अन्धो हुनुबाट बच्नुहोस!

जि स्वा का, लहरेपिपल

 

स्थाई बन्ध्याकरण क्याप-

तिरिमिरिथोक गाबिस, वडा नं ७ मा यहि मिति गप्तिस गते देखि तिनदिने स्थाई बन्ध्याकरण क्याम्प बस्दैछ, इच्छुक पुरुष वा स्त्रिले समयमा नै समपर्क राख्नुहोस!

जि स्वा का, तिरिमिरिथोक


 
Posted on 11-07-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्पुर्ण जनावरहरुको मानसिक तथा शारिरीक स्वास्थ्य अनि सम्पुर्ण खेतबारिको समस्या केहि क्षणमै समाप्त हुन सक्छ। हामिलाई सम्पर्क गर्न नबिर्सनुहोस।

श्री अलराउन्डर एग्रो-भेट

वटु, काठमान्डौ

फोन- ४२०४२०४०

सम्पर्क :

डाक्टर बिर्ख बहादुर बोगटी MPH, Darbhanga



 
Posted on 11-07-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बूढा त विज्ञापनको व्यापार गरेर पैसा कमाउँदै रैछन्, चौतारी भरि विज्ञापन र सूचना टाँसेर रंगीचंगी
बनाएछन्. 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters