[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एक रात दुइ कथा...

[Please view other pages to see the rest of the postings. Total posts: 54]
PAGE: <<  1 2 3  
[VIEWED 45978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-13-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । पौषको महिना को चिसो हावाको उग्र रुप म सहन सक्दिन । साना तिना ज्याकेट हरु छेडेर छिर्छ । म उसलाइ गाली गर्न सक्दिन तर , अनुहार सुख्खा मायालाग्दो छ , त्यतिसाह्रो बोल्दैन उ ,  उसलाई चुरोट छोड भन्न पनि सक्दिन दिनका चौध पन्ध्र वटा फुक्नेलाई म कसरी छुटाउन सकुँला र !!!
“दाइ म पहिला चुरोट खान्नथेँ !” उसले आजको तेस्रो चुरोट मा सँधै जसो भन्ने वाक्य दोहोर्यायो । मैले झ्याल खोलेको देख्यो शायद । उसलाई गलत गरिरहेको छु जस्तो पनि लाग्छ तर छोड्न नसकेको बाध्यता बताउँछ उ !!! ठूलो कुरा हैन सामान्यतय मान्छे नशामा बाध्य नै हुन्छ । आज पिउँदिन भन्छ , फेरि भोलि देखि छोड्छु भन्छ यसो सोच्दा जीवन पनि त नशा हो , जिउँदिन भन्ने धेरै मान्छे भेटिन्छन् , तर पनि मान्छे जीउन बाध्य छ ।
प्रतिक भन्छ नाम आफ्नो उ , घर कहाँ हो ठेगाना के हो चाहिने भए म काम गर्न सक्दिन भनेर भनेको थियो । पहाडको सानो बजारमा मेरो मोबायल मेन्टेनेन्सको सानो पसल मलाई किन चाहियो उसको घर ,ठेगाना , तर कुरा विश्वासको पनि त आउँछ , मैले थोरै हिच्किचाएर मात्रै हुन्छ भनेको थिएँ । तर आफ्नो काम मा विश्वासिलो छ उ , साथै दक्ष पनि ! म धेरै पैसा चाहिने भए सक्दिन मैले उसलाई भेट्ने बित्तिकै भनेको थीएँ ।चुरोट र खाना , कोठालाई पुग्ने भए पुग्छ उसले सँधै जस्तै रुखो स्वरमा भनेको थियो ।मलाइ थाहा थिएन उसको चुरोट को खर्च उसको खानाको भन्दा धेर हुन्छ । तर उसलाइ पुगेको छ , प्रतिकले कहिल्यै गुनासो गरेको छैन उसको तलबको बारेमा !
प्रतिक सामान्यतय दाह्री काट्दैनथ्यो पन्ध्र बाइस दिन मा काटेको बेला मलाई अचम्म लाग्दो लाग्छ उसको अनुहार , कपाल कोर्दैनथ्यो कपाल काटेको त मलाई सम्झना समेत छैन , उसले एउटा मात्र झोला बोकेर आएको थियो त्यति खेर । उसको जिन्स मैलो भए पनि महँगो जस्तो लाग्यो ।त्यो ब्राण्ड मैले काठमाण्डौ जाँदा देखेको जस्तो छ , ठूला बडाका छोराहरुले लगाएको जस्तो छ । झोलामा एउटा डियोड्रेन्ट ,अरु दुइ तिनवटा जिन्स र टिशर्ट रहेछन् अनि उसले लगाएको ज्याकेट !!!कपडाहरु मैलो भए पनि प्रतिक गन्हाएको भने थिएन ।
“केहि चोरी सोरी गरेर भागेको त हैन ?” मैले उसलाई नियाल्दै सोधेको थिएँ पहिला उ आएको बेला । आजकलको यो भिँडमा चिनेका मान्छेमा त उसको विश्वासको संकट छ झन उसलाइ त मैले पहिलो चोटी देखेको मात्र !तिँ माथि ठेगाना सोध्ने भए काम गर्दिन भन्छ ।
“तँपाईलाई म सँग शंका छ भने मैले हैन भन्नुको के अर्थ र ?” उसको रुखो आवाज एक दम नै गहिरो थियो त्यतिखेरको ।
मैले सोचे आखिर म दिन भर उ सँगै हुन्छु राती चाबी म सँगै हुन्छ उ मात्र काम गर्नेछ , काम आउँछ नै भने मैले अरू कुरा जान्नु को औचित्य छैन ! ठिकै भन्छ उ , प्रोफेसनल कुरा प्रोफेसनल नै हो ,पर्सनल कुरा पर्सनल नै मेरो दोकान सानो भएता पनि !!!
“ अहिले चाहिँ किन फुकेको फुक्यै गरेको चुरोट त ?” म सोध्न पनि सक्दिन , मलाई थाहा छ प्रतिक ले उत्तर दिने छैन । मलाई केटो सोझो पढेको लाग्छ । उ कम्प्युटर राम्रो चलाउँछ । तर उ किन यहाँ आयो यहाँ आएर के गर्न चाहन्छ मलाई थाहा छैन । मैले उत्तर खोजेको प्रश्न , मैले सोध्न नसकेको प्रश्न !!
उसलाई कोठा पनि मैले मिलाइदिए । यो बजार सानो छ मेरो पसल जस्तै । मैले सबैजसो घरहरु चिनेको छु । म यो सानो कुवाको ठूलै भ्यागुतो हुँ भनौँ न !राम्रै चलेको छ मेरो कारोवार , नेपाल मा मोबायल चाहिँ गाउँ गाउँ मा फैलिएर होला !!!इन्टरमेडियट पढेपछि मैले सजिलो स्वरोजगार रोजेँ एक्लै चलाउन गाह्रो गाह्रो थियो त्यति नै खेर प्रतिक हो आएको ! मैले हुन्छ भनेँ !!!! प्रतिक आजकल मलाइ दाइ भन्थ्यो , मलाई पनि विश्वास लाग्छ उसको !!!
उसको मोबायल मा फोन आउँदैन । उसको मोबायलमा सिम थीएन जब उ यहाँ थियो । आएकै दिन उ टेलेकम अफिस गएर नयाँ नम्बर लियो । मोबायललाई उसले गित सुन्ने भाँडो बनाएको छ , फोन आओस् पनि कसको , दोकानमा उ अघि नै आएर चियापसलमा चिया खाएर बसिराखेको हुन्छ म आइपुग्दा । मलाई चिया पसलेले भन्छ यति कम बोल्ने मान्छे मैले देखेको थिइन , “चिनी कम हाल्दिनु “ भन्छ रे प्रतिक कहिले काहिँ त्यो बाहेको अहिले सम्म प्रतिकले दोकानेलाइ अरु कुरा भनेको समेत याद छैन रे !! कहिले काहिँ उ पत्रिका हेर्छ रे दोकानमा तर अनुहारमा परिवर्तन नदेखेपछि म छुट्याउन सक्दिन उ राम्रो समाचार पढ्दैछ कि नराम्रो !!!
बाटोमा उ इयरफोन लगाएर हिँड्छ , यताउताका मान्छे संग बोल्न मन नलागेर होला । प्रतिकको एकान्तको साथी उ स्वयं आँफै होला । मान्छेको सबैभन्दा ठूलो सफलता हो ,आफु भित्रको आफुलाइ साथि बनाउन सक्नु यसले घात हुने सम्भावना शुन्य हुन्छ आफ्नो एकान्त भोग गर्न सक्नु त्यसले मान्छेले भिँड खोज्दैनन् शहरको , अनि आफू भित्रको धुन गुनगुनाएर आफ्नो जीवनलाई एउटा गित जस्तो गाइरहन सक्नु प्रतिक ति थोरै मान्छे मध्येको एक होला !!!!

.............................. ...................... .......................... ............................... ............................. ...
“ प्रतिक चुरोट मात्रै पिउँछौ कि अरु पनि ?” एक दिन मैले उसलाई काम गर्दा गर्दै सोधेँ !त्यो दिन अघिल्लो दिन हामीले अलि ठूलै ब्यापार गरेका थियौँ । दोकान को साइज बढ्दै थियो भनौँ !!! मलाई उ सँग सेलेब्रेट गर्न मन थियो !
 उ हाँस्यो मात्र ! अनि मलाइ हेर्दै भन्यो !
“ के फरक पर्छ र दाइ त्यसले मैले पिए पनि भोलि सुर्य उदाउनेछ , नपिए पनि !”
 हामीले पिउनु र सुर्य उदाउन मा म केहि सम्बन्ध देख्दिन । हुन त उसले पनि देखेको छैन तर पनि उ जोडिदिन्छ । प्रतिकलाइ जब जब हेर्छु मलाई कहिले काहिँ चिसो कराइ मा हालेको तातो तेल मा पानी छुट्टिएर बसेको याद आउँछ उ सुक्न तयार छ तर घुल्न तैयार छैन !!!
“मलाई बेलुकालाई साथि चाहिएको !”
उसले मलाई हेर्यो । उसलाइ थाहा छ बेलुका म छेउछाउका भट्टिहरुमा कहिलेकाहिँ छिर्ने गरेको अनि रातभरको नशाले बिहान बिग्रेको अनुहार लिएर दोकान खोल्ने गरेको !!! सानो त बजार छ बेलुका मैले गरेको हल्ला पनि सुनेको छ होला !!!
“ मलाइ चुरोट नै ठिक छ दाइ !” उ फेरि आफ्नो काममा ब्यस्त हुन चाह्यो !
“ दाइ ले भनेको कहिले काहिँ मानी दिए नै पनि त के नै जान्छ र !”
“मलाइ भिँड मन पर्दैन दाइ , तिँ माथि त्यो नचाहिने गफ हुने ठाउँ !!!”
उसको कारण ठिक थियो हो उसलाई भिँड मन पर्दैन हो त्यो नचाहिने गफ हुने ठाउँ पनि हो !!!
“मैले खड्कालाई उसैको कोठामा सर्भ गरिदे भनेको छु हुन्छ भनेको छ !”
प्रतिक ले मलाइ हेर्यो ।अनि चुरोट झिक्यो । उसलाई खासै मन थिएन जस्तो छ । आज तर उसले मैले भनेको मानेको छ ।
क्रमश:





 
Posted on 03-23-10 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Feel sorry for Khusi
 
Posted on 03-23-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हिजो राती नै पढेको थिए .......... तर निन्द्राले गर्दा तिर्मिर झ्यायी भये को थियो ........

फेरी अहिले पढे .....


अझै पढ्ने रहर पुगेको छैन  .....


अर्को भाग राख्दी हाले ..... पढेर मात्रा उठ्ने थिए क्यारे ....


 
Posted on 03-24-10 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सवैलाइ आभार प्रकट गर्दै...........

अन्तिम भाग-
रात प्रतिकको आँखामा लागेको पट्टि जत्तिकै बाक्लो छ तर अब त हामी तेस्रो प्रहर मा पनि त छौँ अनि मलाइ विश्वास पनि छ भोलि बिहान अवश्य हुनेछ ।

प्रतिकको अवस्थाले मलाइ पहराको छाति चिरेर झर्ने झरनाको याद आउँछ उ लठारिन्छ कहिले यो पहरामा कहिले त्यो पहरामा निर्लज्ज भएर पहराहरु भिजाउँछ उसको उद्वेग नै उसको शक्ति लाग्छ त्यो झरना तर अन्तिम अवस्थासम्म उसलाइ थाहा हुँदैन उसले भिजाएका पहराहरु अनन्तकालसम्म त्यहिँ रहिरहनेछन् जव कि उ भाँसिदै जानेछ आफ्नै अन्तर्द्वन्दमा उसको भसाइ ति पहराहरु विचको रोजाइको अक्मक्याइ हो !!! प्रतिकलाइ म यो कुरा बुझाउन सक्दिन होला सन्ध्याको स्थान सन्ध्याको ठाउँमा छ उ जत्ति नै बौद्दिक देखोस् सन्ध्यावाट उसलाइ सन्ध्याबाट चाहिएको विचार हैन मात्र उसको भोकको लागि साध्य हो सन्ध्या जो प्रयोगको लागी बनेकी छे ।
थाहा छैन मलाइ प्रतिकले आफुलाइ कति धुवाँमा उडाएको छ । न उ सकिएको छ न उसका चुरोटका धुवाँ !!!!उसका कणकण हरु पातलिएका छन् यो कथा मलाइ सुनाउने क्रममा !!! मान्छेले आफूलाइ पोख्न सक्नु पनि सफलता हो ! कहिले मान्छेका भावनाहरु गाँठा पर्छन् , कहिले ठोस् हुने अडिग हुने प्रयास मा मान्छे आफै कसैले नदेख्ने डल्लो बन्छ । उसले पोखेको छ आफुलाइ !!!!
“ करिव त्यो दिन मैले झुट बोल्न मन नलागे नलागे पनि सतहि कुराहरु बोलेर सन्ध्याको मा करिव तिन बजे तिर पुगेँ !!!
सन्ध्याको कोठामा मेरो मुटुमा जस्तै ताला लागेको थियो ! मलाइ थाहा थियो उ पाँच बजे साँझमा मात्र आइपुग्छे तर मलाइ घडी हेर्न मन लागेन !! कहिलेकाहिँ मान्छेले सम्भावना दाँज्दैन , उसलाइ नहुने कुराहरु भइदिए हुन्थ्यो जस्तो लाग्छ ! मान्छेको कमन सेन्सलाइ बाध्यताले जित्छ ब्यग्रताले जित्छ ! म दुइ घण्टा उसको कोठा अघि उभिएँ !!!
करिव पाँच बजे , जिन्सको हाफ पाइन्ट जस्का झुत्राहरु उसका शरीर सँग जिस्कँदै थिए र केहि लेखेको आकाशे टिशर्ट , ठूलो झोलासहित उ प्यासेजको अर्को कुनामा देखिइ !!!
म मुस्कुराउने प्रयास गरेँ तर मन गह्नुन्गो थियो जसले मुस्कान लाइ निस्सासिने गरी दबाएको थियो !!!”
........................... ............................. ........................ .............................. ............................ .......................... .......................... .........................।
“उप्स , खबर गर्नु पर्दैन ?” सन्ध्याले ढोकामा लागेको ताल्चा खोल्न आफ्नो झोला भित्र चाबी खोज्दै भनेकी थिइ । सन्ध्याको झोला भित्र म जस्तै अस्तव्यस्तता थियो कहाँ के छन् , के का लागि छन् अष्पष्ट , अब्यवस्थित !!
“ के  आजको समय अरु कसैको लागि थियो !” मेरो मनमाँ त्यस्तै शंका पलाएको थियो ! मैले सोधेँ पनी सन्ध्या मुस्कुराइ ! दाइ उ एकदम गहिरो मुस्कुराउँछे ! उसको मुस्कानले रात नै वर्णन गर्न चाहे जस्तो !!!
त्यो दिन समय दिएकी रहिनछ !! मैले उसको मुस्कान उधारेर अर्थ निकालेँ !!
“ खाजा खान्छौ ?”
“ सन्ध्या मलाइ तिमीलाइ एउटा कथा सुनाउनु छ !!!” दाइ मैले तँपाइलाइ सुनाउने जस्तै कथाको शुरुवात गरेँ !!!
............................... ............................ ........................ .......................... ..................... ........................ ................................... ............................... ............................... .......

न म प्रतिकलाइ बुझ्छु अब न प्रतिकको कथालाइ !!! खोइ के हो के हो उसको कथा !!! उ पात्रलाइ नै कथा सुनाउँछ । पात्र त पात्र हो उसलाइ के थाहा कथा कतै बग्दैछ भनेर !! न उसले कथामा आधिपत्य जनाउन सक्छ न कथाका मोड हरुलाइ नियन्त्रणमा लिन सक्छ !! उ मात्र कथा सँग बाँधिन सक्छ कथा सँग बग्न सक्छ । सन्ध्यालाइ कथा सुनाउनुको के अर्थ र !!!
“त्यो रात केहि भएन त !” अब मेरो ब्यग्रताले सिमा नाघ्यो ! अघि मैले जुन सम्बन्धलाइ वानी नशा सँग जोडेको थिएँ गलत थियो । प्रतिकले कति चोटी गलत सावित गर्ने हो मलाइ यो कथा भरी न उसलाइ थाहा छ न मलाइ !!!
उसले टाउको हल्लायो !! अनि हाँस्यो
 “ हुन त धेरै भयो दाइ तर तँपाइले भनेको केहि भएन !! मलाइ खुशीको दाँजोमा आफूलाइ उभ्याउनु थियो !!!”
“ अनि !” मेरो सोचाइ थकित भइसकेको छ । मैले गलेको मुद्रामा उसलाइ सोधेँ !!
सन्ध्याले मलाइ हेरिरही अनि म अझै खुशिको लायक भएको घोषणा गरी अन्त्यमा !!! उसले मेरो टाउको सुम्सुम्याइ आँशु भरीएका आँखाले मलाइ हेरीरही !!
म विहानै फर्किएँ !!!!!!!!!!!!!
“ अनि ?” मैले आफ्नो नियमित शब्द दोहोर्याएँ !

हफ्ता बिते खोइ कसरी बित्यो भनौँ दाइ ती हफ्ताहरु पनि खुशी उत्तिकै राम्री थिइ , शालिनता यथावत थियो ! एउटा तलाउ जस्तो जस्को शालिनतामा तरंग उत्पन्न गर्न लाइ मेरो मन ढुंगा हुनु पर्नेछ । मलाइ खुशीको लागि ढुंगे बन्न मन लाग्न छोडेको थियो । म पहिलेकै अवस्थामा आएँ !!!! म मात्र खुशीलाइ नियाल्थेँ ।उसका भाका हरु बुझ्ने प्रयत्न गर्थेँ ।
अनि सन्ध्या जसका गुणहरु अलग थिए !!! भाषा अलग थियो ! उ वाध्यताहरुलाइ पनि बानेर राख्थी !!! लाग्थ्यो सम्पुर्ण विश्वलाइ उसले चाहेको भरमा नचाएकी छे !!! म पनि त्यसै विश्वमा नाच्न चाहन्छु !!! सन्ध्याको बौद्दिकतामा कायल भएर !!
तर म दुवै जना सँग जोडिदै गएँ अनौठो रुपमा !!!म खुशी सँग हुँदा मन सन्ध्या संग हुन थाल्यो अनि सन्ध्या सँग हुँदा मन खुशी सँग हुन थाल्यो !!! एक दिन खुशीले मलाइ हेरेर मुस्कुराउँदै आफूले घरमा साहस गरेर भनेको सुनाइ !!! अनि घर जाने कुरा भयो उसको !!!!!
मैले बेलुका सन्ध्यालाइ त्यो कुरा सुनाएँ !!! अब सन्ध्याको र मेरो सम्बन्धको अन्त्य भएको सुनाइ सन्ध्याले !!!!!!!
मेरो कथामा एउटा अध्याय अन्त्य भयो दाइ अर्को शुरु हुन्छ भन्ने आशमा !!!!
................... ...................... ........................ .............................. ................................ ................... ....................... .......................... .......................... ..........................
कथा त सुखद छ अहिले सम्म !!! अब अरु कति ओटा घुम्ति छन् आखिर !!!
“ तर दाइ झुटको आधारमा मैले साँचो माया पाउनु न्यायोचित थियो त ?”
के खाले प्रश्न हो यो ! मैले देखे अनुसार उसले एउटा गल्ति गर्यो यदि उ खुशिब्रता नै हुन चाहन्थ्यो नै भने पनि ! यो साँचो झुटो मान्छे आफु रमाउनलाइ बनाएको कुरा हो । मान्छे जे मा रमाएको हुन्छ त्यहि सात्विकता हो यो विश्वमा !!
“ के तिमीले खुशीलाइ भन्यौ ? तिम्रो लागि म सन्ध्याको मा गएँ भनेर ? ” मेरो मनमाँ शंका पलायो!
उसले फेरि टाउको हल्लायो !
“ दाइ सन्ध्या र मेरो सम्बन्धलाइ नाम दिन सक्नुहुन्छ ?” उसले फेरि मेरो आँखामा आँखा  जुधाउँदै सोध्यो !
के नाम दिउँ ? म त्यो सम्बन्धलाइ ! मैले अचानक प्रतिकलाइ आफुसँग दाँजे प्रतिक र सन्ध्याको सम्बन्ध लाइ म र संगिता सँग पनि त दाँज्न सक्दिन !!!
“ भयो दाइ मैले अहिले सम्म नबुझेको कुरा भयो छोडिदिनुहोस् !! खुशि सँगको त माया नै हो मलाइ अचानक सन्ध्यालाइ छोड्दै गर्दा ग्यान भएर आएको कुरा
मलाइ लाग्यो यी दुवै कथाहरु अब बेरिँदैछन् मेरो जीवनमा जसले जब घाँटी समाउनेछ म ति मध्ये एउटा पनि चुट्याउन सक्ने छैन !!!मेरो अन्त्य नजिकिँदै छ । अनि अचानक मैले कलम झिके खुशीलाइ एउटा लामो चिठ्ठि लेखेँ ! चिठ्ठिलाइ लुकाएँ , अनि मोबायल बाट एसएमएस गरेँ खुशिलाइ एउटा चिठ्ठी छ तिम्रो नाममा लुकाएर राखेको भनेर , मोबायल छोडेर !!!!!!!!!!!!! अनि हिँडे एउटा यात्रामा

म सँग शब्दहरु थिएनन् उसलाइ दिने ! प्रतिक ठिक भन्थ्यो जीवन रित्तो भए कति रमाइलो हुन्थ्यो सम्बन्ध माथी सम्बन्धका बोझ हुन्नथे !!
झ्याल फेरी खुल्यो , पहेँलो प्रकाश छिर्यो कोठामा !!!
मैले संगितालाइ बोलाएँ
“त्यो तेरो पल्लो गाउँको काले काले केटा सँगको हल्ला साँचो हो ?” उसले मलाइ अचम्म मानेर हेरी !!!!
“ चाँडो पढिसकेर बिहे गरीहाल त्यो सँग !!!”
मलाइ थाहा छैन मैले त्यस्तो किन भनेँ । प्रतिक ले मलाइ हेरिरह्यो ।मैले प्रतिकलाइ हेर्न सकिन । म उसको लागि भिँड बन्न चाहन्न उ रिक्तता चाहन्छ पुर्ण रिक्तता !!!!!!!
समाप्त !!!!!!!!!!!!!!!



 
Posted on 03-24-10 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been thinking there are lots of unsaid stuffs compressed with the Pratik and the narrator. Is it me expecting more or the special narration? I can't figure out the reason.


Still thinking about the letter which was written by Pratik to khushee. Hope to read that letter sometime in the coming days if not in this story. he he.


Thanks Fuche for your awesome writing!


 
Posted on 03-24-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाप्त त लेखिएको देखियो तर क्रेजी पर्मात्माले भन्या जस्तै, त्यो चिट्ठीमा के लेखियाथ्यो ढिलो चाँडो भये पनि हेर्न पाम।

धन्यवाद यस्तो राम्रो कथाको लागि! अर्को कथाको प्रतिक्षामा....

~पुरे~

 
Posted on 03-24-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhayena..kasto thau ma lerayera katha sakayeko?? aba arko katha kaile suru garne ta??crazy le suru gare pani hunthyo naya katha...

 
Posted on 03-24-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome writing but khusi lie face nai garna nasakere letter lekhera hideko ho pratik??


what was in the letter??


 


 
Posted on 03-24-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome writing but khusi lie face nai garna nasakere letter lekhera hideko ho pratik??


what was in the letter??


 


 
Posted on 03-24-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उ पात्रलाइ नै कथा सुनाउँछ । पात्र त पात्र हो उसलाइ के थाहा कथा कतै बग्दैछ भनेर !! न उसले कथामा आधिपत्य जनाउन सक्छ न कथाका मोड हरुलाइ नियन्त्रणमा लिन सक्छ !! उ मात्र कथा सँग बाँधिन सक्छ कथा सँग बग्न सक्छ । सन्ध्यालाइ कथा सुनाउनुको के अर्थ र !!!"


पात्र मात्र हैन पाठकको पनी टाउको फन फनी घूम्यो भन्या यू फुच्चे को काठ पढ्दा ता. ए हैन कस्तो सम्म लेखन सक्या भन्या? ल है चिठ्ठी माँ के छ मलाई पनी पढ्न मन लाग्या छ.



 


 
Posted on 03-24-10 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ramro lagyo katha...
 
Posted on 03-25-10 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेखेको होला चिठ्ठीमा पढ्न पाए त ठिकै हुन्थ्यो तर बिचरी खुशी कस्तो भयो होला उसलाई चिठ्ठी पढेर अनी के गरी/सोची होली

Thank you very much  for writing this story fuche jyu.

 
Posted on 03-26-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ज्यु,


किन नाम फुच्चे राख्या? हुन त धन बहादुर चै गरीब हुन्छन, शान्ती चै सधैं झगडालु त्यस्तै नाम राख्या होल्ला है?


तर  mero नाम चै त्यस्तो छैनन नि ........ 


कसैले एउटा कथा लेख्न सक्या छैन एक रातमा, तपाईं भने एक रातमा २ वटा कथा। राम्रो कथा छ मैले खुसुक्क पहिले नै पढेको थिए तर केही बोलेको थिईन, अहिले त कथाको अन्त्य भै  सक्या रहेछ, राम्रो लाग्यो।


कुनै नबोल्नी पात्रालाई पनि लोकल झोल पिलाएर बोल्ने बनाउनु लेखकको काइदा हो।


अरु कथाहरु पनि जाओस, चिठ्ठी पत्र खोल्ने प्रयास गर्नु होस।


कालेदाइ    

Last edited: 26-Mar-10 08:56 AM

 
Posted on 03-26-10 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero pani Thank u hai...........thank you!!!!!!!!..........
 
Posted on 04-01-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank u all...................त्यो चिठ्ठिको रहस्यमा अरु कुनै कथा नै थप्नुपर्ला जस्तो भयो !!!!

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters