[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 235264 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-11-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आSSSSSSSSSSSSSSSSSSSS सक्दिन म, कस्तो हाइ सन्चो भा बेलाँ। म त बसेँ भुजा खान, मासु भात बजाउन लाको। नआये नआओस, बुढा-पाकाहरुको कुरो सुन्न कत्ती रमाइलो भैराछ। त्यो बज्ये आएछी झगडाइ मात्र।

हर्के काजी प्रणाम। रामे नि आ रेछ, अरु खै को को छुट्यो थाहा भेन, सब्बैलाई रि-प्रणाम थोकेँ है। मदन्वा का हाल्-चाल हैँ? सब आरामै छ नि?  राम जि कि कृपा से!

 
Posted on 12-11-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भन्नु हुन्न पुरे , लहरेलाई लाटा तँ आयो भने पुरे कै टाउको बजार्छ त्यसले। ल जाउ पुरे , फकाएर ल्याउ । मानेन भने हातखुट्टा फुकाएर ल्याउ । (डी: )
 
Posted on 12-11-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहँ! अहँ!! सक्दिन दाई सक्दिन, अरु जे सुकै भन्नु त्यो बज्ये लहरेलाई फकाउन चाइँ जान्न म। त्यो मुर्दारले कम्ता दु:ख द्या छ मलाई, यस्तै ठीक छ। लहरेको लाटा तँ: सँग के डराउनु। मेरो नाम सुन्ने बितिक्कै सात्तो जान्छ केटोको। यैले पनि मैले हिजोको पोल खोल्छ भनेरै नआको हो त्यो, दाईलाई थाहै छैन रेछ!
 
Posted on 12-11-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ठिकै छ नि त। अब साह्रै गर्यो लहरे नै बोर फस भो भन्दिम न त!


ल सबैले भनम, खुसि बोरफस भएको भए पनि लहरे नै बोरफस लज्जा!


 
Posted on 12-11-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु त बिस्टे ! आफ्नो किस्मताँ काली बाहेक अरु लेख्या रैन्छ संगै बसेर लन्च खान ! यस्तो ठाउँ मा बस्न काम गर्न पुगियो कि तल हेर्यो काली माथि हेर्यो काली दाँया बाँया उत्तर दक्षिण सबै तिर काली नै काली !


एन्जी स्टोन गायिका हुन ! यि फोटो हेर्ने भने



 
Posted on 12-11-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आँफै आउछ अहिले एक्छिन मा ! अघी चिच्याउने बाकसाँ देख्या थे मैले !


बिस्टे त्यो निशे बज्जे ले मेरो नि ५० रुप्पे लेर गा' छ ! भोली तिर्छु भन्या ५ दिन भईसक्यो :P


 
Posted on 12-11-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरे है फस्मा चैं फेरी लास्टाँ बिर्सेला।
 
Posted on 12-11-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो रिट्ठे घर पनि दक्षिणकाली पर्‍यो कि क्या हो ? पहिलो ससुराली खड्काभद्रकाली , दोस्रो चाँही चपली भद्रकाली ??



काली नै काली, काली छे त घर वाली ??



(डी: )


 
Posted on 12-11-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो लाई मेरो तारेमाम है ,

अरुलाई पनि नि, फेरी रिसाउलान, त्येतिकै रिसाउने खालका छन,
दीप ब्रो कथा चाहियो ......... के गर्नु अफिस मा काम नै छैन ....... बकम्फुशे कुरा गर्नु भन्दा त केही सिक्न सकिने साहित्य हरु पढौन होइन ....

ओह बिर्खे .......... भरे कहाँ भेट्ने त ......... बजैले छुट दिएकै रहेछ क्यारे (चना तरकारी ले भने अनुसार), $३ तिरै जाने त ? जाडो ले गर्दा त्येहा पनि धेरै न्यानो को खोजिमा आउने हरु होलान ..... हुल हुन्छ होला ....... भयो बरु आफ्नै गाउमा कान्छी कहाँ नै जान पर्ला .......कोइ जान मन छ भने तुरुन्त संपर्क है ............ घाम लागे पनि १० F भएको ठाउमा आउनु होला ........

फेरी पनि प्यालो टाउको ठाउँ ठाउँ मा राखेर पढ्नु होला ..... नत्र गलत अर्थ लाग्ने सम्भाबना बढी छ ।


जये होश मेरो ।

 
Posted on 12-11-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।


पुरे र लहरे को ३६ को आँखाडा छ , अहिले आइ पुग्छ बौचा पुरे खै भन्दै । रामपुरे लाई नि जदौ ।


खै आफ्नो त चिचाउने बाकस मा जनै दिदैन खै के इल्लिगल भन्छ नाम नेपाली मा भएको ले होला सान दाई को सर्भर लाई धोखा दियो जस्तो छ मेरो नाम ले ( डी: पहेलो टाउको )


 
Posted on 12-11-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


दिपवा दाजुको हमि परनाम करेछु। बिस्टे भैया उ हमिसित मलुवा खेनि त छेन पर हनुमान गुट्खा छ चबाउनुहुन्छ? एक चुट्कि चबावनको साथ पुरा पसिना पसिना हुन्छ र थकान दुर गर्छ।


 
Posted on 12-11-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एम्म्मा लहरे साँच्चै आएन यता? ल ल तिमी नै बोर्फस भयो अब ल आउ अब खुरुक्क ब्रान्डी लाई भन्दिन्छु है नत्र कस्तो रुन्चे रैछ भनेर :D

होइन यो मदनवा उता आर्को थ्रेड मा त मजाले नेपाली बोल्छ रैछ यता चाइ के नौटन्की हो? :P:D
Last edited: 11-Dec-09 02:10 PM

 
Posted on 12-11-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसि हमि बिगडे छेन।


 


चोतारीके सबलोग भन्छ आजकल हमि बिगडे छु


जैसन छु सला ठिके छु कसको के उखाडे छु


गोविन्दा जैसन डानस कर्छु नम्बर वन जहिले छु


दो और पाँचके चक्करवामे हमि बाङ्गो कहिले छु?


 


सिकरेट हमि फुँके छेन दारु वारु त ओषधि हो


पान सुपाडि परसादि छ खाना पचाउने बिधि हो


के करने हुजुर निँद चुराइलियो बनवारिके बेटिने


हमि सला जे करे नि हम्रो राम्रो इमेजवा मेटिने??


 


चोरातिके लरकालोग सब् सुध्रे जस्तो दिखाउने


हाथिके दो दाँत हुन्छ चबाउने और दिखाउने


खेँ खेँ खेँ हमि करेछु हँसने बानि रामरो हो


चाहे जोलाई ओषधि दुँ पुरे हलेथपोस्ट्वा हाम्रो हो


 


हमि भि थाहा पाएछु रिठेदाजु कति सुधरे छ


सैरियल भैया सुधरनेको यो लाइफे सला थोरे छ


निसान्त भैया दिए छेन हमको केहि काला चिज


खुसि सुन्द्री छरेर गियो गावँमा हम्रो दुखके बिज


 


जे राम जि कि।


 
Posted on 12-11-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<होइन यो मदनवा उता आर्को थ्रेड मा त मजाले नेपाली बोल्छ रैछ यता चाइ के नौटन्की हो? :P:D>>>

हैन हैन खुशी, तिम्ले गलत भन्यौ, यो मदन्वा यस्तो राम्ररी बोल्छ एता किन उता चाइने नेपालीमा बोलेर नौटन्की गर्या भन न बरु

दीप प्रभो प्रणाम

बैरे पाट, लहरे सँग त केइ नि आँकडा छैन मेरो, डराउँछ बज्ये म सँग।

 प्यालो टाउको ठाउँ ठाउँ मा राखेर पढ्नु होला ..... नत्र गलत अर्थ लाग्ने सम्भाबना बढी छ ।  ;)

 
Posted on 12-11-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल मदन्वा। जय राम जि कि

प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२
 
Posted on 12-11-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>सिकरेट हमि फुँके छेन दारु वारु त ओषधि हो<<<


 


लोल मदन्वा ! अच्छा कबिता लेख्यो मदनवा किशन् कन्हैया ले !


खुशी के छ खबर? सञ्चै?


 
Posted on 12-11-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि नौटेन्की करदेन:


खुसिया भन्छ मदनवा  पुरै  नोटन्कि करेछ


लरकि दिलके बात बुझेन आँशु हम्रो झरेछ


सिधा बात करनेको सक्तेन हमि बहुते शरमिला छु


कालो छु पर मा कसम  दिलको बहुत खिला छु


 


टुकुर टुकुर हमि देख्यो खुसियालाई लुकेर


दिलको बात बतावने टेमपे निशान्त आयो भुकेर


लात हमिलाई हान्यो हुजुर लाइन मार्यो खुसिया को


दिल फिर से चेट भयो मदनवा रंगरसिया को


जे राम जि कि।


 
Posted on 12-11-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल ।
हैन मदनवा, अ.हे.ब. को पढाई मा "कबिता सबिता कैसन लेखें" भन्ने नि पढाई हुन्छ कि क्या हो ?? (D:)

 
Posted on 12-11-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा तिमी किन नौटन्की करेछौ?
बन्वारिकी बेटीको साइड मारेछौ
फेरी भन्छौ सुन्द्री मलाई
बन्वारीकी बेटिया आइके अभी चप्पल देला तिम्लाई :D

रिट्ठु दादा ठिकै छ :)

 
Posted on 12-11-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>टुकुर टुकुर हमि देख्यो खुसियालाई लुकेर



दिलको बात बतावने टेमपे निशान्त आयो भुकेर<<<


 


लोल मदन्वा !


 


>>> मदनवा तिमी किन नौटन्की करेछौ?
बन्वारिकी बेटीको साइड मारेछौ
फेरी भन्छौ सुन्द्री मलाई <<<


लोल खुशी !


खुशी पनि त्यस्तो लेख्दिने? :)


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters