[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 चुकुल

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3  
[VIEWED 38502 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 07-14-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुकुल

 

झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने बस्ति हो यो। म पनि यन्त्रबत जिन्दगी नै बाँचिरहेकी छु यहाँ।

 

म फेरी एक्लै छु आज। रोहित छैन। पर्सी मात्रै फर्किन्छ। त्यसै भन्थ्यो। हुन त उ जहिले फर्के पनि नफर्के पनि मलाई खासै मतलब थिएन। म मुक्त देखिने एक बन्दी भएको कुरा मलाई मात्रै थाह थियो। लाखौं लाख मान्छेहरुलाई जुन मुक्ति चाहिएको थ्यो त्यो मैले पाएकी थिएँ उनीहरुले हेर्दा, तर बाहिरबाट देखिने यो मुक्ति बलियो कारागर भित्र कसरी निस्सासिएको होला त्यसको लेखाजोखा गर्ने जुन बाध्यता मेरो थियो त्यो उनीहरुको कहाँ थियो र?

 

साँझ पर्दै थियो म ओछ्यानमा पल्टेर बन्द आँखाले पुराना दिनहरु हेर्दै थिएँ। भरखरै एस् एल् सी को नतिजा आएको थियो। मैले सोचे भन्दा पनि राम्रो गरेकी थिएँ मैले। त्यो अनकण्टार गाउँको आफ्नो मा-बि बाट एस् एल सी पास गर्ने ४ जना मध्ये म एक थिएँ। कत्रो खुशियाली थियो। कलेज पढ्न कहाँ जाने, के पढ्ने, कसरी पढ्ने ती चिन्ताहरु त छँदै थिए। समस्या आर्थिक त थियो नै आफु केटी भएकोले सामाजिक चाप पनि थियो।

 

रोहीत आयो त्यही बेला गाउँमा। उस्को पुर्खेउली गाउँ रे भनेर। सुरुवात त्यही थ्यो अनि क्रम यो अहिलेको यही हो। अमेरीकाबाट फर्केको रोहीत गाउँमा आर्कर्षण थियो। हाम्रै घर नजिक बसेको थियो सधैं भेट हुन्थ्यो। उस्का हरेक कुराहरु मलाई मन पर्थे।

 

जब उस्ले अकस्मात म सँग बिहे गर्ने कुरा गर्यो, दुई थरी आँधि उठे। आँधि दुईटै अबिस्वासका तर फरक। हाम्रो तर्फबाट आल्हादको अनि रोहीतको परिबारको तर्फबाट आहतको अबिस्वास। रोहीतले उस्को अडान छोडेन। हाम्रो परिबारले गर्नु पर्ने निर्णय त केही थिएन। रोहीतको निर्णयलाई सदर गर्नु थ्यो जुन स्वभाबिकै थियो। त्यसमा बिबाद थिएन। मेरा साथी-सहेलीहरु अनि नातेदारहरु मेरो अमेरीका जान पाउने भाग्यको प्रशंसा गरेर थाक्दैन थिए। मेरो न्वारन गर्ने पण्डीतले "छोरी भाग्गेमानी हुन्छे" भनेको सम्झिदै मेरा बाउ आमा पण्डीत प्रति अरु आस्थावान हुँदा थिए। मेरो मन पनि त्यो सुनेको तर नदेखेको अमेरीका अनि त्यो सपनाको संसारमा रोहीत सँग बिताउने पलहरु सम्झेर निक्कै अधिर हुन्थ्यो।

 

यो यही उजाड बस्ती हो जसलाई मैले सपनाको संसार ठानेकी थिएँ। यो ठाउँ मेरो लागि त्यो पेपरवेट जस्तै हो, जुन सुन्दर देखिन्छ बाहिरबाट। त्यो सुन्दरतालाई छुन खोजे पेपरवेट फुटछ तर सुन्दरता भेटिन्न।--

 

अनि सुरु भयो यो सपनाको स्वर्गमा बिपनाको जिन्दगी। रोहीतले जो खोजेको थियो म त्यही थिएँ तर मैले जो सोचेकी थिएँ त्यो रोहीत थिएन। म उस्को स्वामित्वमा थिएँ तर उ स्वतन्त्र थियो। मेरा ईच्छाहरुको अस्तित्व र सिमा उस्ले तोक्थ्यो। मेरा कर्तब्य र दायित्वहरु थिए उ तिनै मेरा कर्तब्य र दायित्वहरुको निगरानी गर्थ्यो, समिक्षा गर्थ्यो, र धेरै चोटी त निर्णयहरु पनि।

 

उस्ले म संग बिहे गर्नुको कारण मैले बुझिसकेकी थिएँ। उस्लाई साथी चाहिएको थिएन। साथ चाहिएको थियो। साथ र साथीको अन्तर कती सम्म गहिरो हुने रहेछ त्यो अचेल झन धेरै बुझ्दैछु। साथीको धरातल पारस्परीक रहेछ साथको एकात्मक पनि हुने रहेछ।

 

म परिस्थिती सँग सम्झौता गर्ने पक्षमा थिएँ। बिद्रोह गर्ने ताकत वा मन नभएको हैन तर सामजिक बन्धन प्रति सजग थिएँ म। यो परदेशमा बैधानिकता मेरो अर्को बिबसता थियो। शिक्षामा म सँग उही एस् एल् सीको प्रमाणपत्र।  सम्झौता भन्दा भन्दै पनि अचेल म भित्र रोहीत प्रति आक्रामक र रक्षात्मक भावहरुको लडाईँ लगातार चल्दो थियो।

 

उता होस वा यता म प्रति मान्छेहरुको आकर्षणलाई मैले राम्रै बुझेकी थिएँ। रोहीत जुन मेरो सुन्दरताको मालिक सम्झिन्थ्यो आफुलाई त्यसै बाट त्रसित पनि थ्यो। त्यो सम्झिदा मलाई हाँसो पनि उठ्थ्यो बेला बेला।

 

झ्याल बाहिर आकासमा उडान भर्दै गरेको त्यो एक्लो पंक्षीमा म आफुलाई देख्दै थिएँ फोनको घण्टी बज्यो।

 

मैले बोल्ना साथ अभिबादन गर्दै सन्जयले सोध्यो "रोहीत के गर्दैछ?"

 

"रोहीत त छैन। बाहीर गयो एक दुई दिन पछि आउँछ" मैले सुनाएँ।

 

"ए! ल थाहै भएन। झन आज भेटने संगै खाना खाने कार्यक्रम थ्यो--यत्तिकै केही नभनी हिनेछ" सन्जयले भन्यो। मलाई खास केही कुरा गर्न मन थिएन, कुरा त्यतिमै सकियो।

 

रोहीतको साथि सन्जय। मिल्ने साथि भने हुन्छ। सन्जय र उस्की श्रीमती रीमा हामी कहाँ आई रहेकै हुन्छन। उनीहरुको भरखरै छोरा पनि भएको छ। हामी हरु पनि गएका छौ उनीहरुकहाँ धेरै पटक। रोहीतको परिभाषा प्रयोग गर्ने हो भने सन्जयलाई श्रीमती र रीमालाई श्रीमान भने हुन्छ। सबै थोक सन्जय नै गर्छ। रीमालाई गफ गर्दै फुर्सद हुन्न।

 

मैले यसो घडी हेरें साँझ पर्न लागि सकेछ। आफुलाई पनि केही खान मन छैन। सोचें, भैगो रोहीतले भनेको रहेछ सन्जय र रीमालाई खान बोलाउँछु। उ नभए के भो त म छु नी। उनीहरु सँग कुरा गर्न मलाई पनि रमाईलै लाग्थ्यो।

 

सन्जयलाई भरखर उस्ले गरेकै नम्बरमा फोन गरें, उसैले उठायो। उस्लाई र रीमालाई खानामा आउन भनेँ। उस्ले भैगो पछि आउँला नी भन्यो। मैले कर गरें। मलाई एक्लै खान मन छैन भनें। अनि उस्ले हुन्छ भन्यो।

 

म अल्छि लागी लागी उठें।

 

खाना बनाउनु थ्यो। भान्छामा पुगें। कहाँ बाट सुरु गरौं जस्तै भयो। झन अरुहरुलाई समेत खान बोलाएको छ। ---

 

तयारीमा जसो तसो लाग्दै थिएँ, सन्जय आईपुग्यो। एक्लै आएछ। खै रीमा? अनि छोरा? भनेको त उनीहरु आउँदैनन रे भन्यो।

 

उस्लाई मात्रै त मैले आउनु भनेकी थिईन। मलाई चित्तै बुझेन। मलाई चित्त नबुझेको उस्ले पनि देख्यो होला। "किन नआउने नी उनीहरु? " भनेर सोध्या अहिले थाकेका छन रे पछि आउँला भने भन्यो। अनि भान्सामा हेर्दै "ल हेर केई गर्या रैन छ यसै मान्छेलाई खान बोलाएर --आफुलाई कस्तो भोक लागेर आ" भन्दै भान्सा तिर लाग्यो।

 

"उनीहरु आउँदा सम्म खाना बनाईसक्नु पर्छ -- ल म मद्दत गर्छु" सन्जयले फ्रिज खोल्दै भन्यो। उ यसरी कुरा गर्दै काम गर्न खोजी रा थ्यो मानौ यो उस्को घर हो अनि म उस्को पाहुना।

 

मेरो मनमा अनेक बिचारहरु आए। हुन त रीमा अहिले नै आए पनि केही बनाउन मद्दत गर्ने होईन, गफै मात्रै गर्ने हो, काम सन्जयलाई अराउँछे खाली। त्यै छोरोलाई सुमसुमाउँछे त्यो पनि चुप लागेर बसेको छ भने। हैन भने सन्जय का सन्जय लगाउँछे। मैले सोचेँ "रीमा त लक्कि हो"।

 

"ल केई काम पनि नगर्ने अनि बाटो पनि छेकेर बस्ने त भएन नी" सन्जयले म छेउमै आएर भन्यो।

 

"किन आ रे एक्लै?" मैले फेरी सोधें।

 

उस्ले म तिर पुलुक्क हेर्यो। "म त कामबाट सिधै आएको, रीमाहरुलाई जाँदै गर रोहीत काँ" भन्या पैले त मानेनन् अनि अहिले थकाई लागिराछ पछि जाउँला नी त भने।  उ मासु झिक्दै थियो फ्रिज बाट।

 

"किन कर गर्या त यहाँ आउनलाई? आफै घरै गा भए हुन्थ्यो नि त" रीमाले आउन गार्हो मानेको सुन्दा मलाई राम्रो लागेन।

 

"जान्थें नी घरै, यहाँ पनि आफैले डिनर बनाउनु पर्छ भन्ने जान्या भए" उस्ले म तिर हेरेर प्याज काटदै भन्यो। .....

 

मलाई यसै माया लाग्यो सन्जयको। आफैले बोलाएर उस्लाई डिनरको जिम्मा लगाउन त भएन। म अघि सर्दै भनें "ल भैगो छोडिदिनुस, म बनाउँछु डिनर बरु रीमाहरुलाई छिट्टै आउन भन्नुस।"

 

"तपाईँ थाकेको जस्तो देखिनुहुन्छ, भैगो मै गर्छु, सुरु पनि गरी सकें, तपाई आराम गर्नुस ल आज" उस्ले काम नरोकी भन्यो।

 

"बाहिरबाट मगाउँछु नी त, घरमै ल्याईदिन्छ त्यो दिल्ली ढाबाले--केई दुखै गर्नु पर्दैन" मैले भनें।

 

"ढावामा खाने भए त बाटैमा परेको थियो नी। म बनाउँछु" उस्ले बिना हिचकिचाहट भन्यो।

 

"अहिले रीमा आई भने मलाई के भन्ने होला? उस्को श्रीमानलाई भान्छे बनाको भनेर" मलाई साँच्च्नी नै अप्ठ्यारो लाग्यो।

 

"ऐले रीमाले देखी भने के भन्छे?" मैले असजिलो मान्दै भनें।

 

"त्यै भएर त उनीहरु आउनु अघि नै रेडी पार्नु पर्छ नी--तपाईँलाई अप्ठ्यारो लाग्छ भने  तपाई मलाई मद्दत गर्नुस -- " उ एकदम जाँगरिलो थ्यो।

 

उस्को सेल फोन बज्यो। नम्बर हेर्यो, अनि मलाई, फोन उठाएन। मैले उस्लाई हेर्या "ह्या साथीहरु--कुरै लामो गर्छन--आफुलाई अहिले फुर्सद छैन" भन्यो। फेरी काममा ब्यस्त। मैले देखें सन्जय रोहीत भन्दा बिलकुलै फरक छ।

 

म भान्छामै सानो तिनो काम गरेर बसें। प्राय: सबै काम उसैले गर्यो। सुरुमा अप्ठ्यारो लागे पनि उ संगै कुरा गर्दा मलाई पनि रमाईलो लाग्यो।

 

"अनि उनीहरु आए पछि खाना मैले बनाएको भन्ने? कि रेस्टुरान्टबाट ल्याएको भन्ने?" मैले उस्ले काम सकाउँदै गर्दा सोधें।

 

"को आउन ला छ र?" उस्ले सोध्यो।

 

"रीमाहरु के त?" मैले भनें।

 

"ए! उनीहरु--म त अरु नै कोई आउन ला रेछन भन्ठानी रा -- तपाईंलाई जे मन लाग्छ त्यै भन्नुस न -- रेस्टुरान्ट भने पनि आफैले बनाको भने पनि।"

 

नभन्दै एकै छिनमा उस्ले सबै सकायो। फुर्तीलो मान्छे। सायद यहाँ आफ्नो घरमा आफैले नबनाई डिनर खाने आज पहिलो दिन हुन्थ्यो मेरो। एकाध चोटी बाहीर बाट मगाएको पनि हो तर घरमै बनेको खाना तर मैले नबनाई खान पाएको यो नै पहिलो चोटी।

 

"ल थाकियो पनि अब एक दुई घुटका वाईन खान पाए मजा आउँथ्यो" उस्ले भन्यो।

 

वाईन थियो हामी कहाँ। मैले झिकें। उस्लाई दिएँ। उस्ले दुईटा ग्लासमा खन्यायो।

 

"म खान्न" भन्या उस्ले पनि गिलास पर सार्यो।

 

अनि लौ त भनेर मैले पनि खाई दिएँ।

 

यत्तिकैमा हाम्रो घरको फोन बज्यो। रीमाको फोन रहेछ। "के छ?" को क्रम पछि मैले कत्ति बेर लाईरा आउन भनेर सोध्न "ए रीमा--" मात्रै भनेको के थिएँ सन्जय त सोफाबाट जर्याक जुरुक उठेर आफ्नै ओठ अघि उस्को चोरी औंला ठड्यायो। म रोकिएँ। सन्जय त आफैलाई देखाउँदै हातले डमरु बजाए झै गर्छ। मैले बुझें। रीमाले "सन्जय छ त्याँ?" भनेर सोधी मैले सन्जयको डमरु बजाउँदाको संकेत देखेर "छैन" भन्दिएँ।

 

"सेल पनि उठाउँदैन। आज त्यै जान्छु भन्थ्यो अस्ति। अनि रोहीत खै त? रोहीतलाई थाह् छ कि?" उस्ले सोधी।

 

"रोहीत त छैन बाहिर गा छ -- एक् दुई दिनमा मात्रै आउँछ" मैले भाको कुरा भनें।

 

एकै छिनमा कुरा सकियो। मैले फोन राखेर सन्जयलाई हेरें। उस्ले म तिर हेर्दै आफै संग झै झर्केर भन्यो "उस्लाई भोक लाग्यो होला अनि भात पकाउने मान्छे किन आएन भनेर फोन गरेकी होला नी -- दिक्कै भै सकें म त।"

 

सन्जयलाई तुरुन्तै जान भन्दीउँ जस्तो लाग्यो मलाई। तर मैले केही भन्नु अघि नै उ आफ्नो ब्यथा सुनाउन थालिसकेको थ्यो।

 

म भित्र पनि त्यस्ता ब्यथा प्रसस्तै थिए। सुनाउने मान्छे कोही थिएन। त्यसरी आफ्ना ब्यथा निर्बाध सुनाउन पाए मन कस्तो हलुन्ङो हुन्थ्यो होला जस्तो लाग्यो। मैले नपाए पनि कसैले पाएको छ। उस्का कुरा सकाओस अनि बिदा दिन्छु भन्दै म उस्का कुरा सुनी रहेँ। कति बेला उस्का कुराहरु सुन्दै आफ्ना कुराहरु पनि भन्न थालें याद छैन। धेरै कुराहरु भए। मन मेरो पनि हलुका भयो। फेरी कतै रोहीतलाई भन्ने हो कि उस्ले भन्ने डर पनि। उस्ले तर पटक पटक त्यो मेरो डर हटाउन खोजी रह्यो।

 

निक्कै बेर भै सके पछि उ जान तयार भयो। उसैले त बनाएको खाना नख्वाई पठाउन मन लागेन। मैले खाना तताएँ। मन हलुका भएको उपलक्ष्यमा अरु वाईन खाईयो।

 

खाँदै गर्दा रोहीतको फोन आयो। कुरा गर्न मन थिएन तर पनि उठाएँ। छोटो कुरा भयो। खाना खाँदै छु, पछि कुरा गर्छु भनें। कुरा सकियो। सन्जयको बारे केही भनीन।

 

पछि मलाई नशा लागे झै हुन थाल्यो। सोचें अब सन्जयलाई पठाईदिनु पर्छ। उस्लाई जान पनि भनें। उस्ले "टाउको घुमाईराछ मेरो--यत्तिकै गएँ भने त डियुआईमा पर्छु, एक छिन पछि जान्छु" भन्यो।

 

"मलाई त निन्द्रा लाग्यो" मैले सुनाएँ। उ जानु जरुरी थ्यो अब।

 

"तपाँई सुत्न जानुस -- म एक् छिन यही सोफामा ढल्किन्छु अनि जान्छु" नभन्दै उ ढल्कियो पनि। ब्यथा उ अझै पोख्दै थियो।

 

म भित्र कोठामा गएँ। ढोका लगाएँ अनि चुकुल पनि। चुकुल खोलें फेरी लगाएँ।  खुलै राख्न मन थियो तै पनि लगाएँ।

 

ओछ्यानमा ढ्लकिए, रोहीतलाई सम्झिएँ मन अडिएन त्यहाँ।

 

भोली रीमाले यो कुरा थाह पाई भने के भन्ली? सोचें। मैले रोहीत बाहिर गएकै दिन सन्जयलाई खान बोलाएर यहीँ रात भर राखे पछि रीमाले के भन्ली भनेर धेरै सोची रहनु पर्ने केही थिएन। प्रस्टै थियो।

 

"अघि उस्ले फोन गरेको बेला पनि सन्जय छैन भनेर ढाँटे--त्यसो गर्नु नहुने" आफैलाई सम्झाएँ। रोहीतलाई पनि सन्जय आएको कुरा भनीन। भन्दीएको भए पनि हुन्थ्यो होला सायद। तर त्यो ढिलो भैसकेको थ्यो। फेरी सन्जय अघि नै गएको भए मैले आफ्ना ब्यथाहरु कसलाई सुनाउथें? मेरो कोही थिएन। जे भए पनि मन त हलुङ्गो भयो।

 

"यसै दोष लाग्छ उसै अब --" मन मेरो झन्डै बिद्रोही भयो। मुस्किल ले सम्झाएँ।

 

"फेरी यो सन्जय भन्ने मान्छे किन आएको होला आज? आशमा आएको होला नी मोरो" रिस उठ्यो।

 

"अहिले के गर्दै होला उ?" हेर्न जान मन लाग्यो। भोली पछुताउन लाई। आफैलाई सम्झाएँ। "यसै पनि कुन दिन छ र नपछुताएको? मन सम्झिनु सट्टा भडकियो।

 

ढोकाको लक बाहिर बाट कसैले चलाएको जस्तो लाग्यो।  ह्यान्डल त घुम्यो क्यारे तर ढोका खुलेन। मन ढक्क भयो। तत्कालै रोमान्चित पनि। सपना हो कि बिपना थाह भएन।

 

मैले मेरा आँखा बन्दै राखें।

 

सन्जय र म मलाई उस्तै लाग्यो। बल्छीमा परेको माछा जस्तै। फरक यत्ति थियो म

कसैले जानेर हालेको बल्छिमा सायद नजानिकन उनीन पुगेकी थिएँ भनें उ चै नहालेको बल्छिमा सायद जानेरै उनीन आएको थियो।

 

मैले आँखा खोलेँ अनि ढोकामा लागेको चुकुललाई हेरीरहेँ। त्यो चुकुल अहिले चुकुल मात्रै थिएन। किन हो किन मलाई त्यो चुकुललाई जिस्क्याउन मन लाग्यो।

***********

 

 

 

"तेरीमा मोरा तैले "म अन्मरीन्छु" भन्दा "घोक्रिन त" भन्देकै हो। फेरी क्यार्न झुल्किस् त ए बज्जे? --- " जस्ता थुप्रै खाले बचन मैले कमाउँछु जस्तो लागिरछ यो प्रस्तुती यता राख्दा। नलेख्नु लेखि हालें अब क्यारम् क्यारम् भो। जति बचन लाए नी लाउन, लेखेर राख्ने गर्या यै ठाममा हो, यो पनि यहीँ राख्दिन्छु भन्दै बिराला चालले आईरचु तर कुन चै तपेस हुन्छ कि भड्डु कि कुन चै भाँडा लडाउँछु होला मैले लडाउनलाई। कम्ता डर लाग्या छैन।

 

सबैलाई स्वस्ती गरें है सराप्नु अघि स्मरण रहोस।

 

ल म अब हिनी पनि हालें।

 

ए, अनि --- बिषय बस्तु अरुहरुको परिस्थिती संग मिल्न गए संयोग मानियोस। अरुहरु भनेको तिनीहरु देखि बाहेक। तिनीहरु सँग त घटना मिल्ने नै भयो।

Last edited: 14-Jul-08 01:01 PM

 
Posted on 10-01-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


MillionDollars

right click

select encoding

select unicode (utf-8)

 
Posted on 10-01-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ShirishBro: Thanks so much for you help... Deep Bro ko sab katha padhnai parne cha...

 
Posted on 10-02-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एक परिपूर्ण कथा ! दीपको अहिलेसम्मकोमा सर्वोत्कृष्ट, मेरो विचारमा ।

 

दुई अस्तित्व बिच रहेको बन्द ढोका जहिले पनि मार्मिक कथाका उपकरण रहेका छन् । मलाई अहिले कलेज जीवनमै पढेको दुईवटा कथाको याद आउँदैछ, एउटा भीमनिधि तिवारीको नाम बिर्सेको कथा (एक विधवा र मास्टरको कथा थियो नि) र अर्को तोल्स्तोयको “Father Sergius”.

 

तिवारीको कथान्तमा एक पुजारत डेरावाल मास्टरको बन्द ढोका बाहिर उभिएकी विधवा घरपेटीको अनिर्णित क्षणको मार्मिक टिप्पणी थियो भने तोल्स्तोयको कथाको मध्यमा एक एकान्तवासरत पादरीको खोपीमा जानी जानी पुगेकी एक पानीले रुझेकी नगरवधुको अर्धधुर्त पुकारा र पादरीको अन्तर्द्वन्द बिचको बन्द ढोका र दुबैको जीवनलाई उल्टोपाल्टो गरिदिने उघेराई छ ।

 

तोलस्तोयको कथा यहाँ छ । मैले उल्लेख गरेको दृश्य चाही भाग ३ को हो ।

 

http://www.online-literature.com/tolstoy/father-sergius/

 

दीपको कथा र तिवारी र तोल्स्तोयको कथा सम्झेर सोचमग्न र तृप्त भएँ ।

 

Nepe  

 

 


 
Posted on 10-02-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो जदौ गरे,
फेरी एउटा साह्रै दामी गो। अझै तन्काम्न प्रभो!
साझाबासिलाई भन्दे मैले, मुटुको धड्कन बढाउन पर्‍यो भने प्रभोको कथा खोजेर पढे हुन्छ, ल जा! 


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters