[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १२२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 975]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 429102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-13-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२२ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी , कृष्णकाले, Joshit आदिचौतारीबासी हरुलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 122 editions.

 
Posted on 07-14-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सहित पुन: धन्यवाद जीम्मल बुढालाई
 
Posted on 07-14-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! जिम्माल बा ! लोल

लहरेको नाम दिन प्रतिदिन लहलाउदै गएर लास्टमा यती लम्बिन्छ कि लहरे ले लाइनमा बसेर नाम भन्नु पर्‍यो भने लाइन एकातिर लहरे एकातिर हुने कुरा पक्का छ !

ल ल हुन्छ जिम्माल बा मलाई देको त्यो आशिर्वाद म ब्याज सहित् फर्काउदैछु !

"आगुन पनि होइन एइ साल भित्रै जिम्माल बा ले एउटा मात्र पनि होइन दुई दुइवोटा घोत्ले मात्र होइन माहा घोत्ले छोरो पाउन !"


 
Posted on 07-14-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

 

रिट्ठेले आशीष दिन नजानेको ठहर:

 

हालै रिट्ठेले जिम्माल बुढालाई दिएको आशीष,  भाषिक, सामाजीक तथा प्राकृतिक रुपमै गलत तथा असंभव भएको कारणले निज रिठाराम भविष्यमा कुनैपनि आशीष लिन वा दिन अयोग्य हुने ठहर मन्त्रीपरीषद्ले गरेको छ। 'छोराको बाउ भएस' जस्तो पूर्णतया: प्राकृतीक तथा सामाजीक आशीषलाई निजले गलत बुझ्दै धम्मरधुसे पूरुषलाई 'छोरा पाउन' जस्तो कुरा गरेर आफू स्वयँ आशीष लिन वा दिन बात बन्चित भएका छन्।

चौ मं प


 
Posted on 07-14-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, जदौ, जदौ, सप्पैलाई जदौ !
जदौ गर्न मात्रा आको।
    


 
Posted on 07-14-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

हसुर्‍याइ को ट्याम भए छ। सबैजना हसुर्न लाग्या होला। आफ्नो त आज अर्ली हसुर्‍याइ। आशिरबाद लिने दिने चल्या रहेछ। महिला संघ को उपस्थिती न्यून देखिएको छ। काम चोर् हरुले चोर्न न पाएको जस्तो देखिन्छ।


 
निशान्त
Posted on 07-14-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदीहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि  नमस्ते ठोकेँ ल!

 
Posted on 07-14-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम निशे,
सोम त हाम्रो गाम बाट च्वाँकहरु बेपत्ता भा जस्तो गरी गयाप हुनु भयो नि त। बोर्डर पारी ट्याबको धन्दा मै हो कि चन्दा उठाउने धन्दामा ? अहिले गर्मी छ उता, ठण्डा लिना यता आएको हो कि?
 
 
Posted on 07-14-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madhya din ko Jadau!!!
 
Posted on 07-14-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madhya din ko Jadau!!!
 
Posted on 07-14-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा  दोश्रो राउन्ड को नमस्ते, जदौ का साथ तारेमाम सित्तैमा  (ठुल्दाइ स्टाईलमा)

सबैको हसुराइ भईसक्यो होला भन्ने आशा छ !

निश पाट पनि आज हरिप सँग नमस्ते ठोक्न आएछन्त ! सोम बेला बेलामा कता हो टाप दिन्छ अनी फेरी अकस्मात चौतारीको सबैलाई सम्झेर आन्द्रै देखी नमस्ते ठोक्न आउछ ! अस्ती ANA मा पुलिस लाई हातापात गरेर समातेर ले'र ग'को ब्रो लाई नै हो कि जस्तो लाग्यो ! फेस त देख्न पाएन कि तर जिउडाल हेर्दा डिट्टो हाम्रो निस पाटको जस्तो लाग्योन्त हौ ! के हौ ब्रो, निक्कै बबाल हान्देउ कि क्या हो !

सान्नानी के छ खबर? कहाँ बेपत्ता सँग हराको तिमी?

Last edited: 14-Jul-08 01:33 PM

 
Posted on 07-14-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कथा दिवस भएकोले चौतारीमा सन्नाटा छएको जस्तो लाग्यो। खै त काम चोर् का सर्दारहरु( चोरदार् हरु)?
 
Posted on 07-14-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste, jadau, taremam,darshan, Goodafternoon................
 
Posted on 07-14-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पिया तारेमाम ठुल्दाइ

आज कथा दिवस रे चौतारी मा? ल ठिकै छन्त !

पिया किन ढिलो नि आज? ५ भईसकेको हो?


 
Posted on 07-14-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई ३ ४, १४ को के छ? २५ सकाएर ३ हुल्दा ६ ले के भन्यो? ७ नै हो त? ११ खस्दा खस्दा ५ चिलिम फर्केछ १२ को त कुरै भएन कि ३ हो?


 
Posted on 07-14-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा १ जिम्माल बा १

पिया ले २,३,४  हान्ने बेला मा म ५ गर्दैथिए ! त्यो भन्दा एक्छिन अगाडि ठुल्दाइ को ४ गयिसकेको रइछ ! त्यस्पछी मैले नै २,३,४ हानेको त कोइ नि छैन, अनी आफु पनि १ का १ गर्दै बसेको एक्लै ! अहिले जिम्माल बा बल्ल टन्न लेर आउनु भयो !


 
Posted on 07-14-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबासँगको भेटघाट
चौतारीमा जतिसुकै ग्रामीण परीवेशलाई समेटेर कुरा गरिए पनि चौतारीका गाम्लेहरु बीचको वास्तविक अन्तरकृया भने शहरी परीवेशमै हुने तथ्य सर्वबिदितै छ। नयाँ खर्क र बाल्टिनमोडमा ठुलै जमघट भएका थिए। अस्ती शनिबार भने ह्युस्टन (चौतारी सुहाँउदो नाम जुराउन सकिएन है, कसैले प्रयास गर्ने हो कि?) शहरमा जिम्मालबासँग भेट भयो। साझाका पुराना केही हस्तिहरुलाई बिगतमा मैले भेटेको भए ता पनि चौतारीबाट परिचित कसैलाई मैले भेटेको यो पहिलो पटक थियो।

शायद एक महिनै भएको थियो कि, हामीले भेट्ने भेट्ने भन्न थालेको। शुक्रबार दिउँसो साहूको ईन्टरनेट सुबिधाको सदुपयोग गर्दै भोलिपल्ट भेट्ने tentative योजना बन्यो। शनिबार बिहान जिम्मालबाको मिस्ड कल फर्काएपछि भेट हुने निश्चित नै जस्तो भयो। ब्यक्तिगत कामको शिलशिलामा म डेराबाट निस्किएँ। दिउँसो त्यस्तै १:३० बजेतिर स्वर्गीय नातिकाजीको गीत "पहाड बसी बनमा खेली हुर्ककी अकेली" भन्ने गीत क्यासेटमा बजिरहेको थियो, म भने गाडी रोक्ने तरखरमा थिएँ। फोनको घण्टी बज्न थाल्यो, जिम्मालकै होला जस्तो लागेको थियो, हो रहिछ। नजिकैको वालग्रीन्समा भेट्ने निर्णय भयो र करिब ५ मिनेट भित्रै म त्यहाँ पुगें। बाहिर एकदमै गर्मी भएकोले पसल भित्रै छिरें। केही बेरमै उनले बाहिरबाट फोन गरे। मेरो गाडी बाहिरैबाट चिनेर हो (अघिल्लो दिन मेरो गाडीको केही काम गर्नु पर्ने कुरा भएको थियो) वा पछाडिको सीटमा बिच्छ्याएको "पोखराको सम्झना" लेखेको गलैंचा देखेर हो, उनी त गाडीको छेवैमा उभिएका रहिछन्। "ल बल्ल भेट भयो" भन्दै हात मिलाइयो। अर्को दुई ठाउँमा रोकिनु पर्ने काम सकाए पछी केही बेर बसेर कुराकानी गर्ने योजना तय भयो।

मेरो गाडी अगाडि थियो, एकै तिर तीन वटा लेन भएको बाटोमा बाँया मोडे पछी म सबैभन्दा बाँयाको लेनमा थिएँ, उनले बिस्तारै बीचको लेनबाट मलाई उछिने र मैले पनि त्यसैबाट पिछा गरें। केही बेरमै डाँडाखर्क (Hillcroft Avenue, जहाँ दक्षिण एशियाली तथा मध्यपुर्वी मूलका ब्यवसायीहरुको बाहूल्य छ) पुगियो र गँजडी देउताको नाम भएको भोजनालयमा छिरियो।

फोन र साझाको ईमेलमा सामान्य कुराकानी हुनु बाहेक हाम्रो खास परिचय भएको थिएन। चाट र दोसा मगाइयो, र कुराकानी गर्न थालियो। चौतारीको लेखाइ हेर्दा लाग्थ्यो कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई ६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। ब्यक्तिगत पृष्‍ठभूमी लगायत ट्यौसासको र केन्टकी (जहाँबाट केही महिना अघी म यता सरेको हुँ) सेरोफेरोको कुरा भए। साझा र बिशेष गरी चौतारीका पात्रहरुको कुराले अधिकांश समय लिनु कुनै आश्चर्यको कुरा थिएन। कतिपय पात्रहरुका बारेका केही रहस्य अनुतरित गर्ने कार्य पनि भयो।  यद्यपि, कसैले पनि कुनै पनि पात्रका वास्तविक नाम नलिनु एउटा अर्को रोचक पक्ष थियो, मानौं कि चौतारीमै कुरा भईरहेछ। चौतारीको बिहानीको चियाको सम्झना आयो। स्टाइरोफोमको एक एक कप चिया खाइयो। त्यसपछी सँगैको पसलबाट जिम्मालले केही सि.डि किने। भेटघाटको क्रम जारी राख्ने कुरा गर्दै आ-आफ्नो बाटो लागियो। उनले गाडी डाँडाखर्कतिर मोडे, मैले चाँही राजामार्ग ५९ दक्षिणतिर।

ल यही हो, चौतारीको पात्रसँगको पहिलो भेटघाटको अनुभव।                                   
                                                   

 

 

 
Posted on 07-14-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani hamro ke ke kura kateu la khulasta bhannu paryo chiplu :)
 
Posted on 07-14-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riththu ke chha? :)
Last edited: 14-Jul-08 04:24 PM

 
Posted on 07-14-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी जिम्मालनी आमै सँग भेट घाट भएनछ भन्ने कुरा बुझ्नु पर्‍यो हैन त?

अनी कस कस्को रहस्य खोल्योउ तिमार्ले लु भन अब?

चौतारी का गाउले हरुसँग भेट घाट हुँदा वास्तविक नामले बोलाउने एकजाना मात्र अवतारी छन, वहाँ को नाम के हो ल भनुम?

सान्नानु ठिकै छ मेरो :)  मैले १ बजेर ३३ मिनेट मा 'के छ?' भनेर सोधेको भर्खर रेस्पन्स आउँदैछ, ल ल ठिकै छ, यस्तै हो अब है?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters