world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 358689
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सप्पैलाइ नमस्ते । चित्रेलाइ धेरै धेरै धन्यबाद चौतारीमा बस्ने ठाउ फराकिलो पारेकोमा लौ न बबाल नै भइसकेको र'छन्त सेर सायरी फुरिसकेछ जनता लोगहरुलाई
चित्रे फलोस फुलोस (के भनेर नसोध नि)
चौतारी तिमी सधैं यसरी नै हाँस्दै जाउ
तिम्रो शीतल छाहारि फैलाउदै जाउ बढ्दै जाउ, बन्दै जाउ यो मेरो शुभ-कामना सधैं लिदै जाउ
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-05-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरेक बिहानिमा उदाउने किरण मेरो गोधुलीमा झल्मालयो थाम्नै नसकिने गरि मुटुमा यो कस्तो बेग आयो
यो माथिको कबिता बाट प्रेरित भएर निम्त पंक्तिहरु मलाई नी फुरे --
काम बाट बज्या किरणे लाई भट्टी नगै हुन्न साँझै देखी टुन्न, ब्यान भाको पत्तो तेल्लाई हुन्न बिहानीमा पुग्थ्यो घर भन्थ्यो अब रक्सी छुन्न
दिक्क मायालु जसै कुर्लिन सक्तिन अब बहाना अरु सुन्न पुग्यो घर गोधुलीमै तर ट्वाँट धोक्ने क्यारी? लाग्यो गुन्न
मुटुले प्रियाको हान्यो उँधो बेग जसै उस्ले फेरी लायो पेग मातेर चक्कड रे किरणे, भन्थ्यो अरे ल्याउँछु अब केग
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 10-05-07 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दशै अौन लाग्यो।।नेपाल म सयपत्री फुले होलन ।।अंबा पाके होलान्… गोकुल धुप को बास्न अौन थालयो होला… पेअनुत्स, उफो, र बिशाल बजार लुगा किन्न भिड हुन थाले होलन, स्कुले भुरा दशै पिलान् बनैरा होलन, आमा हरुलाई चत्तरो होल , बाउ हरु ताश खेल्ने दिन गन्दै औंला भच्दै होलन, खसै बजारमा खसी हरुको भिड लगे होल, बगरे हरु अब चै पैस कमाइन्च है भन्दै होलन, वैसिल एस्पली दशैँ मा ताश खेल्ने लाई कुत्नु पर्छ भन्ने बिचार गर्दै होलन, निर्वाचन् प्रमुख सम्भिधन् सभा सर्यो, अर्को तन्त अौछ भन्दै होला, माओवादी, चुनाव सर्यो अब जितिन्छ कि भन्दै होलन, गिरिज: यो चुनाव सम्मा पनि बच्छु नि सोच्दो होल, ज्ञानेन्द्र: दुर्गा मत ले रक्षा गर्चिन कि सोच्दै होल, परसे फेरी बदेल मासु र व्हिस्की म रम्दै होल, सिक्ष्यक् हरु :यो पाली त दशै म बबाल तुइतिओन पदौनु पर्छ सोच्दा होलन, कर्म्चरी, काम कसरी थग्ने तिग्रम निकल्दै होलन, कुचिकार र सुचिकार लाई काम ले सतौदै होल, हावा चिसिदै होल, फुल फुडाइ होलन्…… तर म भने चै यो थोत्रो कम्प्युटर म लेख्दै छु माया मार्य हैन कुम्ले, पराइ देश् पराइ भेस कता आफ्न मान्छे लै चतक्कै भुल्न सकिन्च ।।तर क् गर्नु हाथ् मुख् पनि जोद्नै पर्यो
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो त मन्डे टु फ्राइडे अफ् ठुली।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>हरी, ठुली के छ? दशैँको केहि किन्या छैन मोरि मैले, जाम सङ्गै बजार।<<< सान्नानी हरी कैले देखी 'मोरी' भको? हेहेह्हे कुम्स पाट खत्रा खत्रा जादैछ, मज्नु कि तरह

|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, सान्नानी। यो महिला संघलाई पहिला शपिङ मै ध्यान? हाम्रा नि घरमा महिला संघका सदस्य छन् नि, अब हैरान गर्ने भो मोरी गोरी। अब कहाँबाट ल्याउँ ड्लर पैसा, चोरी चोरी?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए टाइपो हो के मोरा छुटेछ, ल अब
हरी, ठुली के छ? दशैँको केहि किन्या छैन मोरामोरि मैले, जाम सङ्गै बजार। 
ठुल्दाई यता पनि डलर पठाईदिनु है। सबैजनाको लुगालाई पुग्ने गरी, ज्वाँईलाई नि पाल्पाली ढाकाको दौरा सुरुवाल र टोपी चाइया छ रे।
Last edited: 05-Oct-07 09:08 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
yo chautari maa foto kasari post gerne bhaneko. hudai hudaina.
:O sanani timro monday - friday off re. launa kasari.
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, माकुरे, ठुलि, सान्नानी, दीप ब्रो अनी हामी सञ्चै? चित्रेले यस्पाली चौतारी बनाउदा मास्तिर दौडिने जनता लोग को नाम मा धेरै को छुटाएछ इन्क्लुडिङ रिट्ठे को ध्यान दिएर हेरेको त आफ्नो साथ साथै अरू धेरै गाउलेहरुको त नामो निसान छैन

|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तानसेन घमाइलो
जता निरमाया उतै रमाइलो
जदौ! यो दाहाल यज्ञनिधीको... आच्या... माइला बिर्खेको चौतारीमा!!
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
वीक्डे मा भन्दा वीकेन्ड् मा काम धेरै हुन्छ के मेरो घरमा साथि हरु आउने जाने etc ले गर्दा तेइ भर भन्या ठुलि। ल कहिले जाने त हामि बजार्? दाइभाइहरु सित मागन डलर् मलाइ नि पुग्ने गरि माग है।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-05-07 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ जिम्माल बा :)
दिप, हउरको कबिता देकेर मलै चै यो फुर्यो 
कुरै गर्यो कुरैको भारी बोल्नै हुन्न मौका पारी
झम्टिनै आउने बाघ जस्तो बिग्रने हो कि फुलबारि
हुनैपर्ने के जाती झोल बहाना पनि कति? प्वाँके
धोक्दा धोक्दा नामै पनि राख्दिम कि झै ट्वाके
ठाडो घाटि जहिले नि गोधुलि के? मिर्मिरे के?
खुट्टै समेत लरबराउने गरि कति धोकेको बांगे?
 
Last edited: 05-Oct-07 09:34 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
न रंग छ न कलर न पैसा छ न डलर कसरी जाम शपिङ? आफैले आफुलाई खुचिङ्?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
....ठाँडो घाटि जहिले नि गोधुलि के? मिर्मिरे के?
खुट्टै समेत लरबराउने गरि कति धोकेको बांगे? ...
अब दीप को पालो!
जदौ! माष्टरनी नानि!
एउटा प्रश्न सबैलाई-- हाम्रो धेरै चाडबाडमा व्रत बस्छन, यो दशैँमा चाहिँ व्रत बस्दैनन्? फेरि अरुबेला एकादशि भन्दै हिन्छन तर दशैँको भोलिपल्ट एकादशि भए नि मासु खानेले टन्न मासु पड्काउँछन्। किन होला?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेहेह माष्टरनी नानिको कवितामा चन्द्रबिन्दुले गर्नु गरेछ!
ठाडो घाँटी हुनु पर्ने मा----- ठाँडो घाटि भएछ!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
birkhe dai darsan garehai
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-05-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पालो त बाङ्गेको रे छ जिम्माल -- पालो मिच्न भएन नत्र फुर्न त फुर्या थ्यो मलाई नी --
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-05-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन चौतारीको टेक्स्ट Wrap किन नभएको? बायाँबाट सुरु गर्यो सकिदैन त दायाँ उ पर सम्म पुगुन्जेल!
जिम्माल बा! दर्शन् गरेँ है त!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|