[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 337655 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-11-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ब्रो, अनि बिर्खे जिमाललाई नि तारेमाम् ठोकें, तारेमाम्।

 
Posted on 10-11-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ, दर्सन् गरे है, दुइ हात जोडेर।

ठुलि, धेरै भएछ,  मेरो त यात्रको धागो हराएछ भनेर यसो लेख्न बसेको, दिप दाइले थप्या थप्यौ र'छन्। यस्तो मौसम मा मेरो सुर् न ताल् को यत्रा टासेर के को "कवाब मा हड्डि" बन्ने भन्दै सोच्दै छु।


 
Posted on 10-11-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्के मैलाऽऽऽ!!! म्यारो ज्वाइ साँऽऽप!!!
माइ डटर इज वेटिङ फर यू!!!

ठपाइलाइ ज्वाइ बनाउने मो र लाउरा बुडिको थुलो धोको छा।
प्लीऽऽज यो खुरा स्वीखार्नुस्!

नत्र म्यारो छोरीखो हार्ट ब्रेक हुन्छ!
 
Posted on 10-11-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अर्छिन यिनि ठुलि? क्यार्न आँखा घुमाम्दाहुम गाँठे! तो त एसो आज नलिखुट्टो नि नदुख्या बेला परो, त्याँसि दशैँको हावा चलेर गर्मि नि तेति नभ'र बुढो थुतुनोआटि गित फुस्क्या पो त!

क्यार्दै छौ?

लु धेर नयाँ नयाँ गाम्ले आएछन्। सपैलाई स्वागत छ! न्वारन त भैसको होला के रे सपैको??? न भा भ' नि अर्नु परो! क्यार्नु आफ्नु त बुडेसकाल ला'र न्वारन अर्न छाडियो के रे, अब हेरि चतुरे काइँला, भउते कोइले गर्देलान नि!

हरिशरणम्!


 
Posted on 10-11-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यु हजुरको यात्रा मैले पढे साह्रै राम्रो छ। प्लिज लेख्नुस् न।

 
Posted on 10-11-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, ठुल्दाई र सुन्तलेलाई मेरो नि जदौ!

सपै बेशै होला के रे सपैलाई? दशैँको चटारो कत्तिको छ? खसि किन्या हो? चिउरा कुट्या हो? तेल पेल्या हो? मसला पिन्या हो? कि तेसै मुख मात्तै मिठ्ठ्यार बस्या छौ सपै???  हाम्राँ त खसि काट्न छोड्या नि गोडा दसेक बर्ख भओ के रे। यो पालि ग्वाँचेले २२ धार्नीको खसि ल्या रेछ, तेई ढाल्या बेलाँ तिन बिसौली जति ल्याउनु पर्ला! क्यार्नु आफ्नु मासु चपाम्न हुँदैन, चपाम्दा भा' दोटा दाँत नि उछिट्टेर पिँढिमा गुड्ला भन्ने डर!

Last edited: 11-Oct-07 01:47 PM

 
Posted on 10-11-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा भो भो हाम्ले तपाईंलाई नचेनेको होर। अनी जे भएनी हजुरको नली खुट्टा दुखेको कस्तो छ त।

 
Posted on 10-11-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो बुसे अझै चाइन्जो तेइ कुरो फलाक्दै रेछ असत्ति मोरो! हन ए बजिया क्यार्न म बुडो लाई यो बुडेसकालाँ पापको भारि बोकाम्छौ हँ, तिउँरा कइँ नबिकेका छोरिको कुरा ल्यार? अन्माउन तेस्तै हम्मे पर्या भ' तो के जाति आजकल त पत्रिकाँ लेखेर नि ब्या अर्छन भन्ने सुन्या थेँ तेइ अर न!
 
Posted on 10-11-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजना लाई कान्छी को तर्फ बाट फेरी पनि  नामस्कार
 
Posted on 10-11-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, पोहोरसाल गत्तिलो घोर्ले खसि दसैलाइ ठिक्क पारेथे, उहि बर्दि वालाले लग्दि हाले। यस्पाला त म नि यसो धर्नि बिसौलि कसैका बाट उठाउनु पर्ला भनेर बस्या छु। के गर्नु खसि पाल्यो, पाल्यो, अरुले खाइदिने भै पछि, के को दुख गरि बस्नु त।

 
Posted on 10-11-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कान्छि नि आइछिन?? क्यार्दै छौ बा? ल हेर हेर कति ठुलि भै सकिछे?? हाउँरै गाम्ले त हो तर बुडो आँखाँ फुलो परेर हो कि के हो ठम्याउन सकिन त मइँले? नानिको घर काँ? कतिमा पड्छौ?
 
Posted on 10-11-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रनाम गरे बिर्खे बा, म आको त धेरै भो  चौतारी म आउन मात्रै भ्याएको थिन
 सबै ठीक छ अनी हजुर को?  घर त यताइ  पर्‍यो पल्लो गाम मा। पढाई त ५ किलास फयल   हीहेहेहे

 
Posted on 10-11-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जाति बर्दिवाला को के कुरो अर्नु सुन्तले! सम्झि ल्याम्दा मुटु कुटु कुटु खान्छ बाबै! परार घराँ बाँधेर लाख्या दोटा जखमलिको बोको र बिचरा एउडो भर्खर ब्या बाख्रो समेत छाडेनन असत्तिहरुले!  अइले आ'र यि, हेरि दशैँको मुखाँ खसि छैन भनेर पितोर्किन पर्ने भओ। हन यो पालि त लेखबाट च्याङ्ग्रा भेडा नि ओसारेनन त? किन होला? उइले उइले भ' येतिबेला बथान का बथान आइपुग्थो, यस्तै मेसो मिले त भउते र पुन्टे बुडाले त बथानाटि छुट्टया भेडो कर्याप्प पारेर समातेर बुइँगलाँ थुतुनो बाँधेर लुकाम्थे र बथान अन्तै लगेसि निकालेर मार हान्थे। यो बर्ख त खै के के??

हरिशरणम्!


 
Posted on 10-11-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि येहि छौँ जिमाल बा,
हजुरको आँखाले भ्यानेछ के गर्नु।

दर्शन गरे ल।


 
Posted on 10-11-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा यो दसैं मा कुखुरो कात्नुस् न। मलाई खसी को मासु मन्पर्दैन। टिकाको दिना कुखुरो र चिउरा खान क्या मित्थो हुन्छ।

 
Posted on 10-11-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial,

euta arko ni shayari ni jaaosa na.

 


 
Posted on 10-11-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

audai cha hai, parkha parkha
 
Posted on 10-11-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो आज भि हुमे देख कर मुस्कुराते है,

 वो आज भि हुमे देख कर मुस्कुराते है,
येह तो उन्के बच्चेह ही कमिने है
जो मुझे मामा-मामा केह्के बुलाते है।


 
Posted on 10-11-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर कान्छिले भन्या? पाँच फयल रे!  भनेसि पास भयौ भने तो के जाति यास्यालसि हुन्छ हो तिउँरो?? मेरि बास्सै! हन कति पड्ने भा आजकलका भुराभुरिहरु???

ओहो उफ्रि! क्यारि देख्नु त नि? तिमी चाइन्जो कुनाँ बसेर के के जाति सम्जिरा थेउ होलाऊ, म बुडो यता ठिटाठिटि सँअ अल्मलिएँ! अनि क्यार्दै छौ? रिट्ठे कता लाओ आज???


 
Posted on 10-11-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई, एक्कैछिन मेलो बिसाउन आको यता।  गाम्लेहरुले कति कुरा गर्न सक्या रचन, कहिले पढेर भ्याउने हो कुन्नी।  बेल्कातिर आँटुम्ला।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters