नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हरि सरनम्। यो हरिको सरनमा पर्छु भन्या चाहिन् हैन है। अझै केहि गरुम्ला भन्नी छ।
उमेर् चौका जुट् भयो त के भो, म पनि कुनै दिन् दुक्का जुट् हुँदो हुँ।
सोर बर्से जवनीमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भैयो र।
हँ......................
यो गीत् नि मज्जा आएन।
अनि ठुली, मैले कतिबेला कबिता लेखेँ। त्यो अगिनको post भन्या हो भने त्यो चाहिन् दीप् श्रेस्ठ हो कि कस्को गीत् हो, मलाई खुब् मन् पर्छ्। तिमिलाई आउन्न भने गाएर सुनाम्?
तेइ त भन्छौँ हाम्पनि। भान्जा र ग्वाँचेओ फुरसत रेछ त नि! बरु क्यारि जम्ने कुरो अर्या हो??? फिरिजाँ बरफ जम्या जस्तो भन्या हो कि, ठेकिमा दहि जम्या जस्तो भन्या हो??? कि खोलाँ लेउ जम्या जस्तो भन्या हो??? जम्न त जम्छौँ नि हाम्पनि बरु क्यारि जम्ने भन्या हो???
Birkhe dai hernus hai yo gwachele hajurle palera rakheko kukhuraa ko bhaale chorne plan banaudai cha hai. tehi bhalelai rati pakaara sathiharu sanga milera raausi sanga khaane kura gardai cha hai bhandeko chu. hos garnus
लु लु ग्वाँचे, जमुम जमुम। आज त बब्बाल गर्नु पर्ला जस्तो छ, झन लङ वीकेण्ड भन्छन। यो चोटी को जिनिस बेबस्था गर्ने जिम्मा चै रिठ्ठेलाई दिनुपर्ला जस्तो छ। शहर बजारको मान्छे रे, अल्लि गतिला गतिला देशी दारु ल्याउलानि गाँठे। बरु सितन पो क्यार्ने हो, केही भएन भने मामा बुडाले खोरमा दामी भाले राख्या छन, बुडालाई फकाई फकाई निमोठ्नु पर्ला।
हा हा हा रिट्ठे, माकुरे, कहिलेकाँही चौतारीमा weekend virtual पार्टी हुन्छ क्या तेस्मै जम्ने भनेको। कसैले तिन्पानेको बेबस्था गर्छन्, कसैले चिलिमको, कसैले गीत गाम्छन, कोइ नाँच्छन, पैला पैला चाइ कसैले चोरेर कुखुरा नि ल्याउथे, आज्कल चाइ किनेर ल्याको बोइलरले काम चल्छ। तिमेरु नि जम्न आउने भे एक एक चिजको बेबस्था गर्नु पर्छ, सबै कुराको बेबस्था एउटैले गर्ने भे नि हुन्छ। K B४ ६?
जिम्माल बा दर्शन, सँचै हुनुहुन्छ? नलिखुट्टा को के छ नि खबर, छ कि गैसक्यो? तपाईंको रामायाणको किताब मुसाले धजा धजा पारो रे भन्ने सुनियो, हो? अनी तपाईंको काली बिराली ब्याइ रे हैन, कती बच्चा पाइ नि? अब त जाडो पनि सुरु भो, नयाँ सिरक बनाउन लाउनु भो भईयालाई, पुरानो सिरक त गाँठै गाँठा पर्या थो?
तपाईंलाई भनेर असली सुर्ती ल्याइद्या छु बजारबाट, अनी यो राइफल्को तेल पनि छ नलिखुट्टाम घस्नु पर्छ, मै घस्दिउ कि, सुरुवाल अली माथि सारुम। (हरी जिम्माल बुढालाई फकाएको, राती भाले त रेट्नु परो नि! )
ठुलि, कुरौटे केटि झन एउटा पखेटा सिङै उसैलाइ दिनुपर्छ भन्ने सोचिरा' जिम्माल बालाइ कुरा पो लाउदिरैछिन। आज्कल कुखुरा चोर्न त छोडिसको नि हाम्ले, सान्नानिको हजुरबाले सरापे देखिन। अब त कुखुरा धनिलाइ फकाएर कुखुराको बेबस्था गरिन्छ भएन भने पैसा हालेर किनिन्छ, चौतरिमा नया नया धनि मान्छेहरु आइसके। बरु तिमि नै झिक न तरकारि बेचेको पैसा, आजको भालेको लागि।
ध्याउुउुउुउुउुउुउुउुउुउ। तारेमाम्। भात हसुरेर एक चित्तले मेरो अनुपस्थितिमा चौतारीमा भए गरेका कुराकानीलाई रिवाइन्ड गर्दै बसेको। अब मेरो नि बर्ख त दुक्कि जुतमा अलि थप्नेन हो। तै पनि ठुल्दाई भन्या छ। त्यसैमा मख्ख परिएछ।
.हेल्प चाहिए भाईलोग, बाजुबाला दाईको छोरो खो गया है... कही चौतारी मै हो तो चोक्लेट वक्लेत दे देना यार ..request कर रहा हु...आदत थोदा खराब है उस्का...मिल्क्सेक भि कफी के साथ चहिये उस्को.... दाई बिचरा भि परेसान रहेते है एकातिर फुरकार राखेको पुत्तर अर्कोतिर पार्टी जो स्पोइल करता रहता है
चौतारिमा पटके कुखुरा चोरहरुको बिगबिगी। चौतारी टाइम्सका संबादाता "भूलसुधार" ले जनाए अनुसार आजभोली चौतारी वरिपवरिका सातै गाउँमा पटके चोरहरुको बिगबिगी चलेको छ रे। चोर पनि कस्ता भन्या, पैसाका ठेली, जवान चेली होइन कि खोरको कुखुरा मात्र चोर्ने। त्यो भन्दा पनि रमाइलो पक्ष चाहिं चोरेर, मरमुर गरेर खाइवरि हड्डी भने त्यही खोरमा फालेर जाने रे। यस्ता अनौठो खाले चोर भने योग्यताले देशै हाक्ने बिद्वान रैछन् रे। कमसे कम पनि स्नाककोत्तर गरेका र अधिकांश चोर महाशयहरु बिद्यावारिधी धारीहरु रैछन्। अनि शुक्रबार भयो कि ती बिद्वानहरुको बिकसित स्नायु तन्तुहरुमा हाल सम्म पत्ता लगाउन नसकिएको रसायन र जिवाणुको मिश्रण सक्रिय हुने देखिएको र सोही कारण कुखुरा चोर्ने र खाने अनौठो रोग लागेको हाम्रा संबादाता अगाडि लेख्छन्।
हालै गाऊँमा बढेको कुखुरा चोरिको बढ्दो घटनालाई लिएर चिन्तित बनेका कुखुरा पालनपोषण तथा खोर व्यवस्थापन मन्त्रालयका प्रतिनिधिहरुले गरेको ७ दिने अनुशंधानबाट केहि आश्चर्यजनक तथ्यहरु फेला परेका छन्। उक्त अनुशंधान पश्चात प्रकाशित एक प्रतिवेदन अनुसार, गत महिना चौतारी गाउँमा श्रि १००७ कुखुरेश्वर बाबाजीको आगमन हुँदा बाबा द्वारा चोरेको कुखुरा खाँदा गैसकेको कुखुरे बैँश फेरि फर्केर आउने कुराको हल्ला चलाएको हुनाले त्यस्ता चोरहरुको बिगबिगि बढेको कुरा हाम्रा सम्वाददाताले एक अर्को चौतारि सम्पादक श्री ठुल्दाई ठुलाठालुलाई उद्धृत गर्दै बताउनुभयो। यसरि प्रतिवेदन बताउँदा ठुल्दाईको हल्का चाउरिएको गाला अलिकता पोटिलो देखिएको र साथै कन्चटमा पहिले फुलेका केहि सेता कपालहरु पुन: कालो नै देखिएको कुरा पनि हाम्रा सम्वाददताले बताए। श्री ठुल्दाई ठुलाठालुको फुलेको कपाल कसरि कालो भयो श्रोताहरु कल्पना गर्दै जानुहोस हामि चाहिँ आज्ञा चाहन्छौँ! धन्यवाद्!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.