[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 466592 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-20-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मार्ट्साब को कानकुन भन्ने ठाउँ - उहिले जमानामा मार्ट्साब जवान हुँदा खेरी बसेको ठाउँ रे - टेउसास रे


खुब के के गरेको थियो रे यहाँ भन्न नि नमिल्नी सुलसुले ले भनेको



अनी ठुल्दाइ को नाम रामनामसत्य राख्नु पर्ला - राम पनि नाम पनि सत्य पनि 


 
Posted on 02-20-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लहरेकान्त त ठूल्दाइलाई नि jpt भन्न सक्ने भएछ त!!


 
Posted on 02-20-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>न पिउने वाचा गराइ गयौ, म पिउं कसरी ? तिमी बिना को एक्लो यो जीवन म जिउं कसरी? <<


ल हेर ठुल्दाइ को ताल थुतुनो किताब मा एस्तो पो लेखेको छ त


को हो हँ ठुल्दाइ - जमाना मा ठुल्दाइ रङिन थियो नि अहिले कपाल फुलेर पो टेन्सन भएको राइछ बुढा लाई


अहिले हामीले केही गर्‍यो भने देखी नसहने ठुल्दै -


आफ्नो पालामा गर्नु गर्‍यो अहिले कराउन आउने - नियमापत्ती


 
Posted on 02-20-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सोचेको मलाई तिमीले चेली - मान्छे चिनीराख अहिले नै -


 


 
Posted on 02-20-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यान्कन त मेक्सिको मा हो लहरे टेउसास होइन नि ! तर ठाउँ त राम्रो छ ! गर्ने हो त भेला क्यान्कन मा? म त तयार छु ल !


अनी बिस्टे सर खै यसपाली वीकेन्ड त अली बिजी भइयेला जस्तो छ ! भये नि आईतवार दिउसो तिर फुर्सत हुन्छ तेती खेर त के गयाइ भो र ! अब कुनै वीकेन्ड्मा मिलाउला नि हुन्न सर?


चेली, नमस्ते ! अनी हामी सञ्चै हो चेली बैनी?


 
Posted on 02-20-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठूल्दाइको थुतुनेबुक मा तेस्तै लेख्या छ... भाउजुलाई बोलाउनै पर्ने भो जस्तो छ !!


 
Posted on 02-20-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी हामी सञ्चै हो चेली बैनी?"
malai k tha ritthe Bro.. hajur sanchai ho ki hoina bhanne

 
Posted on 02-20-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या यो रिट्ठे पनि पर्वतेको क्यान्कुन टेउसास मा हो रे - मेक्सिको क्यान्कुन मा जसो गर्छ त्यही गरी मोज गर्थ्यो रे पर्वतेले उहिले जमानामा


त्यही भएर भनेको मैले


 
Posted on 02-20-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो उ त्यो झुपडी मा बसेर मजाले पिरो सितन चपाउदै अनी रमाइलो रमाइलो चौतारी को गफ गर्दै बेला बेला मा पानी मा डुबुल्की हाल्दै आहा क्या मजा आउथ्यो होला क्यान्कन मा भेला गर्न पाये त !

 
Posted on 02-20-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिट्ठे अंकल तिम्रो भातिजी आइन त अहिले सम्म


कहाँ गैइ त अहिले सम्म, एसो भेटेर दुई चार मिठा कुरा गरौ भनेको


एसो कुरा गर्न पाए वीकेन्ड राम्रो हुन्छ कि भनेर - खोइ कहाँ गैइ


 
Posted on 02-20-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली ।
लौ चेली ले समेत शंका गरी। लहरेको संगतको फल हो।



त्यही थुतुनो किताब मा मैले त्यो के हो कहाँ बाट आयो भनेर नि लेखी सकें।
त्यो चाँही नपढ्ने, नचाहिने चाँही पढ्ने?



लौ कान्कुन म गरें नि, नसाउ मा गरे नि म चाँही आउने भएं।


 हैन फुलौरे डाँडा मा भेला गरे कसो होला। चेली अनी ज्वाँईं साहेब को न्यानो अतिथ्य पनि पाउने। त्यही बाट जलजहाजमा तैरिंदै बहमाज पनि पुगिने।


प्याकेज टुर नि हुन्छ रे, सस्तो ।


मेरो बिचार  लाग्यो कस्तो?


 


 
Posted on 02-20-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई के थाहा त लहरे तिम्रो जोडी कता गै भनेर ! तिमीलाई नै थाहा हुनु पर्ने नि ! बौचा लाई आज अब रात भरी निन्द्रा लाग्दैन होला !


तर पीर नगर बौचा ! आइपुग्छिन  एक्कै छिनमा च्या लिन पठाछु मैले !


 
Posted on 02-20-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>त्यही थुतुनो किताब मा मैले त्यो के हो कहाँ बाट आयो भनेर नि लेखी सकें।
त्यो चाँही नपढ्ने, नचाहिने चाँही पढ्ने?
<<


 


हो कि होइन के था हामीलाई -


ठुल्दाइ उहिले को जमाना को रङिन मान्छे भनेर भाउजुले नै भनेको हो - अरुले भनेको भए त पत्याउदैन थे -


 
Posted on 02-20-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा लहरे कस्तो पिर परेको होला त !! तिम्रो जोडी ले गीत गाउदै छ उता
प्रतिक्षा गर मेरी मायालु ........................
अब मैले र रिठ्ठे ले त तिम्रो होस् भनेर सहयोग गरेकै छौ नि नत्र................. के हुन्थ्यो नभनौ है


हैन ठुल्दाइ ले साच्चै त्यस्तो लेख्नु भएकै हो? त्यही भएर पो पिउन छोडे भन्नु हुदो रहेछ


 
Posted on 02-20-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ मलाई त्यही केली चाहिन्छ


काटे पनि मारे पनि त्यही केली चाहिन्छ


रिट्ठे अंकल मलाई त्यही केली चाहिन्छ


 
Posted on 02-20-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ् नि रिट्ठे सर।
अरु कुनै बेला जाउला नि त।
ओहो क्यान्कुना चौतारी भेला,यो कुरा बिस्टे लाई मन पर्‍यो।
नभए फुलौरे गाम मा नि ठीक छ,अचेल त क्रुज नि ३ दिन किन्यो भने ५ दिन को पाईन्छ केरे।
साउले एक बिट्टो नोट र एक हप्ता छुट्टी दिये त भोली दौडिन्थे नि।
चेली नानी के छ् तिम्रो खबर?
लहरे चै के केली केली गरीरा नि अहिले केली ले आर गालामा हान्देली अनी था पाउछ।
 
Posted on 02-20-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
हो हो चेलीको गाउँतिरै गर्नु पर्छ भेला। चेली र ज्वाँईं साहेबको मीठो आतिथ्य, न्यानो घाम अनि समुद्री किनारको सुन्दर द्रिश्य। बाउचाकी केली पनि त्यतै हो क्यार। होस् गर्नु नि बाउचा, समुद्रको किनारमा छाला सेकाउन आएका उर्वशिहरुको धेरै पछि नलाग्नु नि।
 

 
Posted on 02-20-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौर गाउ नै ठीक लाग्यो मलाई त


फुलौर गाउ नै बेस मलाई त -


पशुपती को दर्शन नि हुने सिद्रा को ब्यापार नि गर्न पाइने - फाईदा नै फाईदा आफुलाई त - हुन्छ एसो गरे कसो होला


 
Posted on 02-20-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


नमस्ते सबैलाइ!


 
Posted on 02-20-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी किया रे -क्रजी किया रे


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters