हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
बिगत केही महिना देखी चौतारी गीतिलहर कार्यक्रम्का एक नम्बर को पंखा श्री हर्क बहादुर बोगती ले हिजो चौतारी मा एउटा होइन दुइटा गीत टाँसेर सबैलाई चकित पारेको छ। उहाकै मुखबाट मलाई गीत टाँस्न आउँदैन भनी हामीले धेरै सुनेका पनि हौ। तर हिजो कसरी गीत टाँस्यो भन्ने कुराको छान्बिन गर्नु पर्छ कि भन्ने भान म यानी तपाईंको नयाँ होस्त लहरे लाल लाकौललाई लागेको कुरा पनि हामी बताउन चाहन्छौ। एसै सन्धर्वमा हामीले उहासँग धेरै संपर्क गर्न कोशीस गरिरहेका छौ। तर उहा कसैलाई केही बताउन नसक्ने कुरा गरदै कता गयाब भये म आँफैलाई थाहा छैन। पछी केही सुचना मिले हामी फेरी आउछौ तबसम्म क्यामरामान को साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।
ओ होस्ट हो कि घोस्ट तिम्रो त्यो रसरङ हो कि टास्टुस हो किन बन्द गरेको स्पस्ट जवाफ दिने भए देउ नत्र भने ................... कि टाइम मा आउनुपर्छ होइन भने राजिनामा देउ, अहिले टायर् सिध्हिएर मात्रै हो नत्र देख्ने थिएउ
दोश्रो राउन्ड को नमस्ते, जदौ, तारेमाम सबैलाई जिम्माल बा र दीप प्रभोले हसाउनु हसाएछन ! फुर्सत न'भा बेला नि हास्नु चाँही पर्ने
मलाई घत् लागेको लाइनहरु : (सबै शब्दहरु हास उठ्दो छन तर यि चाँही अत्ती हरिप क्या)
>>>कुमार: क्यों? गन्नु इन दोनों रिमिक्स सिनेमामै लगा हुवा है क्या? एक और दोस्ती सिनेमा? काणा और लङ्गडाको लेके -- <<<
>>>इससे पहले कि हम कुछ करते, किस्न ने बाँसुरी से एक गोली मार दी। गोली गन्नु भैयाकी और बुलेट स्पिडमै आ रहा था। फिर गन्नु भाइ ने अपना बन्चरो द कुल्हाडी फेंका और गोलीको दो टुकडेमै काट दिया। गन्नु भाई तो बच गए पर गोलीका एक टुकडेने रिट्ठेकी आँख उडा दिया और दुसरा टुकडा मेरे घुटनेका अन्दर। <<<
>>>इस बिना पैडिलके साइकिलको अपुनकि बात जोक लगरेलि है! <<<
अहिले भर्खर प्राप्त जानकारी अनुसार हाम्रै चौतारी का एक भद्र भलाद्मी आफुलाई एक्दम सोझो ठान्ने पर्वते उर्फ पर्वते पुडासैनि न्याप्किन ले लागेर सख्त घाइते भएको। अहिले हसुराइ कार्यक्रम कै क्रममा सो घटना भएको जानकारी पनि हामीलाई प्राप्त भएको छ। हामीले सो घटना हुँदा त्यहाँ उपस्थित मान्छेहरु सँग कुरा को चुरो बुझ्दा पर्वतेले तन्दूरी चिकेन खाइरहेकी दुई जाना केटीहरु लाई आप्रोच गरेको र आप्रोच गरी फर्किदै गर्दा तेही दुई च्वाँक हरुले न्याप्किन ले हिर्काएको खबर प्राप्त भएको छ। पछील्लो प्राप्त जानकारी अनुसार सो न्याप्किनमा ति केटीहरुले मासु लुछेर खाएपछी हड्डी तेही न्याप्किनमा पोको पारेको र तेही पोको पर्वते को टाउको मा लागेको ले घाइते भएको जानकारी भएको छ। अहिले सम्म पर्वते बेहोस भएको ले अरु थप जानकारी प्राप्त भएको छैन, अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामरामान को साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।
"नमस्कार! यो हो न्यूज चौतारी!" "ब्रेकिङ न्यूजमा पर्वते पुडासैनी
न्यापकिनले लागेर घाइते भएकोमा, हाम्रा संवाददाता लहरे तथा क्यामेराम्यान बसन्ती
अहिले चौतारी सर्वभक्षि रेस्टुरेन्टको घटनास्थलमा हुनुहुन्छ। आउनुहोस त्यतैतिर
जाउँ"-
स्टुडियो- "लहरे?"
लहरे- " स्वाँssss"
स्टुडियो- "लहरेs? सुनिराको छौ मैले बोलेको? के छ स्थिती
त्यताको?"
लहरे- (थुतुनो चलाएको मात्र देखिन्छ)" स्वाँssss"
स्टुडियो- " लहरे? पर्वतेलाई होश आयो?"
लहरे- (एकै सासमा छिटो छिटो)" नमस्कार यहाँको स्थिति
नाजुक छ पर्वतेलाई अहिलेसमम होश आएको छैन न्यापकिनले लागेर सख्त घाइते भई काइते
अवश्थामा पुगेका छन न्यापकिन हान्ने सुन्दरीहरु पनि पक्राउ परेका छन उनिहरुले
पर्वतेको दोहोरो ज्यान देखेर हलुका न्यापकिनले हानेर जिस्क्याउन मात्र खोजेको तर
पर्वतेले तन्दुरि चिकनको मासु खाएर हड्डि घर लगेर सुप बनाएर खाने लोभमा पोको पारेको
र हान्दा खेरि त्यहि पोको फुस्केर पर्वतेको टाउकामा लाग्न पुगि पर्वते बेहोश भएको
बताएका छन तिनिहरुमध्ये एक सुन्दरी संग यो संवाददाताको व्यक्तित्वले गर्दा बढि कुरा
धुत्न सकिएको छ उनको भनाई अनुसार पर्वते टाउकाको चोटले बेहोश नभएको तर जिन्दगिमा
कुनै सुन्दरीले पर्वतेमा केहि इन्टरेस्ट नदेखाएको स्थितिमा एक सुन्दरीले पर्वतेलाई
ताकेर हान्दा दिमागको भन्दा दिलको चोटले बेहोश भएको खुल्न आएको छ...स्वाँsssss...र
साथसाथै यसले यस संवाददातालाई लागेको लभाइरस पनि ठिक हुने आशंका गरिएको
छ...स्वाँsssss स्वाँssss...
स्टुडियो- बिचमा अड्कियो लहरे, के कुराले गर्दा तिम्रो रोग
निको हुने संभावना देखेको?
लहरे- " स्वाँsss..."
स्टुडियो - "लहरेsss! कुन कुराले तिम्रो रोग निको हुने
भयो?"
लहरे- " ति सुन्दरिहरु मध्ये एक संग मेरो टाँका भिड्ला जस्तो छ
आज बेलुका ६ बजे तिर निरुलाजमा बिल मा तिरुँला भनेको मस्किएर म संग भेट गर्न डेटमा
जाने कुरा भनिन, त्यसैले मेरो रोग निको होला जस्तो छ
तबसम्म...स्वाँsssss!......स्वाँssssss!...
स्टुडियो- " लहरे भन, म सुन्दै छु.....लहरेss!...लहरेsss!"
लहरे- " स्वाँssssssssssssssssssss!"
स्टुडियो- " दर्शकहरु लहरे संग सम्पर्क टुट्यो जस्तो छ, केहि
बेरमा नै हामि त्यहाँको स्थितीको ताजा रिपोर्ट पुन: दिने छौँ, धन्यवाद्!"
लोल ! लोल! लोल! जिम्माल लोल ठुल्दाइ अघी सम्म 'आज बुद्ध जयन्ती मासु माछा अदुवा लसुन केही खानु हुन्न' भनेको मान्छे अघी झिल्केले म:म बनाउने भाडो गिफ्ट गरेको त बुढा सब कुरा बिर्सेंर ' कुच्चेको भये पनि लिनै पर्यो म:म को भाडो भये पछी रे' उठाले रे उठाले मेरे को नही राहुलभाय को
ठुल्दाइलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। आउदो बर्षमा म:म: बनाउने कलामा अरु पनि प्रगती होस् भन्ने भगवान सग प्रारथना छ हौ मेरो। बाँकी सप्पै पातकिहरुको के छ ताअाअाअा?
म: म: को बनाउने डेक्ची पो हुन्छ भनेको, भोली त बुद्ध जयन्ती होइन नि। अर्को चौतारी सम्मेलनमा शान्दार म: म: त्यही कुच्या डेक्ची मा पकाउने ले आड्भान्स पिलान छ मेरो। खै कुरा बुझेको रिट्ठे?
यहाँहरुलाई फेरी स्वागत अहिले भख्खर प्राप्त जानकारी अनुसार पर्वते लाई होस आएको छ। आउनुस् पर्वते बाटै सबै हाल खबर बुझौ, याद राख्नुस् तपाईं यो सपै पहिलो पटक चौतारी न्युज मार्फत हेरिरहनु र सुनिरहनु भइरहेकोछ, लहरे: पर्वते जि, यहाँ लाई कस्तो छ, पर्वते: लहरे: पर्वते जि, वो पर्वते जि पर्वते: लहरे: पर्वते जि, यहाँ लाई कस्तो फील भईरहेछ, पर्वते: मे कहाँ हुँ, मे कौन हुँ लहरे: दर्शक ब्रिन्द, हिन्दी बोल्न नाआउने मान्छे हिन्दी बोल्दै छ, अचम्म घोर अचम्म, याद राख्नुस् यो सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ, पर्वते: मे मे मे (पर्वते फेरी बेहोस हुन्छ) लहरे: पर्वते बेहोस भो फेरी, अब हेरौ पर्वते फेरी बेहोस भएको लाईभ सीन स्लो मोसन मा, याद राख्नुस् यो सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ। लहरे: अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामराम्यान माफ गर्नुहोला क्यामरा वोम्यान बसन्ती का साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.