[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 305961 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-10-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिले मलाई पार्टीमा एक्स्क्लुड गरेकी, घोर अत्याचार। यसैको बिरोधमा चौतारी अनिश्चित्कालिन बन्दको घोषणा।
 
Posted on 08-10-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईय! अब त दशा काटियो कि मनिचु।
 
Posted on 08-10-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता BLOG बाट यता नि तानिदिए है मैले। गल्ति भए माफि पाम् गाम्लेहरु।


मलाई तिमी चाहिन्छ।

जिवन यात्रा का सयकडौँ मोडहरु, विकट उकालि ओरालिहरु अनि सितल भन्ज्याङ् अनि चौतरीहरु छिचोल्दै जाँद म एउटा नयाँ परिबेस पाइरहेछु - मेरा पाइतालाहरुलाई। म भन्न सक्दिन बर्तमानमा गुज्रिरहेका यी पलहरु सरस छन् वा निरस। यत्ती भन्न सकिन्छ - दैनिकिहरु परिबर्तन् भएका छन्।

त्यो रिठ्ठाबोटे - वरबोटे भन्दा धेरै पर; त्यो गैरीगाउँ - डाडागाउँ भन्दा धेरै पर; त्यो चिसापनी - रातमाटे भन्दा धेरै पर; त्यो सल्लाघरी-रानीवन भन्दा धेरै पर; त्यो पुर्बैया-लक्षमणा भन्दा धेरै पर; त्यो भारदह-बांसगढी भन्दा धेरै पर; त्यो नयाँ बजार - पुरानो बजार भन्दा धेरै पर; त्यो पुल्चोक-महेन्द्रचोक-भानुचोक-प्रिथ्वीचोक भन्दा धेरै पर; त्यो पशुपती र गुहेश्वरी का अशिर्बादहरु भन्दा धेरै पर; त्यो बगेश्वरी - बिन्दवसिनी - बुल्बुलेमाही-दन्तकालीका सामिप्यताहरु भन्दा धेरै पर; त्यो मनकामना - स्वर्गद्वारी - गोसाईकुन्ड र मुक्तिनाथका सितलताहरु भन्दा धेरै पर; त्यो तमोर् र तिनाउका सुशेलीहरु भन्दा धेरै पर; त्यो मकालु र मनास्लुका सितल छहारीहरु भन्दा धेरै पर; त्यो जुगल र गौरिसङ्करका मनमोहकता भन्दा धेरै पर; आफ्नो गाउँ, आफ्नो सहर, आफ्नो देश, आफ्नो माटो, र आफ्नी आमा भन्दा धेरै पर। नयाँ ठाउँ, नयाँ माटो, नयाँ रहनसहन, नयाँ परिवेश, नयाँ संस्क्रिति, नौला मान्छेहरु, नयाँ संसर्ग; जिवन शैली फेरिएको छ।

फेरिपनि,
मलाई McDonald's र Tomyam मात्रले हुँदैन - ढिंडो र गुन्द्रुक् चाहिन्छ, फुरौला र घुमाउरे रोटी चाहिन्छ; Old Man and the Sea मात्रले हुँदैन - 'षिरिषको फुल' र 'तीन घुम्ती' चाहिन्छ; Hotel California मात्रले हुँदैन - 'हरियो डाँडा माथि हलो जोत्ने साथी' र 'वारि जमुना पारी जमुना' चाहिन्छ; Drum Set ra Piano मात्रले हुँदैन- मुर्चुङा, मादल र खैंजेडुका धुनहरु चाहिन्छ; टुटेफुटेका Hi-Hello मात्रले हुँदैन - - नेपाली सौहर्दता चाहिन्छ, अपनत्व चाहिन्छ, सामिप्यता चाहिन्छ, आत्मियता चाहिन्छ, हार्दिकता चाहिन्छ, नेपालित्व चाहिन्छ, अस्थित्व चाहिन्छ।

तेसैले: साझा बासीहरु चाहिन्छ, साझा चौतरी चाहिन्छ। मलाई तिमी चाहिन्छ।

जदौ।

सुर न ताल।
 
Posted on 08-10-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज भोली त एकचोटि भित्र नपसिकिन चौतारी सिधिन्छ त । नम्स्ते अरे सप्पैलाई ।
भन्न छुटे जतिको लाइ 'जन्म दिनको शुभकामना'
अब फेरी लेखने बेला मा ह्यारी ले नयाँ बनाइ सक्ने होला
 
Posted on 08-10-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारिको प्रगति बिबरण यस प्रकार छ।

 
Posted on 08-10-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"McDonald's र Tomyam मात्रले हुँदैन"

भनेपछि मित्रको धेरै पटक वा लामो समय सम्म थाइल्यान्डको बसाइ भएछ जिन्तखिमा! :)

राम्रो किसिमले देशको याद पोख्नुभयो।

धन्यवाद्!
 
Posted on 08-10-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर ४८६ भन्छ तपाईंको डाटा मा त जम्मा ४९२ छ त? कसले भन्सुन लगायो तरेमाम
 
Posted on 08-10-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, ६० पुग्यो भनेको त ९ मात्रै रइछ, स्कोर बढाउनु परो!
 
Posted on 08-10-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त, एभ्री वन ह्याव अ गूड् वीकेन्ड। दुर्गेमाता, प्लिज डु नट फर्गेट टु फेडेक्स मी सम बिर्यानी।
 
Posted on 08-10-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर्नु होला । तारेमाम भनेको 'तरेमाम' भएछ
यो बानी पर्नै गर्हो छ ।
 
Posted on 08-10-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and the chautari award goes to........................
 
Posted on 08-10-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, ६० पछी लागेको ताला सान बुढाले खोल्दियो कि क्या हो?
 
Posted on 08-10-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टप्पू फाइभ यस पर्कार छन:-
१) बिर्के जिम्मी बूढा ---- ६३
२) ठूल्लू -----५८
३) र्याहुलड्याइ ---- ४५
४) तिल्लू ------ ४४
५) रिट्ठू ------- ३४

आफू त कता हो कता!

निसे, राहुलदाइ, सानान्नी, पून्ट्सदाइ, सुन्तले, चिप्लू, हरी, पर्वते, ग्वाँचूराम, बिर्खे बा सबैलाइ नमस्ते है सेकन्ड राउन्डको!
 
Posted on 08-10-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा को चैं उमेर अनुसारको पोष्ट भयो, ६३ बर्षको बूढाको ६३ वटा पोस्ट!

अरूको नि उमेर र पोस्ट मिल्यो कि क्या हो? मलाइ आशा छ मिलेन, कम्तीमा ठूल्लू र तिल्लूको चैं नमिलोस्!

राहुलदाइ र रिट्ठेको चैं उमेर भन्दा कति तलमाथि भो?
 
Posted on 08-10-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे, तिमी हामी त पछाडिबाट टप ५ मा परेछँउ,
 
Posted on 08-10-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाइ उमेर भन्दा ठीक्क आधा भएछ।
 
Posted on 08-10-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ग्वाँचूराम, तिमी हामी बल्ल ९, १० बर्षका छौं नि त्यसैले हो!
 
Posted on 08-10-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ग्वाँचू, उमेर भन्दा आधा रे? गफ नहान! उमेर भन्दा एक तिहाई भन न मूला!
 
Posted on 08-10-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाहि उमेर मा २० प्लस भए छ।
तारेमाम् चित्रे, धेरै समय पछि देखा परो। समयले साप् पेले जस्तो छ, त्यो समयलाइ पेल्देम्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters