[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234637 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-26-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याऽऽऽऽहूऽऽऽऽ सोझियो चौतारीऽऽऽ :D

अब भनम् गाम्लेहरू तीज कस्तो गैरा'छ? पून्टे दाईको माछा र मास्टर्नी दिदीले टाँस्नु भएको खानेकुरा कति मीठा देखिएका, मुखै रसायो। :)
 
Posted on 08-26-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरि चौतारि तिम्ले गर्दा बिग्र्या हो गर अब २० चोटि उठबस
 
Posted on 08-26-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो चईं नेपाल खाल्डाँ चलन हो, मास्टर्नी नानी!

कुनै बल लागाम्नि कुराँ, भनम न, जात्राँ रथ तान्न परो रे। नाईकेले “होस्ते!!!!!” भनेरि चिच्याम्नि, बाँकी हुलले एकै सवरमा, “हैंस्ते!!!!!!!” अरेर तान्नि या ठेल्नि।
 
Posted on 08-26-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्ते!!! हैंसे!!! भनेको नि मास्टर्नी दिदी, जोर लगाएर तान्दा प्रयोग गर्ने शब्द हो। हाम्रो गाममा मच्छिन्द्रनाथको जात्रा हुँदा रथ तान्नको लागि होऽऽस्तेऽऽ हैंसेऽऽ भनेर तान्छन् क्या। :)
 
Posted on 08-26-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बुझे :) :)
 
Posted on 08-26-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीमा मुन्छेहरु जमेका, तिज भर होला नि । मिस पनि कस्तरी नाचेकि चौतारी नै बागिंने अरि !
 
Posted on 08-26-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY TEEZ hai miss, titauri ani thuli lai.
 
Posted on 08-26-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***** मिस पनि कस्तरी नाचेकि चौतारी नै बागिंने अरि ! ******** haasera mare ...
thank u saannani ...ke gardai chhau naachdai chhu timi ni???
 
Posted on 08-26-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ नम: शिवाय:

:D:D :D
 
Posted on 08-26-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छैन तिजको पुजा विधि जानेको पण्डित ? '
 
Posted on 08-26-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sachchai nachira ho tiru? ma ta hidna ta sakya chhaina ke nachnu?
e shubhe lai ni happy teez hai ;-)
 
Posted on 08-26-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु नि!! शुभजी :D

ल तीजको शिलोक हालम् :)

ॐ त्रयमलकं यजमाहे
सुगन्धिम् पुस्ति-वर्धनम्
उर्व- रुकमिभा बन्धनन्
मृत्योर- मुक्शिया मा- अमृतत्

:)
 
Posted on 08-26-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अब तीजको पुजा गर्न त आउँदैन तर अस्ति पुरोढ सिछ्छेमा माष्टरनी नानीले एउडा दुइटा के जाति सनस्किर्त
सिकाउनुभाको थ्यो तेसइले काम चल्छ?

१) 'स्वेत लम्ब धुम्र चुसिका' (चुरोट) खानुहुँदैन।

२) 'हस्तम मल्लिका ओस्टम च्याप्पिका' (खैनि ) पनि खानु हुँदैन, खाइहालियो भने पनि 'अंगुस्टम समर्पयामी' (हात मुख भित्र कोचेर फाल्ने)।

३) जति सुकै व्रत बसे पनि, 'मांसपिण्डम मुखम कप्ल्याक्कम' (मम) खान मिठो हुन्छ।

४) 'भाष्कर निस्तेज नेत्र पटल काँच' (गगल्स) लाएर हिँड्यो भने हिरो भइन्छ। :)

अरु नि सिकाउनोस है माष्टरनी नानी? :)

***************

हन गाम्लेओ हाम्रा जेठा दाई मुगलान बाट गाम फर्के जस्तो छ, पल्लो गाममा गाइँगुइँ सुन्दै थिएँ अगि!
 
Posted on 08-26-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know what happened to my Unicode link, its not working.

I would like to wish all ladies friends, sisters "HAPPY TEEZ", I hope you all are in good health till now. Take care of your health. It is the must.

Have nice evening :)
 
Posted on 08-26-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thankyou kumle !!:)

बिर्खे कस्तो कुरा गर्या होला ..मजाक बनाइदिने हाम्रो ब्रतलाई.:(:(
बसेकेहोलिन नि त ब्रत ,बिर्खेनी हुनेवाली पनि :D

अनि चित्रेभाइ मन्त्र त सहि छ?
 
Posted on 08-26-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसानी माफ पाउँ हजूर, क्यार्न मजाक बनाम्थेँ हजूरहरुको व्रतलाई
मैले पनि व्रत बसेको ३ घन्टा भै सको मुखमा केइ परेओ छैन। :)

हे हे हे बिर्खेनी नि व्रत बसेकि होलिन रे.....

"अनि चित्रेभाइ मन्त्र त सहि छ?"
माष्टरनी नानी , माष्टरनी नानी बोलेओ अस्तो सुन्छु नि :O
 
Posted on 08-26-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु साँचै कति मजाक अर्नु!

ल माष्टरनी नानी, तितौरी मैया, ठुलि नानी, सानि नानु सपैलाई तीजको शुभकामना।
भएकाहरुकाले सुख र खुसि दिऊन, नभएकाहरुले सुख, खुसि र साथ दिने भेट्टाऊन, यहि नै मेरो शुभकामना छ! :)
 
Posted on 08-26-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(
शुभ ( म)लाइ खै त?

शुभ- कामना दिन पनि लोभ गर्ने??

HAPPY TEEJ!!! प्रिती बैनी । फुन गरे केरे मैले के भाको हो अम्रिका'ट फुन गर्दानि नाम र ठाम छोड भन्नि..
D
 
Posted on 08-26-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ त्रयमलकं यजमाहे
सुगन्धिम् पुस्ति-वर्धनम्
उर्व- रुकमिभा बन्धनन्
मृत्योर- मुक्शिया मा- अमृतत्
e chitre ke ko mantra ho yo ???

ani jimmaal baa haami brata baseko belaa yestari hasaauna painchha bhanyaa :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters