Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 630]
|
[VIEWED 289334
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-07-07 1:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी ५१ ~   सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'! | Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) | | Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
| सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila - साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick - काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute - भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के, Sandhurst_Lahure - लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me - मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina - रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau - लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha - सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज, World_map - चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू, Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty - मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta - भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini - शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने, Nepal_ko_chora - नेप्चे, Cerine - सेरू, Yahoooo - यामे, Harke_kailo - काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई, Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-07 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली, तारेमाम्! :D:D भनेको के हो?
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-17-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ् !! कुम्ले अनि चित्रे? कुन गफाडि? लौ म भन्छु चित्रे ज्ञानी र सोझो त्यसैले त उ मेरो भाई । कुरो अब कुम्ले को हेहेहेहे साह्रै सोझो हसिया जस्तो गफ गर्दा नि थोरै २ घंटा सम्म मात्र ननस्टप गफ दिन सक्ने :) त्यसैले दिदीभाइ को कुरो मिल्छ ...कुरो गर्दागर्दै झगडा नै किन नपरोस हि हि हि हि
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, मिस् । सञ्चै ? धेरै दिन पछि दर्शन दिनु भयो । कुम्ले सोझो तर गफाडिमा २०, चित्रे नि सोझो, गफाडिमा १९ ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 04-17-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्कार सप्पैलाइ फेरी (जती चोटि चौतारीमा आयो तेती चोटि नमस्ते भन्नुपर्छ क्यारे हैन?)! मामुको मुख हेर्ने दिन रे, फुन गरेको कुरा हुन सकेन, बाबा र मामु छुट्टि मनाउन अनि धर्म पनि कमाउन इन्ड्याको तिर्थहरुमा गे'का छन्, मोबाइलमा कन्ट्याक्ट नहुने रैछ, इन्ड्यामा, क्या बोर। अस्ति निउ एरा दिन आफै फुन गरेका थे इन्ड्याबाटै, आज फुन गर्न नमिल्ने ठाम्मा पुगे जस्ता छन। एनिवेज, मेरो मामु र संसारका सप्पै मामुहरुलाइ सादर प्रणाम !मिसिङ यु मामु! मिस दिदी हाम्ले पनि देखेम हउर लाइ, नमस्कार अनि ह्याप्पी मदर्स डे ! पुन्टे दाइ, ड्यान्जरनाक इङ्लिस स्पिकिङ, केइ बुझे किलिङ मि! किर्किट लर्निङ अर नट लर्निङ्, इफ लर्निङ्, यु एन्ड आइ प्लेइङ, एन्ड आइ तीन गोल सुटीङ एन्ड ह्याट्रीक डुइङ्! हरि, किन पुरै मुख खोलेर हाँसेको, झिङ्गा पस्ला है मुखभित्र । त्यो कुखुरालाइ चाइ स्याआर गरेर राखिराख है फाइनला दिन रेट्नु पर्छ । आज हराउनु पर्ने त इङ्लेहरुलाइ हो हेरुम्, हार्छ कि जित्छ । चित्रे, मेरो भ्याकेसन दामि भयो, ह्याड अ वन्डर्फूल टाइम । तिम्रो के हुँदैछ, नयाँ ठाम्मा एड्जस्ट भयो ? वेदर कस्तो छ नि अपडेट गर है! ठुल्दाइ, तारेमाम, सँचै ? तपाईंले पठाको बिजुली पत्र त अझै आइपुग्या छैन्, बाटो मै छ कि न हुलाकिहरुको हड्ताल पो हो । एक्छिनमा आइपुग्छ होला ! सोझो कुम्ले पाट्, नमस्ते ! तिम्लाइ नि हाम्रोतर्फ बाट ह्यापी मदर्स डेको शुभकामना! भौगनलाइ कुट्न जाने रे, यस्तो सोझो मान्छे भेर पनि, भेन नि! रियल मि, राते, दुर्गेस्वरी जी, नेप्चे, रितेस फ्रेन सबैलाइ अभिबादन अनि मदर्स डेको शुभकामना!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-17-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिषय: "कुम्ले" नामक चतुरलाई सोझो ठहराईएको फैसला प्रति नियमापत्ति। न्यायधिश राहुलभाई ज्यू साझा चौतारी। महोदय, भरखरै यहाँले "कुम्ले" नामक एक महा चतुर साझा चौतारीका सदस्यलाई सोझो ठहराउनु भएको निर्णय आपत्तिजनक रहेको कुरामा यहाँको द्यान्याकर्षण गर्न चाहन्छु। ३५ दिन त के, ३५ मिनट भित्रै हालिएको यो उजुरी प्रति यहाँले पुन: बिचार गरि सही फैसला गहकिलो सोंचाइका साथ पेश गरिदिनु हुनेछ भनि आशा राख्दछु। महोदय, केहि क्षण अघि मात्र कुम्लेले व्यक्त गरेका भावनालाई नियालेर हेरौं: "पून्टे दाई लङ ट्याम हँ! भेरी बिजी इन मनी मेकिङ? मेक मेक मोर मनी मेक, आइ कमिङ योर् होम एन्ड टेकिङ अल योर मनी, यु एगेन मेक मनी, आई स्पेन्डिङ!! माई लाइफ ह्याप्पी अल्वेज!!" महोदय, आफ्नो पौरखको परिश्रमले आफू र आफ्नो नव नियुक्त गृह मन्त्रीको पालन पोषण गर्नु सट्टा, आफ्ना दाजु भाइले मेहनत गरि कमाएका धनमा ऐश गर्न पाऊँ भन्ने छुद्र बिचार व्यक्त गर्ने व्यक्ति कदापि सोझो हुन सक्दैन। उनलाई परि आएमा, एक दाईको नाताले उनलाई आफूले सक्दो मद्दत पुर्याउन सदा तत्पर रहने यो पुन्टेको प्रतिबद्दता रहँदा रहँदै पनि, सोझै लुटेर खाने उनको चाहनाले यो बृद्ध मुटुमा सिधै बाणको प्रहार परेको त छँदै छ, यसले उनको क्रुर चतुराईं, दुष्ट बिचार, पापिस्ट भावना, र धुर्त नियतको पनि प्रदर्शन गर्दछ। यो त भए भरखरै मात्र खडा भएको एक ताजा प्रमाण। यस्ता प्रमाणहरु व्यापक रुपमा साझा चौतारीका भण्डारमा थोपरिएको जानकारी पनि महोदय समक्ष राख्न चाहन्छु। यि सबे बुँदाहरुलाई मधयनजर राखि न्यायधिश महोदयले सहि फैसला पुन: पेश गर्नु हुनेछ भन्ने आशा राख्दछु। भवदिय, साझा चौतारीका बृद्ध, देश खाएर शेष भएका रईथाने सदस्य, पुन्टे।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 04-17-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खित खित खित ......खित खित खित......
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-17-07 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खित खित खित ......खित खित खित...... खित खित खित ......खित खित खित...... कामबाट लखेट्ने भए, धेरै हाँस्यो भनेर!
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-17-07 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओ माई गड!! हा हा हा पून्टे दाई!! नसकिने भयो अब!! कत्ति हाँस्नु हौ!! यस्तो ड्यान्जरस निवेदन हालेपछि बिचरा राहुलदाईले के गर्ने? नाउ यु टेलिङ लाइक दिस? माई चाइल्डहुड अल स्पोइलिङ गिबिङ अनवान्टेड मनी एन्ड नाउ माई बानी बिग्रिङ एन्ड यु गिविङ नो मनी--आई स्मल बालक कमिङ पून्टे दाईको घरमा-- पून्टे दाई कलिङ मी एन्ड गिविङ उहाँको ड्याडको मनी-- आई गोइङ बाईङ चकलेट एन्ड इटिङ-- चकलेट इटिङ माई दाँत किरा इटिङ--दाँत किरा इटिङ त इटिङ, आई से ओके!! बट माई बानी अल्सो स्पोइलिङ-- नाउ आई निडिङ मनी-- एन्ड पून्टे दाई नो गिविङ-- अझ कलिङ मि चतुर!! क्वाँ क्वाँ!! मिस!! हा हा हा टु हावर्स फोनमा यु टकिङ-- आई लिसेनिङ मात्रै -- आई लिसेनिङ - लिसेनिङ वान हावर ह्याभिङ -- एगेन लिसेनिङ -- नन स्टप लिसेनिङ नि -- आई कसरी चतुर ह्यापेनिङ? :-)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिल्ला, सुन्सरि, इटहरि नगर्पालिका वडा न ८ स्थायि घर् भै हाल्, फूलरिडा भन्ने अमृका को गाम मा अस्थाइ बसोबास् गर्ने- कुम्ले भन्ने कुमलवा को नाम मा जारि गरेको ७ दिने सूचना। चौतारी अदालत को सूचना । लिखितम मिती २०६३ साल बैशाख ४ गते तदानुसार अप्रिल १७ तारिकका दिन पीडित पक्ष काजी महाराज गन्ज घर भैइ हाल अमृका को न्यूयोर्क बस्ने, पूण्टे भन्ने ........शाही ले यस सम्मनित अदालत् मा दिनु भएको सबूत् प्रमाण सहित को निबेदनमाथि बिचार् गर्दा, गौर गर्न मनासिब देखिंदा, प्रतिबादि इटहरि घर् भै हाल् फूलरिडा भन्ने गाम् म अस्थाइ बासोबास् गर्ने कुम्ले भन्ने कुमलवा लाई आफ्नो सबूत प्रामाण सहित स्वयं उपस्थित् भै ७ यो सूचना प्राप्त गरेको मितिले प्रतिबाद् निबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ। निबेदन प्राप्त न भएमा अथवा म्याद् नाघि आए मा, बादि पूण्टेको माग बमोजिम् फैसला सदर् भै जाने ब्यहोरा समेत जान् कारि गराइन्छ।
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-17-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahahahahahahah hahaha mukh chyatiyo... aashu aayo ... sigan aayo ke ke bhayo bhayo haasda haasda..
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्बचेँ खित खित खित भनेको के हो ? राहुल दाइ हाव आर यु ? हरि धरै नहास फेरी पेत दुख्ला । लौ फस्यो कुम्ले ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 04-17-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
थुलि खित खित खित भनेको खित खित खित हो! राहुल दाइ हाव आर यु ? हरि धरै नहास फेरी पेत दुख्ला । लौ फस्यो कुम्ले । (कपिक्यात भैदेको ;)!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-17-07 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नाऊ आई रियल्ली ह्याभ टु गो टु वर्क, कुम्ले। माईन्ड यू, आई यम् नट् गो टु वर्क फर यू, ओके? यू ईन फुलुरिडा अलरेडि, यू ह्याभ टु लर्न दि अमेरिकन वे -- मेक योर वोन् लिभिङ्! ह्वेन् आई कमिङ ब्याक फ्रम व्रक टुनाईट, आई वान्टिङ टु सि जस्टिस् ह्यापनिङ फर्म जज राहुल। नो गुड डिसिजन मेकिङ्, नो गुड ह्यापनिङ्। देन मि फाईलिङ कम्प्लेन् ओन बोथ कुम्ले एन्ड राहुले टु माओबादिज् पिपल्स कोर्ट! वार्निङ् आई गिभिङ् यू! बाई बाई। सि यू अल लेटर!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-07 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आइ आम ठिकै ठुली । हाउ आर यु? सान्नानी धेरै न हांस्नुस्, मुस्काउनुस् मात्र । नारायण दाई को गीत याद आउँछ । धेरै हाँसे सान्चै नै रुनु पर्दो रहेछ, हाँसो लाई आँशुले धुनु पर्दो रहेछ। न रोउ भन्दैमा के रुक्थे, यी मेरा आँशुहरु पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ। सानै हुरीमा बैंस को सपना.......................
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-17-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम है गाम्लेहरु !! चहलपहल निकै र'छ - सबैलाइ मन्तयेक छ जस्तै माने के रे । भैरे को गाममा एउटा बहुला'को चिम्सेले भटटटट गरि भ्या'छ के रे - आङै सिरिङ्ग । धन्न पशुपतिनाथआ किरपाले हाम्रा गाम्लेहरुलाइ केइ भ'न'छ । छिमेक गामको मास्टर नि परेछ तेहाँ ! है । न बिराउनु न डराउनु भनेर के गर्ने ? पागलको अगि दैव डराउनु । आज फेरि सप्पैजनालाइ मदर सँउजिने रोग लाएजस्स छ के रे । आफु त मदर्स डे को हप्तादिन अगाडि देखि नै मदरलाइ सम्झेको सम्झेइ । तिम्रो प्रिती प्रगती-पथकोज्योती हो मेरो लागि तिम्रो दृष्टि जिवनभरिको कान्ति भो मेरो लागि आमा तिमी भुवनभरकी देवी हौ मेरो लागि दियौ जन्म पृथीवीतलमा धन्य छौ मेरो लागि मिसको कविता पेस्टेको नि , राँउरो लाओ के । हिजो मात्रै २ घण्टा फुनाँ कुरो अरियो के रे, के अर्नु गाँठे, दु:ख सु:ख यस्तै उता मदर सनलाइ सँउजिने, यता सन मदरलाइ सँउजिने । "यताको चिन्ता नअर बाबु, राँमरि खाएस, काम राँमरि गरेस, छोर्छरी र ब्वारीलाइ राँमरि हेरेस" भन्थे के रे । तर तो कर्णदासले गा'को गीत छ नि "परदेशबाट छोरो फर्केन" भन्ने गीत सुन्दा मन भक्कानिन्छ हौ । तैपनि सुन्न मन लाग्छ । कसैसित ति गीत भए यहाँ हालम न । लु ठुल्दाइले किरिकेटि र चिलिम छोडेर नियाँदिस बन्न ला'रैछ - कुम्ले, पुण्टे, बाजाबाज, चोपस्टिकले आँखामा घोच्ला फिरि अलि पर बस है कुम्ले, त्यो पुण्टेको भर छैन, हाताँ जे छ तेइ चलाउँछ तेल्ले । दुर्गे, रेल मि (नयाँ हो कि मैले नाउँ था' नपा हो?), धन्नेवात है कथा पढेर कोमेन्त गरेकोमा । खै अरु को कोल्ले पढे कि पढेनन । सान्नानीले पढ्छु भन्थि । लोब स्टोरी नभएर हो किन हो, थुलिलाइ कथा मन परेन जस्तो छ । लु यो गफ यत्तिकै, अब आजआ भाग कथा - भाग - १० --------------- त्यसपछिका दिनमा चना अरु साथिहरुको घर आवतजावन गर्ने क्रम निकै कम भयो, करीवकरीव बन्द नै भयो । गगन र प्रदिपले बेला बेला बोलाउँथ्यो, कहिलेकाही जान्थ्यो केहिबेर गफसफ गरेर फर्किहाल्थ्यो । बेलाबेलामा हिसाब अंग्रेजि सिकाइदेउ भन्थे तर चना भने "तिमीहरु म भन्दा तगडाहरुलाइ मैले के सिकाउनु पर्छ?" भन्दै तर्कन्थे । "भाउ नै बढी यो चने" भन्थे अरु केटाहरु । "म दश नम्बर वाला । १ देखि ९ सम्मको कसैलाइ पनि म केहि सिकाउने वाला छैन ।" अनि हाँसो हुन्थ्यो एकछिन र सरमिसले पक्षपात गरेको कुरा हुन्थ्यो फेरी । स्कुलमा चनाले लास्ट बेञ्च धेरै रोज्न थाल्यो । सरमिसहरुसित चनाको दोहोरो संवाद लगभग बन्द नै भएको थियो । बेला बेला प्रतिमा र दुर्गा चनासित लास्ट बेञ्चमै बस्न आउन थाले । तिनीहरु प्राय: केहि न केहि सिक्ने वा सोध्ने निहुँ बनाउथे । प्रतिमा अघिल्लो बर्षदेखिनै चनासित एउटै सेक्सनमा रहदै आएकी थिइन । चनाको कुरालाइ लिएर भुतालाभुताल झगडा गरेकि दुर्गासित सुजना र अन्जुको बोलचाल थिएन । स्कुलबाट फर्किने बेला प्रतिमाले चनालाइ "मेरो घर जाउँ" भन्थी । प्रतिमाले चनालाइ उनको घर बोलाउन अति नै कर गर्ने गर्थी । गएन भने बेलाबेला प्रतिमाले स्कुलबाटै चनाको किताब कापी थुतेर लग्ने, दिदै नदिने, चनाको घरसम्मै आएर बोलाउने, चनाको घरमा आएर अबेरसम्म यतिकै बस्दिने इत्यादि गर्ने गर्थी । र दुर्गाले प्रतिमालाइ साथ दिन्थी । चना, दुर्गा र प्रतिमा एकआपसमा धेरै मिल्न थाले । अन्तीम परीक्षा नजिकिदै गरेकोले कहिले प्रतिमाको घर, कहिले चनाको घर, कहिले दुर्गाको घर अनेकौ पल्ट आतेजाते हुन थाल्यो । फाइनल जाँचको लागि सँगै बसेर पढ्ने निधो गरे । हुन पनि चनालाइ जाँचको बेला आफ्नैघरमा बसेर पढ्ने मन त्यति थिएन, किन कि कमल, अमर, गगनहरु जुनसुकै बेला पनि चनाको घरमा आइहाल्थ्यो । जाँचमा थोरै नम्बर आएपनि उनीहरुलाइ थाहा थियो उनिहरुले नसकेको हिसाबहरु पनि चनाले मिलाउछ भनेर । त्यसैले धेरैजसो प्रतिमाको घरमा जमघट हुन्थ्यो । प्रतिमा र दुर्गासित चना यसरी मिलेर पढ्न थालेको हुँदा अरुले उनीहरुको इर्ष्या गर्ने गर्थे । सबैभन्दा जलन शायद सुजनालाइ हुन्थ्यो । उनको अनुहार र ब्यवहार हेर्नलायक हुन्थ्यो । दुर्गा नभएको बेला चनासित आएर खूब कुराकानी गर्ने गर्थी । मुख्यत: दुर्गाको कुरा काट्ने गर्थी । तर दुर्गासित बोलचाल नभएकोले दुर्गा अगाडि परेको बेला सुजना नजीक पर्दैन थि । प्रतिमा भने स्कुलमा हुने ब्रेक टाइम र खाली समयहरुमा चनासित सँगसँगै हुन थाली । यसले गर्दा "चना र प्रतिमा लभर" भन्ने पुरानो हल्ला फेरि चल्न थालेको थियो । यस्तो हल्ला चनालाइ पटक्कै मन परेको थिएन तर प्रतिमा र दुर्गाले अरुको यस्ता कुरा एक कानले सुनेर अर्को कानले उडाउन सल्लाह दिन्थे । चनाले धेरै जनासित खासै समय नबिताउने हुनाले उसलाइ यो हल्ला कत्तिको फैलँदो छ राम्ररी थाहा थिएन । बेलाबेलामा बिमलले जिस्किदै "के हो तेरो? हल्ला त चर्को छ नि । त्यो केटिसित धेरै नजिक नबन है, बेकारमा तँलाइ टाउको दुख्ला " भन्थ्यो - "तँलाइ थाहा नै छ नि । हामी पहिलादेखि कापी साट्ने, मिलेर पढ्ने गरेको" भनेपछि कुरो सक्किन्थ्यो । "थाहा छ मलाइ, अरुले कुरा काट्छ के । अरुले धेरै कुरा काटेको राम्रो हुदैन के ।" भन्थ्यो बिमल । अन्तिम जाँचको बेला दुर्गालाइ टायफायड भयो । सरुवा रोग हुनाले बिरामी हेर्न जाँदा पनि दुर्गालाइ कोठाबाहिरैबाट कुराकानी गर्नु पर्यो । साह्रै दुब्लाएकी थिइन दुर्गा । जाँच दिन पनि पाइनन । प्रतिमा र चना दुबैले राम्रै गरे जाँचमा । छुटहरुलाइ मात्रै लिने छुट्टै जाँच दिइन दुर्गाले पछि । रिजल्ट कुर्दै मीनपचासको विदा कटाउने बाहेक खास काम थिएन । जाँच पछि पनि प्रतिमाले चनालाइ भेटन बोलाइरहन्थ्यो, तर धेरै हल्ला चलेपछि बलबहादुर दाइको डायलग खाएकोले चनालाइ प्रतिमासित धेरै भेट्न पनि रुचि लाग्दैनथ्यो । बलबहादुर दाइको कुरा चनाले साह्रै मान्थ्यो र बलबहादुर दाइ पनि चनाको ख्याल राख्ने गर्थ्यो । उहाँको डायलग खाँदा चनाले पहिलोपल्ट प्रतिमासित धेरै नजीक भएकोमा गल्ती गरेको महशुस गर्यो । चनाले प्रतिमाको बिषयमा सोच्न थाल्यो । "कस्ति केटि हुन यिनी, अरु केटिहरु मान्छेले कुरो काट्छ भनेर कस्तो होशियारी अपनाउँछन् यीनलाइ त फिक्रि नै छैन । यीनको परिवार पनि कस्तो होला? अरु केटीहरुको परिवारमा कोहि केटामान्छेहरु आउनजान थाल्यो भने अनेक सोधपुछ शंका उपशंका हुन्छ, यीनको परिवारमा त्यस्तो पनि केहि छैन । झन मेरो घरमा समेत निर्धक्कै आउछिन । " चना आफैले केहि गल्ति गरेको त थिएन, तर बलबहादुर दाइले भने जसरी "अनावश्यक रुपमा धेरै भेटघाट गरेर जानाजान केटिमान्छेलाइ समाजमा अनेक शंकाउपशंकाको पात्र बनाउनु बेठीक हो । सेतो सफा कागज हो केटी मान्छेको इज्जत र यो समाजले भेटघाटमात्रलाइ पनि इज्जतमाथि प्रश्न खडा गर्ने हतियार बनाउछ " भन्ने कुरोले चनालाइ बेचैन बनाएको थियो । प्रतिमा आखिर किन यस्ती? भन्ने चनाले बुझ्न सकेको थिएन न त के गर्दा होला भन्ने नै थाहा थियो चनालाइ । चनाको एकमनमा लाग्यो एउटा पत्र नै लेखुँ र भन्दिउँ कि "मैले गर्दा तिमीलाइ अप्ठेरो परेको छ, म तिमीलाइ समस्यामा पार्न चाहन्न त्यसैले अवदेखि भेटघाट नगर्ने, मेरो घरमा तिमी नआउ, म तिम्रो घरमा पनि आउन्न" भनेर । तर चना डरायो, कतै त्यहि पत्रले अर्को समस्या पो ल्याउने हो कि? अथवा यस्तो पत्रलाइ नै प्रेमपत्र भन्ठानेर अर्को बबाल मच्चिने त हैन ? वास्तवमा चना त्यो समयसम्म निकै डरपोक बनीसकेको थियो । राम्रो गर्न खोज्दा खोज्दै सबैको नजरमा नराम्रो बन्न पुगेको लघुताभास थियो । गर्दै नगरेको गल्तिको सँजाय निरन्तर भोगेको महशुस गरेको चना हरेको बिषयमा द्विबिधारत हुनथालेको थियो । त्यसैले बलबहादुर दाइसितै सल्लाह गर्यो चनाले के गर्दा होला भनेर । "यदि तिमीलाइ प्रतिमा मन पर्छ भने ठीकै छ पत्र सत्र दिनु पर्दैन चुप लागेर बस । तिमी सानै छौ लभसभ गर्ने टाइम भएको छैन । बेलाबेला भेट्नु । बिस्तारै ठीक हुन्छ । " बलबहादुर दाइले थपे - " हैन तिमीलाइ मन पर्दैन भने पनि पत्र नदेउ । खाली तिमि उसको घरमा नजाउ र उ तिम्रो घरमा आएको देख्यो भने तिमि पहिलै घरबाट बाहिर जाउ, घरमा नबस । सकेसम्म भेट्दै नभेट । अलिदिन पछि उसले नि वास्ता गर्दैन तिमी पनि वास्ता नगर ।" बलबहादुर दाइको यो सुझाउ चनालाइ कस्तो कस्तो लाग्यो । साथिहरुमाझ आफु एक्लिदा पनि प्रतिमाले कस्तरी साथ दिएको थियो - त्यो सम्झ्यो । "कसरी त्यस्तो रुखो ब्यबहार गर्नु प्रतिमासित?" चनाले ठोस निर्णय गर्न सकेन तर सकेसम्म नभेट्ने विचारमात्रै गर्यो । *******************************************************************************************
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-17-07 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज त निकै चहलपहल रहेछ हाम्रो चौतारीमा। जम्मै लाइ फेरि आन्द्रै देखि नमस्ते ठोके है त। :O :O अबुईईइ कुम्लेदाइ ले मलाइ किलर रे। हन कसैलाइ मारे जस्तो त लाग्दैन त मैले। आज कस्तो झुर खेलेका अङ्रेजहरु ले। जम्मा १५४ मै अल-आउट। अफृकनहरु को दिन लागे जस्तो छ।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-17-07 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो चनाजी को कथा को नया भाग आएछ। लन्च खादै पढ्नु परो अब चाइ। चना जि ले राम्रो लेख्नु हुन्छ। अरु भाग पनि छिटै पढ्न पाइयोस। :-)
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चना म धरै नेपाली बुझ्दिन तर् पनि ४-५ घण्टा लगार पढिरा छु । अनि मलाई त्यो पोलेतिस् नि धरै थाहा छैन। तेसै ले आ दोन्त् नो व्हत् तु राइत्।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Funny when Nepalis talk about Epstein and injustice |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| H1B |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|