नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न
अन्तरेको कविता
भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के?
भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के?
भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के?
भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के?
भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के?
भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के?
मास्टर्नी दिदीको कविता
रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।
सान्नानी लाइ USPS अनि दुर्गा दि र मुन्नि लाइ चाइ फेडेक्स गरेर पठाइ देको छु है नेपाल को कोशेली, मेल बक्स चेक गर्दै गर्नु। भोली पर्सि सम्म त पुग्छ होला के रे।
थुली, बर्फि, पेडा, लड्डु, रसभरी, लालमोहन अनि समोसा त जम्मै नेपाल मै खाएर सक्यो त।
आम्बो आजो त हाम्रो निश पाट नि आएछ। सोम कता गायब भको नि, औसी म चन्द्रमा गायब् भको जस्तो।
भौते गुरु लाइ गुरु दक्षिणा त गुरु मा नै ल्याइदिन ला थे के रे। गुरु बा न भै जान्न भन्नु भो, अनि खाली हात आउनु परो।
कुकुर बिरालो नि खा हो त मामा? ए ठुली मलाई नि देखाउ न फोटो सुटुक्क, जिम्माल बाले mind गर्नुहुन्न नि हैन त जिम्माल बा? हाहा कुम्ले ले सबैलाई एउटो एउटो काम् अर्ह्राको? thanks god मलाई केहि भनेनछ। अनि तिम्ले इमेल पठाम्छु भनेको मदनवाले पो पठाओ त हौ।
निश-पाट, तिम्रो कम्फुटराँ पर्बलम जस्तो छ। यहाँ त ठीक छ त।
कुम्ले-दा, स्वागतम।
भान्जी, बिरालो त हैन, कुकुर चैँ डाइरेक्ट नखाए नि फ्लेभर्ड चैँ खाइयो। एकजना साथि कोरिया गएको थ्यो। उसले कुकुरको स्वाद हालेको चाउचाउ ल्या'को थ्यो। चाउ चाउ नि अझ लोकल खालको रे'छ। ट्राइ हानुम भनेर खाइहालियो। खाएपछि त ३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन।
अन्खेरुन् कामओ बाँडफाँड चाइन्जो बाकी नै छ नि, तो सबै पाहुनाले खाएपछि बाँकि रहेओ भाँडा कुँडा चाइन्जो कस्ले माझ्ने? चाइन्जो त्यस्को प्राउटिस अरि राख घराँ! कम्तिमा २५ जना आउछन्, भनेपछि चाइन्जो २५ थाल, २५ गिलास, ३ ओटा ठुलो डेक्ची, अन्खेरुन् अरु साना तिना भाँडाहुर! :P
थुक्क! मोराहरु, गोराहरुको कस्तो बात गर्छ। ढुकुर खाए नि कुकुर त न खानु हो। रांगो भैंसि खाए नि गौमाता चाही न खानु हो। कसैको इज्जत न गरे नि त्यो ढोका पछिल्तिर झुन्ड्याएको जनाई को त इज्जत गर। गोराले ले गोरु खाए नि गोर्खेले न खानु। कालु ले भालु खाए नि आफुले आलु मात्र खानु। तारेमाम्।
"३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन। " ewww maamaa ulti huna laayo malai aba.
मदनवाले ह्याँ टाँसा भन्यो भने मत्र टाँस्छु ह्याँ, तिम्ले भनेर टाँस्छु कि क्या हो? कस्तो बाठो। लोल भाँडा मझ्नेमा म रे? भोज खाइसकेपछि म त टाप दिहाल्छु के नि। निशे या मदनवालाई लगाउ न साथि त्यो झारे काममा
तितौरी :D ल राख त ह्याँ त्यो कुम्ले को मेल् अनि फोटो ९० दिउरी मा घुमार् बाकि म आफै घुमाम्ला।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.