[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 322056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-11-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! तो उता अर्को गाममा एउडा वैरीले स्याउँजालि, झापाली हुँदा हुँदा नुवाकोटे सम्मलाई के के जाति भनो, हाउँरो लाले अउँरेजीआँ झाँको झार्दै रेछ!
 
Posted on 09-11-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा गर्णे मूडमा जस्तो छ बिर्खे बा। त्यो असत्ति मोरा कहाँ जन्मेको भनेर सोध न त्यस्को पनि बाउको नालीबेली न लगाए मेरो नाम् ठुल्दाई होइन ( साच्चै होइन क्या रे)।
 
Posted on 09-11-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सोरी, आज ढीलो भो! के छ हजूरहरूको हालखबर?

आज बिहानै उठेर बुबालाइ फोन गरियो नेपालमा, रमाइलो भयो। मेरो लागि यो संसारमा सबैभन्दा आदरणीय एवं आदर्श व्यक्ति हुनुहुन्छ मेरो बुबा!

सबैलाइ बुबाको मुख हेर्ने दिनको शुभकामना छ!

अनि चौतारीमा बिराजमान सम्पूर्ण आदरणीय बाजे, बज्यै, बराजू, बराजुनीहरूमा यो चित्रे पित्रेको नमोस्तुते!
 
Posted on 09-11-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै दम्तरीहरुलाई एकबाजी जदौ गरुम र केही सम्बोधनहरुको जबाफ पनि फर्काम भनेर आ’ हुँ है । नत्र यो चौतारीको मेलो मेरा निम्ति ‘माया छ तागत छैन’ भन्या जस्तो छ के । यसको रफ्तारसंग दुगुर्ने ताकतै कहाँ रह्यो र यो ज्यानमा अब ।

अस्ती हुँदो झुलुक्क मुख देखाम्न आम्दा सबै दम्तरीहरुको कोसेली चाखे पनि मेलै लाआर’ कोसेलीको प्रशंसा गर्न अप्ठेरो लागो । झुलुक्क आएर के मेलो लगाउनु भनेर । चौतारीमा मैले चाख्न भ्याएको तर मुख फोर्न नभ्याएको मीठा मीठा कोसेलीको थुप्रो यति छ, कुनैलाई छुटाएर कुनैको मात्र तारीफ गर्न गिल्ट फिल हुने के ।

त्यसो हुँदा फेरि पनि जदौ मात्र । मेरो स्यानो कनिकोको पोको र हाजिरी उपर न्याना शब्दहरु पोखिदिने सप्पै गाम्लेहरुलाई मेरो कलेजोदेखिकै धन्यवाद र कृतज्ञता ल ।

मिसनानी, अभ्यासलाई निरन्तरता दिनुहोला । मेरा विचारहरु हजुरसंग बाँडेकै छु । भउतेकाजी जस्ता अनुभवी गजलअभ्यासीका टिकाटिप्पणी उपयोगी मार्गदर्शक हुने नै छन् । अन्तरेकाजीले एकपटक “मुसलसल गजल” भनेर नाम लिनु भा’थ्यो । यसबारे र अन्य थुप्रै प्राविधिक पक्षको पूर्वज्ञान भयो भने गजललेखन अभ्यास सहज र त्रुटीन्यून हुँदै जान्छ ।

अन्त्यमा, प्रितीनानी, गोताएँज्यू, बिर्खेज्यूलाई न्याना शब्द र सम्झनाको लागि धन्यवाद सहित यो संक्षिप्त टाँस तुरें है त ।

जाँदाजाँदै यो शेर पनि, कवि अब्दुल हमीद “आदम” को, एउटा नकचरो आगमनको बारेमा । मीठो छ ।

शायद मुझे निकाल के पछता रहे हों आप
महफ़िल में इस ख़याल से फिर आ गया हूँ मैं

(अब्दुल हमीद “आदम”)


Nepe
 
Posted on 09-11-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त दुईचाट्टा पिस पढ्न पाईएला कि भन्ने आशमा छु के रे।

भेटी चढाई चढाई बोलाउन पर्निलाई
दश कोष पारी बाटै बाई बाई!

हामी त य्हाँऽट डेरा सर्न ला'का छम् के रे, सान्नानी। जुर्न नि कस्तो जु-या भन्या, तिमी यता आउने था'पायो कि फेरि त्याँऽट नि अन्तै सर्न पर्नि हुन्छ। लेख्या छैन जस्तो छ। बरु, जुराम्ने नै हो भने तो भेटी सेटी पुन्टेश्वरलाई चढा'र भाक्कल राख्न पर्ला कि?
 
Posted on 09-11-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हतार हतारमा यो पनि,

मलाई भउतेकाजीको सालीवाला शेर, यसको शब्दचयन बाहेक, एकदमै मन परेको शेर हो । यसबारे टिप्पणी अलिपछि भउतेकाजीकै धागोमा । अहिले साउको काममा जोतिन गएँ ।

Nepe
 
Posted on 09-11-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, ए नेपे दाजी! अचेल कता हो? दुई-चार चोटी फुन नि मारेको थिएं, "नो लोन्गर ईन सर्भिस" भन्ने मेसेज आयो। जान्छु भन्ने ठामतिर लागि सक्नु भो कि भन्ने परेको। यस्सो खबर पाम्। गीत गजल कति लेख्नु मत्र हुन्छ? यस्सो सुन्न नि जाम्!

गाथमा आरामै होला के रे।
 
Posted on 09-11-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैको शत्तुर-जी, फटाह हुन नि गिदी चाहिन्छ के रे नि। जो पायो त्यै फ्याट्ट फटाहा हुन्छु भनेर काँ हुन सक्नु त।
 
Posted on 09-11-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ को कुरो काँ ल्याम्छन यी अन्तरेदाइ।

नेपे गुरु, उसो भे औँला भाँचेर हजुरको प्रतिक्षा गरेर बसेँ, लु अब।
 
Posted on 09-11-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा.... हा .....हा.... हा....

भ'न बा सुरु देखिनका पढ्नु परो भनेर लाग्या चौतारी, याँ पुग्दा मरिगएं हांसेर। हन ई गाम्लेहरु कता लागेचन् नि त अहिले? नमेले खन्या र'च पैलो चौतारी।

यो सिरेले लेख्या:

आज बिहान जमुनि र मेउसिकाने ले नमेको नयाँ भैसी हेर्नी भनेर बुर्कुसी मारे केरे, हुन्छ जाओ त नि भनेसि गएर हेरेर फुटा पुनि खिचेर ल्याए केरे । अनि त्याँसी मैले "हैन, मुर्रा भैंसी, तेत्रा दाम हालेर ल्याएको, कतिको दूधालु रैच त, दूध कति दिनी रैछ त ?" भनेर सोधेको त दुइटै बोलेनन केरे । त्याँसी म आफै गए केरे नम्मे कहाँ ।

मटरे बाटाँ उता 'ट टडक हो कि ट्याउटर के हो ठूलो मटर आको देखेर भैंसी चम्केको अनि तेही खड्के टारीमा ३ दिन बाँधेर राखेको त दादाले जो भन्नु भा को थियो केरे । त्याँसी आफ्ना टाट्ना मा बाँधेसी नि नम्मे सधैं दूध दुहुन त जाँदा रैछन, भैसीले दिदो रईन्च केरे, अब हिडेर आको, फेरि मटर सित चम्केको, खान्की पुनि मिलेन होला, गोसाँए पुनि मिलेन, तेसो भएर दूध नदेको होला भन्ठानेको रैच केरे नम्मेले ।

हैन, अब त बढ्तै जो भओ, आज त जसरी नि दुहुन परो, नाई भनि त भैसी जो थाक्नी भओ । अब हत्दुवा (पाडो, पाडी छुटाएको, नभएको, सबै दूध मान्छेले दुहुनी, मान्छेले नै खानी ) भैसी केरे, धेरै दिन नदुहे त थुनै सुक्नी होला भनेर हिजो बेलुका त खुप्पै जोड गरेछन नम्मेले, तर अहँ पगरिँदै पगरिएन अरे । हिजो पुनि दूध झार्न सकेन्छन केरे ।

त्याँसी आज म नम्मेका घर पुग्दा पुनि काखमा गौवा (ठेकी) च्यापेर भैसी पगार्न खोजि राका । अझ पगरिन्छ कि भनेर बडहरको घाँस हालेछन र थुनमा पानी छ्याप्दै थुन तान्दै अरेका । म गएसि सप्पै बेलि बिस्तार लगाए केरे नम्मेले । अब मेरा झन भैसी दुहुने सीप छैन, बरु पुन्टे दाजी हुन जस्ता बैगुनी भैंसीका पुनि दूध झार्नी, उनी अहिले बिरामी छन केरे भने ।

त्याँसी एक छिन म तेही छेउमा बसेर एउ चिलम गाँजा तान्न परो भनेर गाँजा बटार्न लाएँ केरे । उता नम्मेले थुनमा पानी छ्याप्दै थुन तान्दै अरेर भैसी पगार्न खोज्दै थियो केरे । धेरै पानी छ्यापेपछि त भैसीलाई पिसाब अर्न मन लागेछ । अनि त भैसीले मुतो केरे । नम्मेले "खाली मुत्छ मत्रै साँढो, दूध भनी नदिनी" भने । मैले नि एसो फर्केर हेरेको त, थुईक्क तिमेरुका बुद्धि, भैसीले नि कही अगिल्तिर मुत्छ र? भैसीले त पुच्छर उचालेर पछिल्तिर बाट मुत्छ केरे नि, राँगाले हो नि अघिल्तिर जो तुरुक्क तुरुक्क पार्नी त । नम्मेका भकारामा त के को भैसी हुनु नि, राँगो बाँधेर अनि राँगो ले पुनि दूध दिन्छ कहि? ए उल्का, म त हाँस्दा, हाँस्दा, के भन्नी ।

नम्मे रिसले चूर भओ केरे, नन्दे साहूलाई नि काट्छु भन्छ, भउतेलाई नि गिड्छु भन्छ, दादालाई पुनि छिनाल्छु भन्छ केरे । भैसी किनिदिएम तँलाई भनेर मलाई त राँगो पो किनाएछन, अझ भाउ घटाईदिए भन्नी तो दादाले भन्छ । मैले त्याँसी दुई सर्का गाँजा
तान्न लगाए नम्मेलाई, अनि अलिक शान्त भओ केरे । त्याँसी कुरो के के भाको हो भन, तिमी र भउते मत्रै गएको भा त भन्न सक्तिन, दादा जो गएसि त नन्दे साहुका भकारा 'ट भैसी भनेर राँगो त फुकाएनन, भन बाटामा कहाँ कहाँ गयौ, के के अरेउ भनेको अनि भन्न थालो ।

खड्केटारी को मटरे बाटाँ भैसी चम्के पछि दादाले ल भैसी चम्को केटा हो, अब येत्तिकै नसेलाई कन हिडाल्नी हो भनी बाटाँ फेरि कहा डराएर उफ्रिन्छ, थाहा हुन्न, अब चईनी उकालो बाटो, भिरतिर फेरि तर्स्यो भनी त लडेर मर्न पनि सक्छ, तेसैले यसलाई दुई तीन दिन यही बाँधवो भनेर हिड्नु भएछ केरे । त्याँसी तीन दिन पछि गएर भउतेलाई भैसीका सिङ, र पुछार काट भनेर पुनि भन्नु भाको रैछ केरे । अब कुरा के भओ भनि कि यिनिहरुले बाटामा भैसी बाँधेर राख्दा राति को बेला पारेर कसैले साट्यो । भैसी आफूले राति राति डो-याएर लगे होला, फेरि थाहा पाउलान र हल्ला खल्ला होला भनेर भैसीको ठाममा राँगो ल्याएर बाधिदियो होला, अब दामकै कुरा अर्नी हो भनी पुनि के भओ र एउटा भैसीको मोलमा त पाँच - छ वटा राँगा किन्न पाईन्च, चोरलाई त के भओ र, नाफै भको केरे । हैन भनि तेही बेलामा तेही भित्र भउतेले जाल रचे , नम्मेलाई भउतेले रिङाएर थाङनामा सुताईदिए ।
 
Posted on 09-11-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko ko chhan yeta tira????
 
Posted on 09-11-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म थिएं, तर लागिम् अब ओछ्यान तिर!
 
Posted on 09-11-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ को छ अहिले पनि चौतारी ढुक्ने?

को रह्यो र यहाँ ?
तिमी छौ, म छु
र हाम्रो रहर बाकी छ
रात केवल एक प्रहर बाकी छ।
 
Posted on 09-11-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि आएँ ढुक्नलाई

के हुदैछ ह्याँ?
 
Posted on 09-11-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा, हो र ? कस्तो बेमानी फुन कम्पनी । खनखनी पैसो तिरीरा"छु । त्यसो पो भनेर अन्मरेछ । अब मै गरुम्ला फुन र बात मारम्ला है त ।

धेरैदिन देखिको दर्शन एकैचोटी टक्र्याएँ है त ।

Nepe
 
Posted on 09-11-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो हरि ले के सारो मोहनी लगाको हाम्रो पून्टे दाजु लाइ? जतिखेर नि "जय हरि" भन्नुहुन्छ त
रात्रिकालिन नमस्कार टक्राएं सबैलाई।
 
Posted on 09-11-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ

ए खुदा, तुने औरत कि कमर इतनि पत्ली क्यु बनाइ?
क्या मिट्टी कि कमी थी? या कन्जुसी कि गयी?
ए बन्दा,
नाही मिट्टी कि कमी थि, और नाही कन्जुसी की गयी
बाट इतनि सि है कि,......................
 
Posted on 09-11-07 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो रिट्ठे? भात खायो? क्या अर्दै हो? अनि त्यो के लेखेको? बुझे मरिजाम।
 
Posted on 09-11-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेप्ची भाउजु, जय हरि भन्छन रे पूण्टेदाइ

जति जय हरि भनेनी जय चै कैलेई भा हैन, खोई अब होला कि त।

अनि रिठ्या हालखबर के छ नि?
 
Posted on 09-11-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन है नेपेदाजु, पुन्टेदा नेप्चिसिस देवरजी,राहुलदा, रिठ्टे अन्तरे चित्रे ,हरि सप्पैले

नेपेदा नेपेदा भन्या भनेइ गर्नु पर्ने रेछ दर्शन पाउन लाइ

नेपेदाजु गजल पढ्ने र सुन्ने गर्न थालेको साझामा आएरै शुरु भएको हो। विशेषत!देवरजी शिशिरदाजु र हजुरकै गजल पढ्दा पढ्दा के रहेछ त यो भनेर उत्सुकता जागेको मात्रै हो । ठूलो साधना चाहिने कुरो कतिठाँउमा हजुरले दिएको अभिब्यक्ति र हिजो देवरजीले राखेको कुरो बाट बुझ्ने कोशिस गर्दै छु । यँहाले देखाउनु भएको चाँसो अनि माया र दिनु भएको उत्साहको  लागि आभारी भए ।

दादा यो हजुरको अभीब्यक्ति निकै खटकियो मलाइ ----'बट सिरियस्ली, मैले बुझेको कुरा के भने हाम्रो जीवनका कुनै कुनै प्यारा कुरा यस्ता हुन्छन् जसलाई हामीले जान दिनै पर्छ । तिनीहरु जान कै लागि बनेका हुन्छन् । र हामीले जतिसुकै चाहे पनि, कोशिस गरेपनि ती हामीसंग बस्ने होईनन्।'

मैले जानेको त, जे कुरो प्रिय हुन्छ सधै मन मन्दिरमा बसिरहोस भन्ने हो।प्रिय बस्तु गयो भने त जिवन नै सारहिन हुन्छ होला भन्छु । हुन सके बस्तुगत रुपमा , नहुनसके भावनात्मक रुपमा। मेरो दुइपैसे कुरो -- हजुरले चड्याम्म गालामा हिर्काउनु अघि टुंग्याए है त :)


‌'भउतेकाजी जस्ता अनुभवी गजलअभ्यासीका टिकाटिप्पणी उपयोगी मार्गदर्शक हुने नै छन् '
आशा छ यो अभिब्यक्ति पनि खेर जाने छैन, कसो देवरजी!
 
Last edited: 11-Sep-07 10:08 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters