उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)
मान्छे हराएको सूचना: चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला। साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।
चौतारी क गफादिहरुलाई जय नेपाल्!!! आज फेरी एउटा कबिता आइन क्या यो मनमा,
सक्एको त कहाँ छु र तिमी बिना बाँच्न ? नसके'नी देखौनलाई पर्यो मैले हास्न, मेरा सारा पिडालाई आफ्नै "कर्म्" थान्छु, तिमीसँग थादा बस्नु ठुलो "धर्म्" मान्छु!!!
चौतारीका मेरा प्यारा हितैशी मीत्रहरु, यो भउतेको तर्फबाट कोटी कोटी नमस्कार ! जदौ !!! चौतारीले धेरै नेटो काटिसकेछ। नयाँ नयाँ वातावरण, नयाँ नया अनुहार ! नयाँ नयाँ लवज, धन्य छ चौतारी। सबै भन्दा पहिले आफ्नै डम्फु बजाउन लागेँ है त।
मेरी प्यारी भान्जी प्रिती, धेरै धेरै धन्यबाद शुभकामनाको लागि। त्यो भन्दा पनि धेरै धन्यबाद त माईजुको ब्यग्र प्रतिक्षाको लागि। अहिले त्यै जुरेली-माईजु हेरेर चित्त बुझाउनुस, हुन त अझै पुन्टेदाईले छोड्या हैन। तै पनि चौतारीमा सबैका मुखिन्जेल एक फेर दिएँ भने पछि पनि आँखा लाए भने यहाँ झिर रातो भैराख्या छ । :-)
ह्यात्तेरी पुन्टेदाई यैँ रेछन। त्यो त उता भान्जा भान्जी फकाको पो त। हामी त जीगरी दोस्ति नि। जुरेली मेरै भै हैन त? धन्यबाद पुन्टेदाई। पुन्टेदाई छ र त भउते भाइ छ। :-)
हेत्तेरीका-जी, खोइ हजुरको चौतारी न्वारन भयो कि भएन थाह भएन, जेहोस चौतारीमा नयाँ मीत्रहरु देख्दा सारै खुसी लागेको छ। धन्यबाद सुभकामनाको लागि।
चित्रे, धन्यबाद। के गर्नु, यस्तै रे'छ, सोँचे जस्तो हुन्न जीवन, सँधैँ हल्ला गरेर बस्ने मन त छ नि मलाई नि। जुरेलीले माला लिएर बस्ने, अनि पुन्टेदाइले जुरेली लिएर बस्ने त हैन नि ! जे होस मेरी जुरेली ! आइ मिस यु अ लट ! :-)
निश्ब्रो ! थ्यांस् हान्दिए है मैले नि। अन्त ब्रोको खोकाई त हरिप रे'छन्त हउ ! आज झ्याप्स भएर बस्या नि। अकेले त लास्ट बोर हुनेर'छ नि त हउ। अब खैरी छप्कीहरुलाई लाइन दिँदै बस्नु पर्ला। फेरि सुड्डाहरुले घोँक्रेठ्याक ला'र नेपाल पठाउछ कि भनेर अलिक डर लाग्ने के।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.