[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 484960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-18-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त हरियो च्या खाने दिन हो, म ल्याउछु हरियो च्या सप्पैलाई !
मेरो बेसै छ पर्बते, जिन्तखीको गाडी गुडिराखेको छ !
खै ठुल्दाइ, सोध्नी त हो नि, मान्छे नै कट्रिना जस्तो गरी बेपत्ता भये पछी खै:
'आँफैलाई थाहा छैन कस्लाई थाहा होला
तेसैले त तिमी सित सोधु सोधु लाग्छ
सोधु सोधु लाग्छ हो'
बिस्टे: हिजोको हरियोले त समात्दै समातेन नि छोड्ने त कुरै भएन झन
सान्ननी: शुभ पर्भात मेरो पनि
 
Posted on 06-18-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त्यो 'आइमीम डट कम' को गीतहरु त्यो वेब साइटमा लग इन नगरि पुरा आउँदैन ! तेसैले २ लाइन मात्र आको होला श्यामपल
 
Posted on 06-18-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl p'ting

Last edited: 18-Jun-08 09:01 AM

 
Posted on 06-18-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे,
सयचोटि उठबस गरेर माफि माग अनी बल्ल बसन्तीको सवारि हुन्छ त्यती सजिलो छ कि क्या हो?
 
Posted on 06-18-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो होइन कि पर्बते, बरु फुलु वुलु ले छोयो जस्तो छ फेरी
अनी अस्ती र हिजो दुई दिन कता बेपत्ता भा'? हिजो बेलुका झुलुक्क देख्या थिए, अस्ती लेकर्सको सपोर्टर भ'को हाम्रो लहरे बौचा हिजो सेल्टिक्सले जित्न लागेपछी त 'गो कि गो' गर्दै उफ्रिदै थियो ! ओ बौचा किन पार्टी फेरेको हँ? समानुपातिकमा टिकस दिन्छन भनेर हो? ल बधाई छ है !
 
सान्नानी
Posted on 06-18-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riththele dbl p;ting bhandai ke edit garya ha dbl posting jasto ta lagena malai time posted farak chha. la bhana aba nadhati.
 
Posted on 06-18-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सान्नानी, माने मैले ल ! मैले आफुले ख्याल गरेको थिएन टाईम पोस्टिङ् कस्तो याद गरेको
तर फर स्योर डबल पोस्टिङ् नै हो क्या, म बुधबार झूट बोल्दिन नि
 
Posted on 06-18-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को लेकर्स सपोर्तर
म त पहिले देखिन सेल्टिक हो
 
Posted on 06-18-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बुढालाई चिया नै नखुवाइ मार्ने भए गाम्लेहरुले।
असत्तिहरु, चिया एक गिलास पनि न दिने कन्जूसहरु, २ किलास मै फेल होस्।

 
Posted on 06-18-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी के छ् बा तिउरो हालखबर हजुरबा लाई छाडेर गैइ हालेउ, मास्टर्नी ले भाको मैईतेल नि दिनछिन तिउलाई, भौते ले ल्यीद्यो क्यर नि एक जर्किन।
अनी रिट्ठे को खुट्टा समतेछौ नि त हो नि २ त टाईम छ् रिट्ठे के पोस्ट गर्‍योउ त्यस्तो? हाम्लाई नि चासो लाग्यो।
अनी क्या रिल्याक्स गर्दै पिया को चित्र कोर्दै हो कि क्या हो।
{celtics) लेख्या सेल्टिक्स भई राछ युनिकोड मा लेख्दा, सेलटिक्स हुनु पर्ने मा केटा हो।
 
Posted on 06-18-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो र अस्ती रोपाइ थियो के रिठ्ठे, आज चाँही पुर्णे गोरु नचल्ने भएर चौतारी धाएको फेरी सबैले भुल्छन कि भनेर
सन्नानी के छ खबर? हिजो पानी मा सार्है भिजेउ रे हो? आराम गर है
ठुल्दाइ पनि चिया भनेसी मरिहत्ते अर्ने के , भरे सिया खाम्ला भो छोड्दिनुस्
अरु खै?
 
Posted on 06-18-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ब्यान देखी च्या च्या भनेर कराको कसैले टेरेनन, बिचरा ठुल्दाइ ल लिनुस्,
ल अरु पातकी हरु आ आफ्नो कप उठावो।

 
सान्नानी
Posted on 06-18-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे झुठ्ठे तारेमाम्

लहरे के छ?

ठुल्दाइ हरे चिया दिएनन कसैले? मैले दिन्थी तर मइतेल नै छैन बनाउ भने

हउर बा हउर बा म त ह्याइ छु नि कहाँ गैँ र? कान कम सुन्नुहुन्छ अनी क्यार्नु अइ देखी हजुर हजुर भन्दै छु सुन्नु नै भन छ।


 
Posted on 06-18-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घुम्तीमा नआउ है
आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया प्रीती गार्हो हुन्छ छुटाउनछुटाउन

बुधवारे जदौ यो बिर्खेमाइलाको

 
Posted on 06-18-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम गिलाँस सिनित्त पारेर पुन्टे बुडाले एक पटक कागती निचोरेको जस्तो अनुहार बनाए र स्वाट्ट मुख पुछे। अगि भर्खर सितन खाँदा हातमा लागेको मसलाको मानौ उनलाई कुनै मतलब छैन। मसलाले बुढाको ओठ र च्यापु पँहेलो बनायो। एक पटक जिउ तन्काए र पुलुक्क धोबिनीलाई हेर्दै ओठमा हल्का छिल्लिएको हाँसो ल्याउँदै भने-

झरि त दर्केको दर्केइ छ के रे, फेरि निसप्ट्ट अँध्यारो छ घर क्यारि पुग्ने होला?

धोबिनीले सितनको थाल र गिलाँस टिप्दै बोलिन्-

घरमा बुढी दैलो कुर्दै होलिन बुढा जसरि भ नि जान पर्ला नि!

गाम थर्काऊने गरेर घुर्दै होलि मारानि, के को दैलो कुर्नु

बुढाले नमिठो मुख बनाएर रुखो स्वरमा भने र बसेको गुन्द्रिमा लम्पसार परे। धोबिनीले बुढालाई हेर्दै मुखमा फेरि मन्द हाँसो ल्याइन र भनिन्-

हइन भन्न मन ला कुरो प्याच्चै भन्न नि सक्दैनौ बुडा तिमी? याइँ सुत्न मन लायो भनन आजा रात!

पुन्टे बुडा तालु कन्याउँदै धोबिनितिर हेरेर हाँसे। गुन्द्रिबाट परालको त्यान्द्रो उखेलेर निकाले र त्यसले दाँत कोट्ट्याउँदै बोले-

क्यार्नु अइ दिउँसो, म आम्नु र भउते बजिया जानु संगसंगै भयो, आजा रात घर पुइएन भने त बित्याँस पर्छ!

यस्ता डरछेरुवालाई किन नानाभाँति मन लाया हो फेरि?

धोबिनीले पुन्टे बुडालाई कटाक्ष गरिन्।

हेर् साइँली यो ज्यानलाई डर भन्या लाग्दैन, क्यार्नु; गामसमाजले गर्दा मात्रै हो, अलिब्यार पर्खि के रे, तँलाई याँबाट उछिट्ट्यार बटौलीमा रानि बनार राखिन भने मेरो नाउँ पुन्टे हैन!

पुन्टे बुडालाई शायद धोबिनीले डरछेरुवा भनेकोले आफ्नो पौरुषत्वमा प्रहार भएको महसुश भयो।

नचिन्या बराजु हैनउ बुडा तिमी, यस्ता बात मार्न थाल्या नि दुइ बर्ख भयो, तिम्लाई मेरो मया पटक्कै छइन्, मया हुनेले त मया देखाम्छन केकेजाति कोशेली ल्यादिन्छन्, स्वास्निसित खटपट भ बेलाँ म चाइएर आम्ने मात्रै हौ तिमी! धोबिनिले रक्सिको जर्किनमा खोया लगाउँदै भनिन्।

हेर् साइँली तेस्तो होइन, कुरा बुज न लाटी, अलिब्यार पर्खि अनि था पाउलिस मलाई तेरो मया कति लाग्छ भन्नि! पुन्टे बुडा गुन्द्रि बाट उठ्दै धोबिनितिर आउँदै बोले।

यता आउन पर्दैन बुडा, घरमा स्वास्निसित जाऊ!

धोबिनी अलि पर सर्दै बोलिन्।

पुन्टे बुडाले धोबिनीको हात समाते।

खुरुक्क घर गइहाल बुडा, अइले जुरेली उठ्छे फेरि!

धोबिनीले बुढाको हात पन्छाउँदै भनिन्।

तेल्लाई सपै था छ क्यार्न डराम्ने हो? तरुनि भइ है तेरि बइनि? पुन्टे बुडाको मुखमा फेरि छिल्लिएको हाँसो आयो।

अचानक धोबिनीको अनुहारमा रिसका रेखाहरु देखिन थाले।

मेरी एउटि भा कलीली बैनिलाई आँखा लायौ भने बुडा, तिम्रा खलकभरि तिम्रो नाक काटिन भने म सन्ते धोबीको छोरि हईन!

धोबिनीको रिस भरिएको वाक्य सुनेर बुढा केहि सभ्य भए!

धोबिनि गुन्द्रिमा बसिन् र फेरि बोल्न थालिन्-

मलाई त भउते बाउ मन पर्छ, कुबेला नि आउँदैनन्, आए नि जुरेलीलाई कोसेलि ल्याइदिन्छन्, सारै मया मान्छन जुरेलीको!

त्यो बजिया बच्चो छ अझै पुन्टे बुढा पनि गुन्द्रिमा धोबिनी संगै बस्दै बोले।

जुरेली पनि बच्चै छे नि, भउते बाउ बे गर्छु भन्छन जुरेलीसित ज जल्ले जे भने नि बे गर्नि रे, आफ्नो बनार राख्ने मर्दको चाला नै अर्कै हुन्छ, सपै तिमी जस्तो असत्ति काँ हुन्छन? हात नचाउँदै बोलिन् धोबिनी।

पुन्टे बुढा धोबिनीलाई हेर्दै बोलेको सुन्दै थिए। बाहिर झरि परेको एकनासको आवाज आइरहेको थियो। बुढालाई अहिले घर जानु नै ठिक लाग्न थाल्यो। भउतेसित जुरेली मस्कने यथार्थ संग पुन्टे बुढा अपरिचित थिएनन् र भउतेको मनमा जुरेली प्रति अंकुराएको प्रणयभाव पनि बुढा राम्रो सित बुझ्दथे।

लौ त साइँली, म लाएँ अब घरतिर, मारानीले आउलो नला भ भित्र जान पाइँछ ला भ पिँडिको बास हुन्छ यो झरिमा!

यति भन्दै बुढा उठे र धोबिनीतिर हेरे। धोबिनीको मुहारमा हल्का रिस र हल्का उदासी प्रस्ट देखिन्थ्यो। धोबिनीले बुढातिर हेरिनन्। बुढा ढोकासंगै रहेको माथि कोठामा जाने भर्याङनिर पुगे। माथिबाट कोहि लोग्ने मान्छे बोलेको जस्तो निकै मधुरो र अष्पश्ट आवाज आइरहेको थियो। बुढा एकछिन टक्क अडिए। बुढा अडिएको देखेर धोबिनीको अनुहारमा उत्सुकताको भाव आयो। बुढाले इशाराले धोबिनीलाई बोलाए। धोबिनि बुढा भएतिर आइन्। बुढाले साउति मार्ने पाराले माथि कोहि  बोलेको संकेत दिए, धोबिनीको कान ठाडो भयो।

भउते बजिया नि नपत्याउँदो रेछ

बुढाले मनमनै भने र धोबिनीलाई चुप लाग्ने इशारा गर्दै बिनाआवाज भर्याङ चढ्न थाले, धोबिनि पनि बेआवाज पछि पछि भर्याङ चढ्न थालिन्।

माथि कोठा अगाडि पुगेर दुबैजना टक्क अडिए।

कोठा भित्र जुरेली र कुनै लोग्नेमान्छे बोलेको त्यति स्पस्ट थिएन। धोबिनीको अनुहारमा आत्तिएको भाव प्रष्ट देखिन्थ्यो।

बुढाले इशारा गरे, धोबिनिले आवाज लगाइन-

जुरेलीsss ओइ जुरेलीsss सुतेकि छैनस??

भित्रबाट गुनगुनको आवाज बन्द भयो!

ढोका खोल त झट्टै?

अलि कर्कश आवाजमा धोबिनी बोलिन्।

भित्र खड्याकखुडुकको आवाज आयो र एकछिनमा केहि नबोली जुरेलीले ढोका खोलिन्। बुढा र धोबिनी हतारिँदै भित्र पसे। झ्याल ह्वाङ्ग खुल्ला थियो जसले गर्दा बाहिर मकैबारिमा परेको पानीको आवाज भयङ्कर सुनिनथ्यो। धोबिनीले शंकाको दृष्टीले जुरेलीलाई हेर्न थालिन्; बुढा लगभग दौडेर झ्यालतिर गए।

बाहिर झरि परेको र अन्धकार भए पनि मकैबारि तिर हतारिएर दौडँदै छिरेको पर्वतेलाई बुढाले प्रष्ट संग चिने!!

 

 

(लोल! पालो आउला है गाम्ले हो होश गर्नु)


 
Posted on 06-18-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त सबै ठीक छ सान्नानी, तिम्रो के छ कुन्नी,
ल बिस्टे ले चिया ल्याएछ, ल मैले उठाये है एक कप,
सुउुउुउुउुउु - कस्तो चिनी काम हालेको बिस्टे, ल मेरो
मा चिनी थप त। 
 
Posted on 06-18-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिया भनेर दङग पर्या त कप पनि भर्या छैन, रङ पनि फिक्का, चिनी चाँही बेस्सरी खन्या रहिछ। बिहानिको मूडै खत्तम पारीदियो।
 

 
Posted on 06-18-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

लु जा सप्पै लै तारेमाम!

 अनिखेरी सान्नानी मइतेल किन चाय्या नि तिम्लै । मइतेलको चिया बनाम्ने हो र भन्चु?

 तिम्रा हउरबा नि साह्रै अल्छि हुनुदो रछ  --हिहिहि

 खुरुक्क माती करेसा छेउमा बकैनोको दाउरा  चिर्पट बना'र राखेकिम मैले तै ले'र जाऊ अनि चिया बनाऊ  --

 पर्बत, सन्चै

रिठ्ठे के लेखेओ  थ्यो त्याँ?

सलामवालिकुम अरे है मुइले


 
Posted on 06-18-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जाsss

 पर्बते पो ? 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters