[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 इलाहाबाद एक्स्प्रेस

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 77334 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-16-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग १ -राष्ट्रिय अडान

(दुई दशक भन्दा अघी को केही स्मरणहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । आग्रह- पूर्बाग्रह् नराखी शुद्ध संस्मरण को रुपमा ग्रहण गरी दिन हुन आग्रह गर्दछु ।)


सन १९८७ को जुलाई महिनाको पहिलो हफ्तामा   कोलम्बो प्लान अन्तरगत अध्ययनमा जानेहरुको कन्फर्मेशन आउने सुरु भएको थियो । ५ तारिख होला कहिलेइ हुलाकी न आउने घर मा "तार" बोकेर हुलाकी आयो । किन आएको के को आ वा बुझ्न गाह्रो भएन । दङ्ग पर्दै हुलाकीलाई २ रुपैया टिप्स दिएं । डर थियो, राजनैतिक कारण ले वा भित्र भित्रै अर्को मान्छे पठाउन कसै कसै को अकन्फर्मेशन न आएको रेकर्डमा आफ्नो पनि पर्ने हो कि , त्यो भएन ।  हर साल १-२ जना अभागीको को लिस्ट मा आफ्नी नाम न चढियोस् भन्ने कामना हुन्थ्यो , खुशीले खुट्टा भुइमा थिएन। अनेक करणले डाक्टरी पढ्न नदिए - न सकिए पनि तत्कालिन श्री ५ को सरकारबाटै छानिएर अध्ययनमा बिदेश जान पाउदा निक्कै खुशी थिएन।


छिटो संचार को माध्यम भनेको तार अथवा आकाश बाणी ( आ वा ) नै थियो । आ वा इलाहाबादको इन्जिनियरिङ्ग कालेजमा ३ अगस्ट भित्र पुग्नु पर्ने र त्यो भन्दा अगाडि आबश्यक प्रकृयाको लागि भारतीय दूतबासमा संपर्क राख्ने भन्ने आशय छोटकरिमा लेखिएको थियो । आ वा कै आधारमा सँग संगै इलाहाबाद जाने को को हुन भन्ने थाहा पाएं । शर्माजी पोखरा घर भाकोले संपर्क राख्न सकिने कुरा भएन । श्रीराम नजिकै टोलमा बस्ने तर चिनजान् न भाको। सुरेश सँग भने राम्रो चिनजान् भाको र फोन नम्बर समेत भाको पर्‍यो। झन खुशी भएं ।
 
इलाहाबाद कहाँ ? कुन प्रदेशमा केही थाहा थिएन । घरबाहिर नै स्टेशनरी पसल थियो । इण्डिया को नक्सा किनेर ल्याएं । नजिक नै रहेछ घर र इलाहाबाद को दूरी ।


त्यसको भोली पल्ट नै सुरेशजीलाई फोन लगाएं । त्यती बेला घरै पिच्छे कहाँ फोन हुन्थ्यो र । एउटा टोलमा १-२ घरमा फोन हुन्थ्यो । टोल भरिकै वासिन्दा को पब्लिक फोन जस्तो। संयोगले मेरो पुरानो घर ( हजुरबा र काकाहरु बस्ने घर ) मा दूरसंचार को पहिलो लट कै फोन थियो । त्यसरी नै  सुरेशको घर मा । शर्माले पोखराबाट फोन गरी सक्या रैछ । २ दिन पछी नै काठमाडौ आउँदै छ रे । अब रह्यो श्रीराम को खोजी गर्न बाँकी । टोल कै भए पनि त्रि-चन्द्र को भाकोले चिनजान् न भाको ब्यक्ती । खोज्दै जादा भेटियो । आ वा आएको हेक्का पनि रहेन छ । आ वा लाई कल्ले हो हावा मा उडाइ सकेको रैछ ।



शर्मा काठमाडौ आए, के गर्ने कसो गर्ने भनी छलफल गर्न भेटघाट को चाँजो मिलाइयो । अस्कलको अमृतमान सर को सालीक निर साँझ ५ बजे भेट्ने तय गर्‍यौं । निर्धारित समयमा हामी ३ जना भेला भयौं । श्रीराम को अत्तोपत्तो थिएन ।



एम्बेसी जानु अघी के कस्तो तयारी गर्नु पर्ने हो त्यसबारे छलफल गर्‍यौं । सुरेशको काकाहरु पनि कोलम्बो प्लान मै अध्ययन गर्न जानु भएकोले धेरै कुरा उनले घरबाट बुझेर आएको रहेछ । कोलम्बो प्लान को नियम अनुसार नजिक को एअर्पोर्टमा सम्मको हावाइ टिकेटको ब्यबस्था गरी दिनु पर्ने र कालेज सम्मको लोकल ट्रनस्पोर्ट खर्च को सोधभर्ना दिनु पर्ने ब्यबस्था रहेछ ।



एम्बेसी को तयारी बैठक मै बिहीवार एम्बेसी जाने मिती र समय निर्धारण गरियो र सो को खबर श्रीरामलाई खबर गर्ने जिम्मा मै मा आइपर्‍यो।


एम्बेसी जाने बेला नआइ हुँदैन नत्र पढ्न जान पाउदैन भने पछी बल्ल आउने भयो श्रीराम। निर्धारित समयमा हामी भारतीय दूतबास पुग्यौं । केही समयको प्रतिक्षा पछी नै एम्बेसिको कल्चर एन्ड एडुकेशनल एटैची प्रमोद मजुमदारजी ले बोलाउनु भयो । औपचारिक बधाई सधाइ को कुरा पछी सिधै कोलम्बो प्लान र भारतीय शैक्षिक संस्था बारे जानकारी दिनु भयो ।
कहिले जान्छौ टिकेट को लागि अहिलेऐ इण्डियन एअर्लाइन्स मा फोन गरी दिन्छु भन्नु भयो । हामी पूर्व तयारीका साथ गएकोले भनी हाल्यौ - "२ अगस्ट मा पुग्ने गरी टिकेट दिनुस् ।'"



एक छिन फोन मा हिन्दिमा कुरा गरी डेस्कमा फर्किनु भयो ।


 "लौ बधाई छ , २ अगस्ट कै दिनमा बनारस को फ्लाइट रहेछ , १ बजे काठमाडौ बाट  फ्लाइट छ  ३५ मिनेट को फ्लाइट ।"
 
शर्माले बीच  मै प्वाक्क दिइहाले - "बनारसबाट इलाहाबाद कसरी जाने त ?"  अंग्रेजीमा फरर दिहाले ?
मजुमदार - यु क्यान टेक आइडर ट्रेन अर बस । ड्याट   विल कस्ट ओन्ली २० रुपिज व्हिच वि विल  रिइम्बर्स ।



हामी चारै जना ले एकै स्वर मा भन्यौ ।


" नो , वि विल नट गो बारनसी "



"यु हाभ टु म्यानेज टिकेट्स टु  इलाहाबाद  "



मजुमदारजी ले सम्झाउन कोशीश गर्दै इलाहबादमा काठमाडौ बाट प्लेन जादैन । सबै भन्दा नजिक को एअर्पोर्ट भनेको बनारसको हो आदी भन्दै त्यही टिकेट बाहेक संभव न भाको कुरा गर्दै थिए।



 " बेटा इस से अच्छा दुसरा नही हो सकता , बारनसिका टिकेट ले लो " हिन्दी मा सम्झाउने कोशीश गर्नु भयो मजुमदारजी ले ।



"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"


 शर्माले तु जवाफ फर्काए ।



अक्कबक्क पर्दै मजुमदारले अंग्रेजीमै सम्झाउन थाल्नु भयो । हामी मान्दै मानेनौ । इलाहाबाद सम्मै प्लेनमा पुर्‍याइ दिनु पर्छ भन्ने अडान कायम थियो ।



"व्हाइ आर यु इन्सिटिङ नट तो गो भाय बारानसी ? डु यु हाभ एनी भ्यालिड लजिक ?" भन्न थाले बुढा त ।



सुरेश पनि काम थिएन " वि हेअर्ड ड्याट , ट्राभलिङ बाइ ट्रेन इन यु पी एन्ड बिहार इज नट सेफ , डु यु टेक रेस्पोन्सिबिलिटी इफ वि आर रबड ओर सोमथिङ् मिसहाबड ? "


अब भन्ने मजुमदार को माथिङल घुम्यो । कस्ता केटाहरु को फेला परेछ भन्ने सोच्यो होला त्यसले । रीस पनि उठ्यो होला ।



"वि क्यान नट प्रोभाइड एअर टिकेट नोन ओडर ड्यान बारनसी । दिस इज द फाइनल । आइडर टेक टिकेट टु   बारानसी अर म्यानेज योर्सेल्भस "


अझै हामीले कोलम्बो प्लान को नियम अनुसार नै हुनु पर्ने अबिचलित अडान लिरह्यौ । रीसको पारो निकै चढ्यो  मजुमदारलाई ।


"इफ यु टक इन दिस वे, आइहाभ टु रिपोर्ट टु हाइएर अथोरिटी  । इट मे क्यान्सिल योर कन्फर्मेशन ।"



थर्काउने भाषा मा भन्न थालए मजुमदारले।


युबा जोश थियो। कुनै प्रभुको कृपाले पढ्न जान लागेका थिएनौ । राष्ट्रले छनौट गरेर पठाएका हामी   । न त कोलम्बो प्लान भारत सरकार को थियो । मात्र भारत सरकारले पढ्ने ब्यबस्था गरिदिएको र सो बापत कोलम्बो प्लान कमिटीबाट निस्चित रकम पाउथ्यो ।
उसले थर्काए पनि हामी डराएनौ , झन राष्ट्रियता जाग्यो हामीमा । 



शर्माले पनि थर्काउने भाषा मै भने " इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "


अब भने मजुमदार लाइन आयो । जागिरको सवाल आयो । त्यसको बिरुद्ध उजुरी गरी दिन्छु भने पछी पट्लुन भिज्यो होला, याद गरेनौ ।


"ओके , यु सर्च फोर टिकेट, हाउ टु गेट इलाहबाद , आइ विल मेक पेयमेन्ट ।"



थ्यान्क यु भन्दै टिकेट खोज्न हामी दूताबास बाट निस्क्यौ । चारै जना को अनुहारमा बिजयी भाव देखिन्थ्यो । नियम कानून अनुसार को अडान लिन किन डराउनु ?


 मखुला ??


क्रमश:    
 
 

Last edited: 16-Aug-10 10:55 AM

 
Posted on 08-18-10 10:34 AM     [Snapshot: 917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुमै अप एरो थिचेर मात्र यो लेख्न थाले ।

राम्रो सन्स्मरन कथा आउने भयो, बरु धिला धिला नगरनुस् है । अर्को भाग पढ्न आतुर भये .

हाएे, यो युनिकोद नेपाली कन्भर्टर ले के के गर्‍यो गर्‍यो, तैप गरेको अाफैलाई चित्त बुझेन ।
लाकोपाको जुला हा हा

 
Posted on 08-18-10 11:52 AM     [Snapshot: 957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दाइ, खै त? एक बर्षै पो हुन लायो त, खै त आर्को भाग? झट्ट-झट्ट पोस्ट गरे, उति नै झट्ट पढ्न हुन्थ्यो भन्या, के साह्रो बिजी भएर ल्याउनु भा. लु अबेर नगरुम.
 
Posted on 08-18-10 12:26 PM     [Snapshot: 982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लगाय्त (४ इडियट्स,ठुल्दाइ त्यो सिनेमा को जस्तो भन्या नि है फेरी,एस्मा एउटा बढी ) इलाहबाद जाने डाइरेक्ट फ्लाइट धुइ धुइती खोजी रहनु भा छ् जस्तो छ्,मखुला ठुल्दाइ?
 
Posted on 08-18-10 12:57 PM     [Snapshot: 989]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

क्रेजी परमात्मा,
खै इण्टरेस्टिङ भएन कि यस्पालिको लेखाइ ? टन्नै रेड कार्ड खाइ सकें ।



जियोलोजी टाइगर,
मजुमदार सँग अडान लिए जस्ताइ हाम्रा नेताहरुले नि प्रभु सँग अडाण लिएको भए , कहिले काहीं सोच्छु । खास मा यो सस्मरण लेखाइ को प्रेरणा नै प्रभु सँग झुक्ने, जनतालाई ध्वाँस दिनेहरु नै हुन ।


रिट्ठे ,
सास फेरेर पढ्नु । अर्को भाग सम्म त...... ।


लहरे,
छिट्टै लेख्ने भन्या हो , तर के गर्ने ? बिजी भएर ल्यायो ।


समर्थनजी
टिप्पणी को लागि धन्यवाद ।


दीप ब्रो,
पौराणिक काल कै हो घट्ना त । बाङगे, ट्वाके , छ्याके, बर्मु भन्दा जुनियर् परे सुरेश, शर्मा र श्रीराम हरु।


पुरे,
पेल्ने भन्या हो, अहिले आँफैलाई ल्याबै ल्याब ले पेल्या छ ।



तिमी मेरो साथी।
नेपालीले हिन्दी बुझ्दैन भनेर नेपाली लाई भन्यो भने पत्याउदैन, भारतीयले पत्याउदो रहेछ । हिन्दी जान्या छैन भन्ने हाम्रो सामरिक रणनिती थियो । जान्न त गुजराती, मराठी, तमिल, कन्नड ले भन्दा अच्छा हिन्दी हामी बोल्थेम नि ।


भक्ते दाई ,
खै कल्ले हो डाउन फ्लाग गरी दिए छ। सक्ने ले फ्गाग अप हुने गरी लेख्नु न। बाँदरले आफ्नो नि घर बनाउदैन अरुको पनि बिगार्छ भनेको यही हो।


slim shady ,


नजाने गाउंको बाटो नसोध्नु भन्ने कहावात थाहा छ कि छैन । ट्याम न भेको मान्छे छिर्नु को कारण ?? बिष वमन गर्ने अर्को ठाउँं पाउनु भएन कि ?


लेखक,
कोलम्बो प्लान, हामी भन्दा २ ब्याच जुनियर सम्मको लागि श्री ५ को सरकारले योग्यता क्रमको आधार मा छनौट गरी पठाउथ्यो। पछी मात्रा भारतीय सरकार आँफैले दूतबास मार्फत छनौट गर्न थालएको ।


नक्कली केटी ,
त्यै भएर हामी ट्रेन मा जान्नौ, प्लेन मा पठाइ देउ , नत्र जान्न भनेर मजुमदार लाउ घुर्की र मुड्की देखाको ।


पिया,


आप ने कहदिया , हम ने सुन   लिया ।


ब्लर मिरर,


स्‍मृति को मिरर नि ब्लर नै छ, सके सम्म छिटो गर्ने छु ।


लुते बाहुन,


धन्यवाद सपोर्ट र हौसलाको लागि ।


चना दाई ,


शिला, मिला जम्मैले भनी सकेको ले अब ढिला हुँदैन । ट्याम न भेर मात्र हो।


बिस्टे,
डाइरेक्ट इलाहाबाद को एक्स्प्रेस प्लेन सजिलै मिल्ने भे त्यो नाथे मजुमदारले किच किच गर्थ्यो होला र ?? मखुला ??
  
 
 
 


 
Posted on 08-18-10 1:34 PM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग आयो होला भनेर खोलेको त माछा माछा भ्यागुतो!!!   
 
Posted on 08-19-10 10:07 AM     [Snapshot: 1182]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग २ - मिशन फत्ते


हामी चारै जना दूतबासबाट सिधै ईण्डियन एअर्लाइन्स को अफिस दरबार मार्गको लागि हिड्यौं । त्यसो त हामीले हिन्दी नजानेको कहाँ हो र। त्यो बंगाली मजुमदारको भन्दा अच्छा हिन्दी हामी बोल्छौ होला तर हिन्दी नबुझे जस्तो गर्नु हाम्रो सामरिक रणनीती को अंग थियो । दूतबास आउनु अघी नै इलाहाबादमा नागरिक हावाइ अडडा छ भन्ने यकिन भाको ले पनि हामीले अडान लिएका थियौं । कोलम्बो प्लान अन्तर्गत हामी भन्दा अघी दशौं ब्याच इलाहाबाद आए गए सबैजना बनारस भएरै आए गए, त्यसमा कुनै शंका थिएन । हामी भने अर्कै मूड मा थ्यौं ।


इण्डियन एअर्लाइन्स अफिसका एक जाना कर्मचारी मिस निहारिका दुबेजी सँग हाम्रो कुरा भयो । सबैभन्दा पहिला त बनारस भएर जाने सल्लहा दिइन । यो सल्लाह मान्ने भए त दूतबासमा किन हल्ला गर्थें ? हामीले भन्यौं - जहाँबाट जसरी हुन्छ, इलाहाबाद सम्म प्लेन मा जानु छ, टिकेट मिलाउने जिम्मा तपाईंको ।



हाम्रो जिद्दी को पछाडी प्रभु त कायल भए भने मिस दुबे घायल नहुने कुरै भएन । फोन मा ब्यस्त हुन थालिन् , टिकेट खोज्न ।



आधा घण्टा जतिको अथक् प्रयास पछी दुबेजीको अधर् मा मिठो मुस्कान देखियो । अर्थात टिकेट मिलेको छनक छन्किदै थियो ।



" टिकेट त मिल्ला जस्तो छ तर........."



"तर किन नि ?"



"यु ह्याब टु फ्लाई दिल्ली फस्ट् एन्ड डेन ह्यब टु टेक डोमेस्टिक फ्लाईट भाय लखनौ "


एक छिन हामी सल्लाह गर्यौं , "ठीक छ हैन त साथी हो" , शर्माको प्रस्ताब ।
ठीक छैन भन्ने को ? त्यसैको लागि त यती परिश्रम गरी राख्या ।



"बरु दिल्लीमा २ दिन घुम्ने समय मिलाए कसो होला , दिल्ली सयर पछी इलाहाबाद जाऔं । पशुपती जादा सिद्रा को ब्यापार । मखुला ?? "


मैले नि एक प्रस्ताब तेर्साइ हालें।



बडा असली कुरो गर्‍यो यो राहुले ले , सुरेश दङ्ग थिए ।



हाम्रो कुरा मिले पछी मिस दुबे को मुस्कान संगै हामीले ४ मुस्कान थपिदियौं ।


हामी दिल्ली लखनौ भएर जान तयार छौं तर एउटा शर्त छ । "दिल्ली पुगेको दुई या ३ दिन पछी मात्र इलाहाबाद को लागि फ्लाइट हुनु पर्दछ ।"


 
" नो प्रोब्लम, दिल्लिको को लागि हफ्तामा ५ फ्लाइट छन । मिली हाल्छ । " अझ एक मुस्कान थपिन । तर इलाहबाद को उडान हफ्तामा २ दिन मात्रा छ , आईतवार र बुधवार ।"


क्यालेन्डर अघी राख्दै औलामा दिन तारिक गन्न थाल्यौं  । अगस्ट ३ मा रजिस्ट्रेशन भने सि २ को सांझ सम्म पुग्नु पर्‍यो। भने सि २ दिन दिल्ली घुम्न राखे पछी ३० जुलाईमा उड्नु पर्‍यो। २ अगस्ट आइतबार फ्लाइट सेड्युल पनि मिलेको । कुरा सर्बसम्मतले फाइनल भयो । जुलाई ३० मा राजाधानिबाट राजाधानी उड्ने, २ तारिक कालेजको लागि ।


त्यै अनुसार ४ टिकेट मिलाई दिन अनुरोध गर्‍यौं र पैसाको लागि इन्डियन एम्बेसीलाई फोन गरे पुग्छ भन्यौं ।
एक छिनमा  टिकेट तयार भयो । मिस दुबेले पेमेन्ट कन्फर्म गर्न दूतबास मा लागाइन। ४ वटा खाम भित्र हाल्दै " कङ्रचुलेशन, ह्याभ अ नाइस जर्नी " भन्दै अन्तिमा पटक मुस्काइ ।


" थ्यांक यु" भन्दै हामी मिशन फत्ते भएकोमा दुबे को मुस्कान भन्दा ठुलो र फराकिलो मुस्कान सहित् फर्क्यौं ।



जिन्दगी मा पहिलो पल्ट् हावाइ टिकेट देख्दै थिएं म , प्लेन चढ्ने कुरा र पर को हो । सुरेशले बोइङ चढेको कथा सुनाउथ्यो, शर्माले ट्वीन् अटर  । खेलौना प्लेन देखेको र कागज को प्लेन उडाएको भन्दा बेसी अनुभव म मा थिएन । संभवत परिवार मै पहिलो ब्यक्ती जो प्लेन चढ्ने सपना देखी रहेछ । घरको छानो माथिबाट उडेका चिलयान देखेर रोमान्चित हुन्थे, अहिले चढ्न पाइने भयो । त्यो भन्दा महत्वपूर्ण कुरा त कोलम्बो प्लान मा पढ्न पाउनु र त्यो क्रममा कुनै बाधा अडचन अब बाँकी नरहनु थियो ।



टिकेट लिएर भोली फेरी एम्बेसीमा आबश्यक चिट्ठी पत्र लिन ११ बजे भेला हुने गरी आ-आफ्नो घर लाग्यौं । शर्मा महाराजगंज तिर, सुरेश, डिल्लीबजार तिर लागे । म र श्री राम असन हुँदै हनुमान ढोका भएर जाने क्रममा संगै थियौं । असन पुगे सि श्री राम साथी भेट्नु छ भन्दै साथी-नी भेट्न भोटाहिती मै मोडिए ।



 एक्लै हातमा रातो र सेतो धर्काले अंग्रेजी अक्षर ए जस्तो देखिने चित्र अंकित खाम लिएर मनमा अनेक कुरा खेलाउदै हिड्दै थिए । "जाने दिन  अब धेरै बाँकी छैन। तयारीको लागि पैसा चाहियो । सुटकेश लुगाफाटो किन्नै पर्‍यो । अक्टोबर न भै पैसा आउँदैन रे दिल्लिबाट । अगस्ट सेप्टेम्बर अक्टोबर सम्म खानै पर्‍यो । मलाई थाहा थियो, घर मा पैसा छैन ।"


 तै पनि भन्नै पर्‍यो, टिकेट देखे पछी त दाई ले पनि खुशीले कतैबाट पैसा जोगाड गरी दिनु हुन्छ नि भन्ने झिनो विश्वाश जाग्यो र मन मनै मुस्काएं । काल भैरब स्थान पुगी शाक्य रैछु ।


"हे राहुले  बडा एक्लै हासे छस नि, के भयो ?"  अर्को कोलम्बो प्लान वाला साथी उमेशको ब्यङग मा झसङ भएं ।



हाम्रो कन्फर्मेशन आयो नि , अनी टिकेट लिएर आएको। तेरो आयो ?


क्रमश:
       
 


 
Posted on 08-19-10 10:16 AM     [Snapshot: 1187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


जे होस् आखिर इलाहाबादसम्मै प्लेनमा जाने भइएछ, ल अब दिल्ली घुमाइ कस्तो भयो त्यो सुनुँला ..................


 
Posted on 08-19-10 10:36 AM     [Snapshot: 1208]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि सोलिड गयो

अर्को भाग नि थप्नु पर्‍यो चाडो -

 
Posted on 08-19-10 10:41 AM     [Snapshot: 1208]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ बाँकी भन्या राख्न हुन्न,पढी भ्याए 'मिसन फत्ते' पनि।
भनेसी ठुल्दाइ ले इलाह्बाद जानु अघी देखी नै इलाहबादी काइदा हरु सिकिसक्नु भारछ। मखुला?
"सुरेशले बोइङ चढेको कथा सुनाउथ्यो, शर्माले ट्वीन् अटर  । खेलौना प्लेन देखेको र कागज को प्लेन उडाएको भन्दा बेसी अनुभव म मा थिएन "
मेरो नि तेस्ताइ थियो दाई। एतै आउँदा पहिले पटक जडेको हो चिलयान।
 
Posted on 08-19-10 10:51 AM     [Snapshot: 1220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इलाहाबादको यात्रामा केही जात्रा होला भन्ने शंका लाग्यो मलाई त । अर्को भाग को प्रतिक्षामा
 
Posted on 08-19-10 10:57 AM     [Snapshot: 1244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि सोलिड गयो

अर्को भाग नि थप्नु पर्‍यो चाडो - kapera pesteko

--------------------------------------------------------

sabaitira Miss Dube jasta manchhe bhetiye kyaa jati hunthyo hai?
Majumdarharule yo duniya dukhi banaidiyaa chhan



 
Posted on 08-19-10 11:32 AM     [Snapshot: 1270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे ठुल्दाई कस्तो ठाममा ल्या'र रोक्या भन्या, के पो हुन ला थ्यो होला. लु अबेर नगरी झट्ट पस्किम, क्या सोलिड बगिरा'थ्यो, घ्याच्च ब्रेक हान्दिनी भन्या. लु भे'न यसरी त. खै छिट्टो नयाँ भाग चाइयो. तेसो गरे कसो होला? 
 
Posted on 08-19-10 12:47 PM     [Snapshot: 1302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म: बनाउने टाइम जोगाएर म्याक डोनल्डमा गएर स्यान्डविच खाएर कथा भटाभट लेखे हुन्न ......... खाली क्रमस भन्याछ ..... ल छिटो अर्को भाग पढ्न पाम

 
Posted on 08-19-10 3:47 PM     [Snapshot: 1358]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"इण्डियन एअर्लाइन्स अफिसका एक जाना कर्मचारी मिस निहारिका दुबेजी सँग हाम्रो कुरा भयो"


२४ बर्ष अगाडिको संस्मरण लेख्दा नि मान्छेको नामै राम्रो भएर याद भाको हो कि मान्छी राम्रो भएर याद भाको हो खुलस्त पार्दिनु पर्‍योन्त  


 
Posted on 08-19-10 5:15 PM     [Snapshot: 1400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे त तपाईं पहिलेदेखी नै खूब चलाख हुनु हुदो रहेछ नि है, हाहा . Nice to read the second part rahulvai. Eagerly waiting for third part. Thanks. 
 
Posted on 08-19-10 8:34 PM     [Snapshot: 1461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


त्यही त दाई, अहिलेका नेता भनाउँदाहरु बस भन्यो बस्, उठ भन्यो उठ्, चोरहरु, अझ राष्ट्रियताको नारा अलाप्छन्...


 


 
Posted on 08-20-10 10:14 AM     [Snapshot: 1588]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस
भाग ३ - चुराको कुरा


टिकेट लिएर घर गै आमा र दाई लाई देखाएं । सबै खुशी । छोरो अब बिदेशमा पढ्न जाने भयो । कुलमा दोस्रो ब्यक्ती । कान्छा हजुरबा पट्टी को दाईले कोलम्बो प्लान मै डाक्टरी पढ्न जानु भाको । टिकेट त भयो तर यो टिकेट ले लत्ताकपडा र बन्दोबस्तिका सामान सित्तैमा दिदैन। आजै भनी हाल्नु मनासिब लागेन ।


पूर्व निर्णैय अनुसार ११ बजे हामी चारै जना लैनचौर स्थित दूताबास अगाडि भेला भयौं । २ मिनेट ब्रिफिङ गरे शर्मा र सुरेशले । जे भए नि त्यो मजुमदार लाई थ्यान्क यु भन्नै पर्छ भन्ने बिषयमा सहमति भयो ।



जाने बित्तिकै मजुमदार भेट भयो ।


"आर यु ह्यापी नाउ ? "



"एस वि आर ।"


 शर्माको छुरा अंग्रेजी जवाफी हाले ।



"वि सिन्सियर्ली थ्यांक  फोर योर हेल्प सर ।"


 मजुमदार मख्ख ।



एम्बेसीले लेखी दिनु पर्ने चिट्ठी पत्रहरु पहिलेइ तयार थिए। नाम मात्रै भर्नु बाँकी रहेछ ।
बेस्ट अफ लक भन्दै हात मिलाए मजुमदारले एके एक गरी। बडा कडा कामरेडी हात रहेछ ।


एम्बेसी को काम नि सकियो, टिकेट पनि पाइयो । अब तयारी के के गर्ने हो, कसरी गर्ने हो भन्ने बारे हरेक ले बुझेर आउने गरी पुन: अस्कल को प्रांगनमा पर्सी पल्ट् भेट गर्ने गरी छुट्यौं ।
चारजना मध्ये सुरेश र शर्मा अस्कलमा पढ्ने ( पढ्न त के पढ्यो , टाइमा पास गर्ने त हो नि , बी एस्सी मा ), म र श्रीराम त्रि-चन्द्र मा । टि सी मा भए नि हाम्रो भेटघाट भाको थिएन र भएन पनि । म बायोलोजी हल्ला गर्ने, ऊ म्याथमा ।


संभवत दुर्गापुर आर. इ.  सी. पढ्न जानेहरु को कन्फर्मेशन पछी हाम्रो आएको हुनु पर्छ । अस्कल र टिसीमा ब्यापक हल्ला भो , कन्फर्मेशन को । सिन्सियरली बधाई दिने भन्दा ज्यादा  समोसा र चियावाला बधाई खूब खाइयो । थ्यान्क यु थ्यांक यु भन्दै पछी समोसामा लालमोहन थपेर खुवाउने वाचा गर्नै पर्‍यो।


खल्तिमा गल्तीले पनि ५ रुपैया हुँदैनथ्यो ।


फलानो  इन्जिनियरिङ्ग कलेजमा फलानो फलानो सुबिधा, फलानो कालेजमा र्‍यागिङ भयन्कर । फलानोमा नेपाली लाई र्‍यागिङ हुँदैन । आदी इत्यादी जानकारीको एकट्ठा गरी सकेका थिए सुरेशले । शुक्रबार को हाम्रो सेशनको बिषय नै त्यो थियो । इलाहाबादमा ३ बर्ष अगाडि देखी नेपाली लागयत बिदेशीलाई र्‍यागिङ गर्न न पाउने अनौपचारिक सन्धि भाको छ रे -सुरेश ले गतिलो खबर सुनाए । भारतीय विद्यार्थी भन्दा फरक थुतुनो हाम्रो नहुने हुंदा चामल संगै  घून पिसिन सक्थ्यो । त्यसको लागि के गर्ने ?? बहुत गम्भिर बिषय।



हामी संगै अस्कल पढ्ने मित्र अनिल उपाध्याय का दाजु सुशिल उपाध्याय इलाहाबाद बाट इन्जिनियरिङ्ग गरेर भर्खर फर्केको रहेछ , अब अनिल मार्फत ताजा स्थिती को जानकारी लिने र सो अनुसार के कस्तो गर्नु पर्ने , कती पैसा लिएर जाने निर्णय गर्ने गरी अर्को बैठक त्रि-चन्द्र को घण्टाघर मुनी को खुला चौरमा सोमबार  बैठक बस्ने गरी छुट्यौं ।


हावाइ जहाज चढ्ने दिन कारीब  २ हफ्ता मात्र बाँकी रहेको ले लुगाफाटो सिलाउने वा किन्ने काम गर्नौ पर्ने भयो । साथी भाई को सल्लाह अनुसार भारतमा जिन्स पाइण्ट न पाइने भाकोले २-३ वटा जिन्स किन्ने र ३-४ बिदेशी टी शर्ट किन्ने बिचार  गरें । सस्तो दररेट मा हिसाब गर्दा झन्डै २ हजार लाग्ने देखियो ।



दुइहजार पच्चिस सय जती पैसा ब्यबस्था गरी दिनु पर्‍यो भनेर दाई सँग डराइ डराइ भनें । दाइले ले हुन्न चाँही  भन्नु भएन । मलाई थाहा छ, एकै दिन मा पच्चिस सय जोगाड गर्न सकिन्न र घरको ढुकुटी खाली छ भन्ने हेक्का पनि थियो म मा । त्यो पच्चिस सय त लुगाफाटोको लागि मात्र, चियासा समोसा खर्च कहाबाट जुटाउने अर्को समस्या ज्यूकात्यूं रहिरह्यो । गैसके पछी उताको बन्दोबस्ती खर्च र ३ महिना सम्म खाने खर्च बारे भनेकै छैन ।


दाइलाई फेरी तुरन्तै त्यो पनि भनी हालुं भने २५०० पनि खोला खोला होला भन्ने डर ।


आमा सँग बेलुकी खाना खाइ सकी सुटुक्क भनी हालें -


"जानलाई त टिकेट पनि सित्तै दियो, तर उता गए पछी २-३ महिना सम्म सरकार ले दिने पैसा आउँदैन रे । २-३ हजार देशी रुपैया चाहिने भो के गर्ने ? "



आमाले बडा वात्सल्यतापूर्बक आफ्नो हातको चुरा झिकेर दिनु भयो र भन्नु भयो " यो बेच्दा २-३ हजार आउछ होला, जा बेच " ।
मेरो आँखाबाट श्रावणे झरी सरी अबिरल अश्रु बग्यो । यिनै हातले आमाको भए भरको गरगहना र पिताजीको सुनको तक्मा बेचेको । त्यो अपराधको प्रायस्चित गर्न सकेको छैन । बल्लतल्ल सकी नसकी बनाइ दिएको सुन बेच्ने महा-अपराध गर्न सक्दिनथें । 


चुरा बेचेर जानु भन्दा छुरा धसेर मर्नु  बेस जस्तो लाग्यो। " चुरा  बेचेर जानु परे, जादै जान्न । अन्त कतै बाट मिलाउछु माँ " भन्दै सजल आँखालाई सम्हाल्दै कोठाबाट निस्कें ।


क्रमश:
   


 
Posted on 08-20-10 10:33 AM     [Snapshot: 1595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइ रमाइ पढिरहेको बेला अन्तमा पुगेर नराम्रो लाग्यो ! खैर इसिका नाम जिन्दगी हगी दाई?
 
Posted on 08-20-10 10:45 AM     [Snapshot: 1613]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuvai, मार्मिक नेपाली पारीवेस, र आफ्नै कथा झै लाग्यो । के गर्ने चुरा, तिलहरी, ढुङ्रे, बेच्न नदिददिदै पनि उबेलामा बौ आमा को धेरै जोहो मा धमिरा लगाइयछ। आफुले जोहो गरी कहिले तिर्ने हो पत्तो छैन । आफना लाला बाला को ध्यान दिदा दिदै जीवन मा उनिहरुको रिन तिर्ने सुख दिने धोको मन्मै लियर गैयला जस्तो पो छ । 

जे होस् साह्रै राम्रो लेखाइ, धित मेट्ने गरी पढियो। क्रमस को पर्खैमा .

 
Posted on 08-20-10 11:15 AM     [Snapshot: 1631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि राम्रो गयो ठुल्दाइ

लास्ट मा चाँही अली नरमाइलो लाग्यो -

अर्को भाग को प्रतिक्षा मा
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters