[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरी उसको याद आयो

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
[VIEWED 35102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-03-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्यो यार एस.एल.सी कस्तो भो तेरो एक्जाम? मैले बाहिर आउने बित्तिकै सोधे।
के हुने, मेरो त सोलिड भयो यार - जुन जुन कागज खल्तीमा हालेको थियो सबै आन्सर त्यही थियो, आजको दिन त लक्की छ यार मेरो लागि, ऊ दङ थियो। अनी के गर्ने त अब, क्वेश्चन पेपर खल्तीमा हाल्दै सोधे? के गर्ने रे - अब दुई तीन महिना मोज गर्ने नो पढाई नो टेन्सन, चुरोट मुखमा च्यापेर बाल्दै भन्यो मलाई सन्देशले।

सन्देश मेरो एक्दमै मिल्ने साथी। पढाई चाँही खत्तम फेरी एस्त्रा करिकुलर आक्टिभिटिज मा सधैं अगाडि भन्या मतलब हा हु गर्ने, झगडा गर्ने, केटी जिस्काउने, चुरोट खाने, क्लास बँक गर्ने, आदी इत्यादी। अहिले सम्म तीन चार चोटि लभ परेर पनि त्राजिटी परिसक्यो। जाँच जहिले नि म सँगै पर्ने - कसरी भनेदेखी अल्फाबेट अनुसार रोल नम्बर छ अनी कि ऊ अगाडि पर्छ कि त पछाडि। अनी सबै सार्यो मेरो अनी जहिले नि पास। म जस्तो साथी पाउनु पनि पुर्पुरो मा लेखेर आउनु पर्छ के - एकचोटी त एस्तरी सार्यो कि मेरो भन्दा उसको नम्बर बढी भन्या, कस्तो सारेको होला। यो त भयो उसको परिचय, अब ब्याक टु द कन्भर्सेसन --

कहाँ हुन्छ यार, घर बाट बाहिर जान केही काम त चाहियो। दिनदिनै यता जान्छु, उता जान्छु भनेर पठाउदैन मलाई, मैले साँचो कुरा भनिदीएँ उसलाई। मेरो त टेन्सन छैन यार, बाउ घर पुग्नु भन्दा अगाडि पुगे पुग्छ, बाउ कहिले पनि नौ नबजी घर छिर्दैन अनी ८ बजे सम्म पुर्यो भने रिल्याक्स छ मलाई, ऊ धुक्क थियो। तेरो पो रमाइलो छ मेरो त हुँदैन केही उपाए नलाइकन - नत्र त्यही हो जहाँ जानु छ, जे गर्ने छ सबै तैले गर्नु पर्छ, म त केही गर्न सक्दिन, मैले पनि भएको कुरा भन्दे। त्यसो भनेर कहाँ हुन्छ, तिमी भएन भने त बोरै हुन्छ, अनी सिम्रन सँग जवाफ माग्नु पर्छ नि - त्यो चाँही कल्ले माग्छ त।

सिम्रन हाम्रै क्लास मा पढ्छे, ३२ गुण ले युक्त, बिउटी विथ ब्रैन। पढाई पनि राम्रै छ, टप फाइभ भित्र जहिले नि पर्ने, राम्री पनि अत्ती राम्री, भनेर साध्य नै छैन, ठुला ठुला आँखा, कालो कपाल, स्याउ जस्तो गाला, कस्तो मिलेको अनुहार, हेरिरहु जस्तो लाग्ने। जाँचमा ऊ पनि मेरो अगाडि वा पछाडि हुने अनी आफु परियो दयालु अनी एसो देखाइदिन्थे, त्यही भएर पनि होला म सँग ऊ मिल्थ्यो। अरु केटाहरु सँग भन्दा म सँग अली बढी नै बोल्थ्यो, जिस्किन्थ्यो पनि, कहिले काही खान पनि ल्याउथ्यो क्लासमा मैले पकाको एसो टस्ट गर भनेर। राम्री मान्छेले बनाको खाना पनि मिठै हुन्छ नि होइन र। अनी सन्देश म सँगै जहिले नि हुने भएकोले ऊ सँग पनि हाइ हेल्लो हुन्थ्यो।

मनमनै म मनपराउन थालेको थिएँ सिम्रन लाई तर भन्न सकिरहेको थिएन, उसको साथ, समय मनपरिसकेको थियो मलाई, एस्लाई एसरी पनि भन्दा हुन्छ होला --

मनमनै मनपराइ सकेछु
थाहै छैन मनैमा लुकाइसकेछु
अचम्म यो ढोका कोही आइसकेछ
लुकी लुकी नानी हरुले चियाइसकेछ।।।।।

एस्तो हाल थियो मेरो। तर त्यो मोरो सन्देश त यो केटी मलाई मनपर्‍यो यार, मसँग कुरा पनि गर्छ, उसले पनि मन पराइराखेको छ जस्तो छ पो भन्छ बा। मलाई केही थाहा छैन, आइ वान्ट हर गर्छ - उसलाई सिम्रन चाहियो रे, उसकै बउको सम्पत्ती जस्तै। जती सम्झाउदा नि नहुने। एक दिन म सँग प्राइभेट कुरा गर्नु छ भन्थो, के कुरा भनेको त एउटा लोप लेटर लेख्नु पर्‍यो रे सिम्रन को लागि, तिम्रो अक्षर राम्रो छ, तिमी नै लेखिदेउ एउटा प्रेम प्रत्र रे ल भयो त। मान्ने त कुरा आएन नि है - आफ्नै खुट्टा मा बनचरो हान्ने त कुरा भएन। फेरी जिद्दी पनि कती सारो, उसको काम कुरो नगरे सम्म त किचकिच गरिराख्ने। आखिर मा मैले लेख्नै पर्‍यो प्रेम पत्र, आफुले मन पराएको मान्छे लाई अरुको नाम बाट कसरी लेख्ने , धर्म संकट मा परे म।  

क्रमश:

 


 
Posted on 12-04-08 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला जि
अब लोप भन्ने कि के भन्ने त्यो चाँही थाहा भएन - तर याद चाँही आएको हो - क्या झक्कास् इस्माइल छ भने आफु त फल्याट

दीप जि
खतरा कबिता गयो, त्यस्तो गीत गाउँउ नपरे हुने हो नि - के गर्ने भनेको जस्तो हुँदैन -

नेपालीबाबु १०१ जि
लोप यू भन्यो कि के भन्यो त्यो त पछी थाहा हुन्छ - त्यही आश मा त बसेको छु -

म्याडटेक जि
धन्यवाद

चिप्ले जि
बाठो त अली अली हुनु पर्‍यो नत्र त मेरा नम्बर कब आएगा भनेर बस्नु पर्ने हुन्छ।

चब जि
हुन त हो नि - भनेर के गर्ने याद आइदिएर ब'बाल हुने के फेरी, सुझाब को लागि धन्यवाद

रिट्ठे जि
धोका होइन - फाईदा पो उठाको त -
अब गरिन भने के हुन्छ भनेर सोच्नै भ्याएको थिएन, पहिले केटी पत्याउँ अनी देखा जाएगानी होइन र

बिस्टे जि
खै चाहिने बेलामा जुक्ती पनि कहाँ बाट आउछ आउछ

दिपिका जि
जहिले पनि लहरी को मात्र याद आउछ र - अरुको आउन सख्छ
घात सात केही गरेको होइन - प्रेम मा जे पनि जाहेज छ -
हेर हेर कुरा गरेको अझ सन्देश लाई मन पराइदिए हुन्थ्यो रे, यो सिच्नु पनि पाप हो दिपिका, कस्तो मलाई दु:ख भएको हेर्न चाहेको तिमीले - एदी एस्तो भएर म देवदास जस्तो भयो भने एस्को जिम्मेबार तिमी हुन्छौ नि फेरी,

चेली जि
धोका होइन क्या - मन परेपछी कसको बाउ को के लाग्छ - फेरी मलाई भिलेन बनाइदियो -
अल्फाबेट कसरी मिल्यो सोच्दै गर्नु होला
अनी राम्रो लागेको मा धन्यवाद


 
Posted on 12-05-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग

ऊ मुसुक्क हाँस्दै म तिर आइ। कस्तो भयो त एक्जाम मैले सोधे। अँ ठिकै भयो अनी तिम्रो त राम्रो भयो नै होला किन सोध्ने है बेकार्मा भनेर हाँसी। कसरी थाहा भयो तिमीलाई अचम्म माने जस्तो गरे मैले। तिम्रो नभए कस्को हुन्छ ऊ त्यस्को हुन्छ त भनेर सन्देशलाई देखाउदै हाँसी। कस्तो राम्रो थियो हाँसो उसको। म पनि ऊ सँगै हाँसे।
अनी के छ त प्लान - के गर्ने अब, मैले कुरा अगाडि बढाएँ कम्प्युटर त्रेनिङ गर्नु पर्ला, इन्स्टिटुट जोइन गर्छु म त, हाम्रो ग्रुप सबै एकै ठाउँ मा जोइन गर्ने, अनी तिमी नि भ्नेर सोधी  
मैले खोइ केही सोचेको पनि छैन भने

अनी मैले कुरा निकाले, अस्तिको कुरा को जवाफ छ हैन आज तिमीसँग। ऊ थाहा नभए जस्तो गरी के कुरा भनी। अब त्यही क्या, चिट्ठी को कुरा मैले सम्झाएँ। अँ त्यो कुरा भनेर सम्झे जस्तो गरी अनी मेरो हात तानेर एक कुनामा लगि। मैले धेरै सोचे हाम्रो बारे, तिमी पढ्ने मान्छे पनि हो, तिमी मलाई पनि राम्रो लाग्छ, रमाइलो पनि छौ, तर मैले तिमीलाई एउटा साथी को रुप मा मात्र हेरेको छु, वि क्यान बि गूड् फ्रेन्ड भनेर मेरो चिट्ठी फिर्ता गरी अनी गइ।  मुटु टुक्रा टुक्रा, धुजा धुजा भयो, छोयला कचिला भयो। ठुस्स मुख लाएर सन्देश को अगाडि पुग्दा उसलेबुझिहाल्यो, मैले केही भन्नै परेन। अब उसको कुरा सुरु भो - छोडदेउ यार एस्ता हरुलाई, भाउ नै बढी, कती आउछ कती जान्छन्, अब चाँहीआनन्द भो, लोभ पर्या भए धुमाउने, खुवाउने, गिफ्ट अनी त्यसमाथि टाईम कम्ता खर्छ हुँदैनथ्यो होला त, लूक अन द ब्राइट साइड यो सबैकुरा को बचत भो। हुन त त्यती राम्री पनि होइन के त्यो पनि, त्यो भन्दा कती राम्री छ छ यो दुनियाँ आफुलाई त नो पिर सिर भन्छ। तँ सँग पनि तैले जाँचमा देखाउछ भनेर साथी भएको होला के बुझिस्, यो केटी हरु को धेरै संगत गर्नु हुँदैन बुझ्या हो, मतलबी हुन्छन् यिनिहरु, आफ्नो काम फत्ते भएपछी त बालै नदिने, खुब राम्री सम्झेकी होली नि, मेकअप लगाएर मात्र अली राम्री देखेकी के, फेरी मलाई ऊ हाँसेको पनि इरिटेटिङ लाग्थ्यो सुनिस्, कोइ त्यसरी नि हास्छ, कहिले नोटिस गर्या छस् ऊ हासेको त हाइना हासेको जस्तो पो छ त भनेर हाँस्न थाल्यो। एक्छिन पछी ऊ पनि शान्ता भयो। तँ किन चुप नि, मलाई त केही भा छैन तिमीलाई किन पिर भन्दै मलाई सम्झाउदै थियो। उसलाई के था यो मेरो मनमा कत्रो आँधी बेरी चलिरहेको छ, भनेर।  

त्यस्पछी मेरो र उसको भेट दुई तीन चोटि भयो। अली लामो कुरा भएको दिन चाँही फेरवेल पार्टी मा नै थियो। हामीले आफु के पढ्ने र कहाँ पढ्ने भन्ने कुरा गर्यौ। ऊ त ईन्डिया पढ्न जाने रे। मैले नपाल बाटै +२ सकाएँ। ईन्डिया बाट १२ सकाएर आएपछी पनि ऊ सँग मेरो भेट भयो, एती बेला सम्ममा हामी मिल्ने साथी बाट हाइ हल्लो सम्म मात्र पुगिसकेको थियो। पछी मैले ऊ अमेरिका पढ्न गयो भनेर सुने, म चाँही नेपाल मै अर्को तीन बर्ष अड्कीएँ। अहिले म पनि एही छु आको पनि धेरै भसक्यो तर यि ७-८ बर्ष मा हाम्रो केहिलेनी भेट भएन, मलाई एती थाहा छ कि ऊ भर्जीनिया तिर छ भनेर। तर अचानक मैले एतिका दिन पछी  उसलाई देखे दुई महिना अगाडि भर्जीनिया मै। एउटा स्टोर मा म समानकिन्दै थिएँ, मैले उस्लाई देखे - हो हो जस्तो लागेर मैले नाम लिएर बोलाएँ, ऊ फर्की, तर नचिनेको जस्ती गरी मलाई। मैले परिचय दिएँ, अनी चिन्या जस्तो गरी - चिन्यो त चिन्यो होला तर जस्तो चाँही गरी। हामी बिच भलाकुसारी भयो - ऊ मास्टर गर्दै रैछ। उसँग एउटा केटा थियो - उसले चिनाइ बोय्फ्रेन्ड भनेर - केटा चाँही खासै राम्रो थिएन - मनमनै सोचे के मन पराको हो एस्तो लाई। अब मन परेपछी कस्को केलाग्छ र। एती पछी पुरानी खाउ फेरी बल्झियो, फेरी मुटु चसक्क दुख्न थाल्यो। बिर्सिसकेको थिएँ उसलाई तर आज ऊ फेरी याद आयो, त्यो समय याद आयो, त्यो माया याद आयो, आज फेरी मलाई उसको याद आयो.. ......

समाप्त

Last edited: 05-Dec-08 04:32 PM

 
Posted on 12-05-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha... " अब चाँहीआनन्द भो, लोभ पर्या भए धुमाउने, खुवाउने, गिफ्ट अनी त्यसमाथि टाईम कम्ता खर्छ हुँदैनथ्यो होला त, लूक अन द ब्राइट साइड यो सबैकुरा को बचत भो।" re...

Aangur aamilo raichha hai?

 
Posted on 12-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हसायो लहरे ले क्या ट्र्याजिडी परेछ। सन्देस को कत्रो लामो सान्त्वोना नि आँफैलाई बिचरा लहरे लाई चोट पर्या बेला मा।
ए लहरे किन टाईम टाईम मा भरजिनिया जान्छ भनेको अब पो बुझियो बल्ल,अज्झै पनि मन फेर्ली कि भनेर हो कि क्या हो ब्रो।
ल रमाइलो भयो।
अब अर्को लेख्न पलेटी कस्या हो त?
 
Posted on 12-05-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जि
के गर्नु त नपाएपछी - अमिलो नै थियो भन्नु पर्ला

बिस्टे जि
देखेको हुँदैन लेखेको हुनुपर्छ भन्थे हो राइछ - लेखेको नभएपछी कस्का बाउ को के लाग्छ, ट्राजेडी त पर्या हो नि के गर्ने - अहिले काही हुदो राइछ

 
Posted on 12-05-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो रहेछ, लहरी नम्बर १ को काहानी । दुई नम्बर कि लहरी फुत्केला होस् गर । पढ्ने मान्छे को यही हाल हुन्छ, पढ्ने सध्ने होइन नि अब देखी। झूर नै रहेछ पहिलो नम्बरकी लहरी, हाम्रो लहरे कम्ता को ह्यान्सी छ? फुट्या कर्म त्यस्को, भाग्यमानी भएछौ लहरे। नत्र फुट्या कर्म भाकी श्वासनी पर्थ्यो।

 
Posted on 12-06-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै यस्तै हो ठुल्दाइ - रामकहानी भनौ न -
त्यही भएर पढ्न बन्द गरेको मैले - केही होला कि भन्ने आशमा लोल
सोह्र आना सही ल ठुल्दाइ - झन्डै फुट्या कर्म भाको श्वासनी पर्या मलाई
 
Posted on 07-02-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त जमाना मै पढि सकेको, खै अर्को?

 
Posted on 07-02-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को कहाँ बाट ल्याउनु - एती हो लेख्या मैले -
 
Posted on 07-02-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-02-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो लेख। भाबनात्मक छ। कुरो के नि ब्रो मन डूल्छ, प्राय सधैं: आनन्द चाँही मनलाई आफुसङै डूलाउनुमा छ है।


 


 
Posted on 04-25-14 1:14 PM     [Snapshot: 3853]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters