हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
>>> रिट्ठे ले फाल्देको हो मलाई, कि मिस दिदीले? हेर है म त माइला दाई लाइ भन्दिन्छु, केहि लागेन भने राहुल्दाइ पनि भन्दिन्छु, तेति ले पनि लागेन भने त कुम्ले दाइलाइ पनि भन्दिन्छु अनि ठिक्क पर्छ <<< सप सुड्ढाहरु लाई भन्दिनी दीपीका ल ल ठिकै छ ! नमे अब ठुल्दाइको बोर फस हुनी जमाना गओ ! अब बोरमा आँफैले फस लेखे मात्र हो !
म चै फस हुन्छु भन्दा नि दिपिका दौडेर आइन के रे मेरो कुरो नसुनेर । मलै नि झोक चल्यो लौ जा sss भनेर हुत्याइदेकिम । च्व! च्व! बिचरी दिपिका फुच्चि त माथि टुप्पाँ पो पुगिचन बाबै
लहरे बौचा तारेमाम ।
नमे भाइ के छ ता हालखबर :)
अब राहुलदा चै उता पारि गाम मा को संग घमासान परिरा छ के रे तारेमाम भनेनि सुन्नु हुन्न होला (अभ म भागे है )
नेपाली मान्छे लाई चौतारी मा जोड तोड ले स्वागत अभिबादन छ ! अनी गाम चाँही का' पर्यो? अब दुई दिन त चौतारी बन्द भयिहाल्छ अब नाम पनि राख्नु पर्छ सोमबार तिर !
के भाका हुन केटीहरु, केही भयो कि यो दाई लाई भन्दीन्छु त्यो दाई लाई भन्दीन्छु - के भाको हो, कुरा बुझी नसक्नु छ, रिट्ठे त्यसरी सबैसँग डराइ हीन्द्यो भने त्यो दीन दीनै जीम गएर बनाइ राखे को सिक्स प्याक के गर्न काम लाग्यो त, तेती पनि भएन भने तीम्रो जीगरी एही छु क्या रे की कसो,
..अहssssss…..श्रोताहरु…ऐयाssss…. अगि प्राबिधिक गडबडिले गर्दा बिचमानै कार्यक्रम रोक्न बाध्य भएकोमा खेद प्रकट गर्दै (मनमनै “ झन्डै आफ्नो सास रोकिएको”) अन्तरवार्ता पुन: निरन्तर गर्दैछौँ। हामि संग हुनुहुन्छ संसारकै सबै भन्दा सुन्दर, राम्रा, मृदुभाषि, हिरो, सज्जन श्रि च्याङ्बा जी!
च्याङ्बा- “ सापाइ मोइले बुज्यो तारा म्ह्यार्दुबासि भानेर के भन्याकु तोइँले? गालि गार्याकु? फेरि तोँलाई आगि जास्दो गार्नु पार्यो?”
संवाददाता- “ हैन हैन च्याङ्बा जी हजुरको बोलि मिठो छ भनेर भनेको राम्रो कुरा गरेको”
च्याङ्बा- “ ओइ साउदादा! तोइँले म्हेरो बोलि काइले खायु लु भन्, मेरो बोलि मोईच्याङले माद्दै खान्जा, मोईच्याङलाई माद्दै मेरो बोलि मिठो लाग्चा! तोइँले पाक्काई म्हेरो मोइच्यांको बोलि खायु र मेरो बोलि थाहा पायु, मो तोँलाई आगि जास्दो आलिआलि मात्राई भाकुरदाइना आब दुई टुक्रानाई पार्चा!”
संवाददाता- (दाँत देखाउँदै) “ हि हि हि हजुरको बोलि राम्रो छ भनेर भनेको हजुर, मृदुभाषि भनेको हजुर जस्तै राम्रो बोलि भएको भनेको हजुर ”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु आन्दारबार्दा सोध्?”
संवाददाता- “ च्याङ्बा हजुर, हजुरले खच्चरको सुन्दरी प्रतियोगिता गर्ने कुरा गरिबक्सनुभएछ, खच्चर पनि सुन्दरि हुन्छ र हजुर??”
संवाददाता- “ तर हजुर बिकिनि लगाए पनि खच्चर त उस्तै दैखिन्छ त, कसरि यसको जिउ राम्रो उसको जिउ राम्रो भन्नु गाह्रो पर्दैन र हजुर?”
च्याङ्बा- “ तोइँले आजु आपिस आउँधा बुद्धि कारमै छाडेरु आयु कि के हो? खाच्चारनीलाई बिकिनि लागाइदिने आनि खाच्चारहरु जुन खाच्चारनिको पाछि जान्जा त्यो खाच्चारनिको जिउ राम्रो हुन्जा, तोइँले छान्ने हाइना”
संवाददाता- “ ए बुझेँ बुझेँ! अनि हजुर प्रतियोगितामा त, प्रश्नहरु पनि सोधिन्छ, आफूलाई मदर टेरेसाको रुपमा पाउनुभयो भने के गर्नुहुन्छ इत्यादी, त्यो प्रस्न कसरि सोध्ने र खच्चरले कसरि उत्तर दिने?”
च्याङ्बा- “साबभान्दा पाइला तेरु बुद्धिलाई भोटेकोसिमा पाखालेरु आइजु आनि मो साङ्गा कुरा गार! खाच्चारले तोइँले जास्दो बोल्दाईना बुद्धि तेरो भान्दा बढि भायुपनि! नेपालमा माद्राई खाच्चार हुदाइना, ताजाकिस्तान भन्ने देश सुन्याकु छाइना होला तोँ मुर्खा साउदादाले, त्यो लेखमा बस्ने बोराट भन्ने मान्छेकु पनि खाच्चार छा, त्यसले खाने घाँस, म्हेरो लोल खाच्चारले खाने घाँस, सापाइले खाने घाँस, नखाने घाँस, लुगा, कापारा, सपै कुरा राखेर खाच्चारला छान्नु लाउने, राम्रो छान्ने खाच्चार सुन्दरी हुन्चा!”
संवाददाता- ‘ओहो! हो त है, त्यहि त, प्रश्न नै किन गर्नु पर्यो र हैन घाँसहरु राखेर इन्टेलिजेन्स टेस्ट गर्न मिलेपछि?”
च्याङ्बा- “ आजकु आन्दारबार्दामा कि त मो बाउलायु कि त तोँ मेरो हातबाटा मर्यु, आन्दारबार्दा लिनु आएकु प्रश्न किन सोध्ने भान्जा, तोँ बाउलायु? तेरो स्वास्नि पोइला गयु??
संवाददाता- “ हैन हैन खच्चर सुन्दरिलाई किन प्रश्न गर्नु पर्यो र भनेर हजुरले भनिबक्सेको कुरा बुझेको क्या”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? तारा तोइँले केइ बुझेना मोलाई थाहा छ, तोँ जास्दु साङ्गा मो आन्दारबार्दा दिन्दैन, मो गयु, तोँ मार गि बाँच मोलाई मातलाब छाइना, आबु मो कार जान्जा, जाड खान्छा र मेरो लोल खाच्चारलाई पनि जाड ख्वाउँजा।
संवाददाता – (मनमनै “ खुइइइइययय..”)“ हस त च्याङ्बा हजुर, हजुरको समयको लागि धेरै धेरै धन्यवाद छ!”
च्याङ्बा- “ जे सुकाई भान, मो गयु!”
त श्रोताहरु यहाँ हुनुहुन्थ्यो चौतारी खच्चर सुन्दरी पर्तियोगिताका आयोजक श्रि च्याङ्बा चाम्लिङ। आगामि अंकमा आगामि अतिथिसंग उपस्थित हुने नै छौँ, तब सम्मको लागि आज्ञा दिनुहोस , नमस्ते!!
( अफ एयरमा – (“ हेल्लो! हेल्लो! ऐया! बिर हस्पिटल?? ….इमरजेन्सि?...हजुर?....हात खुट्टा ढाड बङ्गारा अनि छातिमा धेरै दुखिरा छ हजुर सहनै नसकिने…हजुर कुटाई खाएको …हजुर? ..हैन हजुर खुकुरिले हैन दाबले..ऐया….कसले गर्या देखिएन हजुर अँध्यारो थियो……हजुर छिटो एम्बुलेन्स पठाएदिनोस हजुर….चौतारी रेडियो स्टुडियोमा हजुर…हस हजुर छिटोssss….ऐयाssssssss)
स्वागतको लागि धेरै धेरै dhanyabad, jilla पर्यो कथान्दु, गाम पर्यो कामनपा एसो कुरो गर्न नपा'को , असाधै रमैलो थौमा अैएछ सोमबार सम्मा कुरम्ल नि गफ गफ्फ गर्दै, फेरी गाम पनि हेर्नु पर्यो नि लौ है त, एसो आर्कैतिर वार्तालाप गरे म त
ठुल्दाइ भन्छन मलाई यहाँ। बिजुली पत्र पाठाको छु, पढ्नु होला।
जिम्मालेलाई नसक्ने भयो बाअा। जिम्मालनी लाई कती हसाउदो हो, भाग्यमानी राइछ हाम्रो बुहारी त। जिन्तखी को लाइफमा वाइफ पनि भाग्यमानी पाउनु अर्थोक के चाहियो? होइन?
नेपाली मान्छे लाई स्वागत छ चौतारीमा!! अब छिरियो यता बाट निस्कन गाह्रै पर्छ। आउने गरम, तमाखु सल्काम र बात मारम है त!
जदौ ठुल्दाई!! उता देख्या थिएँ ठुल्दाईलाई दिउँसो के बोल्ने के बोल्ने भयो आफूलाई आइडिए नभा बिषयमा अनि चुप लाग्या! यता हाँसौँ खेलौँ रमैलो गरम बरु!
यस्तै रेछ हाँस्नु हँसाउनु मात्र लाईफमा पाए त्यो भन्दा बढि भाग्यमानी के नै हुन पर्यो र! हैन? बरु एउटा कुरा त्यो पुन्टे दाईकहाँ अस्तिन हाउँरो भेलामा चाख्या सेतो छ्याङ मैले नि यहाँ भेटेँ हिजो आज घ्याम्पो रित्तयाउने पिलान छ!
चल्छ हैन दौडिन्छ नि खै खै, अनी के भन्छ आफु चै फ्री अब खोइ कोइ छ गफ हन्ने, बागचाल खेल्ने होकी चौतारीमा बसेर, रिठ्ठे बज्जेले चैनी ताश लेर आउछु भन्दै थियो, लौ एक राउन्ड चैनी दहल मारा हनौन त।
रिठ्ठे हिजो आएन आज आउछकी अनी दाई आउने कि नऔने आज, हिजो कता गएबनी एक छीन देखेको थिए, तेशपछी चै कम्प्युटर " ब्याक टु गृह मन्त्री" भएको कि के हो ? हेरौ खै यो वीकेन्ड आएसिनी दिक्कै हुने भनेको, दुई दिन सम्जेर आङ नै जिरिङ्ग भयी सक्यो, के गर्ने होला खै।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.