[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उ र मेरो दोष !!

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 47075 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-25-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘भाउजु, Company चाहिन्छ भने भनौं है ।‘

यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न । मेरो रिस बढ्दै गयो । मैले उसको त्यो कुटिल हेराई सहन सकिन । सोफा बाट जुरुक्क उठें ।

‘तपाईं आफ्नो बाटो जानुस’ यति मात्र भन्न सके ।

मेरा आँखि भौं माथि उठेका थिए । नाक का पोरा ठुला भएर, आफ्नै सास को तातो अनुभव भईरहेको थियो ।

‘भाउजुले गलत बुझ्नुभयो, मैले त्यसरि भनेको होईन। ‘ उ कुरा मिलाउन थाल्यो ।

म प्रचुर रिसले उभिईरहें । एकछिनको मौनतापछि उ आफैं ढोका तिर लाग्यो ।

‘मैले त्यो मनसायले भनेको होईन, भाउजुले बढि बुझ्नु भयो ।‘

यति भनेर उ गयो ।

म निकै बेर त्यसरी नै उभिइरहे । कुनै भाव change पनि भएन । एकोहोरो हेरि रहें ढोका तिर । एकोहोरो ।

निकैबेर पछि, अलि खुकुलो भयो । एसो हेरेको कुर्थाको शल सोफाबाट खसेको रहेछ । त्यसलाई उठाए । आफ्नै निधार छामेको, पसिना चिट चिट रहेछ । त्यहि शल ले पुछें । अनि गएर ढोका लगाए । अनि पछाडि फर्केर, त्यहि ढोकामा अढेस लागेर उभिए ।

कोठा यता उता हेरेको, सबै कुरा आफ्नै ठाउँमा थिए । टेबलमा प्रकाश र मेरो बिहेको फोटो त्यसरि नै बसेको थियो । टेबल क्लथको फुल फुलेकै थियो । प्रकाशले जितेका मेडल र मैले जोहो गरेका सजावट सोकेशमा सजिएका नै थिए । भत्ता मा सजाएकि जेसिका अल्बा हासेकै थिइन् । तर म भने, कता कता अर्कै भएकि थिए । कुनै युद्धबाट न जित न हार का साथ फर्केको योद्धा जस्ति । न गर्व आफु सित, न अथाह ग्लानि ।

मैले मन थाम्न सकिन । त्यसै रुन आयो । आखाँ सबै भिजें । गहिरो सास लिए । आँसु आफै बगि रहे । मैले पुछिन, बगिरहे । प्रकाश कहिले आउनुहुन्छ जस्तो भयो । दौडेर वहांको अंगालो मा बाधिन मन लाग्यो । मलाई त्यो पलमा श्रीमानको साथ र सुरक्षा एकदमै miss भयो । आशु बगि रहे । बगि नै रहे ।

निकै बेर चुप चाप रोए, आफै संग । उ प्रकाशको स्कुल देखिको साथी । हाम्रो बिहे पछि, काठमाण्डौ आएर, उसलाई भनेर बिशेष रुपमा खाना लाई बोलाएका थियौ । हासि, रहने । मजाकिया मान्छे । प्रकाशको साथी, म पनि उ संग comfortable भएर नै कुरा गर्थे । प्राय: जसो हाम्रो मा आई रहन्थ्यो । कहिले खालि हात त कहिले के लिएर ।

‘भाउजु, मलाई तपाईकि बहिनि छन् भने मिलाई दिनु न ।‘ उसको बिहेको कुरा सुरु गर्यो कि भनि हाल्थो । उ छिट्टै बिहे गर्ने तरखरमा थियो । प्रकाश उलाई सधै जिस्काइरहेनु हुन्थ्यो । उ हाम्रो परिवारकै जस्तो भएको थियो । हुन पनि, काठमाण्डौमा आफन्त नभएकाले होला, उ नै आफन्त जस्तो थियो ।

प्रकाश १५ दिनलाई china जानु पर्ने भयो । म काठमाण्डौमा एक्लै हुने भए ।

‘चितवन जान्छौ त?’ वहांले नसोध्नु भएको पनि होईन । माईत जान पनि मन लागेन । किन किन मलाई यहि डेरा आफ्नो लाग्छ ।

‘होस, स्कुलमा छुट्टि पनि छैन । तपाई फर्के पछि जाउँला, उता बुटवल पनि जानु छ ।‘ शायद यस्तै भनेकि थिए त्यो बेला। मेरो भनाई खुरुक्क मान्नु भएको थियो ।

प्रकाश जाने दिन उ पनि आएको थियो ।

‘यसो भाउजुलाई साह्रो गाह्रो पर्ला, कहिले काहिं आईदे है!’

‘भन्नु पर्दैन नि, यार’ मुसुक्क हासेर उसले प्रकाशलाई भनेको थियो ।

प्रकाशले पुगेर फोन गर्नु भएको थियो । वहां बिना डेरा शुन्य शुन्य लाग्यो । बरु चितवन गएकि भए पनि हुने रैछ । यति बेला फिल भयो । तर बसि हाले, आऽऽ १५ दिन त हो नि । यस्तै सोचेकि थिए ।

बुटवल तिर बाट बुवाले यति नै बेला चामल पठाउनु पर्ने । बुहारि एक्लै छ भने पछि त एसो कुरा बुझ्नु नि । कस्तो हतारो परेको । बुवालाई मन मनै गालि गरे । लिन जाने मान्छे थिएन । कसलाई भन्ने ।

सजिलो उ नै थियो । उसलाई नै phone गरे । उसैले कलंकि गएर चामल ल्याईदियो । अचारका सिसि र घ्यु । आमाले आफै बनाउनु भएको । उ त्यो दिन हतार छ भन्दै चिया पनि नखाई फर्केको थियो । प्रकाशले फोन गर्दा मैले सबै कुरा बताएको थिए ।

‘शनिबार खाना खान बोलाउनु नि । साथि पनि हुन्छ, तिमीलाई ।‘ राम्रै लागेको थियो , वहाँको सल्लाह ।

‘पर्सि शनिबार, बिहानको खाना खान आउनु है, म पनि एक्लै छु।“ बिचरो कति एक्लै पकाएर खाओस भनेर मैले फोन बाट निम्तो दिएकि थिए ।


आज, सधै जसो बिहानको काम गरे । चोक बाट मासु लिएर आँए । अलि टाढाको भाई थियो, आउँछ कि भनेर फोन गरेको, exam छ भनेर नआउने भयो । यता उताका काम गर्दा गर्दै १० बजिसकेको थियो । शनिबार किन घडि छिटो चल्छ र हात ढिला, म कहिले थाहा पाउँदिन । उ आई पुगेको थियो, साढे १० नबज्दै । म चामल पखाल्दै थिए ।

‘लौ, खान भनेको त पकाउन पो बोलाउनु भएको रहेछ ।‘

उ पनि भान्सामा नै बस्यो । म हस्यान्ग फस्यान्ग गरि रहेकि थिए । उ पछाडि डाईनिंङ कुर्सीमा बसेको थियो । हाम्रो भान्सा सांघुरो छ । काम गर्न यता उता गर्दा उसलाई छोई रहन्थ्यो । झन, त्यो डाईनिन्ग नि पल्लो छेउमा राखेको लसुन लिन लम्कदा, उसलाई मज्जाले छोईयो, मेरो छातिले । मेरो होसै भएन । उ आफै उठ्यो । मलाई अफ्ठ्यारो लाग्यो ।

‘अनि भाउजु कि बहिनिहरु भेट्टिनन् ?? म त बहिनिहरु पनि आउलान जस्तो लागेको थियो, आज ।’ उ अझै मजाक मा थियो ।

specification दिनु पर्यो नि, कति सम्म कालि चल्छ, कति सम्म मोटि चल्छ?’ म भन्दै थिए ।

तपाई कै photocopy गरेर दिनु न spec.’ उ सधै यसरि नै छेड हान्थ्यो ।

म आफ्नै तालमा काम गर्दै थिए,याद नै नगरि यसो पछाडि फर्केको, उसको छातिमा पो ठोक्किए । कस्तो अफ्ठयारो लाग्यो । उ कति बेला कुर्सि बाट उठिसकेको रहेछ ।

‘म पनि सघाउनु पर्यो ।‘

‘पर्दैन, म गरि हाल्छु नि ।‘

‘ल म मासु काटि दिन्छु ।‘ यति भनेर उ मासु काट्न थाल्यो ।

म अरु खत्र्याक खुत्रुक तिर लागे । खाना बसाई सकेकि थिए, राईस कुकरमा । तरकारि पहिले नै केलाई सकेकि थिए । त्यो बसांए । उसले मासु काटि सकेको रहेछ । त्यो पनि बसाए । बिच बिचमा हल्का फुल्का गफ हुदै थिए ।

मैले उसलाई एसो हेरेको

‘छिऽऽऽऽऽऽ‘ निधारमा मासु लागेको रहेछ । उसले आफै फाल्न खोज्यो, भेट्टाएन । मैले आफ्नै हातले निकालि दिए । ‘जानुस बाथरुममा मुख धुनुहोस् ।‘

उ चिसो मुख लिएर फर्कयो । मैले टोवल दिए । उसले मुख पुछ्यो ।

‘अब, राम्रो भए??’

‘ह्यन्डसम’ हामी दुबै हास्यौ ।

मैले त्यति बेला सम्म अचार पनि बनाई सकेकि थिए ।

‘सबथोक रेडि?’

‘रिडे’

‘धेरै भोक लाग्यो कि क्या हो?’

‘कति लाग्यो, लाग्यो नि’

फेरि हासेका थियौ ।

मैले भाँडा मोलिन । त्यसै बेसिनमा राखिदिए । हामी टिभि खोलेर बस्यौ । उहि साधारण गफ भए । कहिले म उलाई पेच हानथे कहिले उ मलाई जिस्काउथ्यो ।

‘फोटो, हेरौ न’

Time pass गर्न उसले नै माग गर्यो

म एल्बम लिएर आए । म बिहे का फोटो देखाउँदै गए । उ हेर्दै गयो । म मेरा माईति का मान्छे उसलाई चिनाउदै थिए । उ घरि म तिर हेर्थ्यो घरि एल्बम तिर ।

एल्बम हामी दुबैले समातेका थियौ । बेला बेला मा हात छोईन्थ्यो । शुरु शुरु मा उसले हात हटाए पनि, पछि पछि हटाउन छोडेको थियो । उ कम कम बोल्न थालेको थियो ।

अब एल्बम देखाउँदा देखाउँदै मलाई अल्छि लाग्न थालि सकेको थियो । शायद अल्छि भन्दा बढि अफ्ठ्यारो । मैले उसले हेरेको एल्वम उसलाई नै छोडेर अर्को एल्वम हात मा लिए ।

उ घरि घरि मलाई हेर्दै थियो । मलाई भने हरेक पटक उसलाई हेर्न गाह्रो लाग्दै गईरहेको थियो ।



‘चिया खाउँ न त’ उसले म तिर हेरेर भनेको थियो ।

‘कति बेला जान्छ जस्तो भई सकेको थियो । त्यहि भएर चिया थोरै मात्र पकाए ।

चिया लगेर टेवल मा राखेर बसेकि मात्र के थिए । एक टक ले म तिर हेर्यो र भन्यो

‘भाउजु, company चाहिन्छ भने भनौं है ।“

_______________________________________________________________

meaninglessthinkings@somewhereondearth
Last edited: 25-Feb-08 10:35 AM
Last edited: 25-Feb-08 01:00 PM

 
Posted on 02-27-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितरे बोरो,
नजिस्काउनु न, गाह्रो हुन्छ । हौसलाको लागि धन्यबाद ।

मारको...,
बन्धु, धन्नु बाद यार । thanks for support .

शिरिष दाई,
धन्यबाद, यस्तो मीठो हौसलाको लागि ।
दाई, गजल लेख्न नछोडम है । हजुरका गलज लेखाईमा हामी सधै झुम्म हुन्छौ ।

कत्ति सांच्नु माया,
रक्सि पनि उच्च कोटि को!!!!


बाकि सबै लाई समय को लागि धन्यबाद ।।।

----------------------------------------------

 
Posted on 02-27-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेसाइला,

भरोसा नि गर्न नहुने भो अब , मनोबिज्ञानको एमआरआई त गर्या हो के  तर  कस्को हो खै नारीको या पुरुषको ---- :)

' ---- बढि बुझ्नु भयो '

मलाइ नि त्यस्तै लाग्यो।

 


 
Posted on 03-30-17 11:43 AM     [Snapshot: 10062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाइ,
आज अर्को पनि अब्बल कथा पढ्न पाएँ , दिन सुध्रेको झैँ लागि'छ मलाइ . कस्तो गहन कस्तो गहिराइ अनि कति सुक्ष्म लेखन . आजकाल अनुहार पुस्तिका मा होस् या साझामा कहिँ पनि लेखेको देखेको छैन तपाईले .

लेख्न किन छोडेको ?

- थाने
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters