[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227115 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-24-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुडा:
खुइऽऽय! ओ हो तितौरी नानी!
ओठ त कालै देख्छु त. हिजो कुम्ले "चुत्रो खान जान्छु जिम्माल बा!" भुन्थ्यो. बज्जेले चुत्रो धेरै खायो कि क्या हो, भन्छु. ल्याओ बाँध यो बजियालाई.

तितौरी:
हैन के जिम्माल बा, हैन! मरिजाम हैन. श्याम स्वेत चौपारी भे'र ओठै काऽऽलो देखिया होला.
कुम्लेले ३ पाथी चुत्रो खायो, खाएन तो त पृथक विषय हो, कुम्ले नै जानोस्.
 
Posted on 12-24-06 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै यतै छन् कि किरिसमसको निहुँमा झ्याप् भइसके? पुण्टे बूडाचैं झ्याप् भैसकेकै हुनुपर्छ!
राहु बूडालाई छुट्न दिनुहुन्न आर्को पालाचैं। गालउले भनेजस्तै झिल्के बज्जे आ'र पनि कराउला एउछिन्। तर जे भा' नि तिरुले बडा दु:खले बना'को यो चौतारीलाई हराभरा-लटरम्म बनाम्।
कुम्लेले हिजो सपनामा नलाई देख्या बेलाँ म चैं किरिसमसको धूनमा दिउँसै हल्का-हल्का चढा'र बसिराथें। अब कथा लेख्न त मन थियो मलाई पनि, तर अचेल आफैं कथा जस्तो भईया छ! हेरौँ, अब दुई-चार दिनको बिदामा केहि लेख्न सकिएला कि।
 
Posted on 12-24-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त सब का सब झ्याप्, शिब रात्री होइन के भाको ? खैरे शिब रात्री क्या र ।
म नि अब गयम्, क्या गरम्, क्या गरम । वाक्क दिक्क । छु त याय छु मयाय । तारेमाम का ।
 
Posted on 12-24-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मेरी क्रीसमस
 
Posted on 12-24-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Afno ta Janma din aja, barsh chai navanau, tara dheri budo haina.....
धन्यवाद तिरु नानी नया चौतारीको लागि, rukh (tree) sano vae chha, dublaeko jasto ...
 
Posted on 12-25-06 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

happy birthday bhatte.
 
Posted on 12-25-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नमे !
मेरी क्रीसमस
 
Posted on 12-25-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीलाई नयाँ चौतारीको लागि धेरै धेरै धन्यवाद, चिताएको कुरा पुगोस्!

भट्टेलाइ जन्मदिनको धेरै धेरै शुभकामना!
 
Posted on 12-25-06 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टजि शुभकामना! चिताएका सबैकुरा पुरा होस!!
 
Posted on 12-25-06 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चित्रे Bro ra Jwai Sap!
 
Posted on 12-25-06 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbahi Rastriya gan solit cha yar
thankz
 
Posted on 12-25-06 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई डाहले जलाईदिम्? :p

हिजो मन्चाँ गीत गा'का हेर्न गईयो। व्यवस्थापक महासय दाईसंग राम्रै चिनजान भ'कोले ईस्टेज पछाडि नि घुस्न पाईयो। सिन्धु मल्लसंग मज्जाले चिनजान अर्न पाईयो! लु जा! :p

पख, पख कुम्ले कथा अझै सकेको छैन!

कुरो के भएछ भने, आज साँझ चईं यहाँको प्रख्यात नेपाली रेस्टुराँ "हिमालयन याक" मा पनि सिन्धु मल्लको लाईभ कार्जेक्रम गरिने भ'को रैच। अनि हिजो साँझ कुरा हुँदा थाहा पाईयो, वहाँलाई दोहोरीमा काउन्टर दिन लोउने मुन्छेको खाँचो र'च। मलाई सोधे के रे, मैले नि गाईदिम्ला भने!

वाह! सिन्धु जी संग दोहोरी गाईयो गाँठे आज याक रेस्टुराँ!

थुईक्का खप्पर तर! जोशको बेलाँ होश नभ'र हो के रे, केमेरा लान बिर्सेछु। भिडिओ नि खिच्न पा'को भे त झन् बेश हुन्तो के रे। तर थुप्रैले फोटा भने खिचेका थिए, हात परेसि कुम्ले को कन्चट तताउन यहीं राख्दिम्ला के रे! :p

काफल गेडी कुटुक्कै (साँच्ची कै) भैयो भुतुक्कै!
(येई भाकाँ गा'को, ल!)

हैन ये गाम्ले हो! सबैको सन्तानले डाँडा काँडा ढाक्दिने हो भुने हाँरो सन्तान चईं समुद्राँ डुबोस भन्न खोज्या हो कि के? गुररररररररररररररररररर :D
 
Posted on 12-25-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Gamleharu,
log on to - www.jajah.com , register and make a free calls anywhere in the world for FREE!
Remember,
Its free for today only!
Happy xmas and Happy Talking!
 
Posted on 12-25-06 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte ,bhuntey ,guffu!
kwalwanki thitooo kata lukeko!

koi chaina chineko!

vanish*dhusss!*
 
Posted on 12-25-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी किरिसमस रुइनु!
 
Posted on 12-25-06 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O...:O Ruinu kahan baata...:O..:O
Thought you vanished!!!...Message pathaye ni kehi matlaap chhaina...:(
Hamlai chattakai birsidine...
Aabo birami nai banera aunu parla jasto chha..:S
 
Posted on 12-25-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूऽईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! सूऽईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!सूऽईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!! सूऽईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!! ----

कोहि छ त्याँ' चौतारीयाँ? चौतारीमा आ'र अर्काको कुरो नकाटी न खान मन लाउच, न खाकै पच्छ!
धेरै पछि झुल्केछ निरे, अब त हिनिसके जस्तो छ। के छ निरे हालखबर?
 
Posted on 12-25-06 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टजीलाई जन्मदिनको शुभकामना! अब पुरानै शुभकामना कति दोहोराम् हेर्नुस् भट्टजी, नया शुभकामना भन्ने मौका दिनुपरो!
 
Posted on 12-25-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ दाई किन एक्लै एक्लै कराउनु भएको? खाना पचेन रे! लोल, लौ मेरै कुरो काट्नुस् हे हे हे अनि खाना रुचला की।

पुन्टे दाई, हउरले भुनेर मात्र केहि हुन्न, फुटो देखाम्न परो अनि मात्र डाहले जल्ने हुम की रिसले जलाम्ने हुम भनौला। :पि

भट्टेलाई ढिलै भएपनि जन्मदिनको धेरै धेरै शुभकामना!!!

सबैलाई मेरी क्रिसमस, तिम्री क्रिसमस, हामी सबैकी क्रिसमस!!!

:-)
 
Posted on 12-25-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेओ छ कुम्लेले एक्लै? बडो कान पनि सुन्दिन।
जम्मैकी किरिसमस भने अस्तो मानिचु।
मेरो त बेड तताउने बेला भो बाबै!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters