[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Durga Bishankhe, Kaushila Pokharel, Kala Tiwari & Shusri Duwal

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 12861 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-07-05 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Most of the weekly magazines have already gone ! Janaastha was also at the same vain when it did a great mistake to exploit an artist Shreesha Karki and forced her to commit suicide(?). Although, the case had been defined in different aspects and, no actions have been taken, to my knowledge, to the culprits till date. However, Jaanaastha played a very vital role to expose the truth of Krisnasen Ichhuk and Maina Sunuwar. Now, it has challenged another more brutal act on our 4 Chelis.

My request to Sajhabashi is to follow this news/event and post in this thread if you find some news about this.
---
OK
 
Posted on 08-21-05 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=49449

पत्रकारलाई ज्यानको धम्की

काठमाडौं, ५ भदौ (कास)- आफूलाई सुरक्षाफौज बताउने अज्ञात व्यक्तिहरूले कान्तिपुरका पत्रकार कृष्णज्वाला देवकोटालाई बारम्बार ज्यान मार्ने धम्की दिइरहेका छन् ।

उनले आफूलाई त्यस्तो धम्की टेलिफोन र विद्युतीय सन्देश (इमेल) बाट आउने गरेको बताए । कान्तिपुरमा साउन २३ गते उनको 'सेना किन बोल्दैन ?' लेख प्रकाशित भएदेखि टेलिफोनमा धम्कीको शृंखला सुरु भएको हो ।

हरेक टेलिफोन र इमेलमा देवकोटालाई एउटै धम्की दिने गरिएको छ, 'सेनालाई बदनाम गर्ने तँ को होस् । हामी तँलाई सिध्याइदिन्छौं ।'

'यो स्वतन्त्र सञ्चार माध्यम र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो' पत्रकार महासंघले विज्ञप्ति जारी गरी भनेको छ- 'राज्यद्वारा प्रायोजित यस्ता धम्की तत्काल बन्द गर्न महासंघ माग गर्छ ।'
 
Posted on 08-30-05 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाद्र १५ को जनआश्थाबाट:

सैन्य हिरासतका महिलाको रोदन

काठमाडौं । ०६१ पौष १८ गते एक्कासी युवती चिच्याएको आवाज आयो? मरें नि आमा ! यातना पाएर त्रसित भएको अवस्थामा यस आवाजले झन्? त्रसित बनायो मलाइ । चिच्याएको दुई घण्टापछि एक युवतीलाई म रहेको कोठामा ल्याइयो । युवतीलाई एकजना सैनिक हवल्दार नजिकै आएर प्रश्न सोध्दै थिए? 'तिम्रो नाम के हो ? कहिलेबाट लाग्यौ माओवादीमा ?' 'एक वर्ष भयो पार्टीमा लागेको, रेणु दाहाल हो मेरो नाम'? उनको जवाफ भूईमा खस्न नपाउँदै लाजै लाग्ने अर्को प्रश्न बज्रियो । (काठमाडौंको नाङ्?लेभारे लप्सीफेदी गाविस घर बताउने भर्खरै १६ वर्ष पुगेकी ती किशोरी आफ्?नै संगठनमा काम गर्ने साथीको माध्यमबाट चाबहिलको कोठाबाट पक्राउ परेकी थिइन्?।) "तिमी कति जनासँग सुत्यौ ? केटा फेर्न पाइन्छ भनेर हैन त माओवादीमा लागेको ?" "हुँदैन, हाम्रोमा त्यस्तो हुँदैन"? उनले काम्दै बताइन्? । भर्खरै शौचालयमा राखेको पानीमा डुबाएर ल्याएकाले उनी जाडोले काम्दै थिइन्?, पौष महिनाको ठण्डीमा । "ढाट्?छेस्? ? सत्य बोल्?, नत्र थाहा पाउँछेस्? !" त्यहाँका सिपाहीले हल्दार साहेब भनेर बोलाउने गरेका ती सैनिक अत्यन्तै कडा स्वभावका थिए । बन्दीलाई अनुसन्धानको क्रममा पिट्?ने र चिसो सिमेन्टमा हत्कडी लगाएर लडाइदिने जिम्मेवारी उनकै थियो ।

अनुसन्धान गर्ने कोठाबाट छुट्टै कोठामा लगिसकेको अवस्थामा ड्?युटीमा रहेका सिपाहीहरुलाई माओवादीको आरोपमा पक्राउ परेकाहरुसँग बोल्न प्राय: बन्देज थियो । त्यस अवस्थामा पनि किन ती युवतीप्रति त्यस्ता प्रश्नहरु सोधिए होलान्? ? मेरो मनमा कुराहरु खेल्न थाले । त्यस कोठामा महोत्तरीका अनन्तराम घिमिरे र ममात्रै थियौं । हामीलाई त्यहा? एकछिन हल्लिन र खोक्नसमेत नदिई मुखमा कालोपट्टि र हातमा हत्कडी लगाएर लडाइएको थियो । यो कुरा छाउनीस्थित रेञ्जर गण (महावीर) को हो । एक्कासी एक जवानको आवाज सुनियो? बहिनीको भिजेको कपडा म खोल्दिन्छु । यति भनेर ती जवान अगाडि बढेको बुझियो । त्यसपछि हामी (म र अनन्त) लाई तुरुन्त अर्को कोठामा सारियो । ती युवती एक्लै त्यहीं रहिन्? । त्यसपछिको ताण्डव नृत्यमा के भयो होला, त्यो म बताउन सक्दिन ।

मैले बुझेअनुसार अनुसन्धान गर्ने त्यस गणमा कुनै महिला सैनिक थिएनन्? । सबै महिलासँग पुरुषले नै बयान लिन्थे । त्यहाँको यातनामा मुख्यत: करेन्ट लगाउनु थियो । मैले ती युवती चिच्याउनुको कारण करेन्ट हुनुपर्छ भनी लख काटें । सामान्य कार्यकर्ताको भूमिका खेलिरहेकी रेणु दाहाल पछिल्लो समयमा उपत्यका कमाण्डको ब्यारेक श्रीजगण सिंहदरबारमा भएको जानकारी पाएको थिएँ, तर हाल उनी बेपत्ता पारिएकी छन्? ।

क्रमश:
 
Posted on 08-30-05 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरासतमै रहँदा ड्?युटीमा खटिएका सिपाहीहरु धेरैजसो केटीहरुको कुरा गरिरहेका हुन्थे । म सिंहदरबारमा रहँदा एकजना सिपाहीले नुवाकोटमा बलात्कार गरेर मारिएकी कुनै युवतीको विषयमा कुरा गर्दै थिए । अहिलेको नेपालको राज्यसत्ता अध्यात्मवादी चिन्तनअनुसार धार्मिक संरचनामा आधारित छ । यो राज्य मार्क्सको भौतिकवादी दर्शनमा हैन कौटिल्य र मनुस्मृतिको पूर्वीय दर्शनमा विश्वास राख्दै सञ्चालन भएको छ । धर्मशास्त्रमा महिलालाई एउटा आदर्श देवी, आमा तथा दिदी?बहिनीको रुपमा लिइन्छ । परस्त्रीप्रति आँखा लगाउँदासमेत पाप लाग्ने र त्यसले ठूलो नर्कको दण्ड भोग्नुपर्ने कुरा धर्मग्रन्थमा उल्लेख गरिएको छ । यस्तो आदर्शलाई शीरोपर गर्ने यो राज्य व्यवस्थामा राज्यबाट नै महिलाहरुको अस्मितामाथि प्रश्नचिन्ह लाग्ने कार्य हुनु सामान्य विषय हैन । यदि गलत बाटोमा लागेका जोकोही भए पनि उनीहरुलाई कानूनअनुसार कारबाही गर्नुपर्ने हो कि !

हिरासतमा रहेकै अवस्थामा हालसम्म चारजना महिलाहरु दुर्गा बिसंखे (दुई बच्चाकी आमा), कौशिला पोखरेल (प्रशान्तकी श्रीमती), रेवकला तिवारी (भवनाथ धमलाकी श्रीमती), र रेणु दाहालको हत्या भएको समाचार साउन १९ को जनआस्थामा प्रकाशित भइसकेको भए पनि आजसम्म सेना यस विषयमा मौन छ । यस विषयमा स्तम्भ लेखेकै आधारमा कान्तिपुरका पत्रकार कृष्णज्वाला देवकोटालाई ज्यान लिने धम्की दिइएको छ ।

अझै पनि हिरासतमा कैयौं महिलाहरु रहेका छन्? । तिनीहरु कसरी ब्यारेकमा रहेका होलान्? ? यस विषयमा सबैको ध्यान जानु अहिलेको ज्वलन्त सवाल बनेको छ ।
? चन्द्रलाल गिरी
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters