[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gagan Thapa's Statment from Custody

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 21600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-31-05 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म र राजद्रोह


गगन थापा

- नागरिक समाजले साउन १० गते आयोजना गरेको विरोध प्रदर्शनमा राजसंस्थाविरोधी नारा लगाएको र निषेधाज्ञा तोडेको हास्यास्पद आरोपसहित शाही सरकारले मलाई साउन १२ गते कायरतापूर्वक हिरासतमा लिएर राज्यविरुद्ध अभियोगको मुद्दा लगाउने तयारी गरेको छ । यो मुुद्दा राजाका निरंकुश कदमको सबैभन्दा मुुखर प्रतिरोध गर्दै आएको युवा र विद्यार्थी पंक्तिलाई आतंकित पार्ने साह्रै तल्लो दर्जाको चालबाजी हो । शाही सरकार अब आन्दोलनकारीलाई सके किन्ने, नसके थुुन्ने र बदनाम गर्ने निचतापूर्ण काममा लागेको छ । यही दमन उसको पतनको कारण बन्नेछ ।
संवैधानिक, नैतिक, राजनीतिक र वैचारिक रूपमा कुनै हैसियत नभएको यो सरकारले कुुनै पनि स्वाभिमानी नागरिकलाई मुद्दा लगाउने नाटक गर्नु आफैंमा ठट्टा मात्रै हो । त्यसमाथि पूर्ण लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो 'राजद्रोह' मबाट जीवनपर्यन्त भइरहनेछ । जनताको सम्प्रभुता र सार्वभौमसत्ताका पक्षमा हामी तरुण विद्यार्थीहरूको निरन्तर संघर्ष शाही सरकारलाई राजद्रोहजस्तो लाग्छ भने त्यस्तो 'राजद्रोह' का लागि म मन, वचन र कर्मले समर्पित छुु । हरेक दिन 'प्रजातन्त्रप्रति प्रतिबद्धता' को नाटक गर्ने तर प्रजातन्त्रकै गला रेट्ने शासकहरूको जस्तो दोहोरो मापदण्ड हामी युुवापुुस्ताको छैन । हामी जे हौं र जे गर्छौं, हिम्मतपूर्वक स्वीकार पनि गर्छौं । म चुनौती दिन्छुु, आज बन्दुकका बलमा हामीलाई अभियुुक्त बनाएर कठघरामा उभ्याउन खोज्नेहरूले निकै छिटो आफैं अभियुुक्त बनेर इतिहासको कठघरामा उभिनुपर्नेछ ।

यतिखेर म राजद्रोहको अभियोग खेपिरहेको छुु र दासतावादी शिक्षाको विरोध गरेको 'अपराध' मा सहयोद्धा विद्यार्थी साथीहरू प्रदीप पौडेल, ठाकुुर गैरे, सरोज थापा, बीपी रेग्मी, नारायण भारती र पुुष्प शाही सार्वजनिक सुरक्षा ऐन अन्तर्गत हिरासतमा छन् । जसले मुलुुकलाई अन्तर्राष्ट्रिय जगतबाट अलग्याए र संसारकै अछूत देशसरह बनाए, जसले प्रजातान्त्रिक विधि र प्रक्रियालाई कुुल्चेर मुलुुकलाई थप संकटतिर डोर्?याए, जसले नागरिकका अधिकार खोसे र मुुलुकप्रति तिनको आस्था र समर्पण कमजोर बनाए, तिनले हामीलाई 'राजद्रोही' र 'समाजद्रोही' सावित गर्न खोज्नुको कुनै तुुक छैन । यो सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने सबैभन्दा पहिले लोकतन्त्रका संवाहक र जनताका वास्तविक प्रतिनिधि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ र अराष्ट्रिय तत्त्व घोषणा गर्नर्ुुपर्छ भन्दै हिंड्ने भाट भारदारहरूलाई राजद्रोहको मुुद्दा लगाओस् । यदि हामी तरुण राजद्रोही हौं भने अब सिंगो देश राजद्रोही भइसकेको छ ।

नेपाली तरुण र विद्यार्थी साथीहरूलाई मेरो अपिल छ- अब तानाशाहीको दाहसंस्कार गर्ने समय आएको छ । यो शुुभकर्म हाम्रै हातबाट हुुनुु छ किनकि इतिहासले हामीलाई यो जिम्मेवारी दिएको छ । हामीले पुस्तौंदेखिका बेथितिको हिसाब माग्नुु छ । अत्याचार र उत्पीडनको इतिहासलाई सच्याउनु छ । निरंकुुशतालाई सदाका लागि समाप्त पानर्ुु छ । प्रतिगमनविरुद्ध आन्दोलनरत दलहरूलाई तरुणहरूका तर्फबाट मेरो अनुरोध छ- अब संवाद आवश्यक भए राजालाई छ, दलहरूलाई होइन । राजासँग संवादको औचित्य अब समाप्त भएको छ । दलहरूले अब सबै मोर्चा आन्दोलनका लागि खोलुन् । अब फैसला कुनै दरबारमा होइन, सडकबाट होस् ।

 
Posted on 08-02-05 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Giri Jee

You need to face the reality and accept it, without cornering King G into the cage in such a way, he is not going to give up his follies.

On your advise to make our way to join Lal Sena is concerned, here you didn't understand the essence of my argument. Now it's time to get ready to join Loksena to defeat both Lal Sena and Royal Sena. And people like Gagan Thapa may not be fit enough to be Commander in chief but can make a loyal lieutenant for that cause. Kaso.....?


 
Chip_of_the_OldBlock
Posted on 08-02-05 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keshari Babu, I think you are alluding to making another Babu...Girija Babu, the Commander-in-Chief of your Lok Sena and Gagan as his loyal lieutenant, huh?

Keshari babu, lagta hai ke daal me kuch kala he!




 
Posted on 08-02-05 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Koi Kala nahin hai bhaiya, srif bastabikata swikar karo, agar dal hi kala hai to usme kala hona kaun se naya baat hai.

Kesharibabu is my username here, and in fact my calling name is my younger age, a lovely name for Brahmanputra -------and in fact a pandit putra.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters