serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 609]
|
[VIEWED 255395
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बोनस को कल्ले कुरा गर्या छ ठुलि, मैले ल बोनी पो भनेको
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलीले वास्ता गर्न छोडी भन्दैमा जिम्मालेले नि त्यस्तो गर्नु भएन नि  लौन मेरो यो दुइ कानले येस्तो के सुन्नु परेको। यो सुन्नु भन्दा अगादि मेरो कानले काग किन लगेन।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो सुन्नु भन्दा अगादि मेरो कानले काग किन लगेन।
मेरो कानले काग किन लगेन।  
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे किन हासेको?????????????? मर्दिम तेसै पागल जस्तो हास्दा रैच।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहा ठुल्दाई! केहि छैन जिस्क्याको मात्र हो, यस्तो भुलचुक लिनेदिने त मेरो बढि हुन्छ क्या!
भउते उठेछ र अल्छिको पोको फेरि सुतेछ!
बिहे गरेपछि भउतेको के हुन्छ? बिहा हुन्छ, अनि त हरेक बिहान, भउते सिरकले मुख छोपेर गुटुमुटु हुँदा नेपथ्यबाट यस्तो सुनिन्छ-
" मलायाको लाउरे हो छोरि, रानी बना'र सुनले पुरेर राख्छ, भनेर बाउले भन्दा नि एइ बुडो भनेर मानिन! अइले मेरा खप्पराँ कुन जुनिको सराप बोक्नु लेख्या रेछ परमेस्सोरी? घाम टाउकामाथि पुगिसक्यो हाम्रा खसम अझै लम्पसाssर छन्। कुन चाइनि नखरमाउलीलाई देख्या होलान् नि सपनामा! ब्यान उठे देखि बडार कुँडार गर, भात पकाऊ, चोटा कोठा मिलाउ, भकारो सोहोर, सेउला काटेर लेराउ, भैँसि दुहुनु, तिनका टोड्कोमा फेरि नमिठो छिर्दैन, मिठो पकाएर कोच्याउनु! दैब कस्तो पाटे संग परिछु नारन म? आधा दिन सम्म सुतेर उठ्दैनन्, अनि महाराजाले जस्तो चौरासि व्यन्जन चाहिन्छ यिनै सिरिमानलाई! चुठ्या मुख चिसै ले'र तास खेल्न अन्मरिन्छन फेरि खड्केको पसलाँ, मै अभागि रेछु दिनभरि दलिया दलियै गर्ने। आधा दिन सम्म सुतेसि कसरि निद्रा लागोस त राति, अनि फेरि मै दुखिलाई दुख दिन्छन्। यस्ता धम्मरधुसे संग आँखा फुटेर बिहे गरिछु, मैनाको २००० कमाउने उपरसेठ समेत माग्न आ' थे हाम्लाई! काठमान्डुमा दुइतले घर भा' खरसाप पनि माग्न आ' थे, खै मेरा आँखा फुट्या थे कि मेरा बाउका आँखा फुट्या थे, यस्ता महादेव कर्ममा परेछ। ( भउते जिउ मर्काउँदै, ठुस्स मुख लाएर खालि लोटामा गाग्रिबाट पानी हाल्न थाल्छ)....ऊ उठिबक्स्यो हाम्रो सिरिमान्! आधि लोटा पानी लाने त्याँ, घरमा गन्डकि छैनन् हाम्रो, एक घन्टा ला'र पँधेरा बाट ल्याउनु पर्छ।" (भउते चोथाले सिरिमतिको कुरा सुनेर जङ्गिँदै- " चाहिँदैन मलाई तेरो पानी सानी बरु सिस्नुले पुछ्छु!" ( भउतेनि फेरि रनचन्डि हुँदै)- " हाम्ले त बोल्न नि हुँदैन, माराजको कान दुख्छ, पुछ्यौ बुडा सिस्नुले, फोको उठ्यो भनेर फेरि ठाउँ कुठाउँ मैलेइ तितेपाति थिचेर लाइदिनु पर्छ। खुरुक्क, बाहिर बसेर आएर, बसन्ते एक्रोभ्याटाँ ग'र डायथेनेम पैतालिस ले'र आउने त्याँ, बल्ल बल्ल माइतिले दे'का आलुको बिउ लगाको त्यो नि डढुवाले सखाप परिसक्यो! तिम्रा घराँ त आलु खान नि, ससुराली गुहार्नु पर्ने!
(भउते भुनभुनिँदै, लोटा समातेर जनै कानमा हाल्दै बाहिर निस्कन्छ)
Last edited: 01-Feb-08 11:05 AM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>>मर्दिम तेसै पागल जस्तो हास्दा रैच।<<<<
पर्दैन किन मर्ने तिमी ठुलि, म हाँस्दैमा मर्नु पर्छ र भन्या,
 
 
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-01-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा    भौते हा हा    सार्है हसाउनु भो हो सम्धी ज्यु कांड फुर्या हो एस्तो रमाइलो
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो बिर्खे दाले हसार मार्न लाग्यूऊूऊूऊूओ बचाउ बचाउ। लहरे तिम्लाइ किन मार्नु भनेर आफै मर्न खोजेको नि।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरा पनि कती घुमाउन जान्या हो यो केटीले, सकेन बा  जिम्बाल खतरा गएछ,
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lahare जेरि बनाउन जानेले मात्र कुरा घुमाउन जान्च। आफुलाइ भात् त पकाउन अौदैन अब कताको जेरि बनाउन अौने र। हो मलाइ जेरि नि बनाउन अौदैन कुरा नि घुमाउन अौदैन।
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-01-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
क्यार्न घाँटी खस खसायो भनेर यसो चिओ अरेर हेरेओ त यी जिम्माले बुढा लुतो कन्याउँदै चौतारीआँ मेरै कुरा काट्दै रे'छन। कस्ता कस्ताले छोरी दिन आ'थे। कसै सँग फिटिक्क कुराअर्न दे'का हैनन्। १७ लाए देखुनको मेरा कान फुक्न थालेका। बिहानै बिहानै कुकुरले फोहोर खान नपाउँदै झुङ्रुङ झुङ्रुङ अर्दै ढाडाँ च्या्त्तेको दौरा हल्लाउँदै मेरा घराँ अन्मरिनी, अनि त्यो पाँच-मुठे स्टिलको गिलाँस भरी दुध हालेका चाह (चिया) सुर्क्याउनी। अनि दु:ख अरेर आफ्नै करेसाँ ला'का काँचोपातको तमाखू नि थुतुनो डाम्दा सम्म तान्न पर्नी। कहिले काहीँ त तिनका भुँडी चिर्कना पर्दा सम्म भातै ढाडिएर उकालो लाग्नी हुन के रे। साह्रै असल चिटिक्क परेकी घर अरेर खानी नानी छे भनेर फकाइ फुल्याइ आफ्नै भदैनी भिडाए। के अर्नु आफ्नो खप्पराँ यै चोथाले गुन्द्रुके लेख्या रे'छ। तिनतारे नढल्किँदै उछुर मुछुर अरेर उठ्छे। अनि यसो दैलोमा पोतो घिसारे जस्तो अरेर डोकोमा टिङ्गुले गाउरी (गाग्री) हल्लाउँदै पँधेरा तिर बाँध्नी हो के रे सधैँ। अनि उतै बाट लखर लखर सब गाम चहारेर तिन दोप्पर भा'सी बल्ल मैयाँ सा'पको सवारी हुन्छ। २ जना मात्र मुन्छे भा'का घराँ के त्यस्तो अधरातै उठेर थनथनाउँन पर्नी काम हुँदो हो र ! त्यसका घाँटीयाँ किल किल किल किल गरेर किलकिले चलबलाउँदो हो। कसका घराँ ग'र मेरा कुरा ओकल्न पा'सि बल्ल हाइसन्चो हुँदो हो के रे। ब्यान उठेर हउन जानी पानी नि ल्याउन नसक्नी भा'सी क्यार्न पँधेरा तिर मस्काउन पर्छ त? मैले चलाएर सकिन्छ जस्तो ला'सि त्यसका झोल खुरुक्क त्यसकै माइतिआँ ल'र भडाराँ साँचो ला'र राखे भो के रे। हाइँ गएम भने २० लिटरको जर्किनाँ एकै फेर ल्या'का पानीले डिआँलाई कुँडो ख्वाएर नि दिन भरी घरलाई चलाउन पुग्छ। 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले भनी हाले नि, नसक्ने राइछ भनेर, सक्दै नसकेपछी अब के गर्ने मैले, कुरा पनि कहाँ कहाँ बाट आएको,
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
I m boredddddddddddddddddddddddddddd
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-01-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु आज चैं हसुरियो टन्न! अब सुतान दिनु परो एकछिन! अनि उठेर फिलिम हेर्नु पर्ला! गुट नोइट!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काम सकियो, एती चाँदै,  अघी सम्म त बिजी छु भन्ने सुचना पढेको थिएम क्यारे।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काम त सकियो तर पनि कामै चु। बाहिर पानि परिरहेको च। कस्ति बोरिङ् दिन्
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए भउतेका काल अझ मेरै खोइरो खन्छौ हैन? स्वास्नि पाल्न तो तिम्रो बोके दारि पाल्या जस्तो सजिलो छैन, के ठान्या छौ? नब्बे रुप्पे खन्खनि गनेर दुलईलाई किन्देको ढाकाको खास्टो तिम्ले नै बैशाख पुर्नेको जात्राँ हलहलेतिराट आम्ने कुन चइनि छँडुल्लिलाई सम्झना भनेर दियौ रे!ओखरे बजियाले देखेर भन्या मलाई!हेरि बे अर्ने बेलाँ नै " मलाई त तिम्री भदै तेति मन परेन" भनेर तिम्रा मुखाँ किरा पर्या भ'हामि नि हाउँरा भदैनीलाई कप्तान खोजेर दिन्थेम्। अइले आ'र जिम्मालले भदैनि भिडायो भनेर क्यार्न तो खबटे दाँत भा थुतुनो चलाउँछौ? " जिम्माल गोडा २ बिसेक उमेर नाघो, बाउले बे को कुरै ओकल्दैनन, क्यार्नि होला?" भनेर छड्के छड्के हाम्रि भदैनी ताक्या कुरो मलाई मात्तै हैन वरिपरिको ७ गामलाई थाहा छ!बिचरि कलकलाउँदो उमेरा थि, सात फयल भा बेला पारेर तिम्ले कुन्चाईँ पातकि मास्टरलाई तिनापनेको सुराँ पास गराइदिन लायौ, केटाकेटि मोरि पास भएसि फँसिहालि नि तिमीसित!पोर साल जलबिरेको बालि उठा'र धान बेच्न सदरमुकाम गा' बेलाँ ९० पाथि धान बेचेर २० पाथीको पैसो घराँ ल्यायौ रे? हाम्लाई नि थाहा छ, धान बेचेर के के उत्पात गर्यौ सदरमुकामाँ! घराँ, छानो चुइया परारै रे, सदरमुकामा डेरा खोजेर कुन चइनि उरन्ठेउलिलाई राख्या छौ रे हाम्लाइ पनि थाहा छ। सौता हाल्न खोज्या होलाउ, तिम्लाई गाम त के जिल्लामाइ पानी नचल्ने बनाइदिन भने जिम्माल हैन! हाउँरि बाँसकि मुना जस्ति भदैनिलाई हेलाँ अरेर दिउँसै बत्ति बाल्लि जस्ति नखरमाउलिलाई मैनै पिच्छे बाल तिरेर डेराँ राख्या छौ हेर्लान नि नायायणले!मसिने डाइबरको बास हुन्छ बुझ्यौ तिमि गामतिर भा बेलाँ तिम्ले पैसो तिरेर नखरमाउलि पोस्न राख्या डेराँ? एसो घराइसि कामाँ ध्यान दिनु,आँखाँ राखे नबिझाम्ने अंगालोभरिकि स्वास्नि छ घरमा, बाइर चुच्चो जोड्न क्यार्न जान्छौ? बेलैमा बुद्धि पुउर्याउ असत्ति नत्र भडखालाँ जाक्केलाऊ!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोश्रो राउण्ड को जदौ अनी तारेमाम सित्तैमा बबाल झगडा परी रा'रइछ जिम्माल र भउते को झगडा नगरौ न साथी हो, मिलेर बसौ, हासौ खेलौ
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आँखाँ राखे नबिझाम्ने अंगालोभरिकि स्वास्नि छ घरमा, बाइर चुच्चो जोड्न क्यार्न जान्छौ?  हैन को सँग चुच्चो जोड्न गयो भउते ? लोल
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Funny when Nepalis talk about Epstein and injustice |
| H1B |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|