[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 321546 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-11-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



जदौ ! सप्पैलाई !
यो गोताएँले कति समय पा'का होलान्। सबैको एकै चोटी पढेर छुस्छुस्छुस्छुस् एकथोक एकथोक भन्दै हिन्न नि भ्याउनी फेरी। तिउँरो साली छैनन् कि के हो गोताएँ?
धन्यबाद है प्रतिकृयाको लागि। भान्जीलाई नि साली-भेनाको कुरो मुन परेनछ। मनमा आइहाल्यो, सुधार्ने सोँच्ने गर्दा सम्म महोत्सब सक्किएला। अनि पछि त्यो रित्तो स्टलमा के पसल थाप्नु भनेर टाँस्दिहालेको। मौका मिल्दाहुँदी सुधारम्ला।
अरु सबैलाई धन्यबाद !

कुशे औँसी अर्थात पिताको दिन!
सबैले आफ्नो जीवनको प्रथम गुरुलाई याद गरौँ!

 
Posted on 09-11-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गोताएँ र भान्जिको मात्तै कुरो अर्छौ? तो तेति मजाले लेखिसकेसि, सालि-भेना कुरो क्यार्न ट्वास्स ला'र राख्नु परो??? हलुवामा बालुवा चपाए जस्तो लाग्ने!
 
Posted on 09-11-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेबुढाको नि सालीको खडेरी रे'छ। बाहुनले च्याउ खाओसन स्वाद पाओस। साली भा'काले मात्र रस पाउँछन् त्यसको। मलाई त सबै भन्दा बढी त्यै मन परेको।
 
Posted on 09-11-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, भउते, जिम्माल बुढा, ग्वाँचे, ठुल्दाइ, ठुलि, अन्तरे, (हन्टरे आज छैन), मिस दिदी, गोतामे दाई सबै लाई नमस्कार

अन्तरे
*****
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि.............

अच्छा छ अन्तरे, अरू जावस दुई पाच् वटा
 
Posted on 09-11-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिउँरै होलान नि गोडा पन्ध्रबिसेक सालि!

भन्छन मान्छे उमेरमा जोडि खोज्दै हिँड्छन्
सालि खोज्ने भउतेको त्यो रहर कस्तो होला??

 
Posted on 09-11-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को लइन म थप्छु रिट्ठे हन्टरे आच्या अन्तरेको गितको बाँकि-

तिमीलाई अंगाली कता कता
भागि जाने धोको मेरो पनि
तर पाउमा दस्तूरको तिम्रो जस्तो कल्लि मेरो पनि
दुई प्राण एक नभए पनि तिमी संगै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि

 
Posted on 09-11-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेरै गयो, बैशै गयो
बुढेसकालमा कर-कर गर्ने यो जिम्मालको बानी कस्तो होला?
 
Posted on 09-11-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morningरिथ्ते् बिर्खे, मिस, अन्तरे,थुलि,ग्वाचे

थ्यांक्यू जिजु !! मलाइ त मनपर्यो 'सालिँभेना'
म जस्तो साली नभएर होला सबैले जिजुको डाहा गरेका
सान्नानी :तपाइले पनि आर्णाको कथा लेख्नु पर्यो गौतमदाइ को जस्तै




HAPPY FATHRES DAY
 
Posted on 09-11-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
आजको पहिलो जदौ। कुशे औंसी। पिताजीको मुख हेरम्। वेबक्याम मा भए नि हेरम्। नभए फोन गरम्। खुशी र आत्मियता छताछुल्ल हुंदो हो मेरो पिताजी हुंदो हो त। कहिले काहिँ सोच्छु, पिताजी हुंदो हो त कति खुशी हुन्थे होला तर अर्को मनले साउती गर्छ-होइन हो, अझै १० ओटा तक्मा जित्न सकिनस् के को मुख हर्ने।
जे होस्, याद आउंछ त्यो दिन, त्यो रात, पिताजीको सुनको तक्मा अनि पिताजी........................................................................................
 
Posted on 09-11-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बल्ल फुर्सत निकालेर ध्यान दिएर हजुरको "पितiजीको सुनको तक्मा" हिजो पढ्ने मौका पाए, ज्यादै मार्मिक रहेछ, प्रस्तुत गर्ने सैलीको तारिफ नगरि रहन सक्दिन

मुन्नी नमस्ते Happy Fathers day
 
Posted on 09-11-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् रिट्ठे भाइ। भोगाइ र गोदाइ लेखेको हुं। अनुराधा पनि त्यस्तै त्यस्तै। तर लेख्न सकुंला जस्तो छैन।
बाकी जम्मै कता गएछन् हो आज? अन्तै मेला छ कि? कतै भेला छ कि?
 
Posted on 09-11-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली त अली थाहा छैन तर एउटा मिल्दो जुल्दो हिन्दी गीत याद आयो ठुल्दाइ

जिन्दगी कि यही रीत है
हार के बाद् ही जीत है
थोडी आसु है थोडी सि खुशी
आज गम है तो कल फिर खुशी
 
Posted on 09-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भउते हिजो देखुन साली साली भन्दै थो, मुन्नि आइछिन्!

 
Posted on 09-11-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://richiweb.50webs.com/cricket.htm 
http://pklivecricket.blogspot.com/
क्रिक्रेट् का दिवानाहरुको लागि भर्‍याङ् हालेको छु। चढेर हेर्नु, यताउता न हेर्नु नि फेरि।
Last edited: 11-Sep-07 11:05 AM
Last edited: 11-Sep-07 11:12 AM

 
Posted on 09-11-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ही ही ही ही, साली आइचन्, लाज लाओ।
आज पिताजीको मुख हेर्ने दिन। पितालाई त फुनमात्र लगाईयो। अब यो चौताराँ नि पिताजीको उमेरका हाम्रा बिर्खे-बालाई नि जदौ टक्रयाएँ, यही अउसराँ।
 
Posted on 09-11-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बनाउनु सम्म बुडो बनाए गाँठे!!!
कइलेकाइँ त आफुलाई घाट लाने दिन आउन लाओ अस्तो लाउछ बाबै अचेल त!
 
Posted on 09-11-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन घाट बिर्खे बा, नरायण घाट को आरुघाट?
तारेमाम्, भउते गुरु अनि जिम्माल बा।
 
Posted on 09-11-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन छैन जिम्माल बा घाट जानी बेला भा अझै पनाति,पनातिनिक बिहे हेर्नै बाँकी छ।
 
Posted on 09-11-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पनाती पनातिनीको बिहे हेर्नुभन्दा पैले आफ्नो बिहे हेर्नु पर्दैन र भन्या?? कुरो नि एउटा!!

जदौ सप्पैलाई!!
 
Posted on 09-11-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सान्नानि!! हाहाहाहा
पनाति पनातिनीको बिहे हेर्न बाँकि छ रे! हाहाहा...बरु हाउँरि सानि पनातिनी आर्णा कत्रि भइन???

साँच्चै तितौरी कता गइन आजकल??? मउसबाँ नि आइन त!

ठुलिको आजकल बिदा छ जस्तो छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters