[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 237686 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-05-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! यो कुम्ले त साह्रै छट्टु पो रैछ! मेरो दक्षिणा त बाटैबाट उडाइदिएछ। त्यो नि हुलाकीसँग कुरा मिला'र, कुम्ले तिमी नि हुलाकमै काम गर्छौ कि क्या हो? ;)

पून्टेदाई तपाईले बरू वेस्टर्न युनियनबाट पठाउनु भए नि हुने नि दक्षिणा। बेकारमा खाममा राखेर पोस्ट गर्नुभो, कुम्लेले बीचैमा उडाइदिएछ।
 
Posted on 10-05-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

$५०० रे? राम, राम, राम! तेत्रो पैसो भा’ भे त कान्छी भित्र्याई सक्थें। छाप्रो मिल्का’र टिनको छानो हाली सक्थें। रिकुटेको आश नगरि साईको फाई त के, ओमेगा नै किनि सक्थें। कोई नपा’र चित्रलाई “लौ हजुर” भुनेर खाममा हाली हाली टक्र्याम्थेम् कि के हो? चित्रेको सपनाँ होईच भुने चईं तो खामलाई सुनको किस्ती मै राखेर, सेतो हात्ती नै चढा’र पठाईदिन्थें होला, हुलाकी नि किन चाईयो?

तै त, कुम्ले, तो रिकुटे बज्जे उस्को “किस्सा” सुनाम्न मत्र आ’ जस्तो छ। ठीकै छ के रे, रमईलै गरि रा’च। घोक्रे ठ्याकै खाएर आ’को रईच भुने त फेरि कान टट्टाम्ने अरि सुन्न पर्ने हो कि तो किस्साहुर नमरुन्जेल? “बढम् बढम् बम पड्किन्दा, जरा मेरो पैर नै गुम भईयो, फेरि दुश्मनको आगे चलि र’थ्यो हम्”। तोबा, तोबा! ए! दशैंआँ खसि भुनेर गाई नै खाइयो कि के हो मुईले?
 
Posted on 10-05-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है गाउलेहरुलाइ फिर से सलुट छ!

क्या नाम्, पून्ते दाजै त देर् के बाद् नजर् आउनु भो, के छ हो?

और् कुम्ले, तुम्ले यो साला हिन्दि त नसिकेकै अछ्छा भो। यो ज्यान् लाइ त , क्या नाम आदत पडेर पो।
कल् घरमा आमैलाइ "मा-" भनेको त बाउले झन्डै सुल्पाले झटारो हाने।

जहान् तक् मेरो बिदाको सवाल् छ, उ त बडा मुस्किल् ले मिलायेर आयेको हो यो बरस्। तिहार् को बाद् झट्से रबाना हुनु छ।
अब् दो हात जोडेर गल्लामा लियेको नेपालि जवान्लाइ घोक्रेठ्याक् लाउने किस् माइकिलाल् को हिम्मत्।

रेस्ट बात् भनेको ठिक् ठाक् छ, पर् नेक्स्ट बिदा मा गाउन् फर्किदा चाहिन् याहाका आदमिलाइ येच्याम्टि ले चादोमा हान्ने वादा भो हो।
 
Posted on 10-05-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु नि, रिकुटे? तिमी पो छुट्टीमा आ’छौ, हाम्लाई त कामको चटारो छ। बेलाँ हामी नि लाहुरे नै थेम् के रे, अहिले पिन्सिन पका’सि फेरि सेन्ट्री बस्ने जागिर पा’ छु। रात भर, तेसैले रात राती आम्न मिल्दैन के चौतारिआँ!

लु, अहिले नि लाग्ने बेला भो, भोलि भेटम्ला नि त!

एचेम्टीले चादोमा हान्ने रे? साबहुरलाई सलुट ठोकेर कमाको धनले जुरा’को एचेम्टी फुट्ला है फुट्ला! कि बेसरी धन जुरा’ छ र हौ? माउवादीले था’ पायो भुने कन्चेटाँ ताकेर लुट्ला फेरि!
 
Posted on 10-05-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! लाहुरे दोस्तपनि आउनुभएछ!

आउनुस आउनुस!!
एच्यम्टी ल्याउने रे अर्को साल? ल ल!!
 
Posted on 10-05-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राँगे जी! लाहुरबाट दशैं तिहार मनाउन आउनुभा' रैछ, ल मनाम् मनाम् मज्जाले।

हाम्लाई नि हिन्दी भाषा सिख्ने बडा धोको थियो, तपाईसे टिउसन लिन आम् कि क्या हो? थोडा थोडा त पहिले देखि नै आम्थ्यो, टिउसन लिएपछि त च्याम्पेन भइजान्छुहोला। :D
 
Posted on 10-05-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्ह क्या नाम, कुम्ले दोस्ती अब तक यही हो । यो ज्यान को पनि थोडा रुक्ने मन थियो पर आज उ खरिबोटे जिम्म्दारको मुह मा पैसा फेकेर खेत छुटाउनु छ।

येती काम को लिये त बालाइ भेजे नि हुने हो पर् असल् को बात् के छ भने, क्या नाम! उ बुढा को छोरी साला यो ज्यान् लै सरो भायेको छ। उमरमा त्यो सङ भि रङीन् बनेको हो।

अब डल्लीको मा दो-चार् खोयाबिर्के लडायेपछि मात्र लाग्नु पर्ला नीचेतिर, उ जिमदार सङा नडरे पनि, उस्कि छोरी को सम्ने त यो पल्टने ताकत् भी पानि हुन्छ हो।

क्या नाम् फिर् से मुलाकात् होल नि हो।
 
Posted on 10-05-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा सम्म आए पछि चौतारीमा नछिरी त हिँड्नै मन लाग्दैन। ढिलै भए पनि सबै गाम्लेलाई बिजया दशमीको धेरै धेरै शुभकामना। साथै दीपावलीको पनि अग्रिम शुभकामना है।

नमरी बाँचे, कालले साँचे, आम्दा जाँदा लाम्ला पिरती।

मास्टर्नी दिदी, दशैँको बासीसेल छ भने दिनुस न, कुटुक्क भोक लागि राख्या छ। बङ्गरा त किराले खाएर सक्कायो, सेल सार्हो नै भए नि कुटु कुटु अगाडिको दाँतले चपाउँदै ओरालो लाग्छु। :-)

:-)
-भउते
 
Posted on 10-05-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु राँगे, तो खेत निखनेर चौतारिआँ आम्नु बात मारुम्ला।

लु भउते नि झुल्के छ आज बाह्र बर्खमा। रमैलो होला अस्तो छ चौतारि अब
 
Posted on 10-05-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa namaskaar ! :D
 
Posted on 10-05-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार तितौरी नानि!
क्यार्दै छौ बा? माम खायौ? :)
 
Posted on 10-05-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माम् खा'छैन जिम्माल् बा , हजुर् ले नि ? खा'छैन भने म नि आउ कि जिम्माल्नि आमा ले पकाएको मिठो माम् खान लाइ :p
 
Posted on 10-05-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha!!!!!!!!1

I have been missing mah mom's recipie........ for a long time......
 
Posted on 10-05-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‍‌ॐ
मेरो क्यालेन्डरले त आज कोजाग्रत पूर्णेमाको ब्रत भनेर देखा'छ।
तितौरी र जिम्माल, आज माम खाने हो र? ब्रत बस्ने होइन?
 
Posted on 10-05-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोजाग्रत पुर्णिमाको रातमा चाँहि तास खेलेर रातै छर्लङ्ग पार्नुपर्ने होइन र?
 
Posted on 10-05-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaa me too , missing my mom's cooking .... :-( but hey rockend तर तिमि चौतारी मा आयो भने you won't miss home ke .
 
Posted on 10-05-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् कुम्ले र गालब् लाइ , आज कोजाग्रत् रे? हो त आज तास् खेल्ने दिन् :o lol birsi'raa maile ta .
 
Posted on 10-05-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess so >.............. Tyra......

thanks for the environment of the sajha chautari.......

............... home sweet home............. sajha home......
 
Posted on 10-05-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त तितौरी अस्ति को हात्ति छाप यता ल्याउ ल्याउ, आज त्यसैले दाउ लगाउनुपर्यो।
 
Posted on 10-05-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात्ती छाप भन्या के हो? चप्पल हो कि पैसा हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters