[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234670 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-24-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि पुन्टे बुडा, तिजाबेलां चेलेबेटीको चित्त दुखाउने हो त ? ल यो दल च्वाट्टै निको हुन्च ।

 
Posted on 08-24-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज (j) + ् (?) + ञ (shift y) = ज्ञ
 
Posted on 08-24-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुन्टे बुडा यसरी लेख ( ज् ‌+ ञ ) ज्ञ । मिसलाइ त कसरी सोध्नि रिसानी भछ के रे ?
 
Posted on 08-24-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै भन्या, क्यारी फकाम्नि हो अब मिसलाई? लौ, जानि जानि कसैको चित्त दुखाउन त तम्स्या’ होईन के रे। तै नि माफ पाम् भुनेर बिन्ति चढाईसकें के रे। भोलि दर खानि दिन, बोलाम् भुने नि टाढा हुनुहुन्छ, आफूसंग हेलिकउटराँ उडाम्नि पैसो छैन।

लौ, म त सुतें अब, नमेको VICKS दलेर। ठर्रा फुलु (Thera Flu) नि पियम् के रे। दैवको किरिपाले भोलि दर बनाम्ने ताकत आउला। हैन भने हाम्ले खुवाउनु सट्टा, दिदीबुईनीले बिरामी दाईको सेवा अर्लान्!

गुट नाईट!
 
Posted on 08-24-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिप्लोकानको अचार पनि बनाम्न पर्च है भुनेर, धुर्सेलीका बुटाँ चढेर सिप्लिकानका रुखाँ
सर्न खोज्दा डगंरगं लडेछ नि त.
"को हो! को हो! त्याँ बजारिनी!" भुनेर हेर्न गाऽ को त हाम्रै कुम्ले.
 
Posted on 08-24-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-06 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, कसका फोटा हुन् यी?
 
Posted on 08-24-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-

एsss आँप त खानु चाना पारी
बेल खानु फोरेर
हामि संग लाउँछौ भने
लाउ माया जोरेर
हेsss धानको बाला ललौरी बिलौरी
बिना पोते सुहाउँदैनौ तितौरी...

 
Posted on 08-24-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी-

ए बारिको डिलमा ओखर बोट
ओखर बोटमा चिल बस्यो


चित्रे-

भन्नै नहुने माया
तिमि संग साह्रै नै दिल बस्यो

 
Posted on 08-24-06 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-

ढुङ्गे बगर
माया ढुङ्गे बगर


तितौरी-

माया छँदैछ
हल्ला नगर

 
Posted on 08-24-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि (तीजको बेलामा रातो पहिरनमा चिटिक्क परेर)-

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-24-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ( जुरेली संग, रोमान्टिक मुडमा)-

त्यो पारी गाममा
रमाईलो ठाममा
कान्छि मट्याङ ट्याङ
घुम्तिमा पैरो छ
कान्छि मट्याङ ट्याङ


जुरेलि-

नलाउने मया
लाइसके पछि
कान्छा मट्याङ ट्याङ
झन मया गहिरो छ
कान्छा मट्याङ ट्याङ

 
Posted on 08-25-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई (धोबिनी संग रोमान्सको मुडमा :))-

हाsss अहिले पो बुडो भयो रे
होssss सइ सइ
सोह्र बर्षे उमेरमा
मै पनि झिल्के हुँदो हो
अहिले पो बुडो भयो रे

हाsss नानी त रैछौ हाम्रै गावँली
होsss सइ सइ
काँ हो नानी घर तिम्रो
काँ हो माइती मावली
नानी त रैछौ हाम्रै गावँली

 
Posted on 08-25-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, केटा हो! निन्द्रै परेन, क्यार्ने? नाक बुचेर, टाउको घुमेर, ठसठसि कनुन्जेल उकुस मुकुस भो! :s
 
Posted on 08-25-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त निद्रा नलागेको राति कोर्सको किताब पढ्न थाल्छु; अनि १५-२० मिनेटमै निद्रा आउँच।
 
Posted on 08-25-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्धन देखुन् माथि सब भन् भनननननननन् गरि रा’ छ, केई पढ्न नि काँर ताकत ल्याउनि? अछ्छेरै एउटाको ठाम्मा चार‍ पाँचटा देख्नि होला! :(
 
Posted on 08-25-06 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gamle haru sabai lai 'Jadhau' , saathai hajir pani gare hai miss.
 
Posted on 08-25-06 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ---ट----ट यता पूर्वतिरै हो कि क्या हो? उता अउँरिका, कन्ननीडाँडातिर हो भने त पसारिईसक्नु पर्नी हैन?
 
Posted on 08-25-06 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gotame ji,
Yata Amrica tir pani, busy huda(kam parda) kaha nindra lagchha ra?
 
Posted on 08-25-06 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gotame ji,
ma 'Tomochika' ra 'hiroshi' kai gau ko hu. Arya ko gau vanda, mero gau pallo.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters