[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १६४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 245534 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-11-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६४~







कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो 
शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 164 editions.
 
Last edited: 11-Nov-09 09:44 AM

 
Posted on 11-19-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनें चिप्लेगुरु चिनें । बायाँ पट्टीको औतारी नि चिनें ।


अनि महिला संघ खै त ?


दाँया पट्टी को औतारी को पिलेट भन्दा बाँया पट्टिको पिलेट पून्ट्या टाउको जस्तो हुनु को रहस्य के हो ? कारण सहित् भाव बिस्तार गर्नु होस् ।


 
Posted on 11-19-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न आको भनु भने मिस दिदीले गयल भा दिन गनी गनी फयल पार्दिने होला। सँगै पढेका साथीहरु दस मा पुग्ने बेला भईसक्यो आफुलाई चै फेरी २ कक्षामा घुँडा घुँडा सम्म नि आउन ढल्मल हुने सिँगाने भुरा हरु सँग राखिदिने होला। तेस्ता भुराहरु सँग बसेर बारखरी त पढ्दिन म। पढेर को ठुलो भा छ र? म त नमस्कार गरेर टाप ठोक्ने हो


नमस्कार गरेँ है सबैलाई। हिजो छिर्छु भनेको मिलेन त्यसैले आज चै सम्झेर आको है म। 


ए रिट्ठे लौ न बौचा ले के भनेको त्यस्तो, दाम छ रे नि त गालामा। दाम त खुरुक्क पाइट को चोर खल्तिमा लुकाउनु पो पर्छ गालामा टाँसेर हिंड्ने हो त? जमाना खराब छ साथी। तेत्तिको लागि  सुइकाइदेलान है फेरी। होस् पुराएस।


 
Posted on 11-19-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>म चाँही दाँया पट्टिको परें।   <<<


 


त्यो त भरी पिलेट र  आफ्नो गिलासमा माथि सम्म बियर हालेकै तरिकाले चिनिन्छ नि


 
Posted on 11-19-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे तथा चना दाई लाई नि जदौ !


धेरै पछी आउनु भो चना दाई ! आज चाँही यसो चना तरकारी खान पाईन्छ कि त


बैरे आगो लिन आ' जस्तो गरेर आएर फेरी कता गयो?


 
Posted on 11-19-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ मान्छे आयो ल चौतारी मा स्वागत छ है


ल न्वारन गरी दिम ल कसैले


बेपत्ता कुमारी राख्दा कस्तो होला


 
Posted on 11-19-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेले अन्तिमपटक राखेको फोटोको बैज्ञानिक अवलोकन शुद्ध नेपालीमा-


चित्रको बनावट र आकारले समग्रमा चित्रको वस्तुगत तिव्रता परावर्तन गरिरहेको छ। एउटै आयतन भएका दुईवटा गिलाँसहरुको रंग संयोजन भने भिन्न छन्। करिव आधि मदीराले भरिएको गिलाँसमा मदीराको सतहमा तरलको सतह संकुचनले गर्दा बनेका हावाका मसिना थोपाहरुको संग्रह वा फिँजले चरम बहुआयामिक चरम आन्तरिक परावर्तन गर्दा फिँजको रंग तरलको रंग भन्दा सेतो वा फिका देखिन गएको छ। उक्त फिका रंगले उक्त गिलाँसमा आधि भरिएको सम्पूर्ण तरललाई तरलको वास्तविक रंग भन्दा फिका देखाएको दृष्टिभ्रम हुन्छ जबकि अर्को गिलाँमा भएको तरलको रंग गाढा छ। यसबाट के प्रमाणित हुन्छ भने, एउटै तरलको पनि आयतन र प्रकाश परावर्तन आवर्तन हुने दिशको कारणले दृष्टिभ्रमको सृजना हुनगई फरक रंगको देखिन्छ। यस चित्रमा दुईवटा विषयहरु (मानिसहरु)ले दुईवटा वस्तुहरु (गिलाँसहरु) समातिरहेका छन्। दायाँपट्टिको विषय जसको पोशाकमा याक भनिने गाई समूहको प्राणिको चित्र छ, त्यसले तल रिकापिमा राखिएका ठोस पदार्थ वा गिलाँसमा भरिएको तरल पदार्थमा खासै कुनै रुचि नदेखाएको देखिन्छ किनकि लगभग सबै पदार्थहरु अलिकता पनि घटेका छैनन्। तर बायाँपट्टिको बिषयले ठोस पदार्थहरु पहिलेनै उदरस्थ गरिसकेको देखिन्छ। यसबाट के प्रमाणित हुन्छ भने बायाँपट्टिको बिषयको जठराग्नि निकै प्रदिप्त छ जबकि दायाँपट्टिको बिषयको चयापचय कृयामा केहि अबरोध भएको हुन सक्छ। केवल यो चित्र हेरेर मात्र दुवै विषयको यो कृयाबारे कुनै निष्कर्शमा पुग्न गाह्रो हुने भएता पनि, विषयहरुको हात पाखुराको अवलोकन गर्दा दायाँपट्टिको बिषयको हातपाखुरामा रौँहरु प्रशस्त देखिएको तर बायाँपट्टिको बिषयको हातपाखुरा भने लगभग मरुभुमिप्राय: देखिन्छ। यो चित्र अवलोकन बाट बिषयहरुले उदरस्थ गर्ने ठोस तथा तरल पदार्थ बिषयहरुको हातपाखुराको रौँ संयोजनसंग अनुक्रमानुपाती हुन्छ भन्न सकिन्छ। अब आयो रौँ संयोजनको कुरा , हामिलाई थाहा भएकै हो रौँ संयोजन आनुवांशिकी कुरा हो, त्यसैले यो प्रमाणित हुन्छ कि ठोस तथा तरल पदार्थ ग्रहण गर्ने गुण आनुबाँशिकि संग अनुक्रमानुपाती हुन्। एउटा तथ्यमा भने अर्को निश्चयात्मक प्रयोग गर्न पर्ने देखिन्छ। आनुवाँशिकि अनुसार दाहिनेपट्टिको बिषय भन्दा देब्रेपट्टिको बिषय बढि चिप्लो देखिन्छ जबकि दाहिनेपट्टिको बिषयलाई 'चिप्ले' भन्दछन, छैन त अचम्मको कुरा?


 
Posted on 11-19-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-19-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे के बिदी जाँगर चलेको हात चलाऊन यो बुढो मान्छे लाई ! लोल



ओहो  दिपिका के छ? सञ्चै?


खै हेरन यो बौचा ले कुन चाँही दाम को कुरा गरेको हो म त हत्तपत्ती दाम साम बोकेर हिड्दै हिडदिन ! दाम जती त सबै आफ्नै नाम को खाता मा हाल्छु म त !




 
Posted on 11-19-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त दीपूको पनि दर्शन पाइयो धेरै पछि। अनि के छ, कहाँ छौ, किन हराएको, कसरी हराएको, आज कसरी सम्झिएको, कथा किन नलेखेको, आज के के खायौ अनि लायौ आदी इत्यादी प्रश्नहरु।
रिट्ठे सर, म अलि बिस्तारै खाने परें के, साथै रहेका मित्र भने तातो तातो खाउँ छिटो छिटो मरौं भन्ने खालका परे।
लौ, पूर्वेलीहरुको त हसुर्ने ट्याम भो होला। खाम है डोल्पाली तीतेफापरको रोटी र गावाको झोल।    

 
Posted on 11-19-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! चतुरे काईँला! आज धेरै दिन पछि चौतारीमा पाईला???


ओहो दीपीका नानू, के छ बा हालखबर? धेरै दिनपछि आयौ त?


 
Posted on 11-19-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के लेख्छ यो बिर्खे बुढाले पनि
 
Posted on 11-19-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् आफ्टर्नुन जदौ तारेमाम एक्कै चोटि।
आज साउले ब्यान देखी तोरी चुट्न पठार आउनइ पाइएन भन्या याहा भने एत्रो जमात भईसकेछ। ए रामे हैन मेरो भक्खर ४ कक्ष्या पढ्ने नातिनी को काटी ब्या गरेर दिनु हँ,त्यो त जेठा को नातिनी को बे गर्या कुरो सुन्यो होला तिउले।


लौन मेरो भान्जी काबाट झुल्केको हँ आज,ब्यान देखी घाम लाग्या तेसैले रईछ,सञ्चै छौ का छौ के गर्दै छौ?

सउधी ज्यु को सिधान्त अनी चिप्ले को फोटु को बिस्त्रित बिवरण पढेर,हाँस्दा हाँस्दा पेट्को मसल को एक्स्र्साइज भएर भोक लाईसको। तेस्माथी चिप्ले ले त्यस्तो खाना को फोटो राखेर चै अन्यायै गर्‍यो।
ल बाँकी सप्पै लाई लेखेर भ्याइन्न,सप्पैलाई सम्ज्या छु है।
अलिबारा आउँला हसुरेर।


 
Posted on 11-19-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सहि नसक्नु भयो, यो भोग लागेको बेलामा के गरेको येस्तो ..........

बिर्खे बुढा, के हो त्यो बुडो भयिसकेको दिमाग मा तरुनी बायेक् एस्तो कुरा पनि आउन्छ भन्या?


एउटा कुरा है  .........

म साझा मा आउन थालेको १ बर्ष भयो तर कमेन्ट गर्न थालेको एक हप्ता जती हुन थाल्यो

मैले थाहा पाये सम्म सबैले बिर्खे लाई बुढा नै भन्छन  .........
हैन साँच्ची यिनी बुढा नै हुन कि?
अथवा हामी जस्तै खायिलाग्दो "young" केटा हुन? 
 
Posted on 11-19-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>हैन साँच्ची यिनी बुढा नै हुन कि?
अथवा हामी जस्तै खायिलाग्दो "young" केटा हुन?  <<


खाइलाग्दो चाँही होइन राम्पुरे, खाइसकेको चाँही हो ल


 
Posted on 11-19-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको कुरा सुन्दा,

सोझो तरिकले त बुझिन,

तर म मा भएको अजबको बाङो  बुद्धी लगाउन्दा "खयिसकेको" भन्नाले अर्कै बुझ्न आयो  ......

एस्मा मुख्य कुरा चाँही के भने.... लहरे ले त्यो कसरी थाहा पायो?

 
Posted on 11-19-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बुढा को मुख्मा कुरा अड्किन्छ


अनी ओखल्छ कुरा सबै


अनी सामातेर राखेको


अहिले टाँसिदिएको


 
Posted on 11-19-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, ओकलेको कुरा समातेर राखेको ?

बल्ल प्रस्ट भयो,

ल समस्तमा मैले बुझेको कुरा चाँही  ............

बिर्खे बुढाले " खायिसकेर" ओकल्दा लहरे ले समातेर राखेको,

जुन कुरा अहिले यो चौतारीमा टांसेको ....
 
Posted on 11-19-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एही हो ल जिम्बाल - २० बर्ख अगाडि को फोटो



 
Posted on 11-19-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ... २० बर्षा अगाडिको जिम्म्बाल लोल
 
Posted on 11-19-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम भन्न आ म त, भोक लाएर आयो, एस्सो लेर आउँछु, अनी पढुम्ला कल्ले के लेख्या भनेर

जम्मैलाई झ्याम्मै प्रणाम गरेको है, कोइ छुटेको छैन भन्ने मान्या छु

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters