[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 180136 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-28-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएछ नि त्यो के जाति निशान्ते पनि । समिधा ( बुहारी:P) खै त नि ??
 
Posted on 11-28-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ल, कुम्ले नि घुम्न गा' रे सान्फ्रे? :D भनेपछि दालमें कुछ काला है। :P
 
Posted on 11-28-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच!
त्यहि त कुम्स ब्रो गाल्स सोम त हाम्रै ग्याङ को पो रैछत हौ, भर्खरै कुरा गरेँ मैले नि।
चित्रेस फिरि रड्डिज गर्दिने के मलाई जिम्स सुड्डा भनेर।
 
Posted on 11-28-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म ढुक्क भए पुन्टेदाले भने'सि चै । नत्र यो समिधा ले गर्दा (रिसानि माफ है) , हुनत म मिस ,सुभ हैन है भनेर हिजो रोइराथीन के रे ।। नरोनु समिधा म नि तिम्रै सपोर्ट गरुम्ला है त :) :)
म त फुरुंग अब चै । ल हिडे तोरिको साग टिप्न । तोरिको साग खान मुन ला'च मलै त
 
Posted on 11-28-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि खाने तोरीको साग् मिस।
ए निस् तिमिनै भन्देउ न त को हो भनेर, कति भेजाको दही गरिरा?
 
Posted on 11-28-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मैले त ध्यान नै नदिराको नि फिरि, कुम्स ब्रो सान फ्रान्सिसको :P

"दाल मे कुछ काला है" रे हे हे हे मुझे तो पुरि दाल हि कालि नजर आ रहि है गावँवालोँ :)
 
Posted on 11-28-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मामा.....
क्वाँ क्वाँ.....

मु तपैंको चक्कली भान्चा हुम्
लुन्ते बन्दर नक्कोली हो.....

मुलाई चुकलेत किन्दिनु भनेको...
क्वाँ...क्वाँ....
 
Posted on 11-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली भान्जाको
सक्कली भन्ने आँट?
"चुकलेट" खाँदा
फुस्केला दाँत!

:p
 
Posted on 11-28-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई मनी चक्लेत खाने ।
 
Posted on 11-28-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा "सामुदायिक दण्डबत" भनेको के हो ?
 
Posted on 11-28-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईंईंईंईंईंईंईंईंईं गल त, ठुल्बुईनी!

हेल हेल! किलाले पिलै दाँत खाईसकेछ!

चक्लेट सक्लेट कानु हुन्न अब धेलै!
 
Posted on 11-28-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मैले त ध्यान नै नदिराको नि फिरि, कुम्स ब्रो सान फ्रान्सिसको :P

"दाल मे कुछ काला है" रे हे हे हे मुझे तो पुरि दाल हि कालि नजर आ रहि है गावँवालोँ :)
 
Posted on 11-28-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोन गर्नेलाई धन्यवाद! फोन उठाउनेहरुलाई धन्यवाद!!! चौतारीमा बसेपछि, कताकताका मान्छेसँग भेट हुने रैछ गाँठे!

भनेसि, निशब्रोको सक्कल चिन्ने सिमित व्यक्तिहरुमध्ये म पनि परें के रे!!! तपैंहरु चैं गेस गर्दै गर्नुस्।

ल, चित्रे चौतारीको पोस्टले ३०० नाघेछ, नयाँ चौतारी बनाउन यसो होस्टे हैंसे गर ।
 
Posted on 11-28-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई दात किराले खाए हाम्रो गाम को झाक्री बालाई बोलाम्ल । ल जे हो चक्लेत त किन्दिनै पर्छ ।
 
Posted on 11-28-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चईं मुलाई कता कता तो निसे बज्जे कुम्ले जस्तो लाग्न था'लो।

यसमा त म बाजी नै थाप्नि, लौ!

ईनिसियल ईन्क्स्‌टिन्क्ट ईज अलवेज राईट भन्थे। निसेको सबभन्दा पहिलो पोस्ट हेर्दा मुलाई कुम्ले जस्तो ला'थो, पछि के के भो के के।

होईन भने आल्काटृाज् के कस्सम् खाऊ त ल, कुम्ले! :p
 
Posted on 11-28-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाँक्री साँक्री होईन, ठुल्बुईनी, भनेको मानेनौ भने मिसको चड्कनले सबै दाँत झार्न लाईदिम्ला!

बरु तातो तातो दुध खाऊ! के को चकलेट सक्लेट? :p
 
Posted on 11-28-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनी चक्लेत खाने
 
Posted on 11-28-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले, अब त मेरो जासूसीमा विश्वास भो? :P

पून्टे दाई, म चैं मेरो शंका यथावत् नै राख्छु , जिम्माल बा माथि। :P

ठूली, पून्टे दाईले नकिन्दिए म किन्दिन्छु नि तिमीलाई चक्लेट। ;)
गुन्टे, लुन्टेलाई चैं किन्दिन्नँ।:)
 
Posted on 11-28-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaale kata bata ho hamro gamtira? La yeso meso milayera phone garumla.
Yi mukundo bhut kata bata ayechan? Balla kata kata bata suge rog gako thiyo aba chautari ma bhut po auna thalyo. Lau na poonte dai kastai jhakri sakri chhainan coke ko coke beer ko beer banaune. Yeha ta coke ra beer ko babal cocktail bho.
 
Posted on 11-28-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजी ठोक्ने, चित्रे? म भन्छु कुम्ले, तिमी भन्छौ जिम्माले।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters