[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192471 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन वीरखे बा, यो मङ्सिर म त घर जुम नगरि भन, लौन एउती केटी कोइ छैन तपाईं को नजर मा? वा गोरी गोरी मैया हरु हेर्दा हेर्दा हैरान भैइ सकियो, कसैले बाल दिन्नन्, अब आफ्नै नेपाली कन्या खोज्नु पर्‍यो भनेर चोउतरी म एसो आँखा दुलाको, कोइ देख्दिन , मन ले खानि , तपाईं लाई बरु एसो जाडो म लौनी फलातीन को भोटो हल्दिउल नि । । लमि भए बापत । ।
 
Posted on 09-08-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले , मेरो नाम् त तितौरी हो, तारादेवि भन्ना साथ् मिठो गीत् याद् आउछ मलाइ भने बाथरुम् मा मात्र गाउन आउछ अनि कुरा मिलेन ,नामै मिलेन ।
चौतारी को रुख् काट्ने चै कुरै नगर्नुस् है ,अनि के भएर त्यस्तो टाप टिपे बानि ला'हो? त्यो दर्दभरि काहानि कै इफ्फेक्ट् हो कि :p

पुन्टेदा ओरिजिनल् फोटो राख्नुस् जे पर्ला पर्ला हामि कुरा लाउन्नौ ठुल्भाउजु लाइ। :D
 
Posted on 09-08-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुको फोटो टाँस्ने पर्तियोगिता गर्ने हो त। मसंग भाको फोटो म टाँस्छु । हजूर हरु संग भएको हजुर हरुले टाँस्नुस ल हुन्छ ?
:):):)
 
Posted on 09-08-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढेँ चित्रेको वाल्यकालको कथा। रमाइलो रहेछ।

मिसले पनि आफ्नो फोटो टाँस्ने रे? मिस वाल्यकालको छ भने टाँस्नु क्यारे!

अनि तितौरीको वाल्यकालको फोटो चाँहि कहिले आउने होला कुन्नि? खबर आज पठाए त भोलि सम्ममा आइपुग्नु पर्ने हो क्यारे घरबाट।
 
Posted on 09-08-06 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् त अन्तिम् दिन् हैन् चौतारी महोत्सब् को ,अनि त हुनुपर्यो नि closing ceremony हैन र भन्या ?
चित्रे को चित्र प्रतियोगिता को पुरस्कार् ?
मिस् को हाजिरि जबाफ् को पुरस्कार् ?
धेरै बोल्ने ले पाउने पुरस्कार् ?
सबै कता हो???
 
Posted on 09-08-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाईलो भएछ चौतारीमा। पुण्टे दा को जोक रमाईलो रहेछ।

तितौरीको स्केचलाई यो चौतारी महोत्सबको उत्कृष्ट पुरस्कार दिनु पर्छ। साह्रै राम्रो छ। मौका मिल्दा हुँदी यस्तै चित्र अरु पनि टाँस्नु है!

ठूल्नानीले माथि कतै 'ठोसा' भनेको बुझिन भनेको रै'च। गहुँ, धान आदि काटिसकेपछि जमीनमाथि बाँकी रहेको टुक्रोलाई 'ठोसा' भनिन्छ हाम्रातिर। माथिको जिब्रो बंग्याउने खेलमा मिलाउनलाई मात्रै ठोसा शब्द राखिएको हो, सुनको ठोसा भन्ने कुरो हुँदैन।

चित्रेको कथा र बच्चा बेलाको फोटो दुबै कस्तो राम्रो!

यो कैले मोरो, जता गएपनि यस्तै हो। दश बर्ख पहिला यस्का छातीमा एउडीले ड्या--म्म धोकाको गोली पड्काई रे! अनि तीन बर्ख पहिला पनि अर्कीले धोकाकै छुरी रोपेर हिनी रे। घाउ त निको भैसक्या हो अरु बेलाँ, तर नर्सिङ ट्वाक ला' बेलाँ भने अलि अलि बल्झिँदो र'च। अनि यो कैले पनि बाँदर जस्तो आफ्नो घाऊ कोतरेर मात्रै बस्छ!

मिसको प्रश्नहरु पनि एउटा पनि मिलाउन सकिन, चित्रेका पनि सकिन। बूढेशकालको खिया लागेको दिमाग!
 
Posted on 09-08-06 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रले बाल्यकालको फुटो टाँसेको देखेर मलाई पनि रहर लाग्यो, तै भ'र मेरो बाल्यकालको फुटो टाँस्दैछु।
(हा हा हा, मेरी छोरीको फुटो हो है यो! सबैले मैजस्ती भन्छन् भनेसी बच्चामा म यस्तै त थिएँ होला नी!)
 
Posted on 09-08-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो बिर्सेछु गाँठे!

 
Posted on 09-08-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी बांगिएछ, माफ पाम्।
अस्ती हुँदी कविताको देशमा सान्नानीको अनूरोध सम्झेर टाँसेको है!

 
Posted on 09-08-06 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो राम्ररी टाँस्न जानिएन जस्तो छ। बिग्रेर आयो कि क्या हो!
 
Posted on 09-08-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG sooooooooo cute li'l angel !
gautam ji you are so lucky to have such an angel in your life .
god bless her !

:-)
 
Posted on 09-08-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naam ta sodhna birsea chhu " arya" bhaneko jasto laa'thyo ho ?
mero pani auta dai ko chhori chhe arya tei bhaera yaad bhaa ....kasto raamro naam pani :D
 
Posted on 09-08-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद तिरु। आर्यानै हो नाम।
 
Posted on 09-08-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले नाक ओभानो कहिले भएन भोटोको माथिल्लो तुनो कहिले लागेनो ( मैलै यो अन्दाज गरेको के :P) , अझ अहिले आ'र छोरि राम्रि देखेर म नि यस्तै थिए भन्न का पाइन्च गौतमजी
:D :D
अनि यस्ति छोरिलाई देख्दा कविता फुर्ने नै भयो नि .... अर्को धागोमा देख्या थे "आर्या" कविता
 
Posted on 09-08-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको अन्दाज मिलेकै हो! हा हा हा! ऊ बेलाँ हाम्रा बाउ-आँलाई कता'ट फुर्सद हुनु हाम्रा पछि लाग्न?!
 
Posted on 09-08-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, गौतम्जी को छोरी कस्तो सचिकै को पारी जस्तै ;)

*god bless*
 
Posted on 09-08-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! गोताएँ जी कि छोरी कस्ती राम्री! मलाई मेरी भान्जीको याद आयो! नाम नि कस्तो राम्रो राख्नु भा रहेछ।
 
Posted on 09-08-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले मेरो अन्दाज गरेको :)

 
Posted on 09-08-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters