[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 192834 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-16-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मोरेचन धतुरेहुर, सबैको काम परेको जस्तो छ ।
घर भित्र त ‌+22degC नै छ केरे ।
आफ्नो त हिजो राति तापमान -39degC -30degC Windchill = (दुईटै एकै चोटि नराम्रो नभए पनि जति खेर सुकै पनि -50degC भन्दा तलै नै थियो)।

अहिले भर्खर -26 degC र windchill -36degC (=-62degC).
भोलि पनि यस्तै हुनी अरे ।
धन्न यस्तो बेलाँ धेरै जसो ठाममा बिदा दिन्च केरे ।

झ्याल बाहिर हेर्नी हो भने बैशाखे घाम जस्तै टह-टह घाम लागेको छ । बाहिर निस्के हाडखोर समेत जम्छ अरे ।

अनि क्यार्नु, बिहानको खाना खाए देखुन नै जो तुच्च तुच्च पार्नी एक जाना साथीको घराँ बसेर, फिलीम हेरो, कोही तास खेल्चन यस्तै हो :)

अझ १ दिन छ यो आर्कटिक को बतास लाग्नी, त्याँसी त फेरि +10degC तिर पुग्च ।

ल आम्दै अरम्ला फेरि, साथीहरु सबै काममा ब्यस्त छन जस्तो छ, सबैको काम राम्रो हउस्, शुभकामना है

Keep rolling...
 
Posted on 02-16-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आङगै सिरिङ्ग भो तेताको जाडा कुरा सुन्दा। बिर्खे, भउते, मुन्द्रे, दादा सबै कता गाका हुन्, कोही देख्दिन यहाँ त। आठ लम्बरको चौतारीमा त परदेशी दाजैले माओवादी भएँ भनी बम सहितको फोटो टाँसेका थिए। त्यहाँबाट मान्छे तर्सेर भागे पनि यहाँ त तेस्तो हुन नपर्ने हो।
 
Posted on 02-16-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दम्तरीरु त कालापानी तिर ग'चन कि के होला? चुनापाँ भोट हाल्न पर्च भनेर मौलान पसेका, अइलेसँ नी आनन् तो ! एउडो नारान दाइको गीद गाम्न मुन लाओ, त्याँसी हिन्न
पर्ला ! :)

सम्हाल घुम्टो हरु
सजाउ केशहरु
म आएँ आँधी बोकेर
सम्हाल बेगहरु ॥

आँधीले उडाइदेला लाजका ती पर्दाहरु
बतासले खोसीदेला ओठका ती हाँसोहरु
यो आँधीलाइ कालै सम्झि नछोड दृष्टिहरु
आँखामै सुकिजाला लुकेका बृष्टिहरु
म आएँ आँधी बोकेर सम्हाल बेगहरु

आज भागिगयौ दिएर चोटहरु
गाउँछु म सुसेलीमा भरिला यी बेथाहरु
म आएँ आफ्नै भनी लिएर चिनोहरु
लुकाइ प्यारा प्यारा कलिला बैँसहरु
म आएँ आँधी बोकेर सम्हाल बेगहरु

सम्हाल घुम्टो हरु
सजाउ केशहरु
म आएँ आँधी बोकेर
सम्हाल बेगहरु ॥

 
Posted on 02-16-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे भाईले क्या गीत सुनाए है । यो त मेरो अतिप्रिय गीतहरु मध्येको एक हो । यस्तो मधुर संगीत, डुबेर गाएको स्वर र आँधी सरह प्रबल शब्दहरु दुर्लभै भेट्छु म ता ।

'लुकाई प्यारा प्यारा.. ' भन्ने शब्दलाई कुन चरमोत्कर्षमा गाईएको छ, एक बाजी ध्यानले सुनम् त । म त भुतुक्कै हुन्छु त्यहाँनेर ।
 
Posted on 02-16-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाओ धेरै दिन भा'नि आईयो चौतारां। के को चटारो हो के को चटारो। फुर्सत भनेसि पटक्कै नहुनि गांठे।
हैन, कुरा अर्दै जांदात केटाजति जम्मै गाम्ले परेचनकि क्याहो? तेतै आंदिआ संगै पौरेका, क्युरअमा हाम्फालेका दौतरि त परेनन्? अब चाइ धेरे मुखुन्डो लाम्न ठीक हुन्नहैकेटाओ। ळौ जे भनेनि भनो म चाइ घुर्मैलो घुर्मैलो देखिनिअरि मुखुन्डो निकाले।
सिरे, तिम्रो घर तलका मध्य कुन ठामतिर पारो?
पकान
सिम्ले,
सोरेक,
डौआ,
अझै तल जानिओ भने अलि नाम आऐन यार।
कि आदि पारि पारो?
बयंरघारि, ओसेक, दहुं
कुन स्कुल पडेकाउ यार तिमि?
लौ चिनजान अरम भो जे भानि।

बिर्खे,
ऐ रातै हैन तिमि कतातिरका पर्यौ? जम्मै मेसो पारैचौ यार। म परे खिलुङ देउरालि-८ को। लौ अब तिम्रो काता परो भन भन भो।
जे भानि, संगै बसेर तु्च्च तुच्च पार्न पाअ कति दामि हुन्तो गांठे।
 
Posted on 02-16-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kick जी,
त्यो कुन हिमालको फोटो हो ? सगरमाथा त हैन, हो र ? मेरो डेस्कटपमा राखेको, मान्छेहरुले सोध्न थालेका छन्, त्यसैले कृपया नाम थाहा पाउन पाए हुन्थ्यो । धन्यवाद ।
 
Posted on 02-16-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्चन्जङ्गा हो क्यार
 
Posted on 02-16-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ? कतिको बाजी ? ;-)

हुनपनि सक्छ, तर कञ्चंजंघा लेखेर गूगल गरेको, यो सँग मिल्दो फोटो देखिएन ।
 
Posted on 02-16-06 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सगरमाथा नै हो ल ।।।
ठोकेर भन्दिन्छु ।
काला-पत्थरा बाट खिच्याँ, साईड मा लोप्तसे र कुन्नि के हिमाल हो !! ठोक्ने भे ठोक्ने बाजी -- :P
 
Posted on 02-16-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रमाण के छ ? कि सगरमाथा लेखेको दुरुस्तै खाले एउटा अर्को फोटो देखाउन सक्नु पर्‍यो! :-p

अर्को चाँही नुप्त्से भन्या ?
 
Posted on 02-16-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मैले ठोकुवा दि सक्यो पछि नि प्रमाण चाहिन्छ र? बिरादार, मेरो वचन भिमसेन-गोला, आई मिन, ढुंगाको रेखा - मैले भनेसि सबुत-प्रमाण केही चाहिन्न :p

त्यो खुईरेलाई त ब्रो हिउको थुप्रो देखाएर "दिस ईज एभरेस्ट, यु नो?" भनेसि ट्वाल्ल हेरेर दंग पर्छ बज्जे हरु -- सगरमाथा नै हो भनि देउ न तिम्रो साथी हरुलाई।।। :P

(यो प्रोगरामर हरुलाई अत्ति सबुत प्रमाण चाहिने के ehe)
 
Posted on 02-16-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जे भएपनी हाम्री नेपाल आमाकै त हो नि :)
 
Posted on 02-16-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"winter here must be nothing compared to where you're from" भन्ने हरुलाई त जे भन्दिए नि हुन्छ! पोहोरसाल नेपाल जाँदा यसो basecamp sescamp सम्म पुगेर भएपनि यहाँ आएपछि गफ दिन सक्ने हुने लक्ष्य थियो, अनुकुल नै मिलेन । अब कमसेकम यो फोटोहरुमा चाँही फेल नखाँउ कि भनेको हो, तर अब ब्रो ले भनेपछी ल ठिकै छ । अब redstone ले समेत आपत्ति नदेखाएपछि, सगरमाथा नै सहि । पछि हैन रैछ नि भन्ने आए भने, it used to be, but you know the height keeps changing भन्दिम्ला!
 
Posted on 02-16-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो आर्को target । साबधान । । । । । ।

 
Posted on 02-16-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो बिशाल हिमाल, सुन्दर पनि तेस्तै । मन आफ्नो पन ले न्यानो भो तर खुट्टा एक्दम चिसा । खुट्टा छामे, मिनिसोटाको हिउले त पक्के होइन । हन्टर्स बेका न्याना छालाका जुत्ताले राम्रै जतन गरेका छन । तर खुट्टा चिसा भै रहे । कता कता चिसा खुट्टा पानिले भिजेको महशुस भो । सधै तातो पानिले नुहाउने यो अमेरिकाको पानिले पक्कै नि भएका होइनन यि खुट्टा चिसा । तेसै मन बेचैन भो । दिउसो मध्यान्नमा हिड्दा हावाले उडाएका ढुंगा अनुहारमा ठोकिएको महाशुस गरे । मन पनि उड्यो हावा सगै सरर , तेहि दिउसो १२ बजे उड्ने हावा संगै जोमसोमे बजार तिर । ५ बर्ष अघि तरेको कालिगन्डकीको पानिले खुटा अझै चिसो बनाइराखेको रहेछ, नेपालको मायाले मन अझै न्यानो बनाइ राखेको रहेछ । आफ्नो देशको माटोसंग नमेटिने माया बसिसकेको रहेछ , देशका हरेक कुनासंग पिरती गासिसकेको रहेछु ।
यो तलको तस्बिरले ५ बर्ष अघि १२ बजे जोमसोमको हावा खादै कालिगन्डकिको तिरमा हिडेको याद दिलायो । यो हिमाल अन्नपुर्ण दक्षिण (annapurna south) हो । उक्त तस्बिर क्यानाडाकाAndrew Stevenson ले खिचेका हुन । यो हिमाल कास्किको घान्द्रुकबाट पनि प्रष्टै देखिन्छ ।

 
Posted on 02-16-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्, गजब को कुरा भन्नु भो नेपालीएन ब्रो, अत्ती नै उत्तम लाग्यो
 
Posted on 02-16-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैच केटाओ चौतारी तिर?
लु नयाँ गाम्ले नि आएचन!
राते (redstone) नि रेच अनि कम्फुटाराँ पिरोगराम बनाम्ने खल्बले (echoes) नि आएचन्। लु बसम चौतारिआँ रमाइलो अरुम्। नमेले भनेओ अस्तो त्यो त अन्नपूर्न पो हो त क्यारे नि, अब फोटु मात्तै हेर्दा त मुइँले नि ठम्म्याइन तर ठाम हेर्दा मुस्ताउँ मुस्ताउँ अस्तो लाओ, त्यसैले
अन्नपूर्न भनेर पक्का पक्कि भो मुलाइ। मुस्ताउँ जिल्ला नि अचम्मओ जिल्ला च रे नि गामलेओ! चाइन्जो थाउखोला (थाक खोला) भन्ने ठाम नि त्यइँ पर्च रे। थाउखोला फेरी मजाओ ठाम रे, हिमाल (Himalayan chain) बाड उत्तर मा पर्च रे। क्यार्नु नेपालाँ छँदा जाम जाम लाउदा नि जान मिलेन। काइँ नपुए नि त्यो काउबेनिआँ (काग बेनी) पुग्ने मन् थ्यो मेरो अब नमारे बाँचे कालले साँचे जाम्ला के रे नि।


हन लाले के भन्च? खिलुउँ देउराली -८ को रे? त्यो बएरघारिओ पुल तरेर जानि हैन र तेता? त्यो सिरेले भनेओ पुल के। अब म चाइँ तेताओ परिन भन्नाले जन्म्या ठाम त्यो हैन तै पनि बेला बेलाआँ नेपालाँ छँदा साउको काम अर्दा गइरन पर्ने भ'र था पा छु के ति ठामअरु।
 
Posted on 02-16-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन परदेशी दाजै कुन जिल्ला हान्न लाएउ अब?
त्यो अस्ति अर्को चौतारिआँ देखाओ के जाति 'सकेट बम' त पड्कि सको हैन र?
 
Posted on 02-16-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले तो कुनातिर मिला'र राखेको स्यानो फोटु ठुलो बना'र हेर्दा यस्तो छ है !घान्द्रुककै एउडा लज बाट लिएको फोटु ! हुन त पैला नि साझामा कतै टाँसेको हुम्, फेरि पनि एउपल्ट हेरम् !

 
Posted on 02-16-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha.. shree5 says -26C and -36C windchill add up to -62C ?????? Looks like you are studying wrong weatherology course. Use brain bhaiya.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters