[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 278894 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए असत्ति मिस्टे म बुडोलाई क्यार्न तिउँरो झगडाँ मुछ्छौ हँ?
हाउँरि नातिनीलाई जे पाओ तेइ नभन त, फेरि उसको भेना आउला र तिम्ले आफ्नै बुडि नि नचिन्ने बनाईदेला!!

अब तितेपाति तितेपाति झ्याप झ्याप झ्याप भुनेर अगेर हाउरो जमानाँ भकुन्डो खेल्दा भन्ते के रे, एति मात्ते था छ मुलाई!:)
 
Posted on 01-30-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा ह्यारि र मैले तपाइको भालेलाइ खोरबाट पुरस्कार जितेर, तेस्लाइ छ्याक्क पारेर, तातो पानिमा हालेर भुत्ल्याएर, चुपिले टुक्र्याएर, तेल मसला हालेर भुटेर, धोबिनिको भट्टिबाट पुरस्कार जितेर ल्याको तिनपानेसँअ धरोधर्म कोप्ल्याको हैन!
 
Posted on 01-30-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिस्टे जिम्माल् हजुरबाको त दातै छैन गिजा मात्र छ कता बाट बङारा झार्छौ नि? hehhe
 
Posted on 01-30-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दाँत त ठुल नानी ले अस्ती नै झारि सक्यो नि हगी ?
 
Posted on 01-30-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेह्हेहे आ लब् योमरि। मेरो जन्म दिन् आउदै च। आमालाइ योमरि बनाउनुस् भन्नु पर्ला। हम्रो बिर्खे दाइ को दात् झर्ने मेरो हिम्मत् चैन तर मुसाको चै हिम्मत् रैच। :P
 
Posted on 01-30-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Titauri mori, Jimmal Suddo!
Timi haru Thulnani ko support gare pachi mero dushman bhai halyo ni.
Tetti pani bujhdainan.
Bangara jharne haru ko namelist...(Updated)
1) Gwache
2) Jimmal Suddo
 
Posted on 01-30-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे असत्ती मोराहो झूठ् चाहिँ न बोल है, यो बुढाको अगाडि। हिजो साँझमा यहि चौतारिमा बसेर ह्यारि र ग्वाचे ले पिलान बनाएको। म नि कुना बसेर सुनि राख्या। ल सुन्नुस् हिम्माल् बा, ह्यारि र ग्वाचेको कुराकानिको सबुत् प्रमाण्, मैले नि इलाहाबाद् बाट् ल्याको टेपृकर्ड् मा झ्याप हान्नेदेको नि, चिलिम् को सुर् म।

"हुन्छ हुन्छ तेसै गर ठुल्दाइलाइ नि लियेर जाउ ! सान्नानीक हजुरबा बुढा चिलिम र फिलिम भने पछि हुरक्कै हुन्छन , जवानिमा लाउर गा'का लाउरे जो परे। तो के जाति फिलिमको हिरो दिलिउ कुमार कि के भन्नेको त खतरा फ्यान रे! जता भेटे नि फिलिम कै कुरा गरेर दिमाग नै खान्छन बुढा। हाम्लाइ के था तो दिलुउ कुमार भुन्ने हिराँ बारेमा। आफुले नेपालि फिलिम त हेर्‍या छैन, तो हिन्दिको हिराँ बारे के जान्नु! ठुल्दाइ नि गोडा चारेक बर्ख इलाबाद भुन्ने ठाम्मा दर्बानी गरेर आका हुन अस्तो मानिचु, उन्लाइ नि फिलिमको गफ गर्न आइहाल्छ क्यारे । यता ठुल्दाइले बुढालाइ चिलिम तानाउँदै दिलिउ कुमारको फिलिमको गफमा भुलाम्छन्, तिमी पछाडि खोरमा गेर पुरस्कार थाप्नु! "
 
Posted on 01-30-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! यमराज नि आएछ, योमरी लिएर! :D


योमरी च्वामु, उके दुनि हामु
ब्युम्ह: ल्यासे, मब्युम्ह:बुरीचा।


यसको अर्थ:-
योमरी चुच्चो हुन्छ, त्यसभित्र तील हुन्छ
दिने तरूनी हुन्छ, नदिने चैं बूढी हुन्छ।

ए ठूली, तिमी मलाई योमरी बनाएर देऊ न, मलाई कस्तो खान मन लाग्यो। मलाई थाहा छ तिमी एकदम ल्यासे (तरूनी) छौ भनेर। :P ;)
 
Posted on 01-30-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी फकाउन सजिलो हुन्छ, बुढो फकाउन गारो भन्थे हो रै'छ। ठुल्दाइ बुडालाइ किन कुरो लाउन पर्ने नि फेरी, झन आधा कुखुरो ख्वाएर फकाको हिजो, आज चिलिमको सुरमा जम्मै फलाक्देचन। आफूले खाको चैं काँ गो नि? खै ल्याउनुस चिलिम, तानुम बरु!
 
Posted on 01-30-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, यो ग्लोब त बाथो छ है ठुल्नानी लाई फकउँदै छ । ।
 
Posted on 01-30-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोराहरु चिलिम चाँही पुरै तान्ने, अनि बुढो भन्ने थाहा हुँदा नि हड्डी मात्र दिने ? अन्याय भए पछि भन्दैन त ।
लौ मागे पछि दिन्न भन्न जान्या छैन, पुरै तान्ने होइन नि फेरी ।
 
Posted on 01-30-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब पिलान चौपट बनाइदे बुढाले, तिम्ले नै लिएर जान्छु भुन्या त हो नि ठुल्दाइलाइ! बुढाले आधा कुखुरो नि खाए पोल पनि लाइदे, क्या झुर! अब सान्नानिको हजुर्बाले नराम्ररी सराप्ने भे! त्यो श्रापमा नि आधा भाग चाइ ठुल्दाइ को है!
 
Posted on 01-30-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, खै म पनि एक चिलिम तनुम त । हिजो सहर बाट साथी हरु आका थिए सबै खाई दिए
आफु चै भुक्का भने ।
 
Posted on 01-30-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यमराज! हा हा! तिमी बल्ल चौतारीमा आएको मान्छे, कसरी थाहा पाउँछौ त? मैले ठूलीलाई फकाएको अहिले हो र? जुगौं भइसक्यो।सारा गाम्लेलाई थाहा छ ;)

ए ठूली, यो योमराजलाइ पकाएर म कहाँ पठाइदेउ न, ए सरी! योमरी भन्नु पर्नेमा योमराज पो भनेछु। :P
 
Posted on 01-30-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ग्लभ त लास्तै फता छ है ठुल्नानी, यो मान्छे लाई त मैले देखि नै चिनेको हो
 
Posted on 01-30-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे और् ठुलि कि कहानि
ये है बर्सौ पुरानि !

भर्खर् पृथिवि लोक् मा झरेका यमराज् लाइ के थाहा । :D

हे मलाइ एउटा फिल्म याद् आयो यमराज् पृथ्बि मा आएर आइस्क्रीम् लाइ " मै हिमक्रीम् खाउङा" भन्छ नि।कादरखान् को लोल् :D
 
Posted on 01-30-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरिलाई नि तारेमाम है । चिलिम त तान्छौ, बेइमान चाँही न गरे नि । हिजो गामका छुल्याह हरुले झुक्याएयो बुढो लाई, के के न कुरा गर्नु छ भनेर हिम्माल बाको घराँ लगेर, कुखुरा चोरे छ, खाए छ, झुक्क्याएर मलाई नि ख्वाए । अझ भए जती चिलिम तेहीं स्वहाँ पारे । आफुलाई सुत्ने बेला कस्तो सकस् ।
 
Posted on 01-30-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hhehhee u r so funny. :D

यमराज को कस्तो छ भनेर मलाई सबै थाहा छ । पिर नगर म यस्तै चित्रे को हात पर्ने छैन ।
 
Posted on 01-30-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! योमराज, मेरो चौतारीको नाम त थाहा छैन रैछ, ग्लभ भनेर बोलाउँछ, त्यस्तो मान्छेले मलाई पैले देखि नै चिनेको रे! :D "ईन्द्रको अगाडी स्वर्गको बयान !" :P

गालुलाइ त मैले जोकर भनेर छोडिदिएको, फेरी यो ञोमराज भिलेन बनेर हाम्रो बीचमा कहाँबाट आयो? :@ ;) :P

तितौरी, धनियाँबात सुपोर्तको लागि। :)
 
Posted on 01-30-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिते ! आफु त हेर सबै को घर घर मा पोपुलर छु । कुन गाम मा के के हुँदै छ सबै ठाहा छ मलाई , अनि तिते तिम्रो पाप हरु सबै चित्र गुप्त ले नोट बनाएको छ । सोच है सोच

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters