[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 244828 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-20-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हल्ला हो ब्यान ब्यानै?

क-कस्ले ले येलो कार्ड पाए रे हिजो? हा हा हा!! म बाहेक अरु सबैलाई दिनुपर्छ। अब फेरि अर्को येलो कार्ड पाए भने एकदिनको लागी चौतारीबाट आउट तिनीहरु!! बुझ्ने नबुझ्ने भाषामा लेखेर!! हैन यी केटाकेटीहुर कहिले सम्हालिन्छन्? नसकिने भो!! हरे शिव!!

~'~
मास्टर्नी दिदी, चित्रे र कुम्लेलाई नमस्ते टक्र्याएँ है ।
 
Posted on 12-20-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
क-कस्ले ले येलो कार्ड पाए?
 
Posted on 12-20-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले पाउने नि येलो कार्ड? निस पाटले पाएछ है अन्त अहिले नोर्बु, बाङ्गे, डल्ले, साइको सबै केटाहरु दादाको घर घेर्न गाको छ रे! निस पाट त सेन्टि भएर बसेको छ रे!

दशरथ रङ्गशालामा उहिले फुटबल खेलेको बेलामा अर्को टिमको खेलाडीको खुट्टा भाँच्दा त रेफ्रीले येलो कार्ड देखाको थिएन रे हाम्रो निस पाटलाई, आज दादाले देखाइ दिनुभएछ, बबाल सेन्टि भाको थियो। आबो निस पाटको अनुहार अलि सेन्टि देख्ने बित्तिकै केटाहरु के हुन्छ के!! आबो तिनीहरुलेपनि येलो कार्ड पाउँछ होला। तिनीहरुपनि सेन्टि होला।

अझ सिम्सलाई त थाहा नै छैन रे, उस्ले थाहा पायो भने उस्ले नि लेडी ग्रुप लिएर आउछ होला!!

बबाल हुने भो आज!!

:पि
 
Posted on 12-20-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र निशान्त अलि धेरै बेर पाए चित्रे र नेप्चे चै कम लेखेको हुनाले अलि थोरै बेर । तिरुले चै पाएन । प्रितीले इउलिस अक्षर हालेर बोल्या भ'र केइ नि पाइनन्
 
Posted on 12-20-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(काम्दै) हूहू SS!! हूहू SS!! हूहू SS!!

.......

(अँझै काम्दै) हूहू SS!! हूहू SS!! हूहू SS!!
 
Posted on 12-20-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धामी काइला बेला न कुबेला किन काम्दै होला?

हत्तेरिका पुन्टेदा लै त बिर्सेछु । पुन्टेदा चै १ घन्टा नै पाउनु भे'छ येलो कार्ड
हे हे हे ....
'दादाको घर घेर्न गाको छ'
हसायो कुम्ले ले

:D :D
 
Posted on 12-20-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त हिन्दी ईउलिस् रामरी बोल्नै आम्दैन, कसरी मैले पाएँ काड?
यो दादालाइ पनि कति रेफ्रि बनिटोपल्न मुनला' होला! :P
 
Posted on 12-20-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम शरण, राहुले नै आयो है म:म्: खांदै ।
 
Posted on 12-20-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम शरण
 
Posted on 12-20-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र चित्रे भाइ? ल तिमी चै मेरो घर घेर्न नआउ है ।
नमस्ते है ठुलदाइ ( अब पुन्टेदा माहिलो रे भने'सि राहुलदाइ जेठो बाठो होला नि ) :)
 
Posted on 12-20-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हरु !
के कसो छ हालचाल ?

ककस्ले हो के के कार्ड पाएचन ।
आफुले ता पाइएन क्यार्नु ।

नयाँ बर्ख को हो क्या हो पहेलो पहेलो थियो ??
 
Posted on 12-20-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, का पासापीं । यो पट्ठो लाइ जेठो बनाइ दियो बा । एस् एल् सी को उहिलेइ दिएको, मान्छे चहि पट्ठो नै हुं नि।
 
Posted on 12-20-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेठा दाइ हाम्लाई खै त म: म:
हुन त हिजो बेलुकी गौशाला जाम मःमः खान भन्दै थे, एक्लै गएर आएछन, ल्याईदेको भा नि हुन्थो नि।

सप्पैलाई फेरि नमस्ते टक्र्याएँ है।
 
Posted on 12-20-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस खिर्राको बुटो भन्या के रे'छ दादाले?
 
Posted on 12-20-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले काँहि ता के हुनि के हुनि भन्या ।
चौतारो को डिलमा पाइला सम्म पनि राख्ने ठाउँ नहुनि कहिले भने सुख्खा । यसो थाँक्रो चाहियो भनेर पाखातिर लाग्या त्यो बनपाले ले समातेर हैरान भो नि हिजो ।
क्या बोर भन्या के के अर्नु पर्छ भन्छ के के?
पछि ता आफैलाइ वाक्क लागेछ क्यारे छोडिदियो ।
बल्ल बल्ल यौटा थाँक्रो लिएर आउन पाइयो ।

थाँक्रो घिसार्दै थे चौतारी मा हल्लाखल्ला सुनेर अडिएको । चटारो बाँकि नै छ
लागेँ ।
 
Posted on 12-20-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, भाइलाई म:म: ल्याई दिन भुसुक्कै बिर्सेंं भने । क्या स्वाद्ले खाइयो । अर्को पल्ट जाम भन्दा नाइ नास्ती गर्ने होइन नि ।
 
Posted on 12-20-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि आएको छु है साथिहरु ।
 
Posted on 12-20-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरितालिके तिमी कुरै नगर!! ठुलदाईले तिमीलाई बोलाएन भनेर मन दुखी नबनाउ। मैले त देखेको थिएँ ठुलदाईलाई म:म: पसलमा। मलाई देख्ने बित्तिकै यत्ति छिटो छिटो खाए नि उनले त्यो म:म: अझै नि जिब्रो पोलिरा'होला!! नत्र सोध न!! :पि

अनि निस पाट र बाङ्गेहरुले चाँहि ४० र ४१ नम्बरमा पार्यो भनेर म:म: पसलेलाई बबाल गर्देछन्। उस्ले केटाहरुलाई कुराएको बद्लामा कोक फ्रीमा पियाएको रे। "अब यो म:म: पसल गर्दिन" भनेर रुँदै बस्या थियो रे, बिचरा!!

दादाले खिर्राको बुटो भने रे! खोइ के के भन्छन् भन्छन्? तिनलाई नि येलो कार्ड दिन पर्ने!! :पि

:-)
 
Posted on 12-20-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति हसाउँन सक्ने हो कुम्ले तिमी त। :D:D

भाते भात खान आ भे त सिद्दिसक्यो आजलाइ भात, धेरै भातेहरु छन् के हाम्रो चौतारीमा। :P:P
 
Posted on 12-20-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssss.....मोलाई येलो कार्ड???
पक्का पनि सुड्डा सुड्डिहरुको काम हो यो! होइन्त कुम्स पाट?
आबो, हामिले पनि सुड्डाहरुलाई बबाल कार्ड पेल्नु थाल्नु पर्र्यो ब्रो।

दादा सुड्डा लास्टै गरिदिने के फिरि, चौतारि त हाम्ले पनि चौतारि नै भन्छन्त नि हौ।
आबो अलि अलि साइड हान्दा नेपालि भाषा साइड लागेर हल्का हिन्दि बन्न पुगेकोमा; सो कल्ड मर्म नै चेन्ज भयो भनेर खोक्न नै किन परेको होला सुड्डालाई फिरि?? लु सुड्डा सेन्टि नबन हौ, बोरु सिलिगुडि बाट ल्याएको नम्बर टेन एक सर्को लगाऊ! :)

आँsssssच...भाते रे फिरि!
हर्रर्रामि नाम राखेछौ ब्रो, किप इट अप!! दोस्ति गर्न पर्छ ल सोम?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters