[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 179609 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-28-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुधको दुध पानी को पानी त गर्न पर्‍यो।

बियरको बियस कोकको कोक होला केर नि। नभे साकेको साके कोकको कोक होला।

जदौ मास्टर्नी नानी!
 
Posted on 11-28-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दुधको दुध पानी को पानी त गर्न पर्‍यो।

बियरको बिय कोकको कोक होला केरे नि। नभे साकेको साके कोकको कोक होला।

जदौ मास्टर्नी नानी! जदौ ग्वाँचेजी!
 
Posted on 11-28-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाहरु नमस्ते !!!
 
Posted on 11-28-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मास्टर्नी दिदी ! जदौ दादाजी !!
 
Posted on 11-28-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरे है
लुन्टे को फेरी?
 
Posted on 11-28-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका! (हरितालिका हैन नि फेरि।)

२५७ लाई २९७ जस्तो मानेर धागो भरिन लागो भनेँछु। माफ पाम् !

के छ मास्टर्नी नानी, ग्वाँचेजी खबर खाबर?
 
Posted on 11-28-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती आँफै हुँदोरैछ
मुटु सारै नै दुख्दो रैछ।

के छ पिरतीजी?
 
Posted on 11-28-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी नमस्ते!

दादा, ज्यानलाइ त सञ्चै छ यतातिर्, त्यतातिरको हालखबर था पाउन पाए हुन्थ्यो!!
 
Posted on 11-28-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी कहाँ म कहाँ भेट हुनु रैछ
मुटु साँचै नै दुख्दो रैछ!!

के छ सान्नानी?
 
Posted on 11-28-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती ,दादा होला नि लुन्टे त :D बच्चा जस्तो कहिले के कहिले भनेर लेखी रहनु भा'छ

ग्वाँचे जदौको सट्टामा नमस्कार अरे है
 
Posted on 11-28-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ दादा जी। दादालाई आज खुब् फुर्सद् छ जस्तो छ नि? बुनुको काम गर्नु पर्दैन? कि सप्पै भाउजुलाई सुम्पिद्या? :D:D
 
Posted on 11-28-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुक ढुक गर्ने मुटु रैछ
क्यान्सर लाए'सि पनि दुख्छ
 
Posted on 11-28-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, जदौ, नमस्ते, हेलो आदी इत्यदि त अभिवादनका बिभिन्न तरिका न हुन । हजुरको नमस्कारको प्रतिउत्तरमा म चाइ टाउकोले भुइ छुने गरी झुकेर नमस्कार गर्छु है ............. नमस्कार मस्टर्नी दिदी!
 
Posted on 11-28-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरति आफै हुदो रैछ
मुटु साचि नै दुख्दो रैछ
तिमी कहा म कहा
भेट् हुदो रैछ

ठिक् छ ग्वाचे, मिस् नमस्ते
 
Posted on 11-28-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दादाले बिहानै मेरो नाम पुकार्नुभो भनेको त हैन्च, तैपनि मेरो टाउकाँ गीत चैं फुराई दिनु भो,


बैगुनि हौ भनुँ भने माया लगाउँछ्यौ
मायालु हौ भनुँ भने माया लुकाउँछ्यौ
.........


ग्वाँचे र सान्नानी लाई पनि जदौ गरें है
 
Posted on 11-28-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निद्रा निद्रैबाट हात जोडेर नमस्कार गरें है!
 
Posted on 11-28-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, फेरी को आएछ लुन्टे भएर?

म त अब सक्दिन जासूसी गर्न, साह्रै कन्फूस बनाइदिए मान्छेहरूले।

मास्टर्नी दिदी, दादा, ग्वाँचे, सान्नानीलाई नमस्ते है!

फेरी यो दादा नि उल्टो पाल्टो लेख्नमा अघि अघि। झुक्किएर लेख्या हो कि जानी जानी लेख्या हो खै!
 
Posted on 11-28-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले को सुत्ने बेला भैसक्यो र?

हरी, के छ हालखबर?
 
Posted on 11-28-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नगर्नुभएकाहरुलाइ नमस्ते, नमस्ते गर्नुभएका हरुलाइ प्रतिउत्तरमा नमस्ते!

म चाइ अल्प-बिराम लिन्छु है, सानो काम आइ परो, तपाईंहरु चाइ लागिरहनुस् ............. फेरी भेटौँला, हरन पिलिज !!!
 
Posted on 11-28-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक ठाक छ चित्रे, यहाँको नि
गालबको सुत्ने बेलाको निन्द्रा हो कि उठ्ने बेलाको ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters