[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186021 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-26-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे क हो तिमीलाई त खाली भुगोल र भकुन्दो मात्र आउदोरैछ । अस्ती गणित सिकएदे । आज ईंग्लिश (english) सिकैए देउ रे ।
ल आउ
A for apple
B for Boy
c for Chitre
D for dog

ल यो कन्थ पार । अर्जिन्तीन जितेको मा बधाई छ तिमी र मलाई।
 
Posted on 06-26-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीठो गीत सुनाए सान्कान्छाले।
जापानले त भ-यागंको फेदमै लड्यो लड्यो, कोरिया पनि लिस्नो चढ्न सकेन अनि भकुन्डो सकुन्डो हे-या छैन मैले त। हुन त ट्याम पनि छैन हिजोआज। जे होस् सबैलाई बधाइ छ।

अनि नेपे दाइ पनि के हो लोकतन्त्र आएसी त आम्नै छोड्नु भो, हुन त यस्तै हो नेताहरुको काम। मैले त लास्टको लास्टाँ करैकरले भोट हालेको, गुनासो गर्नी ठाम पनि छैन छन त।

जे होस् रमाइलो गर्दै जाम्। काका साका, बबे सबे, सिरे पिरे, भौते सौते, नमे समे, सबैलाई सोध्याछु है।

पिरती र मास्टर्नी नानी २टी शिक्षिकाले स्कुल धान्या देखेर म पनि मख्ख छु। खुसुखुसु हे-या छु है हेर्न त दिनदिनै जसो।
 
Posted on 06-26-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिमी कति किलासा हो औरेजी त साह्रै जान्ने पो रहिछेउ,ल सबै सिकाउ है चित्रे लाइ, हामि नि सुनम्ला।अनि फोउसे लाइ के भेछ ,इन्द्रेनि नानि लाइ कता को को म्याडोक्स् को मम्मि भन्या हो, तिम्रो आखा को चस्मा को पाउर् मिलेन जस्तो छ।ऐले नै आखा जचौ इस्कुल् लागेपछि पढ्न गारो होला नि।
ओहो,दादा ,हामि नया इस्कुले ले नाम् चैखुब् सुन्या देख्न नपा मुन्छे,नमस्कार् है यहा लाइ।किन आउन छाड्नु भो के रे अचेल्? लौ अब चै आउदै गर्नुस् है त् येसो नये इस्कुले भुर भुरि लै कथा हाल्न ।खुसुक्क हेर्दै फर्किदै गर्न नपाइ है त अबदेखिन्।
 
Posted on 06-26-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी म १ म पढ्छु ।
 
Posted on 06-26-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्नानी तिम्ले ढाट्या हो पक्कै ,१ किलासा भे कसरि आउरेजि आउथियो? हेर चित्रे २ मा हो केहि आउदैन औरेजि।
 
Posted on 06-26-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gautam jee ko kabita ramro lagyo


:D :D :D

katihasauna sakeko hola sabai janale aafu ta bhyai nabhyai bhairacha :(


haina ye chitre bhai (world_map) Maina lai birseko ho thulnanee sanga nachda nachdai
(mero computerle nepali lekhdaina ) :( :( :(
 
Posted on 06-26-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् लाइ केको भ्याइ नभ्याइ हो इस्कुल बिदा मा नि लौ ।
 
Posted on 06-26-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाजी,

नाम लिनु भएकोमा धन्यवाद । फाट्टफुट्ट त चियाईरहेकै छु साझामा, पोस्टिङ गर्न मात्र नभ्याएको हुँ । सधै एकनास नहुने रहेछ । फेरि साईबरलोकमा मात्रै उफ्रीपाफ्री गरेर राउनीति गर्ने फेज पनि होईन यो भन्या जस्तो मान्छु ।

साहित्य र राजनीति को मिसावट व्यापारमा छु अहिले, त्यो त तपाईलाई थाहा छदैछ ।

*** *** ***

गोतामेजी,

वाह ! वाह ! गज्जब छ, "शेर खाँ" चरित्र ।

तपाईलाई कुनै साता अतिथि बनाउछु है "साप्ताहिक शायरी" मा ?

नेपे
- http://www.dkhadka.com/chithi/sounds/Ghalib_aah.mp3
 
Posted on 06-26-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको शेर आजको बिरालो

(उमेशको संसारबाट)

 
Posted on 06-26-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी, मैले विश्वासै गर्न सकेको छैन, तपाईँको साप्ताहिक अतिथि बन्न सक्ने कल्पना पनि थिएन! धन्यवाद छ।

यो शेर खाँ भन्ने चरित्रको बारेमा मलाई त्यति थाहा छैन, चौतारीवासी बन्धु 'बब दाइ' को थेगो हो यो। मन परेकोले प्रयोग गरेको कवितामा।
**************
 
Posted on 06-27-06 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****सबै ले औरेजि सिक्न लाचछ्न केरे आफु लाइ त केहि पनि आउदैन । लौगित बजाम्न लाछु केरे । सुनेर नाच्नुस है त ।****



ShowStatusBar="0" AutoSize="true" DisplaySize="0" loop="1">
 
Posted on 06-27-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु कान्छा धन्यवाद मेरो लागि गीत घन्काएदिनु भाको मा। गीत् त सरै मिथो लाग्यो।
 
Posted on 06-27-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढाँट्छेस् ओ मोरी इन्द्रेनी,
अझै सम्म सुत्दै छे, अल्छिनी मोरी!
तलाई पख न भद्रे लाई नभन्दिए मरिजाम्! चौतारी स्कुलको १+२ किलास् =३ किलास् मा हुँदा खेरिको फोटो हेर्, ल मलाई अनि आँफै लाई चिन्!
अझै सुत्दै छे!
चाओ


 
Posted on 06-27-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D रमाइलो
 
Posted on 06-27-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारा(Tyra), ठीकै छ नि त। बेला बखत आउँछु मौका मिल्दाउँदी!

आउँदा जाँदा लाउँला पिरती!

है त। ल म ओराली लागेँ है पात बजाउँदै! आज अलि कराकर छ के।
 
Posted on 06-27-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु । त्यसैले तपाईलाई पाहुना बनाउन रहर गरेको हुँ ।

तपाईका "दौडन्छु भन्थ्यौ, नेल खोजिदिएँ, अझै घस्रदैछौ", "बजारमा खरानीको अभाव हुँदैछ चाडै" जस्ता पंक्तीहरु झल्झली सम्झिरहन्छु ।

नेपे
 
Posted on 06-28-06 4:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**** kasto lagyo ta gaamle haru ****



 
Posted on 06-28-06 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा घुम्दै जादा ठ्याक्कै गाममै पुगे । गाम पुगे पछि चौतारीमा नआइ त काहा धित मर्च र ? यसो आफु पनि गामको हावा खाउ, अरुलाइ पनि हावा खुवाउ भनेर तल फोटु तासिदिए है ।

 
Posted on 06-28-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कता गए छन? ओइ ! प्रिती ,इन्द्रेनि ठुल्नानि, चित्रे,सन्कान्छा, कुम्ले सबै कहा हो तिमि हरु?
सान्कान्छा त्यो चिल् झै उड्ने तिमि हो?लौ गज्जप् गरेछौ नि त हावा म कावा खाएर।
अनि दादा ,मौका मिल्दा हुदि हैन ,मौका मिलाएर आउनु परो पात् बजाउदै चौतारि मा। नेपलेअन् जि हावा ख्वाउने भन्दै पानि को फोटु टास्दिने :) (nice landscape though)
सब् केट केटि ले रोल् न् नि बिर्सिसक्या जस्तो छ, सबै ले लेख्ने है त आफ्नो आफ्नो रोल् न्। मेरो २२ हो।
 
Posted on 06-28-06 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters