[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 156824 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 05-04-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को खोपडि को बारे मा भन्नु भन्दा आफ्नो खोपडि पनि हेर्नु कतै कुहिएको त छैन । नरिसाउनु है ............ :P
 
Posted on 05-04-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोल्यो ??

कि आगो बल्यो ?
कि झड्का लाग्यो ?

किन प्रतिवाद???!!! कतै तिम्रो खोपडि त्यहि बन्दर्को जस्तो त छैन

हा हा हा हा


भो झगडा नगरौ

:)
 
Posted on 05-04-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


.......

चौतारीको रमैलो भागेछ
खोपडीको गफमा पो लागेछ
नरिसाउनु है
थुल्ननीलाई सम्झना जुनिभरि लै

.............. :P :P :D

<

 
Posted on 05-04-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty --> Surprised :-O
 
Posted on 05-04-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Confused :S

नरिसाउ ... :D

नरिसाउनु है ............ :P

भो झगडा नगरौ
:)

.............. :P :P :D
<

Surprised :-O

 
Posted on 05-04-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतको सारी
चौबन्दी चोलिमा
चौबन्दी चोलिमा
मोह मीठो लजालु बोलीमा
फुल्छ कपालमा
हो के सारो रमैलो
जिन्दागानीमा
हो के सारो रमैलो
जिन्दागानीमा
... ... :P :P :D

 
Posted on 05-04-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

after reading all expressions dada purai confused ho ki ke ho?
 
Posted on 05-04-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरतीजी नयाँ चौतारो चिन्ने तयारी गर्दै गरुम् है फेरि फुस्केला मौका चानस। :D
 
Posted on 05-04-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज धेरै जो दिनाँ यस्सो चौपारो तिर आको, चौपारो त नये केटकेटीहुरले पो भर्रेको रैच। क्यार्दैछौ ए लंठू हो? बेसै छौ होला के रे। लाँबै जो भेट नभा नि तिमुरओ मय त काँ मारेओ हुम र? शुरुआँ कामओ लठारोले आम्न भेइएन के रे, त्याँट फेरि तिमुरकी काकीलाई ओखती अर्न कैले बटौली कैले पखरा अर्दाअर्दै ठीक्क भओ। बल्ल बल्ल डाउडरओ ओखतीले बुडिमाउलाई संचो भओ के रे, त्याँट म नि यस्सो चटपट अर्न पाओ छु।

अगि यतातिर चौपारोआँ आम्दै अर्दा बाटाँ पराट बिर्खे माइला आम्दै अरेओ देखेँ। अनौठै अरे गाँठे तिन्ले नि! मलाई देखेसी बुडा त फुत्त बाटा मुनि पो फुङ्ङाले। त्याँट काल्नैकाल्ना सानकान्छाओ घर छेवैँआट हुँदै उँधोतिर पो लाए। 'ए बाबै, क्यार्न तेसो अर्चन है गाँठे यिनी बुडा' भन्दै म लुरुलुरु यतातिर आएँ।

यस्सो गम्दा त तिन्का कुरा बुजिहालेँ नि मैले। तिनी बुडा कम्ताका छन र? ज्याद्रै जो छट्टू पो छन् के रे नि। अस्तिन हरिताल लाओ बेला फेरा पाँचेक जति ङिच्च दाँत देखाम्दै मेरा घराँ आएर 'लौन कान्छा, बजाराँ मर्तेल किन्न पाइन छोडो के रे हरितालले। आगो सल्काम्न नि गारो भओ। ले ले मर्तेल पैंचो' भन्दै आका थे। पाँचै फेर जो इतिइति अर्दै मर्तेल देएर पठाओ थेँ के रे। तेत्रो अरेसि नि बुडा त फेरी आम्चन के रे मर्तेल माग्न! बुडा त पल्केचन। तिन्का ताल देखेर मलाई नि झोँकै जो चलो लौ!

मेरो पालो मैले नि यत्रै सिति जो भनेर 'हैन ए जिम्माल बा, काँको मर्तेल लेएर दिनि हो र गाँठे तिम्लाई जैले नि? मैले तिम्रो कुन जुनिआँ के खाओ छु र अइले आएर मलै हत्ते अरेओ अरइ छौं ए चट्टै! क्यार्न अर्कालाई हैरान अर्चौ। तिम्रा खुट्टाँ नि दम छँदै छन के रे, सल्लेरी बनाँ गएर द्यालो (दियालो) खोजेर लेए त भओ के रे नि!' भनेर भनेओ थेँ। त्याँट बुडाले 'क्यार्न गालि अर्चस् तेस्तरी, तेरा मर्तेल खान्नम के रे, दिम्ला र त भओ के रे नि' भन्दै धम्धम्ति खुट्टा बजार्दै हिनेआ थे तेसबेला।

हिँज हो कि अस्ति बुडा पखराट फर्के रे, मर्तेल नि तीन जर्किन जति लेर आका छन रे भनेर भन्तो दादाले। तेइ मर्तेल मैले मागम्ला र पैंचो तिर्न पर्ला भन्नि डरले बुडा भिरभिरै दुगुरेआ हुन। अपुर के खाएर हुन्तो? पैंचो तिर्न नि के हत्ते हो है गाँठे कस्कसैलाई!
 
Posted on 05-04-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरी खाउन् केटाहरुले केही छैन मौका चानस छुटे पनि। के भन्छ रे Good Night लाई? सुत्ने बेला भएन र भन्या?
 
Posted on 05-04-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hai pretty chautari banaunus
dont be confuse . agadi dekhi padhnus ani tha hunchha . aago salkako chai sano kanchha le ho kyare

:D
 
Posted on 05-04-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा तेसो हर्नी मुन्छे हैनन्। बारीका बोडी चोरेर काँदै थिए होलान् अनि बाँदेर लडाम्छ
चौपारीयाँ मञ्च(पहिला पञ्च भन्थे अहिले लोकतन्त्र र माओबादी आएसी लञ्च हो कि मञ्च भन्छन्) जोड्छ भनेर होला।
बोडी भनेसी बुढा बच्चा जस्ता छन् - जोर्दै हिन्चन्।



म सुतेँ। अनि घुरि पनि सकेँ है।
(ङर्रर्रर ङर्रर्रर ङर्रर्रर )
 
Posted on 05-04-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओयासुमी for goodnite!
 
Posted on 05-04-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते काका, कस्तो गार्हो भो हो पढ्नलाई जिब्रै लर्बरायो। ल अब झगडा
नगर्नु है कोइ पनि काका पनि आइसक्नुभो।
मार्नुहोला नि फेरी काकाले।
 
Posted on 05-04-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सानोकान्छा आगो सल्काएर लुसुक्क परेछन्? छोरी चाँही राम्री रैछ है मास्टर्नी दिदिकी।
 
Posted on 05-04-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कता लुसुक्क पर्नु नि दिन भरि दाउरा चिर्दा चिर्दा सारै थाकेको छु आज त , बिहान देखिट दाउरा काटन ला'को २-३ दिन मा पुरा अर्नु काम भनेर मर्जि भको छ के रे क्यार्न् हो त सराप्दै भए नि काम त अर्नु पर्यो । नत्र भोकै मरिन्छ केरे ।
लौ प्रीति ले कस्तो कुरो अरेको त फेरि बल्झि सकेको कुरा ननिकाल्नु न। तेहि कुरा ले अर्दा यहा आगो बाल्ने , झड्का हान्ने , खोपडि खोज्ने काम भयो केरे । मैले त आगो बाल्न खोजेको पुनि होइन । मत्र रमाइलो अर्ना खोजेको के के भओ भओ ।
 
Posted on 05-04-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चिन्ने कुरा मा अहिले चौपारि मैले बनाउने बिचार अरेको छु यदि सबै को सहमति भओ भने बनाम्छु के रे नत्र अरु ले नै बनाए हुन्छ। कि कसो त । सबै को चौपारि त हो नि । ल त घर् तिर लागे पछि फेरि आउछु ।
 
Posted on 05-04-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,
ए राता (राता मात्र किन? हरिया, पहेला, नीला, सेता जम्मै) मकै।
२-३ दिन चौतारीमा न आको त यहा त बबाल रमाइलो पो भै राको रैछ गाठे।
:)

आजकालका नानीहरु कस्तो बिग्रेका हुन? जन्मिदै तीन पात हुन्छन रे भन्ने सुनेको, हो कि क्या हो?
:P

लु लु जल्ले बनाए नि हुन्छ नया चौतारो, राम्रो काम गर्न लाइ कसैले रोक्दैन यहा।
 
Posted on 05-04-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ज्यो कति मिठो कबिता लेक्नु भाको । म त आज देखि तपा को कबिता को फ्यान भाको छु ।
 
Posted on 05-04-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हित केटा खै आईस क्रीम सक्यो कि छैन । सक्यो भेने भनुस् दात झर्यो रे झरेन hehhehehhe
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters