चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यि दादा बुरो कता बाट झुल्किय, बाटो त बिराको होइन ? त्यो एउटा धर्को जापुनिज भाषा हो कि के हो ?
यसो भेट हुदा दौतारींमा निम्ता दिने सुर थियो, बल्ल भेट भो। आजकाल पनि लेखिन्छ कि छोडीयो दादा ?
नया खर्कमा बिसाल सम्मेलन भइराखेको छ के रे, त्यां पकाको म:म ह्यो सम्म बसा छ, त्यइ सुग्दै बसेका छौ हामी त ।
आज नया खर्कमा यो गित गाका ठ्याक्कै ह्यइ सुनिएको थियो।
पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि ए साझा डट कममा चौतारी फुल फुल्यो तेइ फुललाइ हेरेरे मन भुल्यो हो हाम्रो चौतारी... ए पुन्टे सलाम रमइलो गर्निलाइ सर्ब पर्थम नमस्ते मास्टर्नीलाइ हो हाम्रो चौतारी... धन्यबात छ चौतारी खन्निलाइ कोटी पर्नाम इन्जिनेर नमेलाइ हो हाम्रो चौतारी... चित्र कोर्नी तिरुको बानी पकाउनमा सिपालु सान्नानी हो हाम्रो चौतारी... ठुल्बुइनी दिन्थे पाएत लाउरेलाइ साली छोड्देउ भन्दिन भउतेलाइ हो हाम्रो चौतारी... भन्छन मलाइ सबैले पुन्टेदा म भन्दा नि बुडो हो राहुलदाइ हाम्रो चौतारी... कनि कनि बोलने निशेलाइ मख्ख परि सामुले किसै खाइ हाम्रो चौतारी... कुम्ले फर्कियो लिएर दुलइ मुटु दुख्ने पार्यो नि छन कोहि हो हाम्रो चौतारी... हरि चित्रे नेउचे छन् अल्लारे दुर्गी नेउची आमाभेर कुरो बिगारे हो हाम्रो चौतारी... बिर्खे जिम्मालको नलि खुट्टो भाच्चेको बुढेसकालमा जबानी कल्लाइ सांचेको हो हाम्रो चौतारी... गोतेएं दादा गालबछन् जापुन को को आम्छन अरुनी डाकम्न हो हाम्रो चौतारी... देशी कम्पाउनडर मदन्वा आइपुग्यो मुन्नि बहन एमबिबिएस कां लाग्यो हो हाम्रो चौतारी... छुटेका सबैसं अग्रीमै माफि पाम समय छोटो हातार भो अब जाम हो हाम्रो चौतारी... फूलको थुंगा राख्दिउकी हातैमा सधैभरी बसौला साथैमा हाम्रो चौतारी ए राम्रो चौतारी ए हाम्रो चौतारी ए राम्रो चौतारी पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
नयाँ अपडेट! हिजो बेलुकि पून्टेदाइको घरमा भव्य पार्टी सम्पन्न भयो। भौतेकाजीका लोकगीत, पूनटे बुह्रोको प्यारोडी गीत र चुट्किला, म्याड्डू भैयाको गाना बिर्खे दाइको नलीखुट्टाको ब्यथाको बिस्तृत विवरण, नेपेदाजीको गजल, राहुलदाइको ३६ वर्षे ईलाहावादी गफ,अन्तरे दाइ र रिठे दाजूका मीठा गीत, दाने, चित्रे, पून्टेनी भाउजूको तास, ठूलीको ताआआआआ,अरू भाउजूहरुको गफले पार्टीमा रौनक थपेको थियो। अरू अपडेट पछि गर्दै गरूम्ला।
नमस्ते सबैलाई सबैको सप्तान्त राम्रै हुँदै होला ! होलिडे राम्रो सँग बिताउनुहोस् यहाँहरुले पनि! बहुचर्चित चौतारी भेलाको एक सदस्य आफु पनि भएकोले आईतवारको कार्यक्रमको अप्डेटका केही लाइन:-
१. सेन्ट्रल पार्कको अवलोकनको साइत आज परेको २. रकफेलर सेन्टरमा बडेमानको क्रिस्मस ट्री को अवलोकन साथै आसपास का द्रिस्यहर को बिस्त्रित अवलोकन ३. साँझ परेपछी टाईम्स स्क्वारको झिलिमिलीमा सम्पूर्ण चौतारी सदस्य मिली मिली गरेर अनी बेलुकी पख नेपाली गीत गजल सुन्न जानी कार्यक्रम बाँकी पछी नमस्ते!
हन चौतारी भेला भ'सि झन् रमाइलो हुनु पर्ने हैन र भन्या? सब जना कता मुन्टेचन् सुनसान छ त ओ चौपारी। भेलाको भिड्यो पुनि राख्नु परो। खालि प्रगति बिबरणले केइ नाप्तैन हामी जस्तो भेलाँ सामिल हुन नसक्ने, नयाँ खर्कबाट टाढा बस्नेलाई केइ मज्जै भे'न नि। लौ अरु गाम्ले हुरले पुनि माग राख्नु परो। बरु चौपारिमा बसेर टायर बाल्न परो भने, नारा जुलुस लगाम्न परो भने पुनि म चैं तम्तयार भर बसेचु।
हमि बहुते आश्चरचकित जो छ उ भएछु। हँ? त सला जब हमि भि पुनटे बुह्रोके हियाँ पारटी दावत पे थियो त चितरे भैया कैसन सला हमको भुलेछ आँपडैटवामे? हँ? सला पुरे के पुरे दाल जो छ उ कालो छ।
भोजाँ जानीहरुले कसरी चौतारीलाई चटक्कै माया मारेछन नी हरे! अरु केई नहुँदा मात्रै चौतारीको पिङ्ग मच्चाउँदा रे छन -- चौतारी मेला भर्न महारथीहरु हिनेसी यो गाममा निषेधाज्ञा लाग्या जस्तो हुँदो रे छ -- चौतारीका सातदल उनै रहेछन।
चौतारी भेला मा टेलिफोनबाटै भए पनि सहभागि हुन्छु भन्ने सोचेको थिए तर आफ्नै व्याबहारिक कारणहरुले गर्दा सकिएन, दु:ख लागेको छ। चौतारी भेलामा खुब रमाइलो भयो होला। अहिले त सबै जना आफ्नो गृह नगरतिर प्रास्थान गर्दै हुनुहुन्छ होला, सबैलाई शुभ यात्रा! चौतारी भेलाको विवरण सुन्न पाइने नै छ। सबैलाई क्रिस्मसको शुभ कामना! क्रिसमस कै मौका पारी एउटा सानो गन्थन लेखेको थिए, टाँस्ने मौका बल्ल मिल्यो!
क्रिस्मस
'क्रिस्मस ट्री ल्याउन त ढिला भयो भयो अब सजाउने काममा त सघाउ, क्रिसमस आउन केही दिन मात्रै त बाँकी छ अब, अरु सबै छिमेकिहरुले क्रिसमस ट्री सजाएको एक हफ्ता हुन लागिसक्यो '
मलाई क्रिसमस ट्री सजाउन प्रयोग हुने बत्ती, घन्टिहरु, कपास अनी झिलिमिली कागजका टुक्राहरु भएको बाकस दिंदै मेलानी अरु साथीहरुलाई बोलाउन गइन।
हो त, क्रिस्मस आउन पुग न पुग एक हफ्ता मात्र त बाँकी छ तर किन किन यसपाली मलाई क्रिस्मसमा त्यती इन्ट्रेस्ट छैन। यसपाली त झन क्रिस्मस कै दिनमा मेरो ड्युटी परेको छ। यो होस्टलमा आए देखि मेरै नेत्रित्वमा क्रिस्मस ट्री सजाउने काम हुने गरेको छ। पोहोर साल, परार साल र त्यसभन्दा पहिलाको बर्ष, पुरा तीन बर्ष पुरा भयो यो होस्टलमा। सुरुको बर्ष नै क्रिस्मसमा मेरो अग्रसरता देखेर साथीहरु अचम्म परेका थिए, 'तिमी त हिन्दू हैन', 'नेपालमा पनि क्रिस्मस मनाइन्छ र', 'तिमीले फलो गर्ने धर्मले अरु धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ र' जस्ता बिभिन्न प्रश्नहरुको ओइरो नै लगाएका थिए।
मलाई थाहा छैन मेरो धर्मले अरु कुनै धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ कि दिंदैन अथवा हिन्दू भएर क्रिसमस मनाउन हुन्छ कि हुँदैन तर म सानै देखि क्रिसमस मनाउँदै आइरहेको छु, धार्मिक रुपमा भन्दा पनि सामाजिक रुपमा। मेरो घर सँगै जोडीएको घरमा एक जना क्रिस्चियन दम्पती बस्छन। हरेक बर्ष क्रिस्मसको दिनमा उनिहरुले टोल भरिका बच्चाहरुलाई आफ्नो घरमा बोलाएर क्रिस्मस मनाउने गर्छन्। मीठा मीठा परीकारहरु, अनि रमाइला खेलहरु र अन्त्यमा आकर्षक उपहार ! क्रिसमस पार्टी हामी बच्चा बच्चिहरुको लागि दसैं तिहार पछीको सबैभन्दा प्रतिक्षित इभेन्ट हुन्थ्यो। फेरी बाबा यु. एन. मा काम गर्ने भएको हुनाले क्रिस्मसको दिनमा बाबाको अफिसमा पनि पार्टी हुन्थ्यो, धेरै चोटि म पनि गएको छु बाबा-मामु सँगै, हरिहर भवन, यु एन हाउसको क्रिस्मस पार्टिमा।
मलाई क्रिस्मस ट्री सजाउन खुब रमाइलो लाग्छ। म यो होस्टलमा आएको दोस्रो बर्षदेखी नै क्रिस्मस ट्रीको जिम्मा मेरै भागमा परेको छ। पहिलो क्रिस्मसमा म यो होस्टलमा नयाँ भएको हुनाले म त्यतिबेला सहयोगि मात्र थिए। तर त्यसपछीको हरेक बर्ष क्रिस्मस ट्री किन्न म आँफै जान्छु। हुन त हाम्रो होस्टल भन्दा केही दुरीमा मात्रै क्रिस्मस ट्रीको बजार लाग्छ तर म क्रिस्मस ट्री किन्न झन्डै डेड सय किलो मिटर ड्राइभ गरेर पोल्यान्डको बोर्डरसम्म पुग्छु। मलाई क्रिस्मस ट्री बगैचामैं गएर, राम्रो बुटा छानेर, आँफै काटेर ल्याउन खुब रमाइलो लाग्छ। यसरी यती टाढा आएर क्रिस्मस ट्री किन्दा होस्टल सँगैको बजारमा किनेको भन्दा दस गुना बढी पैसा पर्छ तर आँफैले छानेर, आँफैले काटेर क्रिस्मस ट्री होस्टलमा लिएर जानुको आफ्नै मजा छ जुन पैसामा तुलना गर्न सकिंदैन। हजारौं बुटाहरु मध्यै आफुलाई मन परेको बुटा छानेर, इलेक्ट्रिक स: ले फेदै देखी काटेर, प्याकिङ गर्ने मेसिनमा त्यो बुटालाई हालेर सेतो जालिले प्याक गरेर, गाडीको डिक्किमा राखेर होस्टलमा ल्याएर सजाउनुको आफ्नै मजा छ। दसैंमा खसी बजार गएर, आफुलाई मन परेको घोर्ले खसी छानेर, गाडीको पछाडि हालेर घरमा ल्याएर आगनमा बाँधेको जस्तै।
हाम्रो परिवारले बली चढाउन हुँदैन तर पनि मेरै जिद्दिले गर्दा धेरै पहिला देखि हामीहरु दसैंमा खसी काट्दै आएका छौं। टोलमा दसैं आउन आउन लाग्दा साथीहरुले खसीको डोरी तानेर खसी चराउन लगेको देखेर मलाई पनि खसी चराउने रहर लाग्थ्यो। रोइ कराइ एउटा बर्ष खसी किनाइ छोडे, त्यसपछी त हरेक दसैंमा खसी किन्ने क्रम नियमित नै हुन गयो। खसी किन्न बाबासँग म आँफै खसी बजार जान्थे, मन परेको खसी म आँफै छान्थे अनि आँफै डोर्याएर गाडीसम्म ल्याउथे। हरेक साँझ साथीहरु सँगै चौरमा खसी चराउन जान्थे। खसी काट्ने दिन मलाई खुब नरमाइलो लाग्थ्यो तर दसैंको खसी न हो, त्यसले त काटिनै पर्थ्यो। फेरी अर्को बर्ष त्यही क्रम दोहोरिन्थ्यो। पोहोर सालदेखि मेरै अग्रसरतामा दसैंमा खसी काट्ने क्रम बन्द भयो। धेरै बर्षदेखी नियमित रुपमा चलेको क्रम भए पनि बाबा मामुलाई कुनै आपत्ति भएन, आखिर मेरै लागि यो क्रम सुरु गरिएको थियो, मैले गरेर नै बन्द भयो, अब हामी कहिल्यै खसी काट्दैनौं।
समयसँगै परिवर्तन भईंदो रहेछ। पोहोर साल दसैंमामा घर जाँदा चङ्गा पनि उडाइएन, खसी काट्न पनि बन्द गरियो, न त तिहारमा देउसी नै खेल्न गइयो, यसपाली होस्टलको लागि क्रिसमस ट्री किन्न पनि गइन । फुर्सद नभएको त हैन तर किन किन क्रिस्मस ट्री किन्न मात्र त्यती टाढा जानै मन लागेन। यही क्रममा क्रिस्मस ट्री किन्न ढिला भएर साथीहरुले यतैको क्रिस्मस ट्री बजारबाट आज मात्र क्रिस्मस ट्री किनेर ल्याएछन।
यि झिना मसिना कुराहरु भन्दा पनि अब भोली के गर्ने, कसरी क्यारियर बनाउने भन्ने कुरामा बढी ध्यान जान थालेको छ। कपाल पनि मिलाएर काट्न थालेको छु, च्यातिएको प्यान्टहरु थन्काइएको पनि केही समय भईसकेको छ, कानमा लगाएको मुन्द्री पनि केही पहिला नै फुकालिसकेको छु। शायद अब परीपक्व भईयो, एक पुस्ता बुढो भईयो।
पिट साम्प्रासले पहिलो ग्रान्ड स्लाम जित्दा साथीहरुको अटो बुकमा बेस्ट प्लेयर पिट साम्प्रास भनेर लेख्ने पुस्ताको मान्छे, अहिले त पिट साम्प्रास ले १४ वटा ग्र्यान्ड स्ल्याम जितेर सन्यास लिइसके पछि पनि फेडररले नै १२ वटा पुर्याइ सक्यो। तै प्रदर्सनी म्याच मै भए पनि भरखरै साम्प्रासले फेडेररलाई एउटा म्याचमा हराउँदा त्यती बुढो पनि भईएको छैन कि जस्तो लाग्छ। जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने बानी परेको पुस्ताको मान्छे जयसुरियाले पनि सन्यास लिइसकेछ। तै अझै धेरै बुढो नै त भईएको छैन भनेर आँफैले आँफैलाई सान्त्वना दिन अझै एक दिवसिय मै भए पनि जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने मौका मिल्ने नै छ।
बर्लिन पर्खाल भत्काइएको क्षण टि भि मा हेरेको पुस्ताको मान्छे अहिले त्यही भत्काइएको पर्खालको पारी पट्टी बस्न थालेकै आधा दसक बढी भईसकेछ। पहिलो पल्ट सि एन एन आउँदा 'अपरेसन डेजर्ट स्ट्रोम' को पहिलो दिनको कारवाहीको प्रत्यक्ष्य प्रसारण हेरेको मान्छे, अहिले त सद्दाम हुसेनको नामोनिसान मेटाएर इराकमाथि अमेरिकि कब्जा भएको पनि आधा दसक भइसकेछ। समय धेरै अगाडि बढी सकेछ।
पोहोर साल दसैंमा घर जाँदा पुरानो कलेज पनि गईएको थियो। त्यतिबेला भरखर एउटा टहरोमा क्यान्टिन सुरु गरेको दाइले मजाको पक्की क्यान्टिन बनाइसक्नु भएको रहेछ। अझ त्यतिबेला भरखर जन्मेको उनको छोरा त घाँटिमा टाइ झुन्ड्याएर स्कूल जाने भाईसकेको रहेछ। त्यतीबेला मलाई 'भाई' भन्ने क्यान्टिनको दाइले यसपाली 'सर' भनेर सम्बोधन गरेको सुन्दा समयको गती महसुस भयो, साँच्ची समय कती चाँडो बितिसकेछ।
'लौ हेर, झन यसपली क्रिसमस ट्री किन्न त गएन गएन, सजाउने काम त गर भनेको पनि सुनेको नसुने झै गरेर आराम कुर्सी मै के के सोचेर बसिराखेको रहेछ !'
मेलानीको आवाजले झसँग भएर बर्तमानमा आउँछु। मेलानी तथा अरु साथीहरु मलाई प्रश्न बाचक दृष्टिले हेरिराखेका छन। भुँइमा सेतो जालिमा प्याक गरेको क्रिस्मस ट्री जस्ताको त्यस्तै छ, दसैंमा काटेको खसी जस्तै डङ्रङ लडेको। त्यही भुँइमै क्रिस्मस ट्री सजाउन प्रयोग हुने सामानहरु पनि बट्टाबाट झरेर भुँइमा छारिएका छन: बत्ती, घन्टिहरु, कपास अनि झिलिमिली कागजका टुक्राहरु!
सबैलाई नमस्ते चौतारी भेला पनि सक्कियो--पाहुनाहरुलाई पनि बिदा गरियो २/३ दिन बितेको पत्तै भएन सबै जाना सोचेको र सुनेको भन्दा अझ बढी नै रमाइलो लाग्यो, भनौं तेस्को बर्णन गर्न शब्द नै भेटिएन शायद धेरै नै मेल मिलाप र रमाइलो सँग बिताएको हुनाले अन्त्यमा बिदा हुने बेलामा कता कता नराम्रो लाग्यो सबै को दिन राम्रो हुँदै होला
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.