[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 312630 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-21-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो केक् 'जो जस् सीत सम्बन्धीत छ (TO WHOM IT MAY CONCERN)" ऊसैलाई

 
Posted on 05-21-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइलेन्सर ठाउ पनि राम्रो छ, मान्छे पनि राम्रा छन । यसो मेसो पुर्याएर रमाइलो गर्दे चौतारीमा बसम ।
 
Posted on 05-21-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संध्याकालिन जदौ सप्पैलाई!!

के हुँदैछ गाम्लेहरु?

साइलेन्सर लाई स्वागत!
 
Posted on 05-21-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ स्याले (Silencer) नि आएछ - स्वागतम्!! :-)
रात्रीकालिन अभिवादन!!
जदौ!!

:-)
 
Posted on 05-21-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो हालखबर?

यो स्यालको छाला ओढेर कुन रिकुटे आ'को हो फेरि! आउनासाथ केटीको कुरो गर्छ बा!
 
Posted on 05-21-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्न त आए स्याले, तर च्वाँकहुरको खोजीआँ आ' भे चईं भुसतिघ्रेहुर छन् है जता ततै यता, होस् अर। स्वागत छ के रे।

हो भन्या, चने, दुई बीस छुन लाएसि त ह्याप्पि नि के हुनु बड्डेआँ जस्तो लाउनि। काल नजिक नजिक आ'जस्तो बेलाँ। तै नि धन्नेबाद के रे।
 
Posted on 05-21-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पूण्टे दा, गोतामे गुरु अनि हरि, कुम्ले नमे । स्याले लाई अलोचनात्मक स्वागत् ( संबिधान लाई गरे जस्तो)।
आज एक् बर्ष जिउने दिन घटेको भन्दै मा बर्थ डेको पारटी न खुवाइ धर हुन्छ र पूण्टे दा, डलर छाप्ने कारखाना बन्द आज?
 
Posted on 05-21-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा नया कम्पाउण्डर आ'छ रे भनेर निकै हल्लाखल्ला छ। गाममा रोगी, बूडा, घाइते, लूला बढिरा' बेलाँ देउतै आएजस्तो भ!
हाम्रा गाममा डाउडर-कम्पाउण्डर धेरै बस्नै मान्दैनन् किन होला? पहिला चौतारीको सत्तेजुगमा नेउपाने डाउडर थे', घाँसपात-कन्दमूल कुटेर बनाका ओखती खुब बाड्दै हिन्थे। त्यो बेलाँ सप्पै गाम्लेहरु कस्ता निरोगी थे, अरु त अरु, जिम्मालको समेत दम बन्द भ'थ्यो। पछि गएँ है पनि नभनिकन नेउपाने डाउडर बेपत्ता भए। अस्ति माघ-फागुन तिर डाउडर्नी आ'की थिन्। तिनीचाहिँ विकासे डाउडर रे, कता विदेशतिर पढेकी! ओखती त तिनका पनि गज्जब हुन्थे, रोगजति च्वाट्टै निको हुने गाँठे तिनले दे'का ओखतीले! राहू बूडाको मक्किसक्या घूँडो समेत कस्तो बलियो भ'र आ'को तिनले दे'को मलम दलेसी'। तर जति ओखती गरे'नी पून्डे बूडाको तालुमा वृछ्छेरोपन भने सफल भ'को हैन!
गाममा अउरेशन गर्ने सुविधा पनि छैन भनेर गनगन गरिरन्थिन् सधैं ती डाउडर्नी। एकदिन म
शहरा'ट अउरेशनको सामान ले'र आम्छु भनेर हिनेकी, हिन्या-हिन्यै भईन्!
चौतारीका सबैले भटाभट बिहे गरिरा' छन्, कतै तिनले पनि बिहे त गरिनन्! अब आउन्नन् होला तीनी गाममा, के आम्थिन्!
यी मदनवा कम्पाउण्डर पनि कतिञ्जेल बस्नी हुन? यीनलाई त अलि बढी तलप दे'र भा'नि गाममा राख्नै पर्छ!
 
Posted on 05-21-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुन्टे दाजु, के गरि मनाउंदै हो बर्थ डे? मैले अगीनै तापाईं को रुघा-खोकि खत्तम् होस् भनि शुभकामना देकी थें त।

सबै लाई नमस्कार् गरें।
 
Posted on 05-21-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाई गामऽट भगाउने भए यि गोताएंले! खप्पराँ बिरिक्छे रोपन अरेर चौतारी सामुदायक बन बनाम्ने बिचार अरेका? धत्! पुरै बनै बोकेर हिंड्न त काँर सक्नु नि हो, गाँठे? चौतारीका भए भरका लाखोहुर नि तेई बनाँ झुम्मिन थाले भुने त के हुने हो, खोई?

उहिले एउटोले अदुवा दल्न पर्च बुढा भुनेर खप्पर भरि अदुवै अदुवा उमारिदिए। अर्कोले फिरि कागतीको रस दल्न लाइर खप्पर भरि कागतीका डल्लै डल्ला! सामुदायिक बन हुनु अघि फरार हुन परो जस्तो छ अब!

भागेर त काँ जान्थिम् र आफ्नै गामऽट, कुरोमा कुरो नि, चाईन्जो एउटो।

बरु, मदनवा कम्पाउन्डरले चईं यो ३-४ हउते रुआ खाँसी क्यारी उतारनि हो, सिकाम्न परो! आन्द्रै मुखाऽट ओकलेला जस्तो अरि खोकेको खोकैई छु के रे। मेरी धोबिनी चईं टिबि लाओ बुढा तँलाई भुनेर, अब त बाँच्दैनस के रे भन्दै, घाटे बैद्धलै बोलाम्नि सुर अरिछे। तेई धोबिनी कै च्यात्तयाऽऽऽऽऽऽऽऽऽ पेटिकोटको कस्सम्, तो बैद्ध मेरो घराँ पसेसि छुनै नपरी ठहरै हुने छन्!

ख्वाईं ख्वाई!
 
Posted on 05-21-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोउकामनाले मत्र हुनि भए त, नेउची, यो ज्यान उहिले नै औंरिकाको पिरिसिडेन्ट भई सक्थिम् नि! ओखती आईयो, ओखती! आज त गीत फर्माईस नअरेस, है! नत्र, दुई चार गोटा गधा तिम्रो घर तिर ठेल्दिन्छम्! :p

हन, के भ' हो फिरि चौतारीलै? कुरो सुन्न नि यताऽट उउउउउउउउउउउउउउउउउताऽट सम्मुन् तान्न पर्नि। मुन्टै बाङ्लेला जस्तो पो भो त नि, गाँठे!
 
Posted on 05-21-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा बुढाहरुको जमघट भा रच, यति राती पनि रमाईलो गर्दै रचन।

पुण्टे दाइ कता बेपत्ता नि? खोकी लायो भनेर फोन सोन बन्द गरेर कुनातिर फाल्देको हो क्या हो?
 
Posted on 05-21-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव!!! त्यो तपाइंकै केक् ले गर्दा त हो नि कुरो सुन्न नि मुन्टै बङाउनु पर्ने, भुन्टे दाजुले कति ठुलो स्पेसल् केक् रखिदिनु भाको नि। पुन्टे दाजु र धोबिनि भाउजु मोटर साइकल् मा सरररर।
अब के गर्नु, त्यो सोउकामनाले काम् नगरेसी :(

हे हरि के छ हो? अब गीत् सीत् नि फर्माइस् गर्न नपाउने रे, भो त अब? हैन यो दजु ले कहिले देखुन् गधा पाल्न थालेछन?
 
Posted on 05-21-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड् नाइत् !!!
 
Posted on 05-21-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा नेप्ची, फुर्मास गर्नै नपाउने भन्या त हैन की। अब भेट्टाईएन भने भेट्टाईएन भन्या पो त, अस्तिको जस्तो!
 
Posted on 05-21-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बात कर्नु गोत्मे दाजु, उ जो छ कम्पाउनडरको नोकरि बडा टेन्सन को छ। दु रोज पहलेको बात करौँ न दुर किन जाने। रोजि रोटि कमाईलिन साला मेदान देखि पहाडमा आइलिएको बेचारा हामिलाई जुता जुता ले पिटिदियो। जो भयो अछ्छा भयो भनिलिएर बसिदिन्छु गावँमे हुजुरहरुले प्यार वार देखाईलिनुभयो भने।

एक जने चिनेको भैया भेटियो त दिल खुस भैहाल्यो हाम्रो। कुमलवा भैया हाम्रै देहाति दोस्त जो हुनुहुन्छ। अजम्बरिको बुटा पछारि साथ साथ जो सबेरे सबेरे मैदान गएको हामि।:)

गावँलेहरु उ जो छ टैलिफोन किधर छ गावँमे? लुगाईलाई फोन करिलिनु थियो। मेरो छोरा बिरजवाके संग पनि बात करिलिनुथियो। भोलि बात कर्न मिले राम्रो हुने थियो। बुध्बारको फेरि मेरो लुगाई हटिया जान्छ मुर्गि बेच्नेको लागि।
सबको जे राम जि कि!
 
Posted on 05-21-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina ho nyauchi, kata bata chyaun chyaun karako? Tyo Bhat-Bhate chadhera NewYork ko bato ma dhulo oodauna majja aunchha ni ho... he he
 
Posted on 05-21-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जापानवासी एउजाना चौतारीयाले नेपाल ग'र सुटुक्क बिहे गरेर आ'का छन्। को हुन् भनेर म भन्दिन के रे!
 
Posted on 05-22-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नुसन भन्नुस गौतामदाइ को रहेछ म भन्दिनके गालवलाइ।
बरु नमस्कार गर्छुके हजुरलाइ :)
 
Posted on 05-22-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संध्याकालिन जदौ सप्पैलाई!!

चौतारीका सबैले भटटट बिहे गरिरा' छन्, हरे शिव!!! आउनासाथ केटीको कुरो! च्वाँकहुरको खोजी'!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters