कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।
यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ। आउनुहोस्, यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्। अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।
यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।
गालब जी, अत्यन्त राम्रो लाग्यो तपाईको नियात्रा, सामाजिक र साँस्कृतिक पक्ष पनि समेटेको छ यसले। म धेरै जन्ती गएको पनि छैन, त्यसमा पनि गाउँको नाममा धनकुटा मात्र बसेको छु जिन्दगीको मिर्मेरे बिहानीमा। बाँकि जीवन त शहरहरूको कोलाहलमै बितिरहेको छ। राम्रो प्रस्तुति र मीठा शब्दहरूले नियात्रालाई जीवन्त बनाएको छ। अरू भागको प्रतीक्षामा।
गालबको कथा राम्रो लाग्यो । जन्ती जान मन लाग्यो यार । ********************* यो चित्रेले कहिले बिहे गर्छ र जन्ती जाम्ला भनेर पर्खेर बसेको नपाईने भो गाँठे यो जुनिमा! सुट सिलाउने पैसा ले जिन्स् को पाइन्ट र हूड् किन्नु पर्ला जस्तो छ क्यार्नी हो यार आफ्नो त बिहे को कुरै नगरुम्, आफ्नो भनाँउदी मान्दिने! बिहे को कुरा गर्यो कि ठुस्किन्छे! चौतारीका दम्तरी हरु सहयोग गर्नु पर्यो फकाम्नलाई! रोल नं १५ मिस्टे हाजिर मिस् (मिस् हजुर् पोएम् दामि लाग्यो!)
चित्रे, मिस्टे र दादालाई कमेन्टको लागि धन्यवाद! दादाले त लिखुरेको जन्ती गएको कथा सुनाएका थिए क्यारे, अरु पनि जाओस् न!
चिम्सेको जन्ती जाँदा - ३
जन्तीमा सम्मिलित करीब-करीब सबैजना चिनजानका मान्छे थिए। २-४ जना सानोमा स्कूलमा सँगै पढ्ने केटाहरु पनि थिए। गफ गर्दै बाटो काट्न सजिलो हुने देखेर फेरि राहत महसुस भयो। जन्तीमा उसै त सबै लोग्ने मान्छे, त्यसमाथि पनि धेरैजसाले "अलि-अलि" "पञ्चामृत" औसे गरेका। नानाथरीका गफ सुनियो। चिम्से आज साँच्चै हिरो भएको थियो - दुलाहा जो थियो। आज ऊ सँधैको चिम्से थिएन - ऊ सुकिलो थियो र उसका आँखा कालो चस्माको पछाडि लुकेका थिए। गाढा नीलो पाईन्ट, आकासे रंगको सर्ट र त्योमाथि कालो कोट पहिरिएको थियो। ढाका टोपी र सप्तरङ्गी टीकामा ऊ निकै उज्यालो देखिन्थ्यो। गलामा दुइटा माला पहिरेको थियो - एउटा हरियो दुबोको, र अर्को पाँच रुपियाँ र बीस रुपियाँका राता नोटहरु उनेको। जङ्गल आइसकेको हुनाले ऊ अघि नै डोलीबाट ओर्लिएर पैदल हिंड्दै थियो, र उसको हिंडाइको चालसँगै उसको गलामा टाँगिएका मालाहरु पनि एकनासले हल्लिएर एक किसिमको रिदम प्रवाहित थियो। फेरि, जंगल भएपनि दुलाहा भएकोले छाता चाहिं अटुट ओढेको थियो।
जन्तीमा कसैले पनि हामी जन्त आएको भनेर पत्याएनन्। राजु र मेरो मामाघर पनि बाटोको बिचमा नै पर्थ्यो। उनीहरुले हामी आ-आफ्नो मामाघर जान लागेको अनुमान लगाए। म श्यामे सँगै गफ गर्दै हिंड्न थालें। श्यामे र म ४-५ कक्षाको सहपाठी थियौं। मैले विचमै अन्यत्र गएर पढ्न थालें। श्यामे चाहिं गाउँकै स्कूलमा जान्थ्यो। आफू हरेक बिदामा घर आएपनि आफ्नै सुरमा हुने, उसको पनि आफ्नै पारा थियो। त्यसैले ऊसँग भेट नभएको पनि २-४ वर्ष नै भएको थियो। हामी पहिलेका साथीहरु को के गर्दैछ भनेर गफ गर्दै हिंड्यौं। परशुराम भारततिर जागीरे भएको, ज्ञाने आर्मीमा छिरेको, राम दरैले बिहे गरेको, आदि समाचार सुनायो। आफूसँगै पढेका केटाहरु यति छिटै एक-एकवटा लाइन लिएको देखेर मलाई अनौठो अनुभूति भयो, यद्यपि ती सबैजना मभन्दा २-३ बर्ष छिप्पिइसकेका हुनाले अस्वभाविक भने लागेन। यस्तै गर्दै २ घन्टाको बाटो काटियो र आरुघाट बजारमा आइपुगियो। हुन त बीचमा २ वटा साना बस्तीहरु थिए, तर त्यस्तो उल्लेख्यीय खास केही भएन। एक ठाउँमा मलाई क ख सिकाउनुभएका गुरु - यदु सर भेटिनुभएको थियो। सरलाई सादर नमस्कार गरी आफ्नो पढाइको बारेमा बेली-बिस्तार लगाएँ। वहाँले मलाई अँझै मिहिनेत गर्ने प्रेरणा दिनुभयो। यदुसरले कता जान लागेको भनेर सोध्दा, "साथीको जन्त" भन्दा चाहिं श्यामेले मेरो कुरा अलि पत्याए जस्तो गर्यो।
बुढीगण्डकीको किनारमा रहेको आरुघाट बजारको बिचमा गोरखा र धादिङ् जोड्ने पुल छ। दुई जिल्लाका मान्छेहरु ओहोर-दोहोर गर्ने सेन्टर परेकाले दशकौं पहिलेदेखि यो भेगको आर्थिक केन्द्र रहिआएको छ। यहाँ अँझै पनि लेकालीहरु आलु, मान्द्रो, थुन्से, निरमसी बेच्न आउँछन्, अनि चामल, गहुँ र पैसा लिएर फिर्ता जान्छन्। मेरो मामाघर पनि आरुघाटैनिर पर्ने हुनाले यो बजारसँग मेरो सानैदेखिको आत्मीयता छ। म ३ वर्ष जतिको हुँदा तीजमा आमाले मलाई पनि सँगै लिएर आउनुभएको थियो। त्यो बेलामा मैले पहिलोपटक लाखेनाच देखेको थिएँ। लाखे देखेर म खुब डराएको थिएँ। केही घन्टापछि त्यो नाच्तै गरेको लाखेले नजीकैको घरको छेलपरी मुकुन्डो झिकेर अर्को मान्छेलाई थम्याएको देख्ता ममा कौतुहलता जागेर आएको थियो। अँ म भन्दै थिएँ, आरुघाट आइपुगेपछि केही जन्तीहरु पसलहरुमा पस्न थाले, आफूलाई चाहिं मामाघरतिरबाट कोही आएको छ कि भन्ने चिन्ता। कसैले देखे भने, आरुघाटसम्म आएर मामाघरमा नपसी फिर्ता गयो भन्लान् भन्ने डर। सकेसम्म जन्तीको हुलमा मिस्सिएर नदेखिने गरी हिंड्न थालें। बजार सकिन लागेको बेलामा ऋषिको पसलमा ठुलामामा यतै हेर्दै बसिरहनुभएको रहेछ। अब, आँखा जुधाजुध नै भइसकेपछि त्यसै हिंड्न मिलेन। बुढालाई पनि यही समयमा आएर बस्न पर्ने! नमस्कार गरें। बिदामा आएर पनि किन मामाघर नआएको भनेर सोध्नुभयो। मसित उत्तर थिएन, अब के ३-३ महिनामा मामाघर जाने? भनेर भन्नु पनि भएन। "साथीको बिहे भएकोले यसो सहयोग गर्नु पर्यो, समय नै मिलेन" भनेर टारें र अप्रतक्ष रुपमा "आज जन्ती जानु छ" भन्ने अर्थ लगाइदिएर १ ढ्याकले २ ढुकुर हानिदिएँ। तर, निम्तोबिना जन्ती जान लागिराखेको बुढालाई कसले भनिदिने? यसरी मामाबाट फुत्किइयो, र ३ बजेतिर बल्ल आरुघाट छोडियो। बाटो भने बल्ल तीनभागको एकभाग भन्दा कटेको थिएन। "पञ्चामृत" को असर कम भएर बेसुरबाट सुरमा फर्केका शिरेदाइले फेरि कतिखेर लगाउन भ्याएछन् गीतको तालमा भूईंमा विनर जुत्ता ठटाइ-ठटाइ शरीर घुमाउँदै थिए, अर्थात् नाच्तै थिए।
मलाई अँझै सँगै हिंडेको देखेर होला, श्यामेले आँखा ठूला पार्दै सोध्यो - "हैन, तँ साँच्ची नै जन्ती नै हिंडेको हो भन्या'?" "कस्तो कुरा गर्छ। एकचोटि हो भनेपछि हो नि!" राजुले मभन्दा अगाडि उत्तर फर्काउन भ्यायो। राजु पनि मौका पाउने हो भने अलिअलि पिउँथ्यो। अघि शिरेदाइसँगै हिंडेको देखेर यदा-कदा शंका लागेको थियो, तर पिएको भने रहेनछ। "किन र? हामी सँगै जान हुँदैन र?" मैले थपें। श्यामेले अहिलेचाहिं हामी पनि सँगै जान लागेको कुरामा विस्वस्त भयो, र भन्यो "हैन, तिमीहरुको मामाघर यतै छ। मामाघरसम्म जान लागेको हो कि भनेर नि! हिंड् न सँगै जाऊँ"। केही बेरमा नै हामी बजारलाई छोडेर पर पुगिसकेका थियौं। जन्ती र दुलाहा हेर्न बाटो वरिपरि लाइन लाग्नेहरु पनि देखिन छोडिसकेका थिए।
मेरा चौतारि का दौतरि हरु धेरै समय पछि म तपाइ हरु को साथ आइ पुगेको छु । नचाहदा नचाहदै पनि चौपारि बाट टाढ हुनु परेको ले माफि चाहन्छु । चौपारि मा धेरै रमाइलो भैरहेको रहेछ। धेरै कथा हरु आउन थालेछन यस्तो कार्य ले निरन्तरता पाइरहोस् चौपारि ले सदैब धेरै गाम्ले हरु लाइ सितलता प्रदान गरोस भन्ने कामना गर्छु। अन्त मा सबै गाम्ले हरु लाइ मेरो नमस्कार गर्दै बिदा हुन चाहन्छु ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.