[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 332559 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-02-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ, चिप्ले र सान्नानी छिट्टो पिउनुस् चिया। हामी चार जनालाई मात्र पुग्ने चिया बनाये मैले। तारेमाम सप्पैलाई।
 
Posted on 10-02-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, तारेमाम नेत्रे (+ धन्यवाद) ।

सान्नानी पनि, के कुरा गर्‍या होला? आशिरबाद र टेन्सन मात्र यो जगतमा दिने चिज हो क्या, आँफै लिनु मिल्दैन ?


सान्नानी ले दिने भए लिने।
 
एक कप चिया ल्याउन नि कादर् खान को जस्तो डायलग् ?


 
Posted on 10-02-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ,ह्यालो चिप्ले,व्हाटस अप नातिनी, हाउडी नेत्रे।
मान्छे गनेर चिया ल्याएछ नेत्रे ले अली धेरै कप ल्याउनु पर्छ नि।
ठुलदाइ ले हिजो हाल्नु भको मनमा छुरा चलायोउ भन्ने गाना राम्रो लाग्यो तेही आईराछ मुख्मा,हिन्दी गाना जस्तो सुनिन्छ तर मिठो छ्। अहिले नि एक झलक दि हाल्या।
श्री बगलामुखी माता ले हामी सब्बै को रक्षा गरुन।
 
Posted on 10-02-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइले नलिने रे नेत्रे म लिम त्यो चिया

कस्लाइ के भनेर बोलाउने थाहै छैन यसो जान्न पाए हुन?तयो मनाँलाग्या  साइनो गर्दा चित्त दुख्ला

 


 
Posted on 10-02-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै किन हो मैतीदेबीको सम्झना आईराछ। मन्दिर भित्र देबीको दर्शन पछि बाहिरका सुन्दरीहरु सँग प्रसादको अपेक्षा गरीन्थ्यो। कहिले झुकेका परेलीहरुका आडमा मुस्कानले अभिसिंचन पनि गर्थे--प्रसाद भेटिन्थ्यो-- कहिले मोटरसाईकलमा अर्कैलाई च्याप्प समातेर हुईकिन्थे-- सुन्दरी र प्रसाद त्यसरी जाँदा भने पsssssर सम्म हेरिन्थ्यो -- त्यस्तै परे सल्काईन्थ्यो चुरोट पनि।

त्यो मैतिदेबी पस्चिमका पसलहरुमा अचेल पनि म जस्तै प्रसादको धुनमा भेलाहुनेहरुको कमी छैन होला --


 
Posted on 10-02-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।

हिन्दी गानाको झलक देखिएता पनि त्यो गानामा भावको अभाव छैन। अझ एक दुई जना ठुलदाइहरु तिनको साथी भए अझै परिमार्जित भै निख्रिन्थ्यो होला।

मुटुमा बास मागी छुरा चलायौ,
मन भित्र बसेर यो मन जलायौ।
बेइमान गर्‍यौ तिमीले प्यार मा।


फूल सम्झी शिरमा राखें, काँडा सरि फाली दियौ,
मायाको सागरमा किन बिष हाली दियौ।
महलमा बसेर झुप्रो जलायौ

मुटुमा बास मागी छुरा चलायौ,

बेइमान गर्‍यौ तिमीले प्यार मा।


बिर्सनु  नै थियो भने किन माया लाई दियौ ,
निकम्मा बनाइ किन ओठ कसम खाइ दियौ

शहरमा बसेर गाउँ जलायौ,

मुटु मा बास मागी छुरा चलायौ ।

बेइमान गर्‍यौ तिमीले प्यार मा। 

बेइमान गर्‍यौ तिमीले प्यार मा। 

बेइमान गर्‍यौ तिमीले प्यार मा।  


 
Posted on 10-02-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथाको कुनै हरफ हो जस्मा कथाकार आफ्नो मनका भावना हरुलाई छताछुल्लहुनेगरि पोखेको हुन्छ
 
Posted on 10-02-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभोलाई मैतिदेविको सम्झना आएको रहेछ, मलाई चाहिँ हिजो शोँभाभगवतीको आएको थियो आज चाहिँ संकटाको आएको छ। आरएनएसिको पछाडि पट्टि बाट संकटा छिर्ने साँघुरो बाटोमा दुबै तिर चप, माल्पा, चिया र ग्वारमरीको पसल छ। चिया पनि हुने माल्पा पनि हुने र नौरथाको झिलिमिली पनि हुने। पूजा गर्न आउने आमाहरु, दिदीहरु, हजूरआमाहरु, फुपुहरु र भाउजुहरुका, छोरीहरु, बहिनीहरु, नातिनीहरु, भदैहरु र नन्दहरुमा एक किसिमको पवित्रता, कन्चनता, कौतुहलता र अरु निकै ता हरुले मिठोसंग तान्थ्यो प्रभो! दशैँको काठमान्डौको बिहानको गन्ध, तापक्रम र पातलो घाममा यिनै जिवीत देविहरुलाई हेरेर मनमनै संकटामाईसंग पनि कयौँ प्रार्थना गरियो, कयौँ भाकल गरियो र जीवनको अल्लारे उमेरमा एकछिन खुसि पनि भइयो!
 
Posted on 10-02-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे ल ल मैले त लिएँ एक कप। मीठो रैछ


कादर् खान को जस्तो डायलग् रे लोल 


ना'मच हजुरबा


झन ठुलो जदौ


आकाशी पुरानै हैन र? अहिलेसम्म साहिनो था छैन?


दीप्लाई अभिबादन


 
Posted on 10-02-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशिएको मनमा दशैँको मिठो सम्झना सहित ठूल्दाईलाई तारेमाम्, इस्क हाई लाई जदौ, दिपलाई स्वस्ती, सम्धीज्यूलाई नमस्कार, नेत्रेलाई नमस्ते, चिप्लेलाई के छ प्रभु, सान्नानीलाई अभिवादन् अरुलाई सोध्या छ भन्दिनु, कसले भनिकन सोधे छ है भने एsssss उहि त हो नि बिर्खे स्वाँठले सोध्या छ भन्दिनु!


 
Posted on 10-02-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप त दीपै भो जिम्माल बा पनि हरे राम राम राम मन्दिर मन्दीर धाउने त्यो नि जिवित देबिहरुको लागि रे?
 
Posted on 10-02-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैँको काठमान्डौको बिहानको गन्ध, तापक्रम र पातलो घाममा यिनै जिवीत देविहरुलाई हेरेर मनमनै संकटामाईसंग पनि कयौँ प्रार्थना गरियो, कयौँ भाकल गरियो र जीवनको अल्लारे उमेरमा एकछिन खुसि पनि भइयो!

पक्कै आज माइली बुढी को बेल्ना परसाद भेट्ने भो बिर्खे बुढाले ,

तारेमाम बिर्खे बा नि दीप पर्भू।

मैती देबी तिर माइती भएका देबिहरु मात्र बाँकी छ अचेल। शंकटा वरपर हुंदै न्यूरोड छिचोल्दै, गद्दी बैठक वारीपरिका मन्दिरहरुमा मन्दिराहरु, सीता, राधा, दुर्गा, भगवती, काली, महाकाली, मन्-कामना, सब भेटिन्छन् , १२ महिना दशै छन त्यता। म: म: , बारा, अनी खसी को स्वों बेच्ने को लागि पनि डलर छाप्ने मौसम भएको छ बाह्रै मास।


हामी बुढाहरु, आफ्नो जवानीलाई थुक्क थुक्दै थुचुक्क बस्ने मात्र हो। कु-टाइम मा जन्मिए छ। अली ढिलो जवानी आए भए नि हुन्थ्यो नि? तारेमाम भन्ने बेलाँ यस्तो कुरा गर्नु परिराख्या छ।


 
Posted on 10-02-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
दशै को शुभकामना , दुर्गा भवानी ले रक्षा गरुन
या देवी सर्बभुतेशु शक्ती रुपेण सन्चिता: नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: !!

 


 
Posted on 10-02-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हामी बुढाहरु, आफ्नो जवानीलाई थुक्क थुक्दै थुचुक्क बस्ने मात्र हो। कु-टाइम मा जन्मिए छ। अली ढिलो जवानी आए भए नि हुन्थ्यो नि? तारेमाम भन्ने बेलाँ यस्तो कुरा गर्नु परिराख्या छ।>>>  








 
Posted on 10-02-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले गाम्ली हरुलाई बिहीवारे तारेमाम ।
 
Posted on 10-02-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शोभाभगबती, इन्द्रायणी, अनि तलेजुको याद चै नवमीमा आउँछ मलाई। नरदेवी --परोपकार हुँदै लागिन्थ्यो ओरालो आँखा जुधाउँदै--कहिले आफु घाईते भैइन्थ्यो त्यस्ता जुधाईमा कहिले उनीहरु हुन्थे -- होलान भन्छु अब -- निर्क्योल गर्न सधै जस्तो उही भ्याई नभ्याई।

अनि, माहाकाल संकटा पनि नपुग्ने त कहाँ हो र? ती साना गल्लीहरु बाट संकटाको ठुलो चोक पुग्दा गुम्स्याईबाट मुक्त भए जस्तो त लाग्थ्यो तर तरुनीहरुको बन्धनबाट भने उम्कन कहाँ सकिन्थ्यो र? एउटाको बन्देजबाट उम्कियो अरुहरुकोमा पर्यो। त्यस्तै थ्यो। भद्रकाली पनि पुगिन्थ्यो।

कुहिरोको शित अनुभब गर्दै दखिनकाली पनि जानै पर्यो। खुवा चाख्नै पर्यो। चिया नास्ता गर्नै पर्यो। त्रिभुवन बोर्डिङ्ग-- शेशनारयन, चाल्नखेल् -- सबै छुटे जिम्माल।

ए अनि अभिबादन गर्नेहरुलाई अभिबादन अनि स्वस्ती पनि है। अभिबादन नगर्नेहरुलाई चै स्वस्ती मात्रै।

Last edited: 02-Oct-08 10:00 AM

 
Posted on 10-02-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau yo mantra ghokau maile ta birshi sakeko thiye jhandai.

Aayu drona sute shriya dasarate shatru chayam radhave, aishworya nahuse gatischa pawane manancha duryodhane, danava surya sute balancha haldhare satyamcha kunti sute bigyane bidure bhawati vawatan kritischa narayane.

google ma bheteko mantra ho hai..


 
Posted on 10-02-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY DASHAI TO ALL CHAUTARIANS!!!

 
Posted on 10-02-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलुट छ है सब चौतारी गाउलेहरुलाई
और दसैंको मुबारक बात पनि

क्या नाम ! पल्टने जिन्दगी इरादा हुना साथ आउन टेम मिल्दैन लेकिन एस्पाली त छुट्टी काटेर दसैं मनाउन अाइपुग्यो यो ज्यान पनि । उसो त मलाई नचिन्ने और मैले नचिन्नेहरु पनि ज्यादा नै हुनु होला फिर भि सबजना मिलेर रमाइलो गर्नु पर्छ है .


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters