[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 277967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-23-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाचुन्जेल यो आंखाले के के हेर्नु पर्ने हो, यो कान ले के के सुन्नु पर्ने हो, हरे शिव !!!! रक्षा गर।

 
Posted on 01-23-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-08 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडाको हल्ला खल्लाले सुत्न द्या भे' मरिजाम्! के को फुईं हो अल्लाहुरको? मैदान तिर उत्रेर कुस्ति खेले भैगो नि, क्यार्न, चईनि, अर्काऽ निन्द्रा बिगार्छौ, ए सुकुल गुण्डा हो? बरु, भोलि ब्याऽऽऽऽऽऽऽऽन चारै बजे, चईनि, क-कसको ओखति अर्न पर्नि हो, लिन आम्ला। डोकाँ राखेर, चईनि, बिर्खेले पुराम्ने छन् मिसनाँ! आछुई खाए, बाछुई खाइ, झुसे बिरालो!

सबै मिलेर बरु यो पात्तेका बिर्खेका धाडै भाँच्दिए हुनि के रे। खुट्टोको पर्का सुन्दा सुन्दा कान पाकि सको, बरु अब धाडको मर्का सुनम् भो! कालले लुछ्न नसकेका ति कुप्रे बुढालाई नि, बिना सित्तैआँ सन्काम्दो र'च सबलाई!


 
Posted on 01-23-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !

हाउँरा हुन नसकेका साढुदाइ नि तेर्स्याइसकेको करङ उठाएर जुरुक जुरुक गर्दै आइपुगेछन्।  अँ साँच्ची खुर्पेटो भिरेको छ कि छैन? पछाडि खुर्पा-सुर्पा हुन पर्दैन के खुर्पेटोमा। खुर्पेटोको डोरि देखेरै भाग्छन् मुन्छेहरु।

मुन्छे बोर्डर पारी भए नि शक्ति चैँ नयाँखर्कमैँ छ भन्ने बल्ल थाह पाएहोलान नि गाम्लेहरुले अब। यो बोर्डर पारीको फिस्टे ज्यान त त्यहाँ आएर नि के गर्नु छ र, बेकार हुलमुलमा किचिएला भन्ने डर।

लोल ! नेप्ची भाभी, टिरेन घर आइपुगिसक्या हो कि हैन ? दिउशो मैले यसो "अहम्" गरेको सुनेर डराएर हुइँकेको टिरेन, बाटो तिरै लुकेर बसेको हैन होला के रे !


 
Posted on 01-23-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर भउते, बडो साढुदाई भन्दै दाँत देखाउँदे मख्ख पर्थेउ नि , देख्यौ तिमीलाई त 'सुकुलगुन्डा' रे! राम राम राम राम! भन्न नि कसरि सकेका? फेरि ओखती अर्न मिसना पुर्याम्ने रे! मेरि बास्सै साढुभाईलाई भनेको त्यो पनि! ओखतिनै गर्न पर्ने भनेसि, पर्भु धान चुट्या जस्तो चुट्ने पिलान बना रेछन् पुन्टे बुडाले। यत्रो सुनेर नि चुपलागेर बस्ने त हुतिहारा त छैन बरा हाम्रो भउते, सपै गाम्लेलाई थाहा छ!


 
Posted on 01-23-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाइ सरापेको त जुन् बेलां नि सुन्दिने यो जिम्माल बा नि। अब सुतिसक्या बुढो जर्‍याक जुरुक उठेर अझै उहि फुइं दोहोराउदै रैछ

हे हे भौते टिरेन् हुइंकेर घर आइपुग्या नि ३ घन्टा हुन लाओ।


 
Posted on 01-23-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

केविधी झअडा अरेको बाबै सप्पै जो मुन्छेहुर।राम राम राम!!

जिम्माल बा  कुरो सपार्नु छोडि पाखुरा सिमल्न थाल्नु भ'च के रे।  दुखेको नलिखुट्टो ले फेरि दुख पाउला  भन्चु  अनिखेरि देवरजीचै सप्पैलै जो रिसाम्नु हुदै ? के भओ आज हउरलै विस्कुट र दुधले पेट भरेन  के रे ?  पुन्टेदा सअ त मिलापत्र भए अस्तो छ

 रिठ्ठे सुन्तले ,लहरे राहुलदा नेप्चि सिस  र हरु सप्पै चै रमिता हेर्दै हो ?


 
Posted on 01-23-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउशो मैले यसो "अहम्" गरेको सुनेर डराएर हुइँकेको टिरेन, बाटो तिरै लुकेर बसेको हैन होला के रे !

 
Posted on 01-23-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो डाँडामाथितिराट सुक्या पाखुरा सुर्कंदै कल्ले धम्क्याइरा हँ हाम्रो रिठ्ठेलाई?

अझ घान पुर्‍याउनु पर्नि रे। यो ज्यानको एक क्वाटर भए पुघ्छ घान? हाम्ले बाखरी नाच्दा चल्या हावाले बत्तिएर सोफाँ थचार्रिने मान्छे बल्ल सास फर्क्या जस्तो छ। नत्र ता सातो गा एक महिना ठ्याक्कै भा थ्यो।


 
Posted on 01-23-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे मिस् सिस्, कहां रमिता मात्र हुनु नि, रमीता, समीता, सबिता, कबीता सब हेरियो नि

 
Posted on 01-23-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजीले 'अहम ' अर्दा टिरेन (राहुल्दा)  भागेको  साच्चिकै खोक्दा के हुनेहोला ? :P(रिसानि नहोस है राहुल्दा)

  हे हे सिस  म नि हेर्दै जानु पर्यो उसो भा  समिता रमिता कबिता सबिता:)

 अन्तरेजी दर्शन है बाखरी हेरम्न हाम्पनि कस्तो छ ?!!

Last edited: 23-Jan-08 08:44 PM

 
Posted on 01-23-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाम्ले बाखरी नाच्दा चल्या हावाले बत्तिएर सोफाँ थचार्रिने मान्छे बल्ल सास फर्क्या जस्तो छ"  

हैन के के मात्र लेख्न जान्या मन्छे हरु

 त्यो थचारेको विडिओ अहिले नभेत्तिएर मात्र,  नत्र प्रमाण सहित यहिं टांस्दिन्थे


 


 
Posted on 01-23-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका अन्तरे दाई नि, त्यस्तो सानो कामको लागि के ह्या सम्म धाइ'रा होला दाई नि
हामी छदैछम् नि ति डाँडा माथि बाट सिरकमा  लुकेर कराउनी को लागि त
 
Posted on 01-23-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि सिस,

 प्लिज हेरुम्न क्या  म पनि त्यो बाखरी !!


 
Posted on 01-23-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मिस् सिस् लाई त्यो बाखरी कसरि देखाम भन्ने नै था भएन मलाइ त

 
Posted on 01-23-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि को आयो खोक्दै भनेको त ! शुरुका दिनाँ म सँग डराएर लुपुक्क भाउजुसँग टाँस्सेर मलाइ टुलु टुलु हेर्दै बसेको, जानीबेला हुँदा सम्म भाउजुको आडबाट डेग चलेको हैन के रे। अझ जानीबेलाँ पछाडि बाट अट्याक हुन्छ भनेर होला,  भाउजुको अघि अघि खुरररररररर्र दौडिँदै गा'को यिनै आँखाले देखेका हुन्। भोलि पल्ट दिन भरि धोबीपछाड कार्यक्रम उल्टिएर पछाडधोबी होला भन्ठानेर होला नाक मुख देखिएन। पर्सि पल्ट चैँ आउनी बित्तिकै द्विपक्षीय शान्तिवार्तामा लागेर २२ बुँदे सहमति अरेको कुरा त अब नेपेदा'को भिडियो मै छ।  त्यो भन्दा अरु के प्रमाण चाहियो र ! टाँस्नी हो भनि यैँ टाँस्दिन्छु। त्यै खुशियालीयाँ होला दिल खोलेर बाखरी बाखरी भन्दै नाचे उति बेला। शरण परेर नाचेकालाई के मरण गर्नु भनेर छोडेको,  अहिले फेरि निहु खोज्दै ल।  हैन यी मुन्छे माउबादीको वाइसेला'ट भागेर आ'का हुन् कि के हो? उत्तिखेरै कुरो फेर्छन त !  फिस्टे मुन्छे फास्ट चल्छ भन्ने था' छैन कि के हो? आफ्नो त एक आउँदा पाँच जान्छ नि।

 

भावी दर्शन अरेँ। मुन्छेहुरलाई च्यालेन अर्याबेलाँ आउनु भे'छ। म अब भकाभक दाँत झार्न थाल्छु, हउले बटुलेर पोटुकामा जम्मा अर्नु। तिहाराँ कौडा खेल्न हुन्छ।


 
Posted on 01-23-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaaha k khel hundai chha.. bihe bihe khel hundai chha ki k ho.. haami paani bihe bihe khelauna ho
 
Posted on 01-23-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बेला को कस्को पछाडि लुक्या थ्यो, हामी सँग नि छ फोटाहरु
ssss एउटा त माथि नै टास्या छ
 
Posted on 01-23-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina ketaharu lai katti kura aako ho.. Nepali tele-serial titto satya hereko jasto lagyo ho malai ta kura sunera khub hasidai chha aajhai jaawosh..
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters